एक दशक सम्म संगै मनाउन नपाएको दशैं
दिल प्रसाद पौडेल -
परिस्थितिले पाखा लगाएर अनेकौं पीडा थोपरिएको मानसपटलमा यो चट्टानै चट्टानको शून्य शहरभित्र स्वदेशको ममता छचल्काएर जिउन थालेको पनि एघार वर्ष बितिसकेछ। निरासता अनि खिन्नताको गल्छेडाहरुबाट अन्तरमनका चाहानाहरुलाई तिलाञ्जली दिन लुकीछीपी भाग्यसंग सम्झौता गरिरहेको छु । मरुभुमीमा प्यारो जन्मभुमीको सम्झनामा हजारौ पटक खान बिर्सेको छु, निदाउन बिर्सेको छु । मेरा आँखा कहिल्यै ओभाउन पाएका छैनन्। तर्कनाका रश्मीहरु छताछुल्ल भएर अनवरत रुपमा अबिछिन्न बगिरहेका छन । सन्नाटाले सारा ब्रह्माण्ड नै बजारिएर आफ्नै शिरमा खसेको आभाष हुन्छ तरपनी मेरो देश, गाउँ र परिवार सम्झिएर भक्कानिएर आउँछ मुटु ।
यतिबेला गाउँ-घरतिर तिजको रमझम सकिएको छ पुन: दशैं र तिहारको आगमनले टोल छिमेकका मान्छेहरु रग्मगाउन थालेका छन । हुनेखानेका लागि चहलपहलको दशैं सधै हुनेगर्छ तर नहुने अर्थात म जस्तै गरीबहरुका लागि सधै पीडा र चोट अनि ऋणको कसिलो भारी बोकेर आउने गर्छ दशैं । पारिवारिक धरातल बाट अलग हुन थालेको सदियौं बितिसक्दा पनि जिन्दगीले नया रंग फेर्न सकेको छैन अहिलेसम्म । गाउँ घरमा मच्चिने चर्खे पिङ र लिङ्गे पिङ्का झट्काहरु तैरिरहंदा मेरो सपना र योजनाले जमराले फेर्ने गरेको दिनहुुँको रंङ जस्तै कहिल्यै फेर्न सकेन । म आज प्रवासमा बालुवासंग लड्दालड्दै मेरो जवानीको दशक बितेको छ । उता घरमा मरिसकेका बा आमाका भित्तामा टांसिएका तस्विरहरुले पनि अझै मेरो आगमनमा टोलाईरहे झैं लाग्छ । रुदा रुँदै श्रीमतीको सिरानी पग्लिन्छ । ६ महिनामा काखमा तेर्सीएर च्वाप च्वाप आमाको लाम्टो चुसीरहेको छोरो आज झोला बोकेर भविस्य खोज्दै स्कुल जाने बाटोमा लर्खराउदै गर्दा म यहाँ बिक्षिप्त हुन्छु र खुट्टाको बुढी औंलाले भुईमा हेर्दै बालुवा कोट्ट्याईरहन्छु ।

कारुणिक यथार्थको चक्रव्युबाट भाग्यको रेखा नाघ्न नसक्दा अनि परिस्थिति संग संघर्ष गर्न नसक्दा जिन्दगीको कायापलट हुन सकेको छैन । परदेशमा बेतालका मान्छेहरुको झुण्डमा आफुलाई समाहित गरेरै भएपनी जोहो गर्नुपरेको छ । सेतो पहिरनमा यत्रतत्र डुल्ने मान्छेको बिचमा आफुलाई तुलना गर्नुपरेको छ आखिर यस्तै रहेछ परदेशीको बिडम्बना ।
नेपथ्यबाट दशैंका बेला बज्ने मंगलधुनको जस्तै आवाज आउँछ । आखिर त्यो मंगलधुन सुन्न नपाए पनि अरबिक म्युजिक सुनिरहेको छु । लट्ठे पिङ र करुवा खेल्न नपाएपनी विद्युतिय पिङ र क्यारिमबोर्ड खेलेकै छु । दौरा सुरुवाल र टोपी मा सजिएर दशैंमा जमरा केशमा सिउरिन नपाएपनी खजुरका कांडाहरु सिउरिएकै छन उफ्फ्फ्फ्फ्फ यस्तै रहेछ परदेशीको दशैं । यसपाली पनि दशैंमा घर जान नपाउने रन्कोले झन बिचलित बनाएको छ मन फाटेको छ आत्मा रोएको छ । गाउँ-घरमा धानका बालाहरु खेतका आलिसम्म झुलिरहेका होलान । कुचे भैंसी भरेभोली भएको होला बिगौतीका डल्लाहरु चपाउने रहर रहरमै सिमित भएको छ । घरका भित्ताहरु कमेरो र रातो माटोले रंगिएका होलान । भुराहरु बाबियो बटुल्दै लठो बाट्न भलाकुसारी गर्दै होलान । अस्ति मात्र मरेका जेठा बाका मलामीहरु तेह्रौ दिनको पुन्य तिथिमा जम्मा भएर आंगनभरी श्रद्धाञ्जली अर्पण गर्दै होलान । उता मझेरीको कुनामा भर्खरै टुसा हाल्दै गरेका जमराका मुनाहरुमा पानी छम्किदै प्रियतमा मलाई सम्झिरहेकी होलिन । अनेकौ तरङ्गहरुले मलाई भावुक बनाएको छ यतिबेला ।
आज ओमानको गल्लीबाट देश सम्झेको छु । गाउँ सम्झेको छु,परिवार सम्झेको छु । अनि अस्ति भर्खर डुबानमा परेर मरेका आफन्तहरुको आत्मालाई सम्झेको छु । बांचेर पनि घरवार विहिन भएकाहरुलाई सहानुभूतिका शब्दहरुले सान्त्वना दिने प्रयास गरेको छु । यस्तो लाग्छ उनिहरु घर नभएपनी परिवार संग संगै छन तर म सानो झुपडी भएर पनि परिवार भन्दा सात समुन्द्र पारी छु । आखिर म जहाँ जे जस्तो अवस्थामा रहेपनी नेपालमा हुनेहरु जिबित हुनेहरुले आ-आफ्नो औकात अनुसार दशैं मनाउनुहोला म पनि बांचेछु भने अर्को वर्ष तपाईंहरुकै हातबाट टीका लगाउन आशिष थाप्न र संगै खेल्न आउने छु । यो मेरो बिबशता हो गएको वर्ष जसरी चित्त बुझाएको थिए अहिले पनि सम्झना मनभरी बोकेर अर्को दशैको प्रतीक्षा मा यो डुलिरहेको मन यहि रोक्न चाहान्छु । जदौ । सबै आफन्त , इष्टमित्र दाजुभाई तथा दिदिबहिनी हरुमा दुर्गामाताले रक्षा गरून् बिजया दशमी २०७४ को शुभकामना । । ।
दिल प्रसाद पौडेल
बाग्लुङ, राङखानी
रोजगारीको शिलशिलामा हाल मस्कट, ओमान ।
दिल प्रसाद पौडेल
बाग्लुङ, राङखानी
रोजगारीको शिलशिलामा हाल मस्कट, ओमान ।

No comments:
Post a Comment