Friday, July 14, 2017

मणि थापालाइ खुल्ला पत्र

                मणि थापालाइ खुल्ला पत्र





सुवाश संयम को फेसबूक बाट 















 










  

कमरेड मणि लालसलाम !!!

कुशल छु सोहि चाहान्छु। मिति २०७४ असार १० गते प्युठानको मच्छीमा तपाईले गरेको भाषण चुनावी बेस्तताका कारण मैले हिजो मात्र सुन्न पाए।सुनि सके पछि मेरो मनमा केहि बिचारहरु उत्पन्न भए।तपाइले भाषणमा ब्यक्त गरेका बिचारको सन्दर्भमा केहि कुरा लेख्नु पर्छ या पर्दैन भन्ने दुबिधाले म रोकिए।भाषणको स्तरले त्यो बिषयमा कुनै पनि कुरा न लेख्नुनै उत्तम हुन्थ्यो तर तपाइ जस्तो माओबादि पार्टीको केन्द्रिय स्तरको नेता र तपाईंले दिएकै परिचयका आधारमा वाइ. सि. एल. को फ्राक्सन इन्चार्ज पनि भएका कारण यो खुल्ला पत्र लेख्नु पर्छ भन्ने ठाने र लेख्दै पनि छु।
चुनाब प्रचारका शिलशिलामा गत असार १० गते तपाइले मच्छीमा करिब आधा घन्टा भाषण दिनु भएछ।भाषणको पुरै समय मोहन बिक्रमको उछितो काढ्ने र मसाललाइ खुल्ला रुपमा लड्न आउन आव्हान गर्नमा नै सिद्दाउनु भएछ।तपाइ त्यस दिन सन्तुलित हुनुहुन्थ्यो या थिएन ? तपाइ आफ्नो विवेकले कुरा गर्दै हुनुहुन्थ्यो या कसैबाट निर्देशित हुनुहुन्थ्यो ? साच्चिकै ति कुराहरु तपाइका आफ्नै बिचार थिए या थोपरीएका र विवश बनाइएका बिचार थिए ? यि सबै प्रश्नका उत्तरहरु तपाइ सङै होलान्।
चुनावमा धेरै भाषणहरु गरिन्छ्न।सायद त्यस्ता भाषणमा अर्को पार्टीको सबलता र अनुकुलतामा कुनै पनि कुरा गरिदैन। तर हरेक भाषणको स्तर हुन्छ । तर तपाइले कम्तीमा पनि तल्लो स्तरको मर्यादा समेत बिर्सेर आफ्नो मन्तव्य दिनु भएछ। अर्को पार्टी विरुद्ध जे पनि बोल्न र भन्न पाइने छुट कसैलाइ पनि हुदैन। लोकतन्त्रले मुखमा झुन्डिएको सबै कुरा बोल्न पाइन्छ भनेको छैन।त्यसका पनि आफ्नै मानक होलान। तर तपाइले प्रस्तुत गर्नुभएका बिचारको स्तर कति धेरै घटिया छ भन्ने कुरा नशाको मात लाग्नु भन्दा पहिल्यै तपाइ स्वयमले नै सुन्नु भयो भने पनि थाहा पाउनु हुनेछ। 
भाषणमा तपाईले धेरै पटक मसाललाइ च्यालेन्ज गर्नु भएको छ, लड्न आउन आव्हान गर्नु भएको छ र तपाइकै शब्दमा थ्रेट गर्नु भएको छ।बिनाकुनै कारण, बिनाकुनै सन्दर्भ एकोहोरो मसाल विरुद्ध निक्कै प्रहार गर्नु भएको छ त्यो पनि निक्कै तुच्छ र पांडे गालिमा। तपाइले झिमरुकका जनतालाइ धम्की दिनु भएको छ। १५ मिनेटमा ५०० वाइसीएल झारेर सिद्दाउछु भन्नु भएको छ।१० बर्ष सम्म तपाईका बम र बन्दुक सङ जनता डराएनन। जनता विरुद्ध सोझिन खोज्ने तपाइका बन्दुकलाइ ६ ठाउ बाट भाच्न हिम्मत गर्ने प्युठानि अझ त्यसमाथी झिमरुकका जनता तपाइको धम्कीले डराउने कुरा त छाड्नुहोस बरु तपाइका हरेक च्यालेन्ज बिरुद्द लड्न तयार छ्न, फेस गर्न तयार छन। जनताको तागतका अगाडी तपाइका १ लाख वाइसीएल चट्नी हुन कमरेड !
जनतालाइ अपमान गर्ने अधिकार कसैलाइ पनि छैन।त्यो अधिकार मणि थापालाइ नि छैन।त्यो भाषणले जनताको अपमान गरेको छ।सत्ता र शक्तिको उन्मादमा जनता माथी धावा बोलेको छ। जनताको स्वाभिमान माथी आक्रमण गरेको छ। झिमरुकका बहुसंख्यक जनताको बिचारमाथी भुत्ते प्रहार गरेको छ। मणि थापा र माओबादी सत्तामा होसकि भारतिय बिस्तारबादको गुलाम त्यो झिमरुकका जनतालाइ चासो छैन तर उ जे सुकै भए पनि जनतालाइ तिरस्कार गर्यो भने त्यो राणा र राजाहरु जस्तै जनताको बिचबाट पत्ता साफ हुन्छ त्यसको हेक्का मणि जिलाइ होला।
मणि जि मलाइ बिस्वास छैन तपाइ जस्तो राष्ट्रिय राजनिती गर्ने ब्याक्तिको औकात त्यही होला भनेर।तपाइबाट एउटा सादा भन्दा सादा मान्छेले पनि देशलाइ बुझ्ने अपेक्षा राक्दछ। तपाइको कुराबाट राष्ट्रिय राजनिती बुझ्न चाहान्छ, देशको परिश्थिती बुझ्न चाहान्छ, माओबादीको निति, बिचार र दृटिकोणको मुल्यांकन गरेर आफ्नो दृष्टिकोणको निर्माण गर्न चाहान्छ। तर तपाइले गरेको भाषणले के त्यो औकात राख्दछ ? जनताको बिचमा भ्रमको खेति गर्ने र जनतालाइ आतंकित बनाउने भन्दा बढी कुनै काम तपाइको भाषणले गरेको छैन कमरेड !
अझ हामिलाइ त लागेको थियो तपाइको उपस्थितिमा प्युठानमा माओबादि र राजमो बिचको नगर स्तरमा भएका तालमेल सफल हुनेछन। तर तपाइ त यसरी प्रस्तुत हुनु भयो माओबादिले भर्खरै राजमो बिरुद्द युद्दको घोषणा गरेको छ र त्यसको लागी आव्हान गरिदै छ। सायद तपाइकै नेतृत्वमा प्युठान नगरमा अन्तरघात भएको छ। जनमोर्चाको साहारामा तपाइहरु ले १ सिट जित्नु भएको छ।त्यो अन्तरघातको कलंकको टिका पनि तपाइलेनै लगाउनु पर्दछ ।
झिमरुकको त्यो भाषणका पछाडि हुनसक्ने अर्को पक्ष पनि महत्त्वपुर्ण छ। यदि तपाइले त्यहाका तपाइका आफ्ना पार्टिका उम्मेदवारलाइ पराजित गर्न यो सबै तानाबाना बुन्नु भएको हो भने तपाइ सत प्रतिसत सफल हुनु भएको छ ।
मलाइ थाहा छैन, खुलेआम जनयुद्ध लडेर १७००० मान्छे मारेको तपाई जस्तो सपुतले मेरो पत्र पढेर मेरो कन्चटमा म्यागेजिन सोजाउनु हुने छ या अरुनै कुनै प्रतिक्रिया दिनुहुने छ। तर तपाइले मेरो बिरुद्द अणु बमनै खसाल्ने निर्णय गर्नु भयो भने पनि म तयार छु। झिंगाको श्रापले डिंगा मर्दैन कमरेड । 
धन्यवाद l


No comments:

Post a Comment