Tuesday, June 6, 2017

भवनलाई निर्माणका लागि सहयोगको अपिल



सालीक राम आचार्य मस्कट, ओमान - मिति ०३ जुन २०१७ का दिन गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको बैठक सम्पन्न भएको छ उक्त बैठकमा महत्व पुण छलफल तथा निर्णय गरिएको छ  । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद मध्यपूर्वकाक्षेत्रीय संयोजक डि.बी. क्षेत्री द्धारा जारि गरिएको प्रेस–बिज्ञप्तीमा अक्तिरिक्त सदस्यहरु बृद्धि र शुल्कको सानो हिस्सा बृद्धि गरि ऐतिहाँसिक महत्व बोकेका भवनलाई निर्माणार्थ सहयोगको लागि अपिल गरिएकोछ , अपिल यस प्रकार रहेको छ  । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको ५६ औं बैठकले भवन निर्माणार्थ सहयोगको लागि निर्णय गर्र्दै गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदहरुलाई प्रति सदस्य १० डलर अक्तिरिक्त सहयोगको लागि अपिल जारी गरिएको सम्वन्धमा हामीले ठुलै बहस ग¥यौं । मध्यपूर्व बिशेष मजदुर एन.आर.एन. हरुको क्षेत्र भएकाले यहाँका राष्ट्रिय समन्वय परिषदलाई यहाँभित्र नै ठुलै जिम्मेवारी छ । यसर्थ अक्तिरिक्त प्रति सदस्य १० डलर सहयोगार्थमा पूर्ण रुपमा सहमत हुन नसक्ने अवस्थालाई मध्यनजगर गर्दै, मध्यपूर्व क्षेत्रीय संयोजकको मध्यस्थतामा राष्ट्रिय समन्वय परिषदहरु कै सुझाव अनुसार मध्यपूर्वलाई एन.आर.एन.ए. को गौरवको योजनमा सहभागि पनि गराउने आर्थिक भार पनि कम पार्ने उपाय स्वरुप आई.सि.सि. को उक्त अपिललाई ५७ औं बैठकले परिमार्जित गर्दै मध्यपूर्व, मलेसिया र अफ्रिकन मुलुकका राष्ट्रिय समन्वय परिषदहरुले भवन निर्माणार्थ सहयोगको लागि प्रति सदस्य अक्तिरिक्त शुल्क ५ डलरमा सहमती भएको छ । तसर्थ म मध्यपूर्व संयोजकको हैसियतले नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई यी बिषयहरुमा बिशेष अपिल गर्न चाहन्छु । २४ महिनामा ५ डलर एउटा रणनितिक र ऐतिहा“सिक महत्व बोकेका भवनलाई दिन नसक्ने मध्यपूर्ववासी हामी होइनौं । हाम्रो गहन जिम्मेवारी भनेको स्वस्फुर्त रुपले सदस्यता ग्रहण गरी यस संस्थालाई मजबुत बनाउ“दै जाने हो । बिकशित राष्ट्रहरुमा रहने मित्रहरु शैक्षिक, आर्थिक तथा बौद्धिक स्तरले सम्पन्न हुनुहुन्छ तर हामी नेपालको आर्थिक बिकाशको साझेदार हुदै गर्दा मध्यपूर्व बिशाल मानवसागर र मानवियतामा अग्रज भुमिकामा छौं यसको समायोजन गराउनु नै नेपाल र नेपालीको हितमा छ । त्यसैले हामी हातमा हात का“धमा का“ध मिलाएर बराबरी रुपमा अगाडि बढ्न सक्छौ भन्ने तथ्यलाई सावित गर्नुपर्नेछ । यस संस्थालाई नेपाल र नेपालीको भलो नचाहनेहरुबाट ठुलो प्रहार हुदैछ । संस्था आफैमा नराम्रो हुदैन यसका केहि अपवाद पात्र र अपबित्र सोच राख्ने व्यक्तिहरुको प्रहार यस संस्था माथि अघि बढेको छ । जस्तै धनिको संस्था भन्ने, गरिवलाई सदस्य बन्न नदिने भन्ने गलत भनाईलाई चिर्दै तपा“ई हामी जस्ता आम नागरिकले संस्थाको सदस्यता लिएर यसको शुद्धता र बिकाशलाई अगाडि बढाउनै पर्छ । असल र स्वच्छ चरित्र भएको व्यक्तिले संस्थाको नेतृत्व नलिएमा खराव आचरण र भ्रष्ट व्यक्तिहरुले नेतृत्व गर्नेछन् । यसर्थ असल व्यक्तिहरु नेतृत्वमा आउनु पर्छ भन्ने मान्यता राख्दै सवैलाई सहभागिताको लागि अपिल पनि गर्दछु । भवदीय डि.बि.क्षेत्री मध्यपूर्व क्षेत्रिय संयोजक अन्र्तराष्ट्रिय समन्वय परिषद ००९६८ ९५७६७६०२ 

No comments:

Post a Comment