Wednesday, October 18, 2017

रामेछाप दोहा कम्पर्क समाजद्धारा रेजिना तामाङ्गलाई संयुक्त आर्थिक सहयोग ।

   रामेछाप दोहा कम्पर्क समाजद्धारा रेजिना तामाङ्गलाई  संयुक्त आर्थिक  सहयोग ।



उद्धव मगर दोहा कतार,
 मिति २०१७÷१०÷१३ का दिन रामेछाप दोहा सम्पर्क समाज र तामाङ्ग सेवा समाजद्धारा संयुक्त आर्थिक सहयोग गरेको छ । विगत २८ महिनाबाट अल नेहायह कम्पनीमा कार्यरत रेजिना तामाङ्गले विगत ४–५ महिनासम्म पनि तलब नपाएकोले दैनिकी आधारभूत समस्यामा परेकोले प्रवासी तामाङ्ग सेवा समाजमा आवद्ध सदस्यहरु र रामेछाप दोहा सम्पर्क समाजका सदस्यहरुले आर्थिक सहयोग संकलन गरी समस्यामा परेको रामेछाप जिल्ला वेथान गा.वि.स वार्ड नं. ५ का रेजिना तामाङ्गलाई तामाङ्ग सेवा समाज र रामेछाप दोहा सम्पर्क समाजका सचिव ललित कुमार तामाङ्गको विशेष पहल र तामाङ्ग सेवा समाजका पुष्प तामाङ्गको सकृयतामा संयुक्त सहयोग रकम कतारी रियाल १४००÷– आर्थिक सहयोग गरेको छ । पिडितको भनाई अनुसार यस विषयमा नेपाली राजदूतावासमा पनि जानकारी भई सकेको र राजदूतावासले पनि आगामी १५ दिन भित्र पिडितहरुलाई घर पठाईदिने भन्ने कुरा कम्पनीको मालिकसंग प्रकृया अगाडी बढेको तामाङ्गले वताउनु भयो । 

No comments:

Post a Comment