वैद्य माओवादीको राष्ट्रिय सम्मेलन : छुट्टिएका विप्लवलाई र महोन बिक्रमको पार्टी मसाललाइ निम्ता, ठूला पार्टीलाई निषेध,
पोखरा । मुलुक राजनीतिक ध्रुवीकरणकाबीच नयाँ रणनीति बनाउन मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) जुटेको छ । स्थानीय तहको निर्वाचन लगत्तै भएको राजनीतिक ध्रुवीकरणकाबीच वैद्य माओवादी राष्ट्रिय सम्मेलनमा जुटेको हो ।
पछिल्लो पटक परि थापा नेतृत्वको नेकपा एकीकृतसँगको एकीकरणपछि बनेको नेकपा क्रान्तिकारी माओवादीको राष्ट्रिय सम्मेलन पहिलो पटक हुन लागेको हो ।
पोखराको बुद्धचोकस्थित कान्तिपुर पार्टी प्यालेसमा हुने राष्टिय सम्मेलनले नयाँ रणनीति तय गर्ने अध्यक्ष मोहन वैद्य किरणले बताए ।
राष्ट्रिय सम्मेलनमा देशभरीबाट ४ सय प्रतिनिधि र ५० पर्यवेक्षकको सहभागिता रहने पार्टी प्रवक्ता हरिभक्त कण्डेलले बताए ।
मध्यान्ह १२ बजेदेखि राष्टिय सम्मेलनको औपचारिक उद्घाटन शुरु हुने र त्यसअघि केन्द्रीय समितिको बैठक बस्दैछ ।
केन्द्रीय समितिबाट पारित गरिएको अध्यक्ष वैद्यको मस्यौदा प्रस्तावमाथि सम्मेलनमा छलफल हुने बताइएको छ । अध्यक्ष वैद्यको प्रतिवेदनमाथि रामसिंह श्रीस र सीताराम तामानले फरक मत राखेका छन् । अध्यक्षको प्रतिवेदनमाथि फरक मत राखिएपछि वैद्य माओवादीले पार्टीभित्र आन्तरिक बहस चलाएको थियो
सम्मेलनले उक्त बहसको टुंगो लगाउने बताइएको छ ।
उद्घाटनमा ठूला पार्टीलाई निषेध
क्रान्तिकारी माओवादीले देशका प्रमुख राजनीतिक दलहरुलाई उद्घाटन कार्यक्रममा पनि निषेध गरेको छ । ठूला पार्टीलाई निषेध गर्दै आफैबाटै अलग भएका नेत्रविक्रम चन्द नेतृत्वको नेकपा, नेपाल मजदुर किसान पार्टी, मोहन विक्रम नेतृत्वको नेकपा मसाल र ऋषि कट्टेल नेतृत्वको नेकपालाई आमन्त्रण गरिएका प्रवक्ता कण्डेलले बताए ।
No comments:
Post a Comment