राजधानी
कृष्ण बन्जाडे
घरैघरले भरिएको राजधानी सहर
बाटो भरि भूइ नदेखिने सवारीको लहर
घाम लाग्दा धूलो उड्ने पानी पर्दा हिलो
देश बनाउने महोदयका महल हेर्न मिलो ।
नाक छोपी हिँड्नुपर्ने सडकको किनार
मेलम्चीको आशै आशामा सुकिगएछन ईनार
भूइचालोले थिलैथिलो करङ भाँचिएको
कहिले देख्न पाइने होला हड्डी गासिएको
मान्छेभन्दा गाडी धेरै गाडी भन्दा मान्छे
कुन्नि यती लावालस्कर कता कता जान्थे
अर्धनङ्न राजधानीको विशेषतानै रहेछ
सभ्यता र संस्कृति त सङरालयमा गएछ
स्कुल जाने नानीहरू ढलले बगाई मार्छ
सुन्दा यस्ता घटनाले शोकै शोकमा पार्छ
राजधानी कै यो दुर्दशा ज्यानै लिने पासो
सर्वसाधारण मरेकै छन् कस्लाई के को चासो
नेता ठेकेदार चोर डाकुँ मिलि बस्ने थलो
लुटपाट हत्या भरस्टचारी उनैको छ भलो
डुबिई किचिई सर्वसाधारण जति सक्छौ मर
जिम्मेवारी नलेऊ सरकार पर पर सर
राष्ट्रदेव रे पशुपति टुलुटुलु हेर्छन्
बतासमा क्या बास्ना छ साश कसरी फेर्छन्
बागमतीले तिम्रो गोडा च्वास्स घोच्छ होला
हिम्मत भए ब्यूँझ अब जय शङ्कर भोला
जय शङ्कर भोला ।।।
2074-04-01 मा काठमाडौंबाट ।
No comments:
Post a Comment