लुगा लगाएको नाङ्गो मान्छे

कृष्ण बन्जाडेे धारापानी अर्घा खाँची
लुगा लगाएको
नाङ्गो मान्छे सडकमा हिडेको देखेॅ
उनले जे जे गरे
त्यही मात्र लेखेॅ
उनले भाषण दिए , नेता हुनाले
खुब चर्को चिच्चाए
भष्टचारीहलाई
खूबै गिज्जाए
जनताको ढाड भाच्ने लुटेराहरू
जोडतोडले भनेको सुने
असल नेता भन्दै
ऊनैलाई मनभित्र गूने
तर, केही दिनपछि त उनले
आफ्नै ठाउँको विकासको रकम
झ्वाम्म पारेछन
मिलेमतोमा, आफै समिति बनी
रकम आफ्नै खल्तीमा सारेछन
सोझा जनतालाई
आशै आशामा पारेछन
तर पनि उनी खाटी
भनौ नढाटी , भष्टचार विरोधी नेता हुन्
उनी लुगा लगाएको नाङ्गो मान्छे हुन ।
आफ्नै ठाउँको विकासको रकम
झ्वाम्म पारेछन
मिलेमतोमा, आफै समिति बनी
रकम आफ्नै खल्तीमा सारेछन
सोझा जनतालाई
आशै आशामा पारेछन
तर पनि उनी खाटी
भनौ नढाटी , भष्टचार विरोधी नेता हुन्
उनी लुगा लगाएको नाङ्गो मान्छे हुन ।
फेरि नेताले प्रशिक्षण दिए
जाडरक्सीको बिरूद्द
मानौ उसले रक्सी छुदैछुन्न
तर अपसोच
घाम डुब्दानडुब्दै उसलाई
रक्सी नभइ हून्न
उसको प्रशिक्षण खूब सुनियो
उसकै आह्वानमा
जँड्याहाहरूलाइ थुनियो
तर, तर केही दिन पछि त
उनै नेतालाई सडकमा भेटियो
तेती चौडा सडक उनको निम्ति
साँघुरो भएको पो देखियो
रक्सीले मात्तिएको
उनको बेबार देख्दा
मान्छे नै आत्तिएको
यस्तै तितो सत्य भेटियो
उनी प्रति श्रद्धा नै मेटियो
तर , तर पनि उनी
बाहिर रक्सीको बिरोध गर्ने पात्र हो
उनको बिरोध केवल देखावटी मात्र हो
त्यसैले ऊ लूगा लगाएको नाङ्गो मान्छे हो ।
जाडरक्सीको बिरूद्द
मानौ उसले रक्सी छुदैछुन्न
तर अपसोच
घाम डुब्दानडुब्दै उसलाई
रक्सी नभइ हून्न
उसको प्रशिक्षण खूब सुनियो
उसकै आह्वानमा
जँड्याहाहरूलाइ थुनियो
तर, तर केही दिन पछि त
उनै नेतालाई सडकमा भेटियो
तेती चौडा सडक उनको निम्ति
साँघुरो भएको पो देखियो
रक्सीले मात्तिएको
उनको बेबार देख्दा
मान्छे नै आत्तिएको
यस्तै तितो सत्य भेटियो
उनी प्रति श्रद्धा नै मेटियो
तर , तर पनि उनी
बाहिर रक्सीको बिरोध गर्ने पात्र हो
उनको बिरोध केवल देखावटी मात्र हो
त्यसैले ऊ लूगा लगाएको नाङ्गो मान्छे हो ।
मैले उनको
महिला अधिकार र सम्मानको
धेरै कुरा सुने
बेश्यावृति बाध्य पार्ने
पुरुष प्रधान समाज हो भन्ने कुरा लाइ
आफ्नो मनभित्र गूने
क्या नेता
त्यसैले त
श्राद्ध छ तेता
ठोकेँ सलाम अन्तर आत्माबाट
यस्तै सबै भइदिए
महिला हिंसा कसले गर्छ आटँ
प्रफुल्ल बनेँ
देखेर राम्रो छाटँ
फेरि सलाम भने
भित्री मनबाट
महिला अधिकार र सम्मानको
धेरै कुरा सुने
बेश्यावृति बाध्य पार्ने
पुरुष प्रधान समाज हो भन्ने कुरा लाइ
आफ्नो मनभित्र गूने
क्या नेता
त्यसैले त
श्राद्ध छ तेता
ठोकेँ सलाम अन्तर आत्माबाट
यस्तै सबै भइदिए
महिला हिंसा कसले गर्छ आटँ
प्रफुल्ल बनेँ
देखेर राम्रो छाटँ
फेरि सलाम भने
भित्री मनबाट
केही दिन पछि त उही नेता
आफ्नै साथीको श्रीमती टिपी
सिधै आएछ यता
तेती मात्र कहा रहेछ अरे
अरु चेलीहरूसङग पनि उसको
लसपसको असफल प्रयास थियो अरे
कसैको त पैसा र गहना समेत
खाइदियो अरे
केही महिलालाई त
घरन घाटको बनाइदियो अरे
तर , तर पनि उ नेता हो
महिला अधिकारको सम्मान गर्ने
उ त समाजसेवी हो
उसको बारेमा
धेरै नभनौ भो
किनकी उ लुगा लगाएको नाङ्गो मान्छे हो ।
आफ्नै साथीको श्रीमती टिपी
सिधै आएछ यता
तेती मात्र कहा रहेछ अरे
अरु चेलीहरूसङग पनि उसको
लसपसको असफल प्रयास थियो अरे
कसैको त पैसा र गहना समेत
खाइदियो अरे
केही महिलालाई त
घरन घाटको बनाइदियो अरे
तर , तर पनि उ नेता हो
महिला अधिकारको सम्मान गर्ने
उ त समाजसेवी हो
उसको बारेमा
धेरै नभनौ भो
किनकी उ लुगा लगाएको नाङ्गो मान्छे हो ।
मानवअधिकारको वकालत गर्ने
सम्बैधानिक अधिकार खोज्न
हरपल अघि सर्ने
त्यो मेरो साथी
उसका विचार सुन्दा
कति लाग्छ जाति
उसको विचार नै
कति माथि माथि
सम्बैधानिक अधिकार खोज्न
हरपल अघि सर्ने
त्यो मेरो साथी
उसका विचार सुन्दा
कति लाग्छ जाति
उसको विचार नै
कति माथि माथि
तर, तर बुझ्दै जादाखेरी
ऊही साथी आएछ
पुरानो रूप फेरि
हिजो सयौ लासहरूमा टेकेको
उसको अमानवीय व्यवहार
सारा गाउँलेहरूले देखेको
तर, आज ऊ
मानवअधिकार कर्मि अरे
दुधको साक्षी बिरालो देख्दा
जनता नै अचम्म परे
ऊही साथी आएछ
पुरानो रूप फेरि
हिजो सयौ लासहरूमा टेकेको
उसको अमानवीय व्यवहार
सारा गाउँलेहरूले देखेको
तर, आज ऊ
मानवअधिकार कर्मि अरे
दुधको साक्षी बिरालो देख्दा
जनता नै अचम्म परे
त्यसैले त्यो मानवअधिकार कर्मि
लुगा लगाएर हिडेको नाङ्गो मान्छे हो ।
लुगा लगाएर हिडेको नाङ्गो मान्छे हो ।
लोकतन्त्र/ प्रजातन्त्रको
वकालत गर्नेहरू
जनताको मतको
विश्वास नगरी मत पत्र
च्यात्न अघि सर्नेहरू
सच्चा हौ भन्छौ
लोकतन्त्रका पक्षधर
तिमीलाई किन
जनताको लाग्दैन भर
सन्सार अचम्वित पार्ने
नेपाली प्रजातन्त्र
अझ नाक फूलाउदै भन्छौ
सङ्घीय गणतन्त्र
यस्तै छ हाम्रा
नेताहरूको विचार
देश भइरहेछ
विदेशको शिकार
खोई कहा छ देशको माया
सत्ता वरिपरि विदेशीको छायाँ
त्यसैले यिनीहरू पनि
लुगा लगाएका नाङ्गा मान्छे हुन
नाङगा मान्छे हुन ।।।।।
वकालत गर्नेहरू
जनताको मतको
विश्वास नगरी मत पत्र
च्यात्न अघि सर्नेहरू
सच्चा हौ भन्छौ
लोकतन्त्रका पक्षधर
तिमीलाई किन
जनताको लाग्दैन भर
सन्सार अचम्वित पार्ने
नेपाली प्रजातन्त्र
अझ नाक फूलाउदै भन्छौ
सङ्घीय गणतन्त्र
यस्तै छ हाम्रा
नेताहरूको विचार
देश भइरहेछ
विदेशको शिकार
खोई कहा छ देशको माया
सत्ता वरिपरि विदेशीको छायाँ
त्यसैले यिनीहरू पनि
लुगा लगाएका नाङ्गा मान्छे हुन
नाङगा मान्छे हुन ।।।।।
No comments:
Post a Comment