Tuesday, October 3, 2017

बागलुङ सेवा समाजले प्रधानमन्त्री लाई बुझायो ज्ञापनपत्र ।



दिल प्रसाद पौडेल / मस्कट ओमन

विभिन्न देशहरुमा जस्तै नेपालीहरुका समस्या समाधान एबम सामाजिक कार्यमा अग्रसरताका साथ समाज सेवामा रहने हेतुले गत १० महिना अघि स्थापित बागलुङ सेवा समाज ओमन ले सम्माननिय प्रधानमन्त्री शेर बहादुर देउवा उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री कृष्ण बहादुर महरा श्रम मन्त्री फरमुल्ला मन्सुर लगायत विभिन्न मन्त्रालय बाट पाल्नुभएका मन्त्रीहरुको चार दिने औपचारिक भ्रमण का लागि ओमन आएको अवसरमा पाँच बुंदे ज्ञापनपत्र हस्तान्तरण गरेको छ । गत मंगलबार मस्कटको कुरुममा ओमन स्थित विभिन्न संघ संस्थाका प्रतिनिधि र आम नेपाली हरु संगको भेटघाट कार्यक्रम मा उक्त ज्ञापनपत्र बुझाईएको हो ।
           बाग्लुङ सेवा समाजका अध्यक्ष मेखलाल खनाल द्वारा हस्ताक्षरित सो ज्ञापनपत्रमा भनिएको छ । मेनपावर मार्फत बैदेशिक रोजगार मा जाने नेपालीहरु ठगिने क्रम दिनानुदिन बढ्दै गईरहेको मा चिन्ता ब्यक्त गर्दै यसलाई ब्यबस्थित ढंगबाट संचालन गर्नुपर्नेमा जोड दिएको छ ।त्यसैगरी बिदेशबाट बिदामा गएका नेपाली घरेलु कामदार लाई श्रम स्वीकृति मा कडाई गरि सहज रुपमा श्रम स्वीकृति उपलब्ध नगराई उनिहरुलाई सास्ती दिएको प्रती पनि ध्यानाकर्षण गराइएको छ । भनिएको छ राजदुतावास बाटै सम्पुर्ण नेपाली कामदारलाई श्रम स्वीकृति को ब्यबस्था गर्न पनि समाजले आव्हान गरेको छ ।
         बैदेशिक रोजगार मा जाने नेपालीहरुलाई सिपमुलक तालिमका दिई पठाउनुपर्ने र नेपाल र ओमन बिचको श्रम सम्झौता हुन लागेको प्रती ऐक्यबद्धता जनाउदै उक्त देशको मुल्यबृद्दी र कामको दक्षता अनुरुप श्रमिकको तलब निर्धारण गर्न सरकार समक्ष माग गरेको छ ।
         समाजले यो अवसर प्रवाह गरि उल्लेखनीय काम गरेको मा नेपाली राजदुतावास ओमन र स्थानिय सरकार प्रती धन्यवाद ज्ञापन गरेको छ ।

No comments:

Post a Comment