ओमान सलालाहमा खरीफ सीजन शुरू,पर्यटन महाेत्सव काे तयारी पुरा ।
शालिकराम अाचार्य
मस्कट अाेमान
बज्जिका पत्रकार संंघका राजु श्रीवास्तवले अाेमानकाे राजधानी मस्कट देखि एक हजार किलाेमिटर टाढाबाट पठाएकाे सामाग्री ।
दक्षिणी ओमान ढोफ़ार प्रांत सलालाह मा खरिफ यानि वार्षिक मनसुन महिना शुरू भएको छ । सलालाह मा खरिफ सिजन २१ जुन देखि सुरू भएको स्थानिय अधिकारीहरू ले घाेषना गरेका छन् । याे सिजन मा हजारों पर्यटक अाेमान काे दक्षिणी क्षेत्र सलालाह मा अाउने अपेक्षा गरिएको छ । खरिफ काे महिना मा विशेष गरि अाेमान सहित छिमेकी मुलुक साउदि अरब,दुबई ,कतार, कुबेत, बहराइन सहित अन्य देशका मानिसहरू मनसुन महिना खरिफ मा यहाँ अाउने गर्दछन् । सलालाह मौसम का लागि अति नै प्रसिद्ध मानिन्छ । माैसम लाइ चिसाे बनाउन का लागि हल्का बार्षा काे बुदा बाँदि र फुइ लगातार पर्ने भएकोले याे महिना लाई स्थानीय रूपमा मॉनसून अर्थात खरीफ महिना काे रूपमा भनिन्छ ।
चारैतिर हरियाे, समुन्द्री तट र सेताे पहाड ले घेरिएकाे सलालाह, पर्यटन का लागि अाकर्षण काे केन्द्र के रूप रहेकाे छ । खरिफ सीजन २१ सेपटेम्बर सम्म जारि रहने अनुमान गरिएको छ । ३० जुलाइ बाट ३१ अगस्ट सम्म हुने पर्यटन महाेत्सव काे सबै तयारी पूरा भएको सलालाह पर्यटन महाेत्सव समिति ले जनाएको हाे । नेशनल सेंटर फॉर स्टैटिस्टिक्स एंड इंफॉर्मेशन अाेमान द्वारा गरिएको सर्वेक्षण का अनुसार पाेहाेर साल खरीफ सीजन २१ सेप्टेम्बर २०१६ सम्म ६ लाख ५२ हजार पर्यटन लाइ याे महिना मा आकर्षित गरिएको थियोे ।


No comments:
Post a Comment