"बसन्त र मुनाको बिदाई मा शुन्यता छायो अनि देवकोटालाई सम्झियौं "
दिल प्रसाद पौडेल मस्कट/ ओमन ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ओमन च्याप्टर ले हिजो २७ अक्टोबरका दिन एक कार्यक्रम गरि लक्ष्मी जयन्ती एबम श्रष्टा सम्मान तथा बिदाई कार्यक्रम सम्पन्न गरेको छ । मस्कटको मदिना काबुस स्थित होटेल हाईएष्ट माउन्टेन मा दिलप्रसाद पौडेल को अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम को सञ्चालन समाजका महासचिब सुशील पुन बिरही ले गर्नुभएको थियो ।
कार्यक्रममा स्थानिय संघसंस्थाहरु प्रवासी नेपाली मञ्च ओमन , नेपाली समाज ओमन , नेपाल मगर संघ , एबम ओमन नेपाली एकता समाज लगायत अन्य संस्थाका प्रतिनिधि प्रमुखहरुको पनि उपस्थिती रहेको थियो । कार्यक्रम मा बोल्नुहुदै प्रवासी मञ्च ओमनका उपाध्यक्ष श्री राम हरि गिरी ले लक्ष्मीप्रसाद देबकोटाको योगदान को चर्चा गर्दै उहाका कृतिहरु र उहाका रचनाहरुले समाज परिवर्तन मा ठूलो भुमिका रहेको बताउनुहुदै यसरी नै साहित्य सृजना गर्न सुझाब दिनुभएको थियो साथै अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज र सिङ्गो ओमन एबम स्वदेशमा सम्म ठूलो योगदान पुर्याउदै आउनुभएका बरिस्ठ सल्लाहकार एबम पत्रकार उपन्यासकार का साथै समाजसेवी वसन्त नेपाल र ओमनमा अभिनय र साहित्यलाई सहयात्री बनाई अभिनय र साहित्य सृजना गर्दै आउनुभएकी यसै समाजकी कोषाध्यक्ष समेत रहनुभका श्री मुना नेपाल श्रेष्ठ स्वदेश गएर पनि नेपाली साहित्यलाई बिकास र सम्बर्धनको लागि निरन्तर लाग्नुहुने बिश्वास ब्यक्त गर्नुभएको थियो ।

कार्यक्रम मा नेपाली समाज ओमनका किरण राई , नेपाल मगर संघका कर्ण दर्लामी, ओमन नेपाली एकता समाजका प्रतिनिधि एबम पत्रकार शालिकराम आचार्य , समाजसेवी तोलाकान्त भट्टराई लगायतलेकार्यक्रम का बारेमा प्रकाश पार्दै वसन्त र मुना को बारेमा बिदाईका शब्दहरु अर्पण गर्नुभएको थियो सोही अवसर मा बोल्नुहुदै अन्तर्राष्ट्रिय नेपाली साहित्य सामाज का एक उज्वल नक्षेत्र अर्थात नेपाली समाज ओमन का अध्यक्ष समेत रहनुभएका गजलकार गायक श्री युगेश बानु राईले पनि समाजको तर्फबाट बोल्नुहुदै उहाँ हरु दुबैजनाको स्वदेश परागमन ले समाजमा घाटा पुग्ने भन्नुहुदै उहाँ हरु नेपालभित्रबाट पनि सहयोग गर्ने कुरामा बिश्वस्त रहेको बताउदै उहाहरुको यात्रा सफलताको कामना गर्नुभएको थियो । 
लक्ष्मी जयन्तिको अवसर पारेर आयोजना गरिएको सो कार्यक्रममा करीब आधा दर्जन श्रष्टाहरुले रचना बाचन गरेका थिए भने कार्यक्रम को समापन समाजका अध्यक्ष पौडेल ले गर्नुभएको थियो ।
































































No comments:
Post a Comment