छुुट्टीमा गएर फर्कन नपाउदा खाडीका महिलामा तनाव
- यसमा कुनै शंका छैन पहिलोपटक बैदेशिक राेजगारमा जाने कामदारका हितमा ठाेस कदम उठाउनु पर्छ । तर सरकारले अाफ्नाे संरक्षणमा मा वैदेशिक राेजगारका लागि पहल गर्नुपर्नेमा ध्यान दिनु सट्टा मेनपावर कम्पनीको दलालीमा सङ्गलन्न रहेका सरकारका भ्रष्ट कर्मचारी हरुकाे अध्यागमनले अाफ्नाे लाजै नभएको रिपोर्ट पेसगरि बर्षाै देखी अाउजाउ गरिरहेका महिला कामदारहरुकाे राेजी राेटी खाेसेर के कति नै गरें भनी अाफ्नाे घाँटीकाे कलर अाफै माथि उचालेर बसेका छन ।
मस्कट, अाेमान
सरकारले खाडीका महिलाहरु लाई हेर्ने नजरले गर्दा वैदेशिक राेजगारी का लागि खाडीमुलुकमा रहेका घरेलु कामदार महिलाहरुमा तनाव भयकाे छ । लामाे समयदेखि खाडी मुलुकहरु मा घरेलु काम गर्दै अाएका महिलाहरू चार्ड पर्व अाउना साथ अाखाँभरि अांसु राखेर अाफ्नै सरकार र सरकारी निकायलाई धिक्कारेर बस्न बाध्य भएका छन । अाफु १० देखि १२ वर्षसम्म याैटै घरमा काम गर्दै अाएका ति महिलाहरु अाफु ले याैटै देशमा बर्सेनि बिताए पनि अहिले छुुट्टीमा गएर फर्कन नपाउने नियम नालायक सरकारका गैरजिम्मेवार कर्मचारीले लागू गरेपछि समस्यामा परेका हुन ।


अाफ्ना बालबालिकालाई शिक्षा र बुढा बाबू अामा र कतिपयका सासू ससुरालाई नै पाल्दै अाएका धेरैजसो महिलाहरु कुनै न कुनै अबस्थामा एकल भयका तथा घरपरिवारकाे जिम्मेवारी पायका नै रहेका छन । देसभित्र सरकार र सरकारले पालेका दलालहरु ले बसि नसक्नु बनाएर प्रबास छिरेर काम गरेको पनि यी दलालहरु लाई पचेकाे छैन भन्दै अाक्राेस पाेख्छन ।
नेपाल सरकारले खाडिमा रहेका समस्याहरु काे समाधान गर्नुकाे सट्टामा कामदारहरु लाई नै जान राेकेकाे र ४ बर्ष
देखि १०-१२ बर्ष सम्म अाेमान लगाएत खाडीका देशहरूमा घरेलु कामदार को रूपमा कार्यरत महिला कामदारहरु बिदामा स्वदेश गएर पुनः फर्कदा सम्म पनि उनीहरुलाइ अाफुले बर्षाैं देखि गरिरहे काे राेजगारि बाट बन्चित गराएर सरकारले महिला कामदारको अपहेलना गर्नुकाे साथै उनिहरु मार्फत भित्रीएकाे रेमिट्यान्सकाे पनि कदर गरेको छैन । यसमा कुनै शंका छैन पहिलोपटक बैदेशिक राेजगारमा जाने कामदारका हितमा ठाेस कदम उठाउनु पर्छ । तर सरकारले अाफ्नाे संरक्षणमा मा वैदेशिक राेजगारका लागि पहल गर्नुपर्नेमा ध्यान दिनु सट्टा मेनपावर कम्पनीको दलालीमा सङ्गलन्न रहेका सरकारका भ्रष्ट कर्मचारी हरुकाे अध्यागमनले अाफ्नाे लाजै नभएको रिपोर्ट पेसगरि बर्षाै देखी अाउजाउ गरिरहेका महिला कामदारहरुकाे राेजी राेटी खाेसेर के कति नै गरें भनी अाफ्नाे घाँटीकाे कलर अाफै माथि उचालेर बसेका छन । बिदा को अवदी सकिएर पुनः फर्कन नपाएका महिला कामदारहरु ले देशका विभिन्न निकाए तथा मिडियामा पुगेर हार गुहार गरेका छन, तर समस्या भने हल हाेला जस्तो छैन, सरकार लगाएत सरकारि सबै निकाए कानमा तेल हालेर बसेका छन । एता खाडीका सबै देशहरू बाट विभिन्न कारण तथा ८-१० वर्ष एकै ठाउँमा काम गरिरहेका बिदामा जान का लागी जहाजको टिकट सम्म बनाएका महिलाहरु पनि फर्कन नपाउने थाहा पाएकाले मन मारेर बस्न बाध्य भएका छन । एसकाे जिम्मेवार काे त ..? याे तत्काल बिचार गर्नुपर्ने देखिन्छ !! किनकि जबसम्म एसकाे फैसला अाउला तबसम्म धेरै प्रवासी महिला कामदार बेरोजगार भैसकेका हुनेछन् । सरकारले देखाएको याे लापरबाहीकाे पराकाष्ठाले फेरिपनी बिचाैलिया मेनपावर व्यावासायी र भ्रष्टाचारी कर्मचारीले नै फाइदा उठाएका छन । महिलाहरू अाफुले बर्षाैं देखिन काम गरिरहेकाे भिजा कालागी एक लाख पचास हजार देखि दुई लाख पन्द्र हजार सम्म बुजाएर तीन चार मुलुक हुँदै अाफुले गरिरहेको ठाउँ मा पुगेका छन । पैसा हुनेहरू त यसरी जान्छन् तर पैशा नहुनेहरु लाई भने सरकारलाई काेसेर गलत बाटाे लाग्नु बाहेक अन्य बिकल्प सरकार र सरकारी भ्रष्टकर्मचारी रहुनजेल नरहेको बताउँछन् ।

No comments:
Post a Comment