Saturday, September 2, 2017

ओमानमा नेपालगंजका मोहन मल्लको सुतिरहेको अवस्थामा मृत्यु

ओमानमा नेपालगंजका मोहन मल्लको सुतिरहेको अवस्थामा मृत्यु

banner
मस्कट,ओमान - गत फेब्रुअरी ११ मा रोजगारीको लागी ओमान आएका नेपालगंज बस पार्क बाईपस रोडका २४ बर्सिय मोहन मल्लको शुक्रबार रात्री सुतिरहेको अवस्थामा मृत्यु भएको छ । मल्ल छ महिना अघि मात्रै नेपालगंजको कर्णाली ओभरसिज हुंदै  काठमाडौको प्रोटेक्ट मेनपावर मार्फत ओमान ईन्टरनेशनल ग्रुप ( OIG) कम्पनीमा कामको लागी आएका थिए । उनी  बर्काको रुमेस स्थित अल मदिना नजिकैको क्याम्पमा बस्थे भने काम मस्कटको सिव भन्ने ठाउँमा अल दिवान कम्पनीमा थियोे । शुक्रबार  उनको बिदा थियो । दिनभर  साथीभाई संग सुख दुखका कुराकानी गरि सांझ खानपिन गरेर सुतेका मोहन बिहान नउठे पछि उठाउन खोज्दा उनको मृत्यु भैसकेको सोहि कम्पनीमा कार्यरत स्याङ्जाका राम बहादुर गुरुङले बताएका छन् ।

कम्पनीको यो क्याम्पमा करिव १४/१५ जना नेपाली बस्ने भए पनि मृतक मोहन मल्ल लाई दक्षिण भारतका कामदारहरुको कोठामा राखिएको थियोे । नेपालगंज भृकुटीनगरका भुपाल थापा भावुक हुँदै भन्छन् " मोहन नयाँ थियो उसलाई भासा त्यत्ति आउदैंनथियो, राती १/२ पटक त कराएको थियो रे तर नेपालिमा बोलेर होला ईन्डियनहरुले त्यत्ती ख्याल राखेनन, त्यो अवस्थामा कोहि नेपाली  साथमा भएको  भए कमसेकम  केहि सहयोग गर्न त सकिन्थ्यो , तर साथमा नहुँदा त्यस्तो गर्न सकिएन  "। उनका अनुसार प्राय नेपाली कामदारहरुलाई अलग-अलग कोठामा राख्ने गरिन्छ । शनिबार बिहान उनको त्यो अवस्था देखेपछि कम्पनीले प्रहरीलाई खवर गरेको थियोे । घटनास्थल निरीक्षण गरि  रोयल ओमान पुलिसले  निजको शवलाई पोस्टमार्टबको लागी लगेको छ । खवर बाहिर आएपछि  बुझ्नको लागी पत्रकार बिनेश खनालले दूतावास कर्मचारी रमेश प्रसाद अर्याल लाई सम्पर्क गरेका थिए । अर्यालका अनुसार कम्पनी बाट अहिलेसम्म त्यस्तो जानकारी नआएको बताए । उनले भने "सायद शनिबार बिदा परेको कारण हुन सक्छ कम्पनीले अहिलेसम्म खवर नगरेको आईतवार कार्यालय खुल्छ कम्पनीको तर्फबाट आधिकारिक जानकारी आएपछि यो घटनाको विसयमा आवश्यक प्रक्रिया अगाडि बढाईने छ "।
 नेपालगंज फ्यागाँउ घर भएका रबिन हमाल र बुटवलका बिराज डोटेलले यो अकल्पनीय घटनाले आफुहरुलाई स्तब्ध बनाएको बताएका छन् । एकदमै असल स्वाभाव भएको, नसाको नाममा सुपारी समेत नखाने मोहनको यो दु:खद घटनाले हामी अत्यन्तै दुखी भएका छौं ।  शोकमा आज कोहि पनि डिउटी जान सकिएन । प्रवासमा यस्ता घटना थुप्रै हुने गरेको सुने पनि आफ्नै आँखा अगाडि साथिको यस्तो अवस्था हुँदा आफुहरुलाई असहय भएको बताए  । सोहि कम्पनीमा कार्यरत नाताले शोल्टी पर्ने दैलेखका आफ्न्त बिवश बहादुर शाहिका अनुसार उनको भर्खरै जन्मेको तिन महिनाको छोरा छ । करिव डेढ दुई वर्स अगाडि बिहे गरेका मोहनको परिवारमा दाई भाउजुको परिवार अनि श्रीमति र नयाँ छोरा छन् । परिवारमा बिबशले  नै फोन गरेर शनिबार दिंउसो जानकारी गराएका थिए ।

No comments:

Post a Comment