ओमानमा दसौं गणतन्त्र दिवस
शालिकराम आचार्य
मस्कट,ओमान- नेपाली राजदुतावास ओमानले दसौं गणतन्त्र दिवस काे पावन अवसरमा जुन ०२ तारिख शुक्रबार को दिन मस्कट स्थित अलमाहा ईन्टरनेशनल होटेलमा गणतन्त्र दिवश कार्यक्रम भब्यता का साथ सम्पन्न गरेेको छ । प्रमुख अतिथिका रुपमा ओमानका लागि भरखरै राजदुतमा नियुक्ति भएकी श्रीमती सर्मिला ढकाल पराजुलीको उपस्थिति रहेको थियोे भने राजदुत परिवार कार्यवााहक राजदुुत रोजिना ताम्राकार, लालबहादुर अर्याल लगायत अाेमान स्थीत सम्पूर्ण संघ संस्थाहरु गैर-आवसिय नेपाली संघ मध्यपुर्व क्षेत्रीय संयोजक डि.बि क्षेत्री, अन्तर्राष्ट्रिय नेपाली एकता समाजका महासचिव साेभाकान्त लामिछाने , गैर-आवसिय नेपाली सोसियल क्लब ओमान का अध्यक्ष दिपक श्रेष्ठ, ओमान नेपाली एकता समाजका अध्यक्ष छबिलाल बस्नेत, प्रवासी नेपाली मंन्च ओमानका उपाध्यक्ष लिलानाथ काेईराला, जनप्रगतिशील मंन्च ओमानका अध्यक्ष पदम प्रशाद अर्याल, नेपाली जन-सम्पर्क समिती ओमानका सभापति फर्सुराम पोख्रेल , बिबेकशिल नेपाली दल ओमानका ब्यवस्थापिका प्रमुख जीवन कार्की, नेपाली बुद्ध भिजन ओमान का अध्यक्ष नेमा तामाङ , नेपाली समाज अाेमाका देब नारायण तिवारी , नेपाली महिला समूह ओमानकि अध्यक्ष उमा अचार्य ढुंगाना, तामाङ समाज ओमानका अध्यक्ष राम तामाङ, अन्तरास्ट्रिय नेपाली साहित्य समाज ओमानका सुसिल पुन बिरही, नेपाल क्रीस्चियन फेलाेसिप अाेमानका संगम सिंह लगायत पत्रकार सामाज सेवी कलाकारहरु लगायतको उपस्थिति रहेको थियोे l
नेपालको २ सय ३७ वर्ष पुरानो राजतन्त्र ढालेर २०६५ जेठ १५ गते का दिन देशमा लोकतान्त्रिक गणतन्त्रको स्थापना मा अाफ्नाे ज्यान काे अाहूती दियका ज्ञात अज्ञात सहिदहरु लाई एक मिनेट माैन नमन तथा राष्ट्रियगान बजायर अगाडि बढेको कार्यक्रममा कार्यवााहक राजदुुत रोजिना ताम्राकारको स्वागत मन्तव्य रहेको थियो भने कार्यक्रमको संचालन अनुप ढकालले गरेका थिए ।
उक्त कार्यक्रममा नेपाली दूतावास अाेमानले हालचालै म सरकार द्वारा ओमानका लागि पहिलो राजदुत को रूपमा नियुक्ति गरि पठाईएकि सर्मिला पराजुलीको स्वागत तथा परिच्यात्मक कार्यक्रम पनि राखेको थियो । २४ मई २०१७ मा अ आईपुगेकी पराजुली ले २५ तारिख बिहिवार देखि नै पदभार ग्रहण गरी नेपाली राजदूतावास अाेमानको कार्यालयमा आफ्नो जिम्मेवारी सम्हाल्दै आईरहेकी थिइन । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै राजदुत पराजुलीले सबैलाई गणतन्त्र दिवसको शुभकामना ब्यत्त गर्दै उनले ओमानमा कार्यरत नेपाली दाजुभाइ दिदीबहिनिहरुको हक हित र समस्या का लागि सधैभरि सकारात्मक भयर निरन्तर अगाडि बढ्ने प्रतिवद्दता ब्यत्त गरेकि छिन । 
नेपालीहरुको हितका लागि नेपाल र ओमान बिच हुन नसकेका महत्वपुर्ण सम्झौताहरु तथा दुई देशको आपसी सम्बन्ध प्रगाढ र सुमधुर बनाउनको लागि आफू मेहेनतका साथ लागि प्रने र सरकार ले आफू प्रती गरेको बिश्वास कहिल्यै पनि टुट्न नदिने बताएकि छन । यसका लागि ओमान मा रहनुहुने सम्पुर्ण नेपाली हरुले आफुलाई सहयोग गर्न आग्रह गरेकी छन । ओमानका क्रियाशिल संघ संस्थाका प्रतिनिधिहरु समाजसेवीहरु तथा पत्रकारहरुले नेपालको दसौं गणतन्त्र दिवसको अवसरमा शुभकामना दिनुका साथै नबनियुत्त राजदुत सर्मिला पराजुली लाई बधाई दिंदै सफल कार्यकाल को लागि अग्रिम शुभकामना ब्यत्त गरेका थिए ।

No comments:
Post a Comment