Tuesday, July 11, 2017

नेपाली राजदुतावास ओमान अन्तरक्रिया             कार्यक्रम

शालिकराम आचार्य 

मस्कट,ओमान- ७ जुलाई २०१७ नेपाली राजदुतावास ओमानले   राजदुत निबास उद्घाटन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेकाेछ ।


अाेमानका लागी  नेपाली राजदुत सर्मिला ढकाल पराजुलीको अध्यक्षता तथा  नेपाल उद्योग ब्यापार संघका निबर्तमान अध्यक्ष चन्डीराज दहालकाे बिशेष  उपस्थिति रहेको थियोे । ज्ञात अज्ञात सहिदहरु लाई एक मिनेट माैन नमन तथा राष्ट्रियगान बजाएर अगाडि  बढेको  कार्यक्रमको संचालन अनुप ढकालले गरेका थिए ।
 साथै राजदुत परिवार कार्यवााहक राजदुुत  रोजिना ताम्राकार, लालबहादुर अर्याल लगायत अाेमान स्थीत सम्पूर्ण संघ संस्थाका पदाधिकारी पत्रकार लगायत लामाे समय देखि अाेमानमा कार्यरत नेपालीहरु काे उपस्थिती रहेकाे थियो अन्तरक्रिया कार्यक्रममा 
नेपाली लगानी  अाेमानमा तथा अाेमानी पर्यटन नेपाल पुर्‍याउने बारे छलफल गरिएको थियो । जसका लागि अाेमानमा लामाे अनुभव भएको ले कसरी र के के गर्न सकिन्छ भन्नेबारे विभिन्न संघ संस्थाका प्रतिनिधि हरुले सल्लाह सुझाव राखेका थिए । 

दिपक्षिय व्यापारका लागि गरिनुपर्ने सबै  खाले अभ्यास गरि चाडैनै याे कार्य अगाडि बढाउने  प्रतिबद्धता राजदुत मार्फत गरिएको छ । साथै अाेमान स्थित संघ संस्थाहरु का साथ अाेमानमा रहेका सम्पूर्ण नेपालीहरुकाे माझ पुगेर सबैकाे सुखदुःख साटासाट गर्ने तथा सबैकाे सर सल्लाह सुझाब लिनका लागि
 
महिनामा एक दिन "चिया राजदुत संग" अथवा "Coffee With Ambassador" कार्यक्रम  गरिने जानकारी राजदुत पराजुली ले दिएकी  छिन ।

No comments:

Post a Comment