Saturday, September 2, 2017

ओमानमा प्रगतिशील तिज

ओमानमा प्रगतिशील तिज

 मस्कट,ओमान - नेपाली महिलाहरूको महान पर्व तिजको अवसरमा ओमान नेपाली एकता समाज महिला बिभागद्वारा आयोजित "प्रगतिशील तीज बिशेष कार्यक्रमअगस्ट  १८ तारिखका दिन भब्य रुपमा सम्पन्न भएको छ । उक्त तिज कार्यक्रम अहिले नेपालमा बाढी पीडित बाट प्रभावित भएको परिवारलाई राहत संकलन स्वरुप आयोजना गरिएको थियोे । 

कार्यक्रम नेपाली दूतावासका राजदूत सर्मिला पराजुली ढकालको प्रमुख आतिथ्यमा तथा महिला बिभागकी अध्यक्ष लक्ष्मी रायमाझीको सभापतित्वमा सम्पन्न भएको थियो । विभिन्न समयमा देश र जनताको निम्ति ज्यान गुमाएका ज्ञातअज्ञात सहिदहरुप्रति एक मिनेट मौन धारण पश्चात् नेपाली राष्ट्रिय गान सहित अघि बढेको सो समारोहको उद्घाटन गर्दै राजदुत पराजुलीले अहिले नेपालमा आएको बाढीले पुर्यायको क्षतिप्रती दुख व्यक्त गर्दै पीडित परिवारको राहतको लागी सवैले सहयोग गर्न अनुरोध गरेकी थिइन। उनलेे  प्रवासमा भएपनि यसरी आफ्नो संस्कृति र पर्वहरुलाई सबै मिलेर मनाउन सक्नु नै गर्वको कुरा भएको बताउदै सबै जनालाई  तिजको शुभकामना दिईएकि थिइन् । उनले महिलाहरुले परिवार र बालबच्चा पाल्न उनीहरुको खुशीको निम्ति गरेको त्यागको सम्मान गर्नुपर्ने बताएकि थिइन्  । राजदुत पराजुलीले अहिले बेद र बाईबलमा महिलाहरुको सुरक्षा सम्बन्धि बिधावार्थि गर्दैछिन । 
समाजमा चेतना जगाउन सकेमा महिला भएकै कारणले नारी प्रताडित र पछि पर्नु नपर्ने जिकिर गरेकी थिईन । उनले  अहिले बिदेशमा समस्या बढेको कारण सरकारले घरेलु कामदारको रूपमा खाडीमा आउन प्रतिबन्ध लगाएपनि महिला स्वयं जोखिम मोलेर बिदेश आउन खोज्नुले अझ थप समस्या बेहोर्नु परेको बताउदै अबको दिनमा महिलाहरुले आफुले बिदेशमा सिकेको सीप मेहनत स्वदेशमै लगानी गरेर स्वावलम्बी बन्न समेत जोड दिदै बिदेश आउन चाहनेलाई प्रोत्साहित नभई यहाँको समस्या बारे सम्झाई बुझाई रोक्न समेत आग्रह गरेकि थिइन्  । ओमानमा महिलाहरु माथी हुने हरेक किसिमको बिसङती र शोषणको रोक्न दूतावास सदा तत्पर रहेको बताउदै यसमा साथ दिन सबैलाई अनुरोध गरेकी थिइन् । 
रक्तिम ओमानका कलाकारहरुले तिज भाकामा देशको अवस्था र बिदेशिएकाहरुको पिडायुक्त गीतबाट शुभारम्भ गरिएको सो समारोहमा रातो साडीमा सजिएका महिलाहरु तिज गीतमा छमछमी नाच्दा सिंगो हल नै रोमान्चित बनेको थियो । उक्त कार्यक्रममा ओमानमा क्रियाशिल अन्य संघ संस्थाका कलाकाहरुले नारी प्रधान मार्मिक तिज गीत, गजल तथा नृत्यहरु प्रस्तुत गरेका थिए । सो कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली एकता समाजका कोषाध्यक्ष शोभाकान्त लामिछाने, संयुक्त बैचारिक सयन्त्र ओमानका प्रतिनिधि पदम प्रसाद अर्याल, नेपाली समाज ओमानकी कोषाध्यक्ष पार्वती श्रेष्ठ, जनप्रगतिशिल मन्च ओमानका उमेश बिक, प्रवासी नेपाली मञ्च ओमानका वरिष्ठ उपाध्यक्ष लीलानाथ कोइराला, गैर आवासीय नेपाली संघ ओमानका महिला संयोजक सङ्गिता जबेगु, जनसम्पर्क समिति ओमानका सभापति फर्शुराम पोख्रेल, विवेकशिल नेपालीकका ब्यवस्थापिका प्रमुख जीवन कार्की, ओमान नेपाली एकता समाजका अध्यक्ष छविलाल बस्नेत, महिला समूह ओमानकी अध्यक्ष उमा आचार्य ढुंगाना, बुद्ध भिजन ओमानका कोषाध्यक्ष लक्ष्मी तामाङ, तमु समाज ओमानकी प्रतिनिधि दिपक तमु, मगर संघ ओमानकी प्रतिनिधि शान्ती आले मगर,  अन्तर्राष्ट्रिय साहित्य समाजका महासचिव सुशील पुन बिरही, दलित एकता सन्जालका प्रतिनिधि डम्बर बराईली, कृष्चियन फिलोसिप ओमानका अध्यक्ष संगम सिंह, कान्तिपुका पत्रकार होम कार्की, डिसि नेपालका पत्रकार बिनेस खनाल र एकता समाजका बिभिन्न एरिया तथा बिभाग लागयतका प्रतिनिधिहरु अतिथिका रूपमा सहभागी भएका थिए ।
ओमान युएई एक्सचेञ्ज मुख्य प्रायोजक रहेको उक्त कार्यक्रममा हाँक साप्ताहिक, , डिसि नेपाल , बज्जिका पत्रकार संघ ओमान  मिडिया पार्टनर रहेका थिए ।  कार्यक्रमको नेपाली अनलाईन मिडिया डिसि नेपालले प्रत्यक्ष प्रसारण गरेको थियो । कार्यक्रम मनु सुनारको स्वागत मन्तब्य तथा जेबि लामा र रिता तिम्लिसिनाको संचालनमा सम्पन्न भएको थियो।














No comments:

Post a Comment