Saturday, July 15, 2017

विदेशमा रहेका नेपालीलाई कार्यरत देशबाटै मतदानको व्यवस्था गर्न राजमोको माग

विदेशमा रहेका नेपालीलाई कार्यरत देशबाटै मतदानको व्यवस्था गर्न राजमोको माग

ok

अध्यक्ष चित्रबहादुर केसीले एक प्रेस वक्तव्य जारी गर्दै नोकरी एवं व्यवसायको लागि नेपाली नागरिकहरुको ठूलो संख्या विदेशमा रहेकोमा उनीहरुलाई देशमा हुने आम निर्वाचनमा उनीहरुले काम गर्ने देश मै रहेर सहभागी बनाउन सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण गराएका छन् ।
यस्तै, गाउँपालिका र नगरपालिकाका कार्यालयहरु स्थापना भइसकेको अवस्थामा त्यहीबाट मतदाता नामावली संकलनको कार्य गर्न सुझाव पनि राजमोले सुझाव दिएको छ । ‘मध्य वर्षाकाल र खेतिपातिको बेला श्रावण १ गतेदेखि १५ गतेको समयमा जनता जिल्ला वा क्षेत्रका सदरमुकामसम्म पुगेर आफ्नो नाम दर्ता गर्न वा अध्यावधिक गर्न मुस्किल पर्दछ । त्यस्तै निर्वाचन कानुनमा व्यवस्था भए बमोजिम सम्बन्धित निर्वाचनको मिति घोषणा भएपछि मात्र मतदाता नामावली अध्यावधिक गर्न पाईदैन । निर्वाचन आयोगले त्यो समय अगावै मतदाता नामावली अध्यावधिक गर्न बन्द गर्नाले नागरिकको अधिकार हनन् हुन्छ ।’ वक्तव्यमा भनिएको छ ।
खेतीपाती सकेर हजारौं नेपाली भारत वा तेस्रो मुलुकमा रोजगारीका लागि जाने हुँदा बिमानस्थल वा सीमानाकामा नै मतदाता नामावली संकलन गर्न पनि राजमोले आग्रह गरेको छ । अधक्ष केसीद्धारा जारी सो वक्तव्यमा अगाडि भनिएको छ– ‘हामीले यहाँ यो विषयमा ध्यानाकर्षण गराउन चाहन्छौं कि दिनहुँ १ हजार/ १५ सयका दरले नेपालीहरु विदेशीई रहेका छन् । वर्षाकाल वा खेतीपाती सकेर विदेश जाने संख्या झन बढी हुन्छ । उनीहरु विदेश जाने मुख्य नाका काँकडभिट्टा, विराटनगर, विरगंज, भैरहवा, नेपालगन्ज, महेन्द्रनगरका भन्सार कार्यालयहरु र त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा उनीहरुलाई आफ्नो नाम मतदाता नामावलीमा दर्ता गर्ने व्यवस्था गर्न पनि हामीले विशेष आग्रह गर्दछौं । त्यसो भएमा निर्वाचनको बेला उनीहरु देशमा आइ मतदान गर्न सम्भव हुने छ ।(रिपोर्टर नेपाल)

No comments:

Post a Comment