Tuesday, October 10, 2017

नेपाली समाज अाेमानले दिपावली काे अवसरमा शुभकामना आदानप्रदान तथा देउसी भैलो कार्यक्रम अगामी १३ अकटुबर का दिन अायाेजना गर्ने ।

नेपाली समाज अाेमानले दिपावली काे अवसरमा शुभकामना आदानप्रदान तथा देउसी भैलो कार्यक्रम अगामी १३ अकटुबर का दिन अायाेजना गर्ने । 
No automatic alt text available.

दिल प्रसाद पाैडेल/मस्कट/अाश्विन २५
नेपाली समाज अाेमानले शुभ दिपावली ,देउसी भैलाे तथा सांस्कृतिक कार्यक्रम अायाेजन गर्ने भएको छ । राजधानी मस्कट स्थित फुड हाउस रेस्टुरेन्ट बर्कामा अागामी अकटुबर १३ तारिक शुक्रबार का दिन बिहान ११:३० बजे देखि शुभकामना अादान प्रदान कार्यक्रम अायाेजन गर्ने समाजका महासचिब दिल रोक्काले जानकारी गराउनु भएको हाे । कार्यक्रम काे उद्घाटन प्रमुख अतिथी अाेमान का लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले गर्नु हुने भएको छ । ओमान मा नै पहिलोपटक स्थापित नेपाली संस्था काे रूपमा नेपाली समाज ओमान रहेको छ । सन् २००३ मा स्थापना भएको याे संस्थालाई नेपालीहरुको साझा संस्था काे रूपमा भनेर चिनिन्छ । कार्यक्रम मा जानकाे लागि दर्शक हरु लाइ यात्रुबस को पनि ब्यवस्था पनि गरिएकाे जनाइएको छ । रुसेल बाट बिहान ११:३० पहिलो बस र दोस्रो बस १२:०० बजे छुटने समाजले जनाएको हाे । कार्यक्रम मा प्रवेश शुल्क अाेमानी ३ रियाल राखिएको छ । उत्त दिन सम्मपूर्ण अाेमान बासि नेपाली दाजुभाइ तथा दिदिबहिनीहरू मा उपस्थिति जनाइ कार्यक्रम काे शाेभा बढाइ दिनु हुन समाजले विनम्र अनुरोध गरेको नेपाली समाज अाेमान का अध्यक्ष युगेस बानु राईले जानकारी गराउनु भएको हाे ।

No comments:

Post a Comment