Monday, October 23, 2017

ओमनमा भव्यताका साथ जनवादी देउसी भैलो सम्पन्न-


 ओमनमा  भव्यताका साथ जनवादी देउसी भैलो सम्पन्न-



   दुर्गा गिरी मस्कट, ओमन 
         २१अक्टोबर ,२०१७

नेपालीहरुको दोश्रो  ठूलो पर्व तिहारको उपलक्षमा ओमन नेपाली एकता समाज रुवि तथा अलख्वयर एरिया समितिको  संयुक्त  आयोजनामा 'जनवादी देउसी भैलो कार्यक्रम' २०अक्टोबर २०१७का दिन गोब्रा स्थित अलरिफ होटलमा रुवि एरिया समितिका अध्यक्ष टंक आचार्यको सभापतित्वमा सब्य र भव्यताका साथ सम्पन्न भएको छ।
ओमान नेपाली एकता समाज केन्द्रिय कार्यवाहक अध्यक्ष नारायण ज्ञवालीको प्रमुख आतिथ्य र अन्तर्राष्ट्रिय नेपाली एकता समाजका महासचिव  सोभाकान्ता लामिछाने ज्यूको विशेष आतिथ्यमा सम्पन्न सो कार्यक्रमको संचालन आकाश  नेपाली र विष्णु शर्माले गर्नु भएको थियो भने स्वागत मन्तब्य लालु सुनारले  राख्नु भएको थियो।
          ज्ञात अज्ञात शहिदहरुप्रति एक मिनेट मौन धारणा पश्चात् नेपाली  राष्ट्रिय  गायनसित अघि बढेको सो कार्यक्रमको उद्घाटन  अन्तर्राष्ट्रिय नेपाली एकता समाजका महासचिव शोभाकान्ता लामिछाने र ओमन नेपाली एकता समाजका कार्यवाहक अध्यक्ष नारायण ज्ञवाली ज्यूले संयुक्त रुपमा गर्नु  भएको थियो। सो कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली एकता समाजका महासचिव शोभाकान्ता लामिछाने ज्यूले तिहारको शुभकामना  दिंदै  सानो ठूलो जस्तोसुकै  श्रम तथा रोजगार पनि विना लज्जावट आफ्नै देशमा  गर्नुपर्ने सन्देशसँगै प्रवासी हुनुका मुलभुत तत्वहरुलाई हामी आफैले अन्त्य गर्ने वातावरण  नमिलाएसम्म  स्वदेसमा दिदी बहिनी र प्रदेशमा दाजु भाइले खाली निधार लिएर पुस्तौंपुस्तासमै भौंतारी रहनुपर्नेछ भन्नू भयो।
            त्यस्तै कार्यक्रममा शिव एरिया ,रुसेल एरिया,घाला एरिया तथा महिला विभाग,खेलकुद विभाग र सांस्कृतिक विभागदेखी आतिथ्यता ग्रहण गर्दै रक्तिम अभियान ओमनका कलाकारहरुले बेजोड  साँस्कृतिक प्रस्तुतिका साथ भरपुर मनोरञ्जन दिईरहनु भएको थियो। सिब एरिया समितिका अध्यक्ष  दुर्गा गिरीले सम्पूर्णमा तिहारको शुभकामना दिदैं  तिहार पर्व तथा देउसी भैलोको उत्पत्ती बारेमा प्रष्ट  पार्दै परम्परागत संस्कृतिमा बढ्दो विकृतिलाई अन्त्य गर्दै पबित्र र प्रगतिशील तरिकाले पर्व मनाउने बानी बसाल्नु पर्नेमा जोड दिनु भयो। शुभकामना दिदैं रुसेल एरिया समितिका सचिव केशव खत्री ज्यूले भन्नू भयो  प्रदेशमै भए पनि यो कार्यक्रमले स्वदेशमै भएको आवास गराउँदै परिवर्तनमा चेतना फैलाउने बताउनु भयो।  त्यसै गरी शुभकामना दिनेहरुमा जीवन कार्की ज्यूले  बोल्दै-हामी गुलामी होइन उद्यमी हुनुपर्छ र आफ्नै देशमा स्वरोजगार गर्नुपर्छ भन्नुभयो।
         कार्यक्रमभर डिसी नेपालका सहायक संचारकर्मी ऋषि वाग्ले ज्यूले लाईभ प्रसारण  गरिरहनु भएको थियो।भने मिडिया पाट्नरमा  हाँक ,ओमन यु ए इ एक्सचेन्ज, पहिलो पेज,अलमुधिश र डिसि नेपाल रहेका थिए।
     कार्यक्रम  अत्यन्तै मनोरञ्जनका साथ सब्य र भव्य तरिकाले सम्पन्न  भयो।
          सोही दिन रक्तिम अभियान ओमनका  कलाकरहरुबाट ओमनका लागि नेपाली राजदुत महामहिम शर्मिला पराजुली ढकाल ज्यूको निवासमा  प्रगतिशील  एवं  जनवादी देउसी भैलो कार्यक्रम पनि सु-सम्पन्न गरियो ।
              तिहारको सबैलाई शुभकामना दिदैं दाजु-बहिनी दिदि-भाइको पबित्र नाताको पर्व  महामहिम  शर्मिला ज्यूले तिहार-प्रदेशि जिवन, दिदि -भाइ ,दाजु -बहिनीको बेदनका  गीत नृत्य र अभिनयसहितको प्रस्तुतिहरुले साँच्चिकै घर परिवारको याद दिलाएको बताउनुभयो ।साथै यी संघर्षशिल प्रस्तुतिले  एक दिन पक्कै सुखको अनुभव दिलाउने विश्वास  पनि दिलाउनु भयो।  
 यसरी निकै हर्ष उल्लास र रमाइलोसँग प्रदेसमै भएपनि जनवादी देउसी भैलोका साथ  महामहिमको आगनीमा तिहार सम्पन्न  गरियो।

























































No comments:

Post a Comment