Thursday, October 12, 2017

संगठनात्मक समाचारषहरु


संगठनात्मक समाचारषहरु


एकता समाजको एरिया समिति गठन
बहराइन । बहराइन नेपाली एकता समाजले अस्करमा एरिया समिति गठन गरेको छ । सेप्टेम्बर ३०, २०१७ का दिन महासचिव दल बहादुर गाहको उपस्थितिमा आयोजित भेलाबीच सो समिति गठन गरिएको हो ।
समितिको अध्यक्षमा अभिशेक थापा, उपाध्यक्षमा याम बहादुर सिंजाली,सचिवमा कुल बहादुर सिंजाली, उपसचिवमा प्रकाश सिके र कोषाध्यक्षमा ओम सिंजाली रहनु भएको छ । समितिको सदस्यहरूमा जङ्ग चौहान, सुमन सिंजाली, नन्दु सिंजाली र कुशल पुन मगर रहनु भएको छ । – गोपाल प्रसाद भट्टराई

राष्ट्रिय जनमोर्चाको नगर भेला सम्पन्न
परासी । राष्ट्रिय जनमोर्चा सुनवल नगर समितिको भेला २०७४ असोज २० गते सुनवलमा सम्पन्न भएको छ ।
भेलाको उद्घाटन प्रमुख अतिथि तथा राष्ट्रिय जनमोर्चाका पूर्व केन्द्रीय सल्लाहकार सुरेश थापाले गर्नु भएको थियो । कार्यक्रममा अन्टुकका केन्द्रीय सदस्य धनपति सापकोटा, अखिल नेपाल महिला सङ्घकी प्रदेश सदस्य तथा जिल्ला अध्यक्ष सम्झना सुवेदी, राजमो पूर्व जिल्ला अध्यक्ष उत्तम खरेल, अखिल नेपाल शिक्षक सङ्घका जिल्ला अध्यक्ष डिल्लिराज ज्ञवाली, अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय परिषद सदस्य शेर बहादुर सूर्यवंशी, अखिल (छैठौँ) का प्रदेश सदस्य तथा जिल्ला अध्यक्ष सगर सुवेदी र अखिल नेपाल युवक सङ्घ प्रदेश सदस्य कुलराज गौतमले शुभकामना दिनु भएको थियो । जित बहादुर पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा तिल बहादुर थापाले स्वागत र सञ्चालन कृष्ण बहादुर अधिकारीले गर्नु भएको थियो । 
भेलाले शेर बहादुर सूर्यवंशीको अध्यक्षतामा १५ सदस्यीय नगर समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा इन्द्रा कुमारी रोका, सचिवमा धनपति सापकोटा, कोषाध्यक्षमा कृष्ण अधिकारी र सहसचिवमा यम नारायण सापकोटा रहनु भएको छ । सदस्यहरूमा टिकाराम पौडेल, गिरीराज ज्ञवाली, बेल कुमारी थापा, रुद्र लामिछाने, देवीराम सर्बुजा, कृष्ण बहादुर थापा, कुशुम विक, मेघराज गौतम, रेवती कुमारी घिमिरे र नरेन्द्र विक रहनु भएको छ । भेलाले सल्लाकारहरूमा तिलक सुवेदी, जित बहादुर पौडेल, दिपक थापा, विनोद गौतम र रामनाथ पौडेल रहनु भएको छ ।

राजमोको गाउँपालिका भेला सम्पन्न
मुसिकोट । राष्ट्रिय जनमोर्चा पश्चिम रुकुमको जिल्ला भेला बाफिकोट गाउँपालिकाको छिनखेतमा २०७४ असोज१० गतेका दिन सम्पन्न भएको छ ।
भेलाले सात सदस्यीय पश्चिम रुकुम जिल्ला समिति गठन गरेको छ । जसको अध्यक्षमा गिरी प्रसाद बुढा, उपाध्यक्षमा तुले खत्री, सचिवमा खड्क सिंह खड्का र कोषाध्यक्षमा सत्य नारायण श्रेष्ठ तथा सदस्यहरू धर्मभक्त मल्ल र हरि बहादुर केसी रहनु भएको छ । समितिको एक स्थान हाललाई स्थान रिक्त राखिएको छ ।
भेलामा नेपाली काङ्ग्रेस परित्याग गरी फत्ते बहादुर रोकाले राष्ट्रिय जनमोर्चामा प्रवेश गर्नु भएको थियो ।

रक्तिमको प्रशिक्षण सम्पन्न
तमघास । रक्तिम सांस्कृतिक अभियानले गुल्मकिो सत्यवती–२, पिपलबोटमा तीन दिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । रक्तिम सत्यवती गाउँ समितिको आयोजनामा सो कार्यक्रम २०७४ असोज १७देखि १९ गतेसम्म सम्पन्न भएको हो ।
रक्तिम जिल्ला समितिकी सदस्य उषा थापाको प्रमुख आतिथ्यता तथा प्रशिक्षणमा कार्यक्रम सम्पन्न भएको थियो । प्रगतिशील तथा जनवादी गीत, सङ्गीत र नृत्यको प्रशिक्षण दिइएको सो कार्यक्रमको अन्तिम दिन समापन कार्यक्रम आयोजना गरिएको थियो । राष्ट्रिय जनमोर्चा गुल्मीका सदस्य मित्रलाल त्रामू, अखिल नेपाल महिला सङ्घ गुल्मीकी जिल्ला अध्यक्ष जमुना कुँवर र प्रशिक्षार्थीकातर्फबाट थमी कुँवरले मन्तव्य राख्नु भएको सो कार्यक्रमको अध्यक्षता विमला कुँवरले र सञ्चालन निर्मला कुँवरले गर्नु भएको थियो ।

रक्तिमको जिल्ला भेला सम्पन्न 
परासी । रक्तिम सांस्कृतिक अभियान, परासीको जिल्ला भेला २०७४ असोज २१ गते सुनवलमा सम्पन्न भएको छ । मेघराज गौतमको अध्यक्षतामा सम्पन्न भेलाको उद्घाटन अभियानका केन्द्रीय सल्लाहकार रेम रानाले गर्नु भएको थियो । 
भेलाले मेघराज गौतमको अध्यक्षतामा नौ सदस्यीय जिल्ला समिति गठन गरेको छ । समितिको सचिवमा हमाल, कोषाध्यक्षमा वन्दना राना र सदस्यमा किरण तामाङ, मुना काफ्ले र सृजना राना रहनु भएको छ । समितिको दुई स्थान हाल रिक्त रहेको छ ।

राजमोको नगर भेला सम्पन्न
बर्दघाट (परासी) । राष्ट्रिय जनमोर्चाको बर्दघाट नगर समन्वय समितिको प्रथम भेला २०७४ असोज ३ गते बाढी पीडितस्थित नवजीवन माविको सभाहलमा सम्पन्न भएको छ । राष्ट्रिय जनमोर्चाका पूर्व केन्द्रीय सल्लाहकार सुरेश थापाको प्रमुख आतिथ्यतामा सो भेला सम्पन्न भएको हो । भेलामा राजमोको ५ नं. क्षेत्रका सदस्य तथा परासी जिल्ला अध्यक्ष रेम रानाको समेत आतिथ्यता रहेको थियो ।
भेलाले ढुण्डीराज पोख्रेलको अध्यक्ष्ँतामा राजमो बर्दघाटको १३ सदस्यीय नगर समन्वय समिति गठन गरेको छ । गठित समितिको उपाध्यक्षमा शिवु जिसी, सचिवमा तेजलाल न्यौपाने, सहसचिवमा गणेश आचार्य र कोषाध्यक्षमा शोभा लामिछाने रहनु भएको छ । समितिका सदस्यहरूमा लक्ष्मण जङ्ग हमाल, भोजराज पोख्रेल, बलिराज रेग्मी, अन्जु आचार्य, नर बहादुर आले, टेक बहादुर गिरी र खुशी पुन रहनु भएको छ । सदस्यको एक स्थान हाललाई रिक्त राखिएको छ । 
भेलाको अध्यक्ष्ँता शोभा लामिछानेले गर्नु भएको थियो भने स्वागत मन्तव्य बलिराज रेग्मीले राख्नु भएको थियो । ज्ञात अज्ञात सहिदप्रति एक मिनेट मौनधारण गर्दै अघि बढेको सो भेलाको सञ्चालन ढुण्डीराज पोख्रेलले गर्नु भएको थियो

No comments:

Post a Comment