Tuesday, July 11, 2017

नेपाली जनप्रगतिशील मंच ओमानको नेतृत्वमा उमेश वि.क !!

?

नेपाली जनप्रगतिशील मंच ओमानको नेतृत्वमा उमेश वि.क !! 


सालिक राम अाचार्य 
मस्कट अाेमान 

नेपाली जनप्रगतिशील मंच ओमानको प्रथम अधिवेसनमा उमेश बि.क  नेतृत्वमा चयन भएकाछन । नेपाली जनप्रगतिशील मंच ओमनको प्रथम अधिवेसन सम्पन्न भएको छ ।  पदम प्रसाद अर्यालको अध्यक्षतामा नेपाल कम्नियुष्ट  पार्टी  माओवादी केन्द्रका नेता तथा विदेश विभाग प्रमुख नारायणकाजी श्रेष्ठको  प्रमुख आतिथी रहेकाे थियाे भने तुला गिरीले संचालन गरेका थिय साथै   उक्त कार्यक्रमका विशिष्ठ आतिथीमा नेपाली दूतावास ओमानकी राजदूत सर्मिला पराजुली ढकाल ,  नेपाल चेम्बर अफ कमर्सका चन्डीराज ढकाल, जनवादी गायक नवीन खड्का रहेका थिए । कार्यक्रममा ओमानमा रहेका विभिन्न  संघ संस्थाहरुका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो, जसमा अाेमान नेपाली  एकता समाज, नेपाली जनसम्पर्क समिति अाेमान, प्रबासि  नेपाली मंच अाेमान,  विवेकशिल दल ओमान, गैरअाबासिय संग ओमान, नेपाली समाज ओमान, अन्तर्राष्ट्रिय साहित्य समाज अाेमान च्याप्टर, नेपाली महिला समुह, दलित एकता संजाल, नेपाली बुद्ध भिजन, मगर संघ अाेमान , तमु समाज अाेमान, सगरमाथा समुह का अध्यक्ष राजेन्द्र चौधरी लगायत विभिन्न मिडिया कर्मीहरुकाे उपस्थिति रहेकाे थियो । सहीदहरुप्रति मौनधारण तथा राष्ट्रिय गान बजाइए पछि कार्यक्रमको उद्घाटन गरिएकाे  थियो ।

प्रमुख अतिथि श्रेष्ठले नेकपा माओबादी पार्टीले स्थानीय चुनावमार्फत आफ्ना एजेन्डा जनताको घरदैलोमा पुर्याउन सफल भएको बताउँदै पार्टी अब देश बिकासको बाटोमा जाने बताए । पछिल्ला दिनमा वैदेशिक रोजगारमा जाने नेपाली युवाहरुको संख्या बढिरहेको अवस्थालाई रोक्न नसकिएकोमा चिन्ता व्यक्त गर्दै अब देशमा विकासका पूर्वाधारहरु तयार गरेर युवालाई देशमै रोजगारीको व्यवस्था गर्दै बिदेशीनबाट रोकेर देश समृद्ध बनाउन लाग्नुपर्ने बताए । नेता श्रेष्ठले ओमानमा धेरै नेपाली दाजुभाइ दिदीबहिनीहरु लाई भेट्न पाउँदा रमाइलो अनूभुति र खुसी भएपनि अर्को पाटोबाट हेर्दा नेपाली माटो, आफ्नो परिवार छोडेर विदेश आउनुको कारण रहरले नभएर बाध्यताले भएको बताउँदै यदि अबका दिनमा युवाहरुलाई विदेश जानबाट रोक्न नसकेमा देश पुरै वृद्धआश्रममा परिणत हुने डरलाग्दो संकेत देखा परेको समेत बताए ।  चण्डीराज ढकालले नेपालको राजनीतिक अस्थिरता र महाभूकम्पका कारण पनि धेरै नेपाली दाजुभाइ दिदिबहिनीहरु बाध्यताबस बिदेशीनु परेको बताउँदै जबसम्म देशमै रोजगारीको व्यवस्था हुँदैन् तबसम्म देशबाट युवा बाहिरिने बताए ।
अाेमानका लागि नेपाली राजदूत श्रीमती ढकालले नेपालको युद्ध र राजनीतिक समस्याले गर्दा बाध्यता बस नेपाली बिदेशमा आउनु परेको र अहिले ओमानमा २०अाैं हजार नेपाली कामदार रहेको बताएकी थिइन् । उनले मानव तस्करले नेपाली  दिदिबहिनीहरु लाई भारत हुँदै
 खाडी मुलुकमा बेच्ने गरेकाले समस्यामा परेका 
दिदि बहिनीहरुको उद्धारमा समस्या भएको बताईन । दूतावासले समस्या समाधानका लागि  परेको र अहिलेसम्म ५१ जना नेपाली दाजुभाइ दिदिबहिनीहरुको उद्धार गरि स्वदेश फर्काउने काम भएको जानकारी दिएकी छिन । जनप्रगतिशील मंच ओमानकाे अधिबेशनले उमेश विककाे नेतृत्वमा नयाँ समिति  चयन गरेको छ । जसको उपाध्यक्षमा हेम आचार्य, चक्रमान तामाङ, कमला तामाङ चयन भयकाछन भने महासचिवमा समित अधिकारी, सचिवमा राम सिङ तामाङ, दिपक परियार, इश्वर राना मगर, सहसचिवमा शोभा आचार्य, कोषाध्यक्षमा पन्चराम स्याङतान तामङ  सहकोषाध्यक्षमा राम लासिवा र सदस्यहरुमा
क्रमशः टेक बहादुर कामी, अर्जुन कार्की, सुरेश बराली, श्याम महतो, मोहन गिरी, रिनामाया, चित्र बहादुर केसि, बिभी तामाङ, बिशाल सुब्बा, कमल कटुवाल शंकर अधिकारी, दिपक परियार, इस्वर राना, सीता घिमिरे तथा बिक्रम तामाङ रहेका छन ।  तथा पदम प्रशाद अर्याल, तुला गिरी, डि.बि क्षेत्री, ताेलाकान्त भट्टराई, गुणहरि अधिकारी, दिपक श्रेष्ठ, ज्ञानेन्द्र खनाल, ईक्षा राई, मुन्ना बाबू परियार र भरत अधिकारी लगाएतका दस जना संरक्षक सल्लाहकार नियुक्त गरिएको छ । विभिन्न ब्यक्क्तित्व हरुले नव निर्वाचीत समितिलाई सफल कार्यकालका लागि शुभकामना ज्ञापन गरेका थिय । कार्यक्रममा विभिन्न  बिधामा रहेका व्यक्तिहरु  माओवादी केन्द्रमा प्रवेश गरेका छन। अधिवेशन मस्कटस्थित अल रीफ होटेलमा सम्पन्न भएको थियो ।

1 comment:

  1. नवनिर्वाचित पदाधिकारीहरू लाई बधाइ तथा सफल कार्यकालको शुभकामना ।

    ReplyDelete