कतार नेपाली एकता समाजले नेपाली राजदूतावासमा २४ घण्टे विमा माग सहित औपचारिक भेटघाट गरेको छ ।


उद्धव मगर दोहा कतार – मिति २०१७/०६/१८ दिन कतार नेपाली एकता समाजले ९ वुदे माग सहित नेपाली राजदूतावासमा एकता समाजको प्रतिनिधि मण्डलले ज्ञापन पत्र बुझाएको छ । प्रतिनिधि मण्डलका अध्यक्ष लुमाकान्त पुन मगर, द्धितिय उपाध्यक्ष, राम इन्दल थिङ्ग, कोषाध्यक्ष, धन बहादुर परियार, अन्तराष्र्टि«य नेपाली एकता समाजका सल्लाहाकार अर्जुन थापा, के.स सदस्य सुर्य सुवेदी, सचिवालया सदस्य हेमन्त वाईवा, सल्लाहाकार रेणु चौलागाई, वलदेव राना, सन्जु सुन्दास, हेमराज बस्नेत, विष्णु थापा, लक्ष्मण कोईराला, उद्धव मगर रहेको प्रतिनिधि मण्डलले कतारका लागि आउनु भएका नव नियुक्त राजदूत रमेश प्रसाद कोईरालालाई अध्यक्ष लुमाकान्त पुन मगरले खादा ओडाई स–सम्मान स्वागत गरेको थियो । यस भेटघाट कार्यक्रममा आ–आफ्नो परिचय पश्चात वर्तमान प्रवासमा रहेका आम नेपाली मजदूरहरुको समस्याबारे वृहत तथा विभिन्न टट्कारो सम–सामूहिक विषयमा छलफल भएको थियो भने यस ९ वुदे मागको क्रमगतरुपमा संस्थाका अध्यक्षले लुमाकान्त पुनले पढेर राजदूत रमेश प्रसाद काईरालालाई हस्तान्तर गर्नु भएको थियो । १.प्रवासी नेपालीहरुको सामाजिक सुरक्षाको ग्यारेण्टी गरियोस् । २.प्रवास नेपालीहरुको करार अवधिभर २४ घण्टा विमाको व्यवस्था गरियोस् । ३.घरेलु कामदारलाई श्रमऐन तथा मानव अधिकारको दायरा भित्र ल्याइयोस् । ४.प्रवासी नेपालीहरुलाई प्रवास मै उच्च शिक्षा दिने व्यवस्था गरियोस् । ५.कतार स्थित नेपाली कामदारहरुको न्यूनतम पारिश्रमिक मासिक क.रि १५००÷– कायम गरियोस् । ६.प्रवासी नेपालीहरुको मताधिकार र समानुपातिक प्रतिनिधित्वको ग्यारेण्टि गरियोस् । ७.नेपाल सरकार र कतार सरकार विच भएको त्यस अघिको श्रम सम्झौताको पुर्नमुल्याँकन गरी श्रम प्रतिनिधिको सहभागितामा पुन श्रम सम्झौता गरियोस् । ८.मेन पावर कम्पनीहरु खारीजगरी सरकाद्धारा कामदार पठाउने व्यवस्था गरियोस् । ९. संघीयता खारिज गरी पुर्ण प्रजातान्त्रिक विकेन्द्रिकरण सहितको स्थानिय स्वशासनमा आधारित राज्य प्रणाली स्थापना गरियोस् भन्ने मूल एजेण्डा कतार नेपाली एकता समाजले पेश गरेको थियो भने उपस्थित मण्डले उठाएका सम–सामूहिक विषयहरु यस राजदूतावासका उच्च अधिकारी मनीरत्न शर्माले स्पस्ट पार्नु भएको थियो । राजदूत रमेश प्रसाद कोईरालाले भन्नु भयो छलफलको क्रममा उठेका विषयहरु सबैखाले जटिल भएको र त्यस्ता विषयहरु नेपाली राजदूतावासले गर्नु सक्ने काम यहाँको सरकारसंग उठाउने प्रतिवद्धता गर्नु भएको छ ।

No comments:
Post a Comment