Saturday, October 14, 2017

नेपाली समाज ओमानद्वारा आयोजित तिहार विशेष कार्यक्रम २०७४ सम्पन्न

नेपाली समाज  ओमानद्वारा आयोजित तिहार  विशेष  कार्यक्रम  २०७४ सम्पन्न
सालीक राम आचार्य 
बर्का, ओमान 
 नेपाली समाज  ओमानद्वारा आयोजित तिहार  विशेषू कार्यक्रम  २०७४ सम्पन्न गरेको छ ।   ओमानको बर्का स्थित फुडहाउसको पार्टी हलमा सफलता पूर्वक सम्पन्न भएको छ ।  समाजका अध्यक्ष योगेश बानु राईको सभाध्यक्षता रहेको उक्त कार्यक्रमको सञ्चालन दिलु रोका,पार्वती श्रेष्ठ, तथा किरण राईले गरेका  थिय । 

नेपाली राजदुतावास ओमानकी राजदुत श्रीमती सर्मिला पराजुली ढकालको प्रमूख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा  ओमान स्थित सबै संघ संस्था प्रतिनिधीहरू क्रमशः  नेपाली महिला समुह, गैर आवसीय संघ ओमान, ओमान नेपाली एकता समाज, नेपाली  बुध्द भिजन ओमान, तमु समाज ओमान, प्रबासि मंच ओमान, सगरमाथा समुह ओमान, जन प्रगतीशिल मञ्च ओमान, नेपाली जन सम्पर्क समिति ओमान,  तमाङ्ग समाज ओमान, मगर संघ ओमान, दलित एकता संजाल ओमान, अन्तर्रा्ष्ट्रिय साहित्य समाज ओमान, गुल्मी सेवा समाज ओमान, बागलुङ सेवा समाज ओमान, नेपाली  क्रिस्चियन फेलोसिप ओमानका प्रतिनिधीहरू लगाएतका अतिथिहरुको उपस्थित रहेको  थियो ।  साथै ऐक्यबद्धता मासिक पत्रीका संसार न्युज डट कमका ओमान प्रतिनिधि तथा डिसि नेपाल डट कमका पत्रकार को उपस्थिति रहेको थियो । 
सहिदहरु प्रति एक मिनेटको मौन श्रद्धाञ्जलीका साथै राजदुत श्रीमती सर्मिला पराजुली ढकाल द्वारा दिप प्रजलीत गरि दीपावलीको शुभकामना कार्यक्रमको उद्घाटन गरिएको थीयो । राष्ट्रिय गान  संगै देशभक्ति गितले  राष्ट्रप्रेम छल्काएको सांस्कृतिक कार्यक्रममा महिलाहरू ले देउसी भैलो प्रस्तुती एकदमै राम्रो गरेका थिए  ।  रक्तिम  साँस्कृतिक परिवार, प्रबासि मंच, मघर संघ, गुल्मी समाज, बुध्द भिजन ओमान लगाएत समाजको आफ्नो मिरमिरे साँस्कृतिक परिवारले अवस्मणीय  प्रस्तुति गरेका थिय, साथै अन्तर्रा्ष्ट्रिय साहित्य समाज ओमानका श्रष्टाहरुले देश, राजनीतिक अनी समसामयिक बिषयमा प्रकाश पारेका थिय तथा अ‍ेमान स्थित अन्य कलाकारहरूको बेजोड प्रस्तुतिहरु साथै भुकम्प पछिको बाडीपहिरो मा पायको दुखःलाई चित्रण गरि तयार पारिएको नाटकले सबैलाई भाव विभोर बनायको थियोे ।

शुभकामना कार्यक्रममा बोल्दै राजदुत सर्मिला पराजुली ढकालले प्रधानमन्त्रीको भर्मणले ओमानमा ल्याएको परिवर्तनका बिषयमा प्रकाश पार्दै सरकारले आफुलाई राजदुत तोके ता पनि ओमानमा रहेका हरेक नेपाली ओमानमा राजदुत भयको र तेसै अनुरुपको छवि सबैले बनाउनुपर्ने र देश बिकासमा सहयोग हुने  बताईन । नेपाल सरकारलाई र हामी नेपालीलाई ओमान सरकारले गरेको सम्मान कालागी ओमान सरकारलाई धन्यवाद सम्म ज्ञापन गर्दै नेपाल सरकारले ओमानमा आएर नेपाल ओमानको  बिचमा भयका सहमतिकालगी नेपाल सरकारलाई ओमान  स्थित नेपालीहरूका तर्फबाट धन्यवाद ज्ञापन गरेकी छिन । राजदुतले दिपावली, नेपाली नयाँ बर्ष तथा छठ पर्वको शुभकामना दिदै  नेपालीहरु का चार्ड पर्व र कला संकृतीको जग्रेणा गर्न यस्ता कार्यक्रमहरु को महत्त्वपूर्ण भुमिका रहने बताएकी थिईन  । 
 ऐक्यबद्धता मासिक पत्रीका संसार न्युज डट कम तथा डिसि नेपाल ओनलाईन पत्रीका कार्यक्रमका मिडिया पाट्नर रहेका थिय  तथा शुभकामना कार्यक्रम लाई डिसि नेपालले सिधा प्रशारण समेत गरेको थियो । 
कार्यक्रमको प्रायोजक ओमान युयई एक्सचेञ्जले चिठ्ठा मार्फत  चार जना  भाग्यशाली लाई उपहार दियको थियो ।  यसैगरि अल मधुसी,  अल असिर मेनपावर लगाएतले प्रायोजक गरेका थिय तथा नेपाली महिला समुह,  बुध्द भिजन ओमान, तमु समाज ओमान, जन सम्पर्क समिति ओमान तथा प्रेम गुरुङले बिशेश सहयोग गरेका  थिय । 


















































































































































No comments:

Post a Comment