Saturday, October 7, 2017

अाेमान नेपाली एकता समाज रुवी तथा अलखाेएईर एरिया समितिले देउसी भैलाे अायाेजना गर्ने ।

अाेमान नेपाली एकता समाज रुवी तथा अलखाेएईर एरिया समितिले देउसी भैलाे अायाेजना गर्ने  ।

ऋषि वाग्ले
मस्कट, अाेमान ।
७ अक्टोबर २०१७ अाेमान नेपाली एकता समाज रुवी तथा अलखाेएईर एरिया समितिले अागामि २० अक्टोबर २०१७ शुक्रबार का दिन प्रगतिशील  देउसी भैलाे अायाेजना गर्ने भयकाे छ ।

  प्रदेशमा पर्वहरु पनि न आइ दिय जस्तो लाग्छ, हामी प्रदेसीहरु लाई घर बाट नानाथरीका माग र यहाँको हाम्रो  दैनिकी , सोचेर ल्याँउदा  प्रदेस त कुनै अर्को ब्रह्माण्डमा भएको जस्तो लाग्छ  ।  हामी मरि मरि काम गर्ने उता नेपालमा  भएका आफन्तलाई लाग्छ छोरा त पैसा टिप्न नै गएकाे छ  प्रदेशमामा !!

यहि पिडा लाई एकै छिन पाखा राखेर हिज सुक्रवार हामी अाेमान नेपाली  एकता समाजका साथीहरु मस्कट स्थिति  कुरुमको बगैचा मा भेटघाट गर्याै । हाम्रा पिर मर्का त आफ्नो ठाँउ मा छ्दैछन र नमरुन्जेल रहि रहन्छन ।  हामीले प्रबासमा  पनि कसरी आफ्नो दुख पिडा लाई साटासाट गर्ने र नजिकै आइ रहेको नेपालीहरु को महान पर्व तिहार लाई कसरी मर्यादित तरिकाले मनाउने भन्ने  बिषयमा छ्लफल गरियो ।
 उक्त छलफलमा  रक्तिम सांस्कृतिक परिवार ओमनका अध्यक्ष नारायण ज्ञावलि ले तिहार  मा त प्रगतिशील देउसी भैलो खेल्नुपर्छ भनेर प्रस्ताव राख्नु भयो र त्यो प्रस्ताव सर्व सम्मति बाट पारित  भयो । तथा उक्त प्रगतिशील देउसि भैलाे कार्यक्रम अाेमान नेपाली एकता समाज रुवी तथा अलखाेएईर एरिया समितिले  अायाेजना गर्ने निर्णय गरेकोे छ  । त्यही भेलामा विभिन्न सदस्यहरु लाई देउसी भैलो कार्यक्रम सम्बन्धि  विभिन्न  जिम्मेदाारीहरु पनि दिइयो ।

         भेलामा अन्तर्राष्ट्रिय नेपाली एकता समाजका महासचिव शोभाकान्त लामिछाने , ओमन नेपाली एकता समाजका कार्यवाहक अध्यक्ष तुल्सी राम खनाल, महासचिव इन्द्रलाल खनाल, महिला बिभागकी अध्यक्ष लक्ष्मी रायमाझी, उपाध्यक्ष मनु सुनार , मन्जु बानिया, कुमारी तितुङ, बिष्णु सुनार, भुमिका चाैहान आदिको उपस्थिति थियोे भने पुरुष तर्फदिल प्रशाद पाैडेल,  रुद्र अर्याल , दुर्गा गिरि, लालु सुनार , सागर सापकोटा ,आकास नेपाली, ऋषि वाग्ले तथा सालीक राम अाचार्य लगायतकाे उपस्थित थियो ।
 भेला कार्यक्रमको संचालन दुर्गा गिरि ले गरेका थिय ।
  



No comments:

Post a Comment