Tuesday, September 26, 2017

राष्ट्रिय जनमोर्चा, केन्द्रीय कार्यालय


राष्ट्रिय जनमोर्चा, केन्द्रीय कार्यालय

प्रेस वक्तव्य


१. राष्ट्रिय जनमोर्चा केन्द्रीय समितिको बैठक ०७४ असोज ७ र ८ गते केन्द्रीय कार्यालय काठमाडौंमा बस्यो । यो बैठक मुख्यतः आगामी प्रदेश सभा तथा प्रतिनिधि सभा सदस्यको निर्वाचनको विषयमा बसेको हो । बैठकले “गणतन्त्र र राष्ट्रियताको रक्षा गरौं, संवृद्ध नेपालको निर्माण गरौं” भन्ने मूल नाराका साथ यस निर्वाचनमा भाग लिने निर्णय गरेको छ । बैठकले निर्वाचन र अन्य कतिपय विषयहरुमा पनि महत्वपूर्ण निर्णयहरु गरेको छ । ती निर्णयहरु सार्वजनिक गर्न यो प्रेस वक्तव्य जारी गरिएको छ । 
२. प्रदेश सभा तथा प्रतिनिधि सभा निर्वाचनको लागि अध्यक्ष चित्रबहादुर के.सी.को संयोजकत्वमा संसदीय बोर्डको गठन भएको छ । सदस्यहरुमा रश्मीराज नेपाली, दुर्गा पौडेल, जनकराज शर्मा, हिमलाल पुरी, मनोज भट्ट र कृष्ण खड्का रहनुभएको छ । चित्रबहादुर के.सी.कै संयोजकत्वमा निर्वाचन परिचालन मूल समिति गठन भएको छ । सदस्यहरुमा रश्मीराज नेपाली, जनकराज शर्मा, हिमलाल पुरी, मनोज भट्ट, लालबहादुर थापा र घनश्याम न्यौपाने रहनुभएको छ । 
कार्यकारी अध्यक्ष रश्मीराज नेपालीको संयोजकत्वमा निर्वाचन प्रचार समिति गठन भएको छ । सदस्यहरुमा जनकराज शर्मा, बोमबहादुर खत्री, नन्दराज भट्ट, चिन्तामणी शर्मा, राजाराम चौधरी, रत्नविक्रम प्यासी, चन्द्रबहादुर के.सी. (पोखरा), हरिकान्त शर्मा, कर्ण थापा, तारा पौडेल र कमला जि.सी. रहनुभएको छ ।
सचिव हिमलाल पुरीको संयोजकत्वमा आर्थिक समिति गठन भएको छ । सदस्यहरुमा घनश्याम न्यौपाने, लालबहादुर थापा, बद्रे आलम, चन्द्रबहादुर के.सी.(पोखरा), लोकेन्द्र लम्साल, मनोज भट्ट, आरवी फु“याल र चिन्तामणी शर्मा रहनुभएको छ ।
सदस्य मनोज भट्टको संयोजकत्वमा निर्वाचन घोषणापत्र मस्यौदा समिति गठन भएको छ । सदस्यहरुमा हिमलाल पुरी र बासुदेव पोखरेल रहनुभएको छ ।
त्यस्तै प्रदेश स्तरमा पनि निर्वाचन परिचालन समितिहरु गठन भएका छन् । प्रदेश नं. १ मा हरिकान्त शर्मा, प्रदेश नं. २ मा चिन्तामणि शर्मा, प्रदेश नं. ३ मा लालबहादुर थापा, प्रदेश नं. ४ मा शंकर बराल, प्रदेश नं. ५ मा कृष्ण खड्का, प्रदेश नं. ६ मा रत्नविक्रम प्यासी र प्रदेश नं. ७ मा नन्दराज भट्टको संयोजकत्वमा प्रदेश स्तरीय निर्वाचन परिचालन समितिहरु गठन भएका छन् ।
३. अध्यक्ष चित्रबहादुर के.सी. प्रतिनिधि सभा सदस्यको समानुपातिक निर्वाचन प्रणाली तर्फबाट उमेदवार हुनु हुनेछ । बाग्लुङ र प्यूठान जिल्लाका प्रत्यक्ष तर्फका दुई उमेदवारहरु ठेगान भएका छन् । बाग्लुङ प्रतिनिधि सभा निर्वाचन क्षेत्र १ मा अमर थापा र प्यूठान प्रतिनिधि सभा सदस्यमा दुर्गा पौडेल उमेदवार हुने ठेगान भएको छ । अन्य स्थानका प्रत्यक्ष तर्फ र समानुपातिक तर्फका उमेदवारहरु पछि सार्वजनिक गरिने छ ।
४. यस निर्वाचनमा अन्य पक्षहरुस“ग चुनावी तालमेल वा कार्यगत एकता पहिलेको नीति अनुसार नै गर्ने नीति हुनेछ ।
५. प्रदेश नं. २ को स्थानीय तहको निर्वाचन शान्तिपूर्ण प्रकारले ठूलो जनसहभागिताका साथ सम्पन्न भएको छ । त्यसलाई हामीले स्वागत गर्दछौं । तर उक्त निर्वाचन स्वच्छ प्रकारले भएन । निर्वाचन आचार संहिताको व्यापक उल्लंघन भयो । सत्ता र पैसाको अत्यन्त धेरै दुरुपायोग भयो । सरकारले सबभन्दा बढी आचार संहिताको उल्लंघन गर्यो । 
एकै चरणमा सम्पन्न हुन सक्ने निर्वाचनलाई ३ चरणमा गरेर अरबौं रुपैया बढी खर्च भयो, सत्ता र समयको दुरुपयोग भयो, जनतालाई अनावश्यक बोझ बोक्नु प¥यो । यसरी निर्वाचनलाई विभिन्न चरणमा गर्न भारतीय विस्तारवाद, राजपा, ने.का. र माओवादी केन्द्रको भूमिका छ । उनीहरुको नीति सही थिएन भन्ने कुरा यो निर्वाचनले स्पष्ट गरेको छ । पटक पटक मन्त्रीमण्डलको विस्तार भयो । कर्मचारीहरु सरुवा गरिए । यस प्रकारको प्रवृत्तिले देशमा जनतन्त्र, गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको भविष्य गम्भीर खतरामा परेको छ । 
६. कतिपय प्रदेशहरुको राजधानी राख्ने ठाउ“को विषयमा विवादहरु देखा परेका छन् । यस विषयमा विवादित प्रदेशहरुमा अधिकार सम्पन्न प्रादेशिक राजधानी निर्धारण गर्न आयोग बनाएर त्यसको सुझाव अनुसार राजधानी निर्धारण गर्नु पर्दछ । 
अन्तमा, राष्ट्रिय जनमोर्चाका उमेदवारहरुलाई विजयी बनाउन बैठकले सम्पूर्ण जनतास“ग हार्दिक अपील गर्दछ । 
मिति २०७४ असोज ८ गते 
चित्रबहादुर के.सी.
अध्यक्ष

Sunday, September 24, 2017

नेपाल कम्युनिष्ट पार्टी (मसाल), वक्तव्य

नेपाल कम्युनिष्ट पार्टी (मसाल), केन्द्रीय कार्यालय
वक्तव्य



ने.क.पा. (मसाल)को केन्द्रीय समितिको बैठक हालै सम्पन्न भयो । त्यसले मुख्य रूपले अगामी संसदीय र प्रादेशिक चुनावको तयारी, चुनावी तालमेल, कार्यकर्ताहरूको परिचालन आदिबारे विचार गर्‍यो । त्यसका साथै बैठकले देशको तात्कालिन राजनीतिक स्थिति, सङ्गठनात्मक प्रश्न आदि समेतबारे कैयौँ महत्वपूर्ण विषयहरूमा निर्णयहरू गरेको छ ।
प्रदेश नं. २ को स्थानीय निर्वाचन सम्पन्न भएको छ । त्यो चुनावमा जनताको ठूलो सहभागिता रह्यो र त्यो चुनाव मुख्य रूपले शान्तिपूर्ण प्रकारले सम्पन्न भयो । त्यसलाई हाम्रो पार्टीले स्वागत गर्दछ । तर त्यो चुनावसित सम्बन्धित कैयौँ प्रश्नहरूबारे केन्द्रीय समितिको बैठकले आपत्ति र विरोध प्रकट गरेको छ । 
प्रदेश नं. २ को स्थानीय निर्वाचन तेस्रो चरणमा किन गरियो र पहाड र तराई समेतको निर्वाचन एकैपल्ट किन गरिएन ? त्यो राष्ट्रिय महत्वको प्रश्न हो र इतिहासले अहिलेको सत्ता पक्षसित त्यो प्रश्नको जबाफ भागिरहने छ । देशमा तीन चरणमा भएका सबै निर्वाचन एकैपल्ट सम्पन्न गर्नु सम्भव थियो । एकै चरणमा सम्पन्न हुनसक्ने निर्वाचनलाई तीन भागहरूमा सम्पन्न गर्नु पर्ने कुनै आवश्यकता थिएन । पहिले त्यो चुनाव एकै चरणमा गर्ने ठेगान पनि भएको थियो । तर भारतीय विस्तारवाद र मधेशवादीहरूको दवाव वा उनीहरूलाई प्रसन्न बनाउका लागि, मुख्यतः मधेशवादीहरूलाई चुनावमा सहभागि बनाउनका लागि तयार पार्नका लागि त्यो चुनावलाई तीन चरणमा सम्पन्न गर्ने कार्य गरियो । त्यसले गर्दा अरबौँ रूपैयाँ बढी खर्च भयो, बढी समयको दुरूपयोग भयो र जनताले थप बोझ बोक्नु पर्‍यो । सरकारको त्यस प्रकारको गैरउत्तदायी कार्यको हाम्रो पार्टीले तीव्र शब्दमा आलोचना गर्दछ ।
प्रदेश नं. २ का जनता उत्साहपूर्वक चुनावमा सामेल भए, त्यसबाट मधेशवादीहरूले बारम्बार तराईमा निर्वाचनलाई रोक्न गरेको प्रयत्न, स्वयं मधेशी जनताको हित र उनीहरूको जनमतको विरुद्ध थियो भन्ने कुरा प्रष्ट भएको छ । हाम्रो पार्टीले बारम्बार यो कुरा प्रष्ट गर्दै आएको थियो कि मधेशवादीहरूले तराईका मधेशी, थारु, मुस्लिम, आदिवासी जनताको प्रतिनिधित्व गर्दैनन् र उनीहरू नेपालमा भारतीय विस्तारवादी स्वार्थहरू पूरा गर्न काम गर्ने मुट्ठिभर तत्वहरू हुन् । २०७० को संविधानसभाको चुनावले पनि उनीहरूलाई जनताको समर्थन नभएको कुरा प्रष्ट गरेको थियो । अहिले ६ सङ्गठन मिलेर बनेको राष्ट्रिय जनता पार्टीलाई जनताको अत्यन्त कम समर्थन प्राप्त भएको र उनीहरूको ठूलो पराजय भएको कुराबाट पुनः त्यो कुरा छलङ्ग भएको छ । त्यसबाट यो कुरा पनि प्रष्ट भएको छ कि मधेशी, थारु समेत त्यहाँका सम्पूर्ण जनतामा उच्च प्रकारको देशभक्तिको भावना छ र उनीहरू राष्ट्रिय विखण्डन तथा पृथकतवादी नीतिका विरुद्ध छन् । तराईका जनताको त्यस प्रकारको देशभक्तिको भावनाको हाम्रो पार्टीले उच्च मूल्याङ्कन गर्दछ ।
प्रदेश नं. २ को चुनावमा पैसाको ठूलो पैमानामा चलखेल भयो र सत्ताको दुरूपयोग गरियो । त्यस प्रकारको प्रवृत्तिले देशमा जनतन्त्रको भविष्यमाथि गम्भीर खतराको सङ्केत गर्दछ । त्यसका साथै न्यायपालिका र निर्वाचन आयोग समेतमाथि नियन्त्रण कायम गर्न सरकारले गरेको प्रयत्नबाट देश अधिनायकवादतिर जाने खतरा पनि बढ्दै गइरहेको छ । त्यसप्रति पनि हाम्रो पार्टीले सबै देशभक्त, जनतान्त्रिक र प्रगतिशील पक्षहरूको ध्यान आकर्षित गर्न चाहन्छ । 
चुनावको बेलामा आचार संहिताको व्यापक रूपमा र खुला रूपले उल्लङ्घन भयो । त्यसरी आचार संहिताको उल्लङ्घन स्थानीय निर्वाचनका पहिलो र दोस्रो चरणमा पनि गरिएको थियो । तेस्रो चरणमा त्यस प्रकारको कार्य करिब करिब खुला प्रकारले गरियो । त्यस प्रकारका कारवाहीहरूलाई रोक्न निर्वाचन आयोग असहाय र लाचार नै भएको थियो भन्नका लागि पनि आधार छ ।
मन्त्रीमण्डलको विस्तारको कार्यलाई स्वयं निर्वाचन आयोगले आचार संहिताको उल्लङ्घन भएको भनेर सार्वजनिक रूपले नै आलोचना गरेको छ । तर निर्वाचन आयोगले त्यस प्रकारको आलोचना गरेपछि पनि पुनः अर्कोपल्ट मन्त्रीमण्डलको विस्तार गरियो । त्यो कार्य निर्वाचन आयोग र आचार संहितालाई नै खुला चुनौति थियो । त्यो कार्यको पनि निर्वाचन आयोगले कडा शब्दमा आलोचना गर्‍यो । यहाँसम्म कि त्यो गल्तिलाई सच्चाउनु पर्ने आवश्यकतामा पनि जोड दियो । तर सरकारको त्यस प्रकारको खुला प्रकारको नै असंवैधानिक र गैरकानूनी कार्यहरूका विरुद्ध निर्वाचन आयोगले कुनै कारवाही गर्न नसकेको मात्र होइन, प्रधानमन्त्रीको त्यस प्रकारको गैरकानूनी कार्यका विरुद्ध कुनै कारवाही गर्न निर्वाचन आयोग लाचार भएको विचार प्रकट गरियो । त्यसबाट आगामी प्रादेशिक र संसदीय निर्वाचनमा अरू ठूलो पैमानामा आचार संहिताको उल्लङ्घन हुने सम्भावना बढेको छ । त्यस प्रकारको कार्यबाट जनतन्त्रको आधार नै कमजोर हुने सम्भावना रहने छ ।
प्रादेशिक राजधानीबारे विभिन्न प्रदेशहरूमा निकै विवाद देखापरेका छन् । त्यस प्रकारको विवादका कारणले राष्ट्रिय एकतामा कुनै पनि प्रकारको आँच पुर्‍याउनु सही हुने छैन र त्यस प्रकारको विवादलाई सन्तुलित प्रकारले समाधान गर्न प्रयत्न गर्नुपर्दछ भन्ने हाम्रो पार्टीको स्पष्ट र दृढ मत छ । समस्यालाई त्यसरी समाधान गर्नका लागि हाम्रो पार्टीले प्रत्येक प्रदेशमा अधिकारसम्पन्न प्रादेशिक राजधानी निर्धारण आयोग बनाएर त्यसको सुझाव अनुसार प्रत्येक प्रदेशको राजधानी निर्धारण गर्नु पर्ने आवश्यकतामा जोड दिन्छ ।
सङ्घीयता पक्षधर राजनीतिक शक्तिहरूले स्थानीय निर्वाचनलाई सम्पन्न भएपछि देशमा सङ्घीयता स्थापित भइसक्यो भन्ने भ्रम दिने काम गरेका छन् । तर स्थानीय निकाय सम्पन्न हुँदैमा देशमा सङ्घीयता स्थापित भयो भन्ने निष्कर्षमा पुग्नु चिजलाई गलत प्रकारले बुझ्नु नै हो । एकात्मक प्रणाली भएका देशहरूमा पनि स्थानीय निर्वाचनहरू सम्पन्न हुने गर्दछन् र संसारमा त्यस प्रकारका थुप्रै उदाहरणहरू छन् । त्यो अवस्थामा स्थानीय तहको चुनाव सम्पन्न भएको कारणले नै देशमा सङ्घीयता स्थापित भयो भन्ने सोचाइ गलत भएको कुरा स्पष्ट छ । 
हाम्रो पार्टीले संविधानमा जुन प्रकारको प्रादेशिक संरचनाको व्यवस्था गरिएको छ, त्यसलाई सङ्घीयता अन्तर्गतको नै व्यवस्था मान्दछ र संविधानको निर्माणको बेलादेखि नै हामीले त्यसको विरोध गर्दै आएका छौँ र अहिले पनि गर्दछौँ । तैपनि हामीले तात्कालिक रूपमा त्यसको उपयोग गर्दै सङ्घीयताको विरोध र भण्डाफोर गर्ने कार्यमा जोड दिने नीति अपनाएका छौँ ।
हामीले सुरुदेखि नै यो कुरा स्पष्ट गर्दै आएका थियौँ कि सङ्घीयताको परिणाम स्वरूप देशमा जातीय र क्षेत्रीय विग्रह तथा राष्ट्रिय विखण्डनको स्थितिको सृजना हुन्छ । व्यवहारले बारम्बार त्यो कुरा स्पष्ट गर्दै आएको छ र जनतामा झन्‌पछि झन् त्यसका विरुद्ध चेतना उठ्दै गइरहेको छ । त्यसैले सङ्घीयतामा देखापरेका असङ्गति र विकृतिहरूको परिणाम स्वरूप नै जनता त्यसका विरुद्ध उठ्ने छन् र अन्तमा त्यो प्रणाली खारेज हुनेछ भन्ने कुरामा हामीलाई पूरा विश्वास छ । तर सङ्घीयताको कारणले संविधानका सबै सकारात्मक पक्षहरूलाई विरोध गर्ने हाम्रो नीति रहेको छैन र सङ्घीयताका विरुद्धको सङ्घर्षलाई लगातार अगाडि बढाउँदै जनतन्त्र, गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षता समेतको कार्यान्वयनका लागि लगातार जोड दिने हाम्रो नीति रहने छ ।
हाम्रो पार्टीले प्रादेशिक र संसदीय चुनावमा राष्ट्रिय जनमोर्चाका प्रतिनिधिहरूलाई आफ्नो अमूल्य मत दिएर विजयी बनाउन सम्पूर्ण जनतासित अपील गर्दछ । दशकौँको इतिहासले यो प्रष्ट गरेको छ कि राष्ट्रिय जनमोर्चा देशको राजनीतिमा सबैभन्दा उज्ज्वल र निस्कलङ्क छवि भएको राजनीतिक पार्टी हो । संसदमा, सरकारमा र जनताका बीचमा काम गर्दा पनि त्यसले आफ्नो त्यस प्रकारको छविमा कहिल्यै आँच आउन दिएको छैन । दशकौँदेखि त्यसले जनतन्त्र, राष्ट्रियता र जनताका लागि इमान्दारिता पूर्वक काम गर्दै आएको गौरवपूर्ण इतिहास रहेको छ । संविधानसभा र संविधानको कार्यान्वयनको पक्षमा पनि त्यसले लगातार आवाज उठाउँदै र सङ्घर्ष गर्दै आएको छ । सङ्घीयताका विरुद्ध, जातिवाद, क्षेत्रीयतावाद र राष्ट्रिय विखण्डनका विरुद्ध सम्झौताहीन प्रकारले सङ्घर्ष गर्दै आएको छ । त्यसैले प्रदेश वा संसदमा त्यसको बलियो उपस्थिति आवश्यक छ ।
हाम्रो पार्टीले पहिलेको कार्यगत एकता वा तालमेलको नीति अनुसार नै आगामी प्रादेशिक र संसदीय चुनावका बेलामा पनि विभिन्न राजनीतिक दल वा सङ्गठनहरूसित परस्परमा कायम भएको सहमति अनुसार चुनावी तालमेल गर्ने नीति अपनाउने छ, त्यसरी कायम भएको सहमतिलाई इमान्दारितापूर्वक पालन गर्ने प्रयत्न गर्ने छ र त्यस प्रकारको व्यवहार गर्न अरू पक्षहरूसित पनि अपील गर्दछ ।

मिति ः २०७४ असोज ८ गते

मोहनविक्रम सिंह
महामन्त्री

Friday, September 22, 2017

गैर आवासिय नेपाली र खाडीका प्रबासी नेपालीहरु

 सरकार तथा सरकारकाे प्रतिनिधित्व गर्ने दुतावासले पनि उनैलाई सुरक्षा र सुभिधा दिने र उनिहरु कै जि हजुरी मा लागेकाे प्रष्ट देखिन्छ, सरकारले खाडी  तथा मलेसियामा मजदुरी गर्ने नेपालीहरु लाई कत्ति चुस्न सक्छ चुसेकै छ l 

गैर आवासिय नेपाली र खाडीका प्रबासी नेपालीहरु 

सालीक राम आचार्य
धारापानी अर्घाखाँची
हाल मस्कट  ओमान 

गैर आवासिय नेपाली भन्ना साथ नेपाली मुलका बिदेशी नगरिक बुजिन्छ हुन त गैर आवासिय नेपाली पनि नेपाल आमाकै सन्तति हुन तर...... यि  नेपाल आमाका यस्ता सन्तति हुन जसले निहित स्वार्थका लागि आफ्नो देशलाई त्यागेर पश्चिमेली उच्च स्तरको रहन सहन अपनाउँदै आयका छन । हिजो जब नेपाल आमालाई यि सन्ततिहरुको खाँचो थियो तब यी ९ल्च्ल् ०गैर आवासिय नेपालीहरु आफ्नै देश नेपाल र नेपाली समाजका कथित राजनीतिक नेताहरू लाई गाली गर्दै नेपालको सिस्टम ठिक छैन भनेर आफ्नै मात्रृभुमी लाई सराप्दै आफ्नो नेपाली भयको एकमात्र पहिचान नेपाली नागरिता राहदानी च्याथेर आफुलाई सरणार्थी बनाएर बिदेशी का अगाडि गिड्गिडाएर बिदेशी नागरिक भएका थिए । तेहाँ आफ्नो पहिचान खुलाउन नचाहने या नेपालको नामलिउदाँ सम्म शर्म गर्नेहरु लाई तेहाँका नागरिकमा सामिल गरियो तर उक्त देशको संस्कृतिमा घुलमिल हुन नपाएका र तेहाँ का स्थानिय बासिन्दाले पनि अपहेलना गरेपछी बल्ल नेपाली संस्कृतिको याद आयो र तेहाँ रहेका आफु जस्तै नेपाली समुदायलाई समेटेर गैर आवासिय नेपालीको कल्बको स्थापना गरेका थिय ।गैर आवासिय नेपाली भन्ना साथ नेपाली मुलका बिदेशी नगरिक बुजिन्छ हुन त गैर आवासिय नेपाली पनि नेपाल आमाकै सन्तति हुन तर.... यि  नेपाल आमाका यस्ता सन्तति हुन जसले निहित स्वार्थका लागि आफ्नो देशलाई त्यागेर पश्चिमेली उच्च स्तरको रहन सहन अपनाउँदै आयका छन । हिजो जब नेपाल आमालाई यि सन्ततिहरुको खाँचो थियो तब यी (NRNA)  गैर  आवासिय नेपालीहरु आफ्नै देश नेपाल र नेपाली समाजका कथित राजनीतिक नेताहरू लाई गाली गर्दै नेपालको सिस्टम ठिक छैन भनेर आफ्नै मात्रृभुमी लाई सराप्दै आफ्नो नेपाली भयको एकमात्र पहिचान नेपाली नागरिता राहदानी च्याथेर आफुलाई सरणार्थी बनाएर बिदेशी का अगाडि गिड्गिडाएर बिदेशी नागरिक भएका थिए । तेहाँ आफ्नो पहिचान खुलाउन नचाहने या नेपालको नामलिउदाँ सम्म शर्म गर्नेहरु लाई तेहाँका नागरिकमा सामिल गरियो तर उक्त देशको संस्कृतिमा घुलमिल हुन नपाएका र तेहाँ का स्थानिय बासिन्दाले पनि अपहेलना गरेपछी बल्ल नेपाली संस्कृतिको याद आयो र तेहाँ रहेका आफु जस्तै नेपाली समुदायलाई समेटेर गैर आवासिय नेपालीको कल्बको स्थापना गरेका थिय ।

यसरी जब सम्म उनिहरु सम्पन्नसाली भएनन् तबसम्म केही थिएन जब बैंकमा डलर भरिन थाल्यो र  सम्पन्न भय ।  सम्पन्न सालीभएर पनि उनलाई तेहाँको  संस्कृतिमा घुलमिल हुन अफ्ट्यारो भयो तथा उनीहरू सम्पन्न सालि भएतापनी उताको सभ्यतामा आफ्नोपन नपाउँदा उनिहरु जसले नेपाली नागरिकत्ता च्याँथेर ग्रीनकार्ड तेहाँको नागरिकत्ता अपनाउनेहरु लाई जब फेरि नेपाली नागरिक बन्न मन लाग्यो अनि देशको सम्झना आयो कसरी हुन्छ के गरि हुन्छ नेपालको पनि नगरिकत्ता पाउनका लागि उछल कुद मच्चाए । अनि सुरुभयो पैसाको चलखेल कौडीका भाउमा बिक्ने नेता, मन्त्री, सरकारी कर्मचारी र मिडिया सम्मलाई किन्ने कामभयो जसले गर्दा एक सय अस्सी दिन देश देखी बाहिरिएका निमुखा गरिबहरु जसले मात्र दुई बर्षको लागि करार गरेर खाडी तथा मलेसियामा मजदुरी गर्ने मजुरहरू लाई गैरआवासीय नेपालीको बिल्ला  भिराए खाडीमा दुई बर्षे श्रमसुईकृतीक लियका प्रबासी नेपालीलाई गैरआवासीय नेपाली बनाउने फेरि अरु कोहि हैनन् खाडिमा अलिठुलो पोजिसन र पैसा कमाउने पढेलेखेका मैहुं भन्ने मुठ्ठीभरीका दाजुभाइको मानसिकतामा पन्पनाईरहेको छ । तिनै मुठ्ठी भरिका गैरआवासीय नेपालीको वकालत गर्दै हिंडने साथिहरु र युरोपियन मुलुकमा रहेका नेपाली मुलका बिदेशी नेपालीहरू लाई सघाएका छन ।

युरोपेली गैरआवासीय नेपालीको आबाज ठुलो बनाउन खाडीका नेपलिहरु लाई प्रयोगमा लियता पनी खाडीका गैरआवासीय नेपाली सघंहरु ले आपत विपत्ति परेमा नेपालीहरू  को सहयोगमा खटेका धेरै उदाहरण छन मजदुर  नेपालीहरु का लागी गरिएका कामको लागि खाडिका गैरआवासीय नेपालीहरुको टिमलाई प्रशंसा गर्नु नै पर्छ ।



ओमानको सन्दर्भमा भन्नु प्रदा गैरआवासीय नेपाली संघ ओमानले  सबैभन्दा एक कदम अगाडि  बढाउने जमर्को गरिसकेको पनि छ । आफ्नो हैकम जमाउन दुतावासलाई नै प्रयोग गरिएको भनिन्छ, हालाकी ओमानमा दुतावाश खोलिनु पुर्व नै  नेपाली सोसल कल्वको बिषयमा ओमान स्थित संघसंस्थाहरुले सामुहिक छलफल गरेर नेपाली सोसल कल्व दर्ता गराउने कुरामा सहमत गरे , तर पछि गैरआवासीय नेपाली सोसल कल्वको नाममा दर्ताको प्रक्रियालाई अगाडि बढायो जसको बिरोध पनि गरियो र साउदि दुतावाश लाई ज्ञापनपत्र समेत बुझाईयो जसका कारण केहि समयका लागि सोसल कल्वको बारेमा कुनै छलफल भयन । जब ओमानमा दुतावाश खुल्यो फेरि सोसल कल्वको बिषयमा छलफल उठाएका थिय अनि सहमति पनि नेपाली सोसल कल्व नाम दर्ता गर्ने नै भयको थियोे तर पछि अचानक गैरआवासीय नेपाली सोसल कल्वको नाममा दर्ता भईसकेको जानकारी आयो । यहाँ सम्मन कि गैरआवासीय नेपाली सघं कै बिधान सोसल कल्वको पनि भयो, तर एउटा प्रश्नचिह्न यहाँ आयो कुनै गैरसरकारी  त्यो पनि नेपाली मुलका बिदेशीहरुको बिधान र नेपाल सरकारको बिदेशी कानुन भित्र रहने नेपाली सोसल कल्वको बिधान कसरी एउटै भयो र नेपाली दुतावास र नेपाल सरकारको कानुन भित्र पर्ने सोसल कल्व कसरी गैरआवासीय नेपाली सोसल कल्व हुन गयो ।।। र यसका पछाडि के के कारणबाट को को परिचालित भयका छन यो प्रशन मा मात्र सिमित भएकोे छ । 

बुज्न कठिन छैन । नेपाली दुतावास ओमानलाई एकदमै महत्त्वपूर्ण  हुनुप्रने यो बिषय तर दुतावस ले लचकता देखाउनुमा कतै दुतावासकको सहमतिमा त भएको होईन संकाको बिषय बनेको छ हालाकी राजदुतले सबैको सहमतिमा जानुपर्ने बताएकी छीन र गैरआवासीय नेपाली सघं ले पनि केही राजनीति, जातिए, र सामाजिक संस्थाका अलक अलक भिभाग लाई आफु तिर गरायर आफ्नो स्वार्थ पूरा गर्ने परपन्ज् गरेको पाईएको छ । जसमा नेपाल कम्युनिस्ट पार्टी एमाले निकट प्रवासी मचं, राष्ट्रिय जनमोर्चा निकट ओमान नेपाली एकता समाज, विबेकसिल साझा पार्टी ओमान तथा अन्तर्राष्ट्रिय साहित्य समाज ओमान च्याप्टर लगायतको खुल्ला बिरोध रहेको बताईएको छ भने नेपाल सरकार मा रहेका दुबै पार्टी नेपाली काँग्रेसको  जनसम्पर्क समिति ओमान र नेपाल कम्युनिस्ट पार्टी माओबादी केन्द्रको जन प्रगतिशिल मंच लगाएत  केही जातिबाद र जिल्ला स्तरीय संस्थाले खुलेर नै गैरआवासीय नेपाली सोसल कल्व भयर केही फरक पर्दैन भनेका छन । हुन त ूनेपाली का लागि नेपाली भन्ने नारा सहित धेरै राम्रो कामहरू पनि  पिडित नेपालीहरु का लागी गरिरहेको छ ओमान लगाएत खाडीमा समस्यामा परेका नेपालीहरु धेरैलाई उद्धार गरि नेपाल पठाउनु मा  ठुलो भुमिका खेलेको छ, जसका लागि प्रसंसा पनि गर्नुपर्छ । 

नेपाल सरकारले के देखेर खाडी लगाएत मलेसियामा मजदुरी  गर्ने नेपालीहरु लाई युरोपेली नेपालीहरु का साथ तुलना गर्यो  पुरा महिना मदुरी गरेर परिबार लाई पठाए पछि मात्र महिना भरि खान हम्मे हम्मे हुने नेपाली र नेपालकोे अर्थ धानेका नेपालीहरु लाई नेपाली मुलका युरोेपिय नेपालीलाई कसरि दाँज्न मिल्छ र......?   होईनत यो डलरको खेल .......?  जस्तै नबुज्ने ले पनि यस्ता सरकारका खेल बुझिरहेका छन तर पोख्न सकिरहेका छैनन् ।  सरकार तथा सरकारको प्रतिनिधित्व गर्ने दुतावासले पनि उनैलाई सुरक्षा र सुभिधा दिने र उनिहरु कै जि हजुरी मा लागेको प्रष्ट देखिन्छ, सरकारले खाडी  तथा मलेसियामा मजदुरी गर्ने नेपालीहरु लाई कत्ति चुस्न सक्छ चुसेकै छ, खाडी लगाएतका विभिन्न देशमा रहेका  दुतावाश देखिन सरकार सम्म उनै  आफुलाई नेपाली भन्न सर्माएर आफ्नै पहिचानका नेपाली दस्तावेजहरु नागरित्ता नेपाली राहदानी लगाएत नस्ट गरेर बिदेशी नागरिक बन्ने नेपालीहरु कै पछिलागेकोछ तथा दुई बर्षका लागि नेपाल सरकारको हिजाजत लिएर महिनैपिच्छे रेमिट्यान्स पठाउने प्रबासी नेपालीहरु माथि सरासर अन्याय गरेको छ ।

Saturday, September 9, 2017

प्राथमिक उपचार सम्वन्धि चेतनामूलक गतिविधिहरू सञ्चालन

प्राथमिक उपचार सम्वन्धि चेतनामूलक गतिविधिहरू सञ्चालन


हरेक वर्ष सेप्टम्बर महिनाको दोस्रो शनिवारका दिन विश्वभरी नै मनाइने प्राथमिक उपचार दिवसको 
अवसरमा घरेलु दुर्घटनामा प्राथमिक उपचार भन्ने मूल नाराका साथ  अाज भाद्र २४, २०७४ (सेप्टेम्बर ०९, २०१७) मा नेपाल रेडक्रसद्वारा केन्द्र, जिल्ला र समुदायस्तरमा विभिन्न चेतनामूलक गतिविधिहरू सञ्चालन गरियो । 

प्राथमिक उपचार सीप प्रदर्शन प्रतियोगिता, उत्कृष्ट प्राथमिक उपचार स्वयंसेवकलाई सम्मान जस्ता गतिविधिहरु सहित नेपाल रेडक्रस सोसाइटी, सुनसरी जिल्ला शाखाको आतिथ्यमा धरानमा राष्ट्रिय कार्यक्रमको मूल कार्यक्रम संचालन भयो । 

मूल कार्यक्रमलाई सम्बोधन गर्दै नेरेसोका अध्यक्ष संजीव थापाले भन्नुभयो ः प्राथमिक उपचार सेवालाई हाम्रोजस्तो विकासोन्मुख मुलुकमा अझ विस्तारित रूपमा सञ्चालन गर्न आवश्यक छ ।  सोको लागि सोसाइटीलाई स्वास्थ्य क्षेत्रमा कार्यरत निकायहरुको थप सहकार्य र सदभावको आवश्यकता महसुस गरिएको छ । 
बिभिन्न जिल्लाहरुमा   सीपमूलक चेतना कार्यक्रमहरु सञ्चालन ः 
प्राथमिक उपचार सम्वन्धि ज्ञान र शिप सम्वन्धि जनचेतना जगाउने उद्धेश्यले 
यसै अवसरमा भक्तपुर,  सुर्य विनायक ट्रलीबस पार्कमा सडक दुर्घटनाको अवस्थामा टाउको तथा मेरुदण्डको चोट लागेको घाइतेलाई कसरी प्राथमिक उपचार गर्ने भन्ने बारेमा कृत्रिम घटना अभ्यास प्रदर्शन गरिएको छ । कार्यक्रम करीव २०० जनाले अवलोकन गर्नुभएको थियो । त्यस्तै विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता दुधपाटी भक्तपुरमा संचालन गरिएको छ । सो अवसरमा भक्तपुर रेडक्रसका सभापति मनोजकुमार थापाले एक घर एक प्राथमिक उपचारक हुनुपर्ने कुरामा जोड दिनुभयो ।

यसैगरी प्राथमिक उपचार दिवसकै अवसर पारेर आजै रेडक्र्स सोसाइटी पर्सा शाखाले आफ्नो स्वयंसेवकहरुलाइ प्राथमिक उपचार सीपको पुनर्ताजगी गरेको छ । असोज २ गते हुन गइरहेकोे स्थानीय निर्वाचनमा पर्सा क्षेत्रमा रेडक्र्स प्राथमिक उपचार टोलि परिचालन गरि सेवा पुर्वाउने उदेश्यले पुनर्ताजगी गरिएको हाे ।

गृहणी तथा किसानहरुलाई लक्षित गरि ललितपुरको गोदावरीमा प्राथमिक उपचार सीप सिकाइएको छ ।  

त्यस्तै, बाँके जिल्ला शाखाको आयोजनामा आइसा मदरसा बनातका शिक्षक, शिक्षिका, विद्यार्थीहरुमाझ प्राथमिक उपचार सीप बढाउन अभ्यास प्रदर्शन गरियो । चितवन पारबतीपुरमा निशुल्क  एम्बुलेन्स सेवा सन्चालन गर्न सहयाेग गर्ने ब्यक्तित्वहरुलाइ सम्मान गरिएकाे छ ।
 प्राथमिक उपचार सेवालाई सर्बसाधारण सबैको पहुँच बढाउनका लागि नेपाल रेडक्रस सोसाइटीद्वारा जिल्ला शाखा, उपशाखा, जुनियर तथा युवा सर्कलहरुमार्फत प्रशिक्षण सञ्चालन गरी स्वयंसेवकहरु उत्पादन गर्ने र आवश्यक परेको समयमा सेवा प्रदान गरिंदै आएको छ । हालसम्म देशभर एक हजार एक सय ७१ जना प्रशिक्षक र २७ हजार चार सयको संख्यामा प्राथमिक उपचार  स्वयंसेवकहरु उत्पादन गरिएको नेरेसोका सञ्चार विभाग प्रमुख दिव्यराज पौडेलले जानकारी दिनुभएको छ । स्मरणीय छ, घरघरमा प्राथमिक उपचार बारे जानकारी दिने उद्वेश्यले सोसाइटीद्वारा हालसालै मोबाइल एप समेत सार्वजनिक भैसकेको छ ।

सरकार ! मिल्छ भने मलाई पनि एयरपोर्ट सम्म भि आई पि गाडी पठाईदिनु

"सरकार ! मिल्छ भने मलाई पनि एयरपोर्ट सम्म भि आई पि गाडी पठाईदिनु"

दिल प्रसाद पौडेल 
बाग्लुङ, राङ्खानी 
हाल मस्कट, ओमन ।

                म एक बिकट गाउँमा जन्मिएर हुर्केको न्यून बर्गिय परिवार को एउटा सदस्य हु । छोरा हु । मलाई मेरा बा आमाले दिनभरी खेती किसानी गरेर, अर्काको घरमा गोठालो बसेर, भांडा माझ्दै विभिन्न गाली र वचन सहदै मलाई बिहान बेलुका खान पुग्नेजती जम्मा गरेर खोले र सिस्नुको तरकारी संग मकैको पिठो मागेर ल्याएको महिमा घोलेर खुवाउनुहुन्थ्यो । मलाई राम्रोसंग याद छ मेरी आमाले म चक्लेट खाने पैसा चाहियो भनेर रुदा , कराउदा चिच्याउदा पटुकीको फुर्कोमा बांधेर राखेको एक मोहोर निकालेर गाली गर्दै मेरो हातमा थम्याईदिनु हुन्थ्यो ।मेरो बाबाले चुरोट निक्कै पिउनुहुन्थ्यो । एक प्याकेट चुरोट किन्ने सम्म पैसा नभएर चिलाउनेको फुल कटुसको पातमा बेरेर 
एक सर्को आफू तान्दै अनि एक सर्को बुढा भएका हजुरबालाई दिनुहुन्थ्यो । दिनभरी मरीमरी साहुको घरमा जोतिएर पनि त्यही काम गरेको पैसा माग्न जांदा सांक्षी लिएर जानू पर्दथ्यो । खरको झुपडी त्यसमाथी दिनमा पानी चुहिने रातमा तारा देखिने छानामुनी नौलाख सपना देखेर अफिमका गेडाहरु बाल्दै जिन्दगीको उज्यालो खोज्ने बिबशता थियो मेरो परिवारमा । जेनतेन दुख गरि गरि गाउकै एक स्थानिय माध्यामिक बिद्यालयबाट एस एल सी उतिर्ण गर्न सफल भएको म आज खाडीमा चुर्लुम्म गाडिएको छु ।
            २०३८ सालमा जन्मिएको म करीब चौध बर्षबाट हरेक दुख , पीडा र चीत्कार पस्कदै कहिले नेपाली सेनामा भर्ती भए, कहिले गाउँकै एक प्राथमिक बिद्यालयमा शिक्षण पेशामा मासिक ५०० रुपैया पाउनेगरी काम गरें । त्यतिमात्र होइन दिल्लीका हरेक गल्ली गल्लीमा भुस्याहा कुकुर झैं कामको खोजीमा भौतारिदै हरेक पटक सडकको पेटीमा चप्पलको सिरानी बनाएर निदाउनुपर्थ्यो । पीडा र मेरो मर्म कसले बुझिदिने । गाउँमै प्रेम बिबाह गरेर एक छोराको बाबू भैसकेको म दिल्लीमा करिब एक बर्ष भौतारिएपछी म फेरि घर फर्कें । त्यसपछी झन समस्या बल्झियो पुन:- शिरमा रिणको भारी, हातमा पासपोर्ट र गोजिमा तमसुक बोकेर म खाडी मुलुक पसेको थिएं । आज ओमनको मरुभुमीबाट आफ्ना कहानी , बेदना र चीत्कार ओकल्न बिबश भएको छु । 
               आज खाडीको बसाई पनि करीब बाह्र बर्ष पुगिसकेछ । दशैं आउँछ तिहार आउँछ तर सपनामा मात्र सिमित छन निधारमा राता टीका र पहेंला जमरा अनि बा आमाले दिएका आशिर्वाद का श्लोकहरु मनभित्र गुम्सिएका छन । मेरो बा आमाले मलाई कहिल्यै नभेट्ने गरि बिदाईका हात हल्लाएको पनि आज १४ बर्ष भैसकेछ । कहिकतै सोच्ने गर्छु मेरो पनि बा आमा वा दिदी बहिनी भएको भए सायद पीडा साट्ने मौका मिल्ने थियो । 
                आखिर यी सब चिन्ताका पोकाहरुलाई तिलाञ्जली दिदै यसपालीको दशै मान्न करीब बाह्र  बर्षपछी म नेपाल आउदै छु अपसोच मेरो देशमा शासन फेरिए , कुर्सी फेरिए अनि नेता र मन्त्रीहरु फेरिएका छन तर जनताका पिडामा मलहम लगाउने तर्फ कसैले ध्यान दिएको मैले पाइन । अस्ति भर्खर ८८ किलो सुन बिदेशी नागरीक संग सांठगांठ गरि भि आई पि को लोगो अंकित गाडीबाट देशको एकमात्र अन्तर्राष्ट्रिय बिमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल मा बिना चेक जाँच नै भित्र छिराईयो रे । यसभन्दा पहिले पनि १५ किलो र ३३ किलो सुन यसैगरी आपसी मिलेमतो मा नेपालमा तस्करी गर्ने दुस्साहस गरिएको प्रमाण छ । आखिर यो सब किन ? ए सरकार यदि तिमीमा अलिकती सोच्न सक्ने क्षमता छ भने केबल गरीब निमुखालाई मात्र नीति र नियम अनि कानुन  किन ? सरकार यसपाली बाह्रबर्षपछी म खाडीबाट दशै मान्न घर फर्किदै छु । मेरी श्रीमती र छोरा बाह्र बर्षपछी आफ्नो श्रीमान र बाबुको आगमनमा खुशी हुँदै अबिर र खादा लिएर बिमानस्थल को आगमन कक्षको मुलद्वार नेर उभिएका हुनेछन । सरकार म यो पनि जानकारी गराउदै छु कि मैले मेरो छोराको लागि र श्रीमतीको लागि दुई तोला कांचो सुन , एक एक वटा मोबाईल, घडी ३२" को टेलिभिजन लिएर आउदै छु । सरकार समक्ष मेरो यो आग्रह छ अनुरोध छ म एक नेपाली हु म संग नेपाली नागरिकताको प्रमाणपत्र छ नेपाली राहदानी छ । मिल्छ र सक्नुहुन्छ भने मलाई पनि बिमानस्थल बाट बाहिर निस्कने बेला भि आइ पि लोगो सहितको गाडी र केही सुरक्षाकर्मीको बन्दोबस्त गरिदिनुहोला । म कुनै बिदेशी नागरीक होइन । यदि यसो गर्न सक्नुहुन्न भने मलाई लिन आएका मेरा श्रीमती र छोरालाई बिमनस्थलबाट धरधरी रुवाउदै रित्तो हात घर नपठाउनुहोला ।  
              यो मेरो मात्र आक्रोश होइन मेरो मात्र जलन  होइन सरकार बिदेश मा रहेका चालिसलाख नेपालीको आक्रोश हो पीडा हो जलन हो । हरेक बर्ष दशै मनाउन त्रिभुवन बिमानस्थल मा सास्ती खेप्ने गरेका नेपालीहरुको ब्यथा हो । तसर्थ केही दिनको अन्तरालमा नेपालीहरुको लर्को लाग्नेछ त्यहाँ उल्लेख्य सुरक्षाकर्मी तैनाथ राख्नु किनकी तिनिहरुले सुन, मोबाईल, घडी र एक लिटर मादक पदार्थ लिएर आउदै छ्न । धन्यवाद ।

Sunday, September 3, 2017

नेपाल कम्युनिष्ट पार्टी (मसाल), केन्द्रीय कार्यालय वक्तव्य


निर्वाचन क्षेत्रनेपाल कम्युनिष्ट पार्टी (मसाल), केन्द्रीय कार्यालय


वक्तव्य

निर्वाचन क्षेत्र निर्धारण आयोगले संसदीय र प्रादेशिक निर्वाचन क्षेत्रहरूको निर्धारण गरेर सरकार र निर्वाचन आयोगलाई समेत प्रतिवेदन बुझाएको छ । त्यसरी निर्वाचन क्षेत्रको विभाजन गर्दा ९० प्रतिशत जनसङ्ख्यालाई र १० प्रतिशत भूगोललाई आधार बनाइएको छ । त्यसरी क्षेत्रहरूको जुन विभाजन गरिएको छ, त्यसलाई ने.क.पा. (मसाल)ले अत्यन्त आपत्तिजनक मान्दछ र त्यसको कडा शब्दमा विरोध गर्दछ । त्यसरी निर्वाचन क्षेत्रको विभाजन गर्दा गम्भीर प्रकारले क्षेत्रीय असन्तुलन हुनुको साथै देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डतामा गम्भीर आँच पुग्ने सम्भावना रहने छ ।
अहिले जनसङ्ख्यालाई मुख्य र भूगोललाई द्वितीय बनाई निर्वाचन क्षेत्रको विभाजन गरियो, त्यसका लागि प्रथम, संविधान संशोधन विधेयक नै जिम्मेवार छ । भारतीय र मधेशवादीहरूको दवावमा तात्कालिन प्रधानमन्त्री शुसिल कोइरालाको सरकारद्वारा त्यो विधेयक संसदमा दर्ता गराइएको थियो र प्रधानमन्त्री के.पी. शर्मा ओलीको सरकारद्वारा संसदमा त्यसलाई पारित गराइएको थियो । त्यस प्रकारको संशोधनद्वारा देशको राष्ट्रियतामा गम्भीर आँच पुग्ने कुरा स्पष्ट र निश्चित थियो । त्यसैले राष्ट्रिय जनमोर्चा सरकारमा सहभागी भएको र कामरेड चित्रबहादुर के.सी. उपप्रधानमन्त्री भएको बेलामा पनि राजमोका सबै सांसदहरूले त्यो विधेयकका विरुद्ध मतदान गरेका थिए । अब सामान्यतः घटनाक्रम र विशेषतः निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिबेदनबाट संसदले पारित गरेको त्यो विधेयक गलत थियो भन्ने कुरा प्रमाणित भएको छ र भविष्यमा त्यसका अरू गम्भीर प्रकारका दुष्परिणामहरू अगाडि आउँदै जानेछन् ।
पहिले संविधानसभाद्वारा पारित संविधानमा भूगोल र जनसङ्ख्या दुवैलाई समान महत्व दिई प्रतिनिधिसभाको चुनावको लागि निर्वाचन क्षेत्रहरू निर्धारण गर्ने व्यवस्था गरिएको थियो । तर प्रथम संविधान संशोधन विधेयकले संविधानमा संशोधन गरी जनसङ्ख्यालाई मुख्य र भूगोललाई दोस्रो गराई निर्वाचन क्षेत्रको निर्धारण गर्ने व्यवस्था गर्‍यो । संविधानमा गरिएको त्यस प्रकारको संशोधनलाई आधार बनाएर नै निर्वाचन क्षेत्र निर्धारण आयोगले जनसङ्ख्यालाई ९० प्रतिशत र भूगोललाई १० प्रतिशत गराई निर्वाचन क्षेत्रहरूको निर्धारण गर्ने कार्य गरेको छ । त्यस प्रकारको व्यवस्थाका जुन दीर्घकालिन दुष्परिणामहरू हुनेछन्, त्यसका लागि के.पी.शर्मा ओली र उनको नेतृत्वको नेकपा एमाले नै जिम्मेवार छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो भारत भ्रमणको बेलामा दिएको नेपालको राष्ट्रियता र सार्वभौमिकतामा आँच पुग्ने प्रकारको अभिव्यक्तिको विरोध सहित विभिन्न राष्ट्रिय प्रश्नहरूलाई लिएर ने.क.पा. (मसाल) सहित विभिन्न राजनीतिक शक्तिहरूले संयुक्त कार्यक्रमको सञ्चालन गर्ने जुन निर्णय गरेका छन्, त्यसलाई हाम्रो पार्टीले दृढतापूर्वक समर्थन गर्दै राष्ट्रियता सहित पारस्पारिक सहमतिका विषयहरूमा त्यस प्रकारको ऐक्यवद्धता र संयुक्त आन्दोलनलाई लगातार अगाडि बढाउनुपर्ने आवश्यकतामा जोड दिन्छ ।
पहिले हाम्रो पार्टीले नयाँ शक्तिले मधेशवादीहरूसँग एकता वा तालमेल गरी उनीहरूका राष्ट्रघाती एजेण्डाहरूलाई समर्थन गर्ने नीति अपनाएकाले त्योसित कुनै पनि प्रकारको कार्यगत एकता वा तालमेल नगर्ने नीति अपनाएको थियो । तर अहिले नयाँ शक्तिको उनीहरूसितको एकता टुंटिसकेको हुनाले हिजो बसेको उपलब्ध केन्द्रीय सदस्यहरू सहितको केन्द्रीय कार्यालयको बैठकले आवश्यकतानुसार नयाँशक्तिसित पनि कार्यगत एकता वा चुनावी तालमेल गर्न सकिने ठेगान गरेको छ ।

मिति ः २०७४ भाद्र १८ गते

.....................
मोहनविक्रम सिंह
महामन्त्री

दुई नम्बर प्रदेशको चुनाव : अतिसंवेदनशील क्षेत्रमा सुरक्षा चुनौती

दुई नम्बर प्रदेशको चुनाव : अतिसंवेदनशील क्षेत्रमा सुरक्षा चुनौती  
election-field


१५ भदौ, वीरगञ्ज । आउँदो असोज २ गते हुने प्रदेश नं २ को स्थानीयतहको निर्वाचनलाई मध्यनजर गरी पर्सा जिल्लामा रहेका ७३ वटा अतिसंवेदनशील मतदान केन्द्र सुरक्षाको दृष्टिले चुनौतीपूर्ण रहेका छन् ।
नेपाल—भारतको सीमा क्षेत्र रहेको सो मतदान केन्द्रमा कुनै पनि आपराधिक क्रियाकलाप तथा अवाञ्छनीय गतिविधि हुनसक्ने तथा भारतीय आपराधिक व्यक्तिको घुसपैठ हुनसक्ने भएकाले सो क्षेत्रमा प्रवेश गर्ने भारतीय नागरिकमाथि कडा नजर राख्ने गरी भारतीय समकक्षीसँग सोबारेमा मौखिक कुराकानी भएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।
खुल्ला सीमाका कारण अवैध हतियार भित्रिन सक्ने सम्भावना बढी हुने भएकाले भारतीय सीमासँग जोडिएको मतदान केन्द्रका लागि थप सुरक्षा व्यवस्था गरिने भन्दै पर्साका प्रहरी उपरीक्षक सुदीप गिरीले राससलाई भन्नुभयो, भारतीय सुरक्षाकर्मीसँग केही दिनमै बैठक बसी निर्वाचनका दिन भारतीय पक्षले आफ्नो सिमानामा कडाइ गर्न हामीले अनुरोध गर्नेछौँ ।
बीस वर्षपछि भइरहेको स्थानीयतहको निर्वाचन भनेको सामान्य कुरा नभएर त्यसलाई सफल पार्नु भनेको अग्निपरीक्षासरह भएकाले शान्तिपूर्ण तरिकाले निष्पक्ष चुनाव गराउनु सबैको कर्तव्य भएको यस क्षेत्रका सुरक्षा अधिकारीको भनाइ रहेको छ ।
शुरुमा संविधानको अन्तरवस्तुमा असन्तुष्टि जनाउँदै आएको राष्ट्रिय जनता पार्टी (राजपा) ले पनि प्रदेश नं २ को स्थानीयतहको निर्वाचनमा भाग लिने सहमति जनाइसकेको छ भने चुनावमा भाग नलिने अन्य समूहबाट सुरक्षा खतरा हुने आँकलन गरी अतिसंवेदनशील मतदान केन्द्रमा सुरक्षा व्यवस्था बलियो पारिने अधिकारीले बताएका छन् ।
पर्सा जिल्लामा रहेका १६७ वटा मतदान केन्द्रमध्ये १५ वटा मतदान केन्द्र सामान्य, ७५ वटा मतदान केन्द्र संवेदनशील तथा ७३ वटा मतदान केन्द्र अतिसंवेदनशील रहेका छन् । अतिसंवेदनशील मतदान केन्द्र दुर्गम तथा भारतीय सीमासँग जोडिएका नेपाली गाउँमा रहेका छन् ।
यसैबीच, भयरहित वतावरणमा स्थानीयतहको निर्वाचन सम्पन्न गराउन जिल्ला प्रशासन कार्यालय, पर्साले बुधबारदेखि सात दिनभित्र हातहतियार बुझाउन सर्वसाधारणमा सूचना जारी गरी तोकिएकै समयमा हतियार बुझाउन सबैसँग आग्रह गरेका छन् ।
हातहतियार तथा खरखजाना ऐन २०१९ को दफा ८ अनुसार प्रकाशित सूचनालाई अटेर गरी हातहतियार नबुझाउने व्यक्तिलाई पत्रमार्फत तथा त्यसपछि पनि हतियार नबुझाई अवैधरुपमा हतियार राख्नेलाई प्रचलित कानूनअनुसार कारबाही गरिने पर्साका निमित्त प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेलले राससलाई बताउनुभयो ।
निर्वाचनको समयमा सूचनाको आधार तथा खानतलासी गर्दा कसैको घरबाट दर्ता भएकै हतियार फेला परेमा अवैध हतियार राखेसरह मुद्दा चलाउने व्यवस्था कानूनमा रहेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।
प्रदेश नं २ को स्थानीयतहको निर्वाचनको लागि जिल्ला प्रशासन कार्यालय, पर्साले यसअघि पनि बारम्बार हतियार बुझाउन सूचना जारी गरेपनि हतियार बुझाउनेको संख्या न्यून रहेको छ । जिल्ला प्रशासन कार्यालय पर्सामा ७७२ थान हतियार दर्ता भएको अभिलेखमा उल्लेख गरिएको छ भने ३७२ थान हतियार नवीकरण गरेको देखिन्छ । तर हालसम्म १९७ जनाले मात्र हतियार बुझाएका छन् ।
प्रदेश नं २ को स्थानीयतहको निर्वाचनलाई प्रतिष्ठाको विषय बनाएर भयरहित तथा शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सरकारले कडा सुरक्षा व्यवस्था अवलम्बन गरेको सुरक्षा अधिकारीको भनाइ छ ।

नारायणगढ–मुग्लिन सडक अवरुद्ध

नारायणगढ–मुग्लिन सडक अवरुद्ध


१५ भदौ, चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको चार किलोमा सडक भासिएका कारण आज दिनभर यातायात अवरुद्ध हुने भएको छ ।
नारायणगढ–मुग्लिन सडक आयोजना प्रमुख चन्द्रनारायण यादवकाअनुसार करिब ५० मिटर लम्बाइ सडकको चार मिटर चौँडा भाग भासिएकाले सो ठाउँमा भित्तो काटेर यातायात सञ्चालन गर्नुपर्ने भएको छ । एकतर्फी सडक सञ्चालन गरेमा दिउँसो २ बजेसम्ममा काम सम्पन्न हुने भए पनि दुईतर्फी सञ्चालनका लागि साँझसम्म काम गर्नुपर्ने उहाँले बताउनुभयो ।
सडक भासिएका ठाउँका सडक नौ मिटर मात्रै फराकिलो छ । यसअघि सडक फराकिलो बनाउन भित्तो काटिएको ठाउँमै सडक भासिएको हो ।
सवारी साधन सञ्चालन भएपछि काम गर्न नसकिने भएकाले भित्तो काटेर दुईतर्फी सडक सञ्चालन गर्ने तयारी भइरहेको छ ।
सो सडकको पाँच ठाउँमा पहिरो खसेपछि आज बिहानबाट सडक अवरुद्ध भएको हो । जलबिरेको दुई स्थानमा, कालिखोला, चारकिलो र पाँच किलोमा एक÷एक स्थानमा पहिरो खसेको थियो । आयोजनाका इञ्जिनियर शिव खनालकाअनुसार जलबिरे बाहेक अन्यत्रको पहिरो भने पन्छाइसकिएको छ । केही समयमा जलबिरेको पहिरो पनि पन्छाइसकिने उहाँले बताउनुभयो । खोलाबाट लेदो झरेकाले सो ठाउँमा सडक अवरुद्ध भएको हो ।
पहिरोको जोखिमका कारण साउन अन्तिम साताबाट रातको समयमा सवारी आवागमन रोकिँदै आएका थिए । पहिरो खसेपछि हिजो साँझबाट सडकमा रोकिएका सवारीसाधन अलपत्र परेका छन् ।

Saturday, September 2, 2017

ओमानमा नेपालगंजका मोहन मल्लको सुतिरहेको अवस्थामा मृत्यु

ओमानमा नेपालगंजका मोहन मल्लको सुतिरहेको अवस्थामा मृत्यु

banner
मस्कट,ओमान - गत फेब्रुअरी ११ मा रोजगारीको लागी ओमान आएका नेपालगंज बस पार्क बाईपस रोडका २४ बर्सिय मोहन मल्लको शुक्रबार रात्री सुतिरहेको अवस्थामा मृत्यु भएको छ । मल्ल छ महिना अघि मात्रै नेपालगंजको कर्णाली ओभरसिज हुंदै  काठमाडौको प्रोटेक्ट मेनपावर मार्फत ओमान ईन्टरनेशनल ग्रुप ( OIG) कम्पनीमा कामको लागी आएका थिए । उनी  बर्काको रुमेस स्थित अल मदिना नजिकैको क्याम्पमा बस्थे भने काम मस्कटको सिव भन्ने ठाउँमा अल दिवान कम्पनीमा थियोे । शुक्रबार  उनको बिदा थियो । दिनभर  साथीभाई संग सुख दुखका कुराकानी गरि सांझ खानपिन गरेर सुतेका मोहन बिहान नउठे पछि उठाउन खोज्दा उनको मृत्यु भैसकेको सोहि कम्पनीमा कार्यरत स्याङ्जाका राम बहादुर गुरुङले बताएका छन् ।

कम्पनीको यो क्याम्पमा करिव १४/१५ जना नेपाली बस्ने भए पनि मृतक मोहन मल्ल लाई दक्षिण भारतका कामदारहरुको कोठामा राखिएको थियोे । नेपालगंज भृकुटीनगरका भुपाल थापा भावुक हुँदै भन्छन् " मोहन नयाँ थियो उसलाई भासा त्यत्ति आउदैंनथियो, राती १/२ पटक त कराएको थियो रे तर नेपालिमा बोलेर होला ईन्डियनहरुले त्यत्ती ख्याल राखेनन, त्यो अवस्थामा कोहि नेपाली  साथमा भएको  भए कमसेकम  केहि सहयोग गर्न त सकिन्थ्यो , तर साथमा नहुँदा त्यस्तो गर्न सकिएन  "। उनका अनुसार प्राय नेपाली कामदारहरुलाई अलग-अलग कोठामा राख्ने गरिन्छ । शनिबार बिहान उनको त्यो अवस्था देखेपछि कम्पनीले प्रहरीलाई खवर गरेको थियोे । घटनास्थल निरीक्षण गरि  रोयल ओमान पुलिसले  निजको शवलाई पोस्टमार्टबको लागी लगेको छ । खवर बाहिर आएपछि  बुझ्नको लागी पत्रकार बिनेश खनालले दूतावास कर्मचारी रमेश प्रसाद अर्याल लाई सम्पर्क गरेका थिए । अर्यालका अनुसार कम्पनी बाट अहिलेसम्म त्यस्तो जानकारी नआएको बताए । उनले भने "सायद शनिबार बिदा परेको कारण हुन सक्छ कम्पनीले अहिलेसम्म खवर नगरेको आईतवार कार्यालय खुल्छ कम्पनीको तर्फबाट आधिकारिक जानकारी आएपछि यो घटनाको विसयमा आवश्यक प्रक्रिया अगाडि बढाईने छ "।
 नेपालगंज फ्यागाँउ घर भएका रबिन हमाल र बुटवलका बिराज डोटेलले यो अकल्पनीय घटनाले आफुहरुलाई स्तब्ध बनाएको बताएका छन् । एकदमै असल स्वाभाव भएको, नसाको नाममा सुपारी समेत नखाने मोहनको यो दु:खद घटनाले हामी अत्यन्तै दुखी भएका छौं ।  शोकमा आज कोहि पनि डिउटी जान सकिएन । प्रवासमा यस्ता घटना थुप्रै हुने गरेको सुने पनि आफ्नै आँखा अगाडि साथिको यस्तो अवस्था हुँदा आफुहरुलाई असहय भएको बताए  । सोहि कम्पनीमा कार्यरत नाताले शोल्टी पर्ने दैलेखका आफ्न्त बिवश बहादुर शाहिका अनुसार उनको भर्खरै जन्मेको तिन महिनाको छोरा छ । करिव डेढ दुई वर्स अगाडि बिहे गरेका मोहनको परिवारमा दाई भाउजुको परिवार अनि श्रीमति र नयाँ छोरा छन् । परिवारमा बिबशले  नै फोन गरेर शनिबार दिंउसो जानकारी गराएका थिए ।

ओमानमा प्रगतिशील तिज

ओमानमा प्रगतिशील तिज

 मस्कट,ओमान - नेपाली महिलाहरूको महान पर्व तिजको अवसरमा ओमान नेपाली एकता समाज महिला बिभागद्वारा आयोजित "प्रगतिशील तीज बिशेष कार्यक्रमअगस्ट  १८ तारिखका दिन भब्य रुपमा सम्पन्न भएको छ । उक्त तिज कार्यक्रम अहिले नेपालमा बाढी पीडित बाट प्रभावित भएको परिवारलाई राहत संकलन स्वरुप आयोजना गरिएको थियोे । 

कार्यक्रम नेपाली दूतावासका राजदूत सर्मिला पराजुली ढकालको प्रमुख आतिथ्यमा तथा महिला बिभागकी अध्यक्ष लक्ष्मी रायमाझीको सभापतित्वमा सम्पन्न भएको थियो । विभिन्न समयमा देश र जनताको निम्ति ज्यान गुमाएका ज्ञातअज्ञात सहिदहरुप्रति एक मिनेट मौन धारण पश्चात् नेपाली राष्ट्रिय गान सहित अघि बढेको सो समारोहको उद्घाटन गर्दै राजदुत पराजुलीले अहिले नेपालमा आएको बाढीले पुर्यायको क्षतिप्रती दुख व्यक्त गर्दै पीडित परिवारको राहतको लागी सवैले सहयोग गर्न अनुरोध गरेकी थिइन। उनलेे  प्रवासमा भएपनि यसरी आफ्नो संस्कृति र पर्वहरुलाई सबै मिलेर मनाउन सक्नु नै गर्वको कुरा भएको बताउदै सबै जनालाई  तिजको शुभकामना दिईएकि थिइन् । उनले महिलाहरुले परिवार र बालबच्चा पाल्न उनीहरुको खुशीको निम्ति गरेको त्यागको सम्मान गर्नुपर्ने बताएकि थिइन्  । राजदुत पराजुलीले अहिले बेद र बाईबलमा महिलाहरुको सुरक्षा सम्बन्धि बिधावार्थि गर्दैछिन । 
समाजमा चेतना जगाउन सकेमा महिला भएकै कारणले नारी प्रताडित र पछि पर्नु नपर्ने जिकिर गरेकी थिईन । उनले  अहिले बिदेशमा समस्या बढेको कारण सरकारले घरेलु कामदारको रूपमा खाडीमा आउन प्रतिबन्ध लगाएपनि महिला स्वयं जोखिम मोलेर बिदेश आउन खोज्नुले अझ थप समस्या बेहोर्नु परेको बताउदै अबको दिनमा महिलाहरुले आफुले बिदेशमा सिकेको सीप मेहनत स्वदेशमै लगानी गरेर स्वावलम्बी बन्न समेत जोड दिदै बिदेश आउन चाहनेलाई प्रोत्साहित नभई यहाँको समस्या बारे सम्झाई बुझाई रोक्न समेत आग्रह गरेकि थिइन्  । ओमानमा महिलाहरु माथी हुने हरेक किसिमको बिसङती र शोषणको रोक्न दूतावास सदा तत्पर रहेको बताउदै यसमा साथ दिन सबैलाई अनुरोध गरेकी थिइन् । 
रक्तिम ओमानका कलाकारहरुले तिज भाकामा देशको अवस्था र बिदेशिएकाहरुको पिडायुक्त गीतबाट शुभारम्भ गरिएको सो समारोहमा रातो साडीमा सजिएका महिलाहरु तिज गीतमा छमछमी नाच्दा सिंगो हल नै रोमान्चित बनेको थियो । उक्त कार्यक्रममा ओमानमा क्रियाशिल अन्य संघ संस्थाका कलाकाहरुले नारी प्रधान मार्मिक तिज गीत, गजल तथा नृत्यहरु प्रस्तुत गरेका थिए । सो कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली एकता समाजका कोषाध्यक्ष शोभाकान्त लामिछाने, संयुक्त बैचारिक सयन्त्र ओमानका प्रतिनिधि पदम प्रसाद अर्याल, नेपाली समाज ओमानकी कोषाध्यक्ष पार्वती श्रेष्ठ, जनप्रगतिशिल मन्च ओमानका उमेश बिक, प्रवासी नेपाली मञ्च ओमानका वरिष्ठ उपाध्यक्ष लीलानाथ कोइराला, गैर आवासीय नेपाली संघ ओमानका महिला संयोजक सङ्गिता जबेगु, जनसम्पर्क समिति ओमानका सभापति फर्शुराम पोख्रेल, विवेकशिल नेपालीकका ब्यवस्थापिका प्रमुख जीवन कार्की, ओमान नेपाली एकता समाजका अध्यक्ष छविलाल बस्नेत, महिला समूह ओमानकी अध्यक्ष उमा आचार्य ढुंगाना, बुद्ध भिजन ओमानका कोषाध्यक्ष लक्ष्मी तामाङ, तमु समाज ओमानकी प्रतिनिधि दिपक तमु, मगर संघ ओमानकी प्रतिनिधि शान्ती आले मगर,  अन्तर्राष्ट्रिय साहित्य समाजका महासचिव सुशील पुन बिरही, दलित एकता सन्जालका प्रतिनिधि डम्बर बराईली, कृष्चियन फिलोसिप ओमानका अध्यक्ष संगम सिंह, कान्तिपुका पत्रकार होम कार्की, डिसि नेपालका पत्रकार बिनेस खनाल र एकता समाजका बिभिन्न एरिया तथा बिभाग लागयतका प्रतिनिधिहरु अतिथिका रूपमा सहभागी भएका थिए ।
ओमान युएई एक्सचेञ्ज मुख्य प्रायोजक रहेको उक्त कार्यक्रममा हाँक साप्ताहिक, , डिसि नेपाल , बज्जिका पत्रकार संघ ओमान  मिडिया पार्टनर रहेका थिए ।  कार्यक्रमको नेपाली अनलाईन मिडिया डिसि नेपालले प्रत्यक्ष प्रसारण गरेको थियो । कार्यक्रम मनु सुनारको स्वागत मन्तब्य तथा जेबि लामा र रिता तिम्लिसिनाको संचालनमा सम्पन्न भएको थियो।














एक दशक सम्म संगै मनाउन नपाएको दशैं

एक दशक सम्म संगै मनाउन नपाएको दशैं



दिल प्रसाद पौडेल - 
परिस्थितिले पाखा लगाएर अनेकौं पीडा थोपरिएको मानसपटलमा यो चट्टानै चट्टानको शून्य शहरभित्र स्वदेशको ममता छचल्काएर जिउन थालेको पनि एघार वर्ष बितिसकेछ। निरासता अनि खिन्नताको  गल्छेडाहरुबाट अन्तरमनका चाहानाहरुलाई  तिलाञ्जली दिन लुकीछीपी भाग्यसंग सम्झौता गरिरहेको छु । मरुभुमीमा प्यारो जन्मभुमीको सम्झनामा हजारौ पटक खान बिर्सेको छु, निदाउन बिर्सेको छु । मेरा आँखा कहिल्यै ओभाउन पाएका छैनन्। तर्कनाका रश्मीहरु छताछुल्ल भएर अनवरत रुपमा अबिछिन्न बगिरहेका छन । सन्नाटाले सारा ब्रह्माण्ड नै बजारिएर आफ्नै शिरमा खसेको आभाष हुन्छ तरपनी मेरो देश, गाउँ र परिवार सम्झिएर भक्कानिएर आउँछ मुटु ।

     यतिबेला गाउँ-घरतिर तिजको रमझम सकिएको छ पुन: दशैं र तिहारको आगमनले टोल छिमेकका मान्छेहरु रग्मगाउन थालेका छन । हुनेखानेका लागि चहलपहलको दशैं सधै हुनेगर्छ तर नहुने अर्थात म जस्तै गरीबहरुका लागि सधै पीडा र चोट अनि ऋणको कसिलो भारी बोकेर आउने गर्छ दशैं । पारिवारिक धरातल बाट अलग हुन थालेको सदियौं बितिसक्दा पनि जिन्दगीले नया रंग फेर्न सकेको छैन अहिलेसम्म । गाउँ घरमा मच्चिने चर्खे पिङ र लिङ्गे पिङ्का झट्काहरु तैरिरहंदा मेरो सपना र योजनाले जमराले फेर्ने गरेको दिनहुुँको रंङ जस्तै कहिल्यै फेर्न सकेन । म आज प्रवासमा बालुवासंग लड्दालड्दै मेरो जवानीको दशक बितेको छ । उता घरमा मरिसकेका बा आमाका भित्तामा टांसिएका तस्विरहरुले पनि अझै मेरो आगमनमा टोलाईरहे झैं लाग्छ । रुदा रुँदै श्रीमतीको सिरानी पग्लिन्छ । ६ महिनामा काखमा तेर्सीएर च्वाप च्वाप आमाको लाम्टो चुसीरहेको छोरो आज झोला बोकेर भविस्य खोज्दै स्कुल जाने बाटोमा लर्खराउदै गर्दा म यहाँ बिक्षिप्त हुन्छु र खुट्टाको बुढी औंलाले भुईमा हेर्दै बालुवा कोट्ट्याईरहन्छु ।
       कारुणिक यथार्थको चक्रव्युबाट  भाग्यको रेखा नाघ्न नसक्दा अनि परिस्थिति संग संघर्ष गर्न नसक्दा जिन्दगीको कायापलट हुन सकेको छैन । परदेशमा बेतालका मान्छेहरुको झुण्डमा आफुलाई समाहित गरेरै भएपनी जोहो गर्नुपरेको छ ।  सेतो पहिरनमा यत्रतत्र डुल्ने मान्छेको बिचमा आफुलाई तुलना गर्नुपरेको छ आखिर यस्तै रहेछ परदेशीको बिडम्बना ।
          नेपथ्यबाट दशैंका बेला बज्ने  मंगलधुनको जस्तै आवाज आउँछ । आखिर त्यो मंगलधुन सुन्न नपाए पनि अरबिक म्युजिक सुनिरहेको छु । लट्ठे पिङ र करुवा खेल्न नपाएपनी विद्युतिय पिङ र क्यारिमबोर्ड खेलेकै छु । दौरा सुरुवाल र टोपी मा सजिएर दशैंमा जमरा केशमा सिउरिन नपाएपनी खजुरका कांडाहरु सिउरिएकै छन उफ्फ्फ्फ्फ्फ यस्तै रहेछ परदेशीको दशैं ।  यसपाली पनि दशैंमा घर जान नपाउने रन्कोले झन बिचलित बनाएको छ मन फाटेको छ आत्मा रोएको छ । गाउँ-घरमा धानका बालाहरु खेतका आलिसम्म झुलिरहेका होलान । कुचे भैंसी भरेभोली भएको होला बिगौतीका डल्लाहरु चपाउने रहर रहरमै सिमित भएको छ ।  घरका भित्ताहरु कमेरो र रातो माटोले रंगिएका होलान । भुराहरु बाबियो बटुल्दै लठो बाट्न भलाकुसारी गर्दै होलान । अस्ति मात्र मरेका जेठा बाका मलामीहरु तेह्रौ दिनको पुन्य तिथिमा जम्मा भएर आंगनभरी श्रद्धाञ्जली अर्पण गर्दै होलान । उता मझेरीको  कुनामा भर्खरै टुसा हाल्दै गरेका जमराका मुनाहरुमा पानी छम्किदै प्रियतमा मलाई सम्झिरहेकी होलिन । अनेकौ तरङ्गहरुले मलाई भावुक बनाएको छ यतिबेला ।
        आज ओमानको गल्लीबाट देश सम्झेको छु । गाउँ सम्झेको छु,परिवार सम्झेको छु । अनि अस्ति भर्खर डुबानमा परेर मरेका आफन्तहरुको आत्मालाई सम्झेको छु । बांचेर पनि घरवार विहिन भएकाहरुलाई सहानुभूतिका शब्दहरुले सान्त्वना दिने प्रयास गरेको छु । यस्तो लाग्छ उनिहरु घर नभएपनी परिवार संग संगै छन तर म सानो झुपडी भएर पनि परिवार भन्दा सात समुन्द्र पारी छु । आखिर म जहाँ जे जस्तो अवस्थामा रहेपनी नेपालमा हुनेहरु जिबित हुनेहरुले आ-आफ्नो औकात अनुसार दशैं मनाउनुहोला म पनि बांचेछु भने अर्को वर्ष तपाईंहरुकै हातबाट टीका लगाउन आशिष  थाप्न  र संगै खेल्न आउने छु । यो मेरो बिबशता हो गएको वर्ष जसरी चित्त बुझाएको थिए अहिले पनि सम्झना मनभरी बोकेर अर्को दशैको प्रतीक्षा मा यो डुलिरहेको मन यहि रोक्न चाहान्छु । जदौ । सबै आफन्त , इष्टमित्र दाजुभाई तथा दिदिबहिनी हरुमा दुर्गामाताले रक्षा गरून् बिजया दशमी २०७४ को शुभकामना । ।  ।

दिल प्रसाद पौडेल 
 बाग्लुङ, राङखानी
रोजगारीको शिलशिलामा हाल मस्कट, ओमान । 

छुुट्टीमा गएर फर्कन नपाउदा खाडीका महिलामा तनाव

छुुट्टीमा गएर फर्कन नपाउदा खाडीका महिलामा तनाव 

  • यसमा कुनै शंका छैन पहिलोपटक बैदेशिक राेजगारमा जाने कामदारका हितमा ठाेस कदम उठाउनु पर्छ । तर सरकारले अाफ्नाे संरक्षणमा मा  वैदेशिक राेजगारका लागि पहल गर्नुपर्नेमा ध्यान दिनु सट्टा मेनपावर कम्पनीको दलालीमा सङ्गलन्न रहेका  सरकारका भ्रष्ट कर्मचारी हरुकाे अध्यागमनले अाफ्नाे लाजै नभएको रिपोर्ट पेसगरि बर्षाै देखी अाउजाउ गरिरहेका महिला कामदारहरुकाे राेजी राेटी खाेसेर के कति नै गरें भनी अाफ्नाे घाँटीकाे कलर  अाफै माथि  उचालेर बसेका छन । 

सालिक राम अाचार्य 
मस्कट, अाेमान


सरकारले खाडीका महिलाहरु लाई हेर्ने नजरले गर्दा वैदेशिक राेजगारी का लागि खाडीमुलुकमा रहेका घरेलु कामदार महिलाहरुमा तनाव भयकाे छ ।  लामाे समयदेखि खाडी मुलुकहरु मा घरेलु काम गर्दै अाएका महिलाहरू चार्ड पर्व अाउना साथ अाखाँभरि अांसु राखेर  अाफ्नै सरकार र सरकारी निकायलाई धिक्कारेर बस्न बाध्य भएका छन । अाफु १० देखि १२ वर्षसम्म याैटै घरमा काम गर्दै अाएका ति महिलाहरु अाफु ले याैटै देशमा बर्सेनि बिताए पनि अहिले छुुट्टीमा गएर फर्कन नपाउने नियम  नालायक सरकारका गैरजिम्मेवार कर्मचारीले लागू गरेपछि समस्यामा परेका हुन । 
अाफ्ना बालबालिकालाई शिक्षा र बुढा बाबू  अामा र कतिपयका सासू ससुरालाई नै पाल्दै अाएका धेरैजसो  महिलाहरु  कुनै न कुनै अबस्थामा एकल भयका तथा घरपरिवारकाे जिम्मेवारी पायका  नै रहेका छन । देसभित्र सरकार र सरकारले पालेका  दलालहरु ले बसि नसक्नु बनाएर प्रबास छिरेर काम गरेको पनि यी दलालहरु लाई पचेकाे  छैन भन्दै अाक्राेस पाेख्छन । 
नेपाल सरकारले खाडिमा रहेका समस्याहरु काे समाधान गर्नुकाे  सट्टामा  कामदारहरु   लाई नै जान राेकेकाे र ४ बर्ष 



देखि १०-१२ बर्ष सम्म अाेमान लगाएत खाडीका देशहरूमा  घरेलु कामदार को रूपमा कार्यरत महिला कामदारहरु बिदामा स्वदेश गएर पुनः फर्कदा सम्म पनि  उनीहरुलाइ  अाफुले बर्षाैं देखि गरिरहे काे राेजगारि बाट बन्चित गराएर सरकारले महिला कामदारको अपहेलना गर्नुकाे साथै उनिहरु मार्फत भित्रीएकाे रेमिट्यान्सकाे पनि कदर गरेको छैन । यसमा कुनै शंका छैन पहिलोपटक बैदेशिक राेजगारमा जाने कामदारका हितमा ठाेस कदम उठाउनु पर्छ । तर सरकारले अाफ्नाे संरक्षणमा मा  वैदेशिक राेजगारका लागि पहल गर्नुपर्नेमा ध्यान दिनु सट्टा मेनपावर कम्पनीको दलालीमा सङ्गलन्न रहेका  सरकारका भ्रष्ट कर्मचारी हरुकाे अध्यागमनले अाफ्नाे लाजै नभएको रिपोर्ट पेसगरि बर्षाै देखी अाउजाउ गरिरहेका महिला कामदारहरुकाे राेजी राेटी खाेसेर के कति नै गरें भनी अाफ्नाे घाँटीकाे कलर  अाफै माथि  उचालेर बसेका छन । बिदा को अवदी सकिएर पुनः फर्कन नपाएका  महिला कामदारहरु ले  देशका विभिन्न निकाए तथा मिडियामा पुगेर हार गुहार गरेका छन,  तर  समस्या भने हल हाेला जस्तो छैन, सरकार लगाएत सरकारि सबै निकाए  कानमा तेल हालेर बसेका छन  । एता खाडीका  सबै देशहरू बाट विभिन्न कारण तथा ८-१० वर्ष एकै ठाउँमा काम गरिरहेका  बिदामा जान का लागी जहाजको टिकट सम्म बनाएका महिलाहरु पनि फर्कन नपाउने थाहा पाएकाले मन मारेर बस्न बाध्य भएका छन । एसकाे जिम्मेवार काे त ..? याे तत्काल बिचार गर्नुपर्ने देखिन्छ !! किनकि जबसम्म एसकाे फैसला अाउला तबसम्म धेरै प्रवासी महिला कामदार बेरोजगार भैसकेका हुनेछन्  । सरकारले देखाएको  याे लापरबाहीकाे पराकाष्ठाले फेरिपनी बिचाैलिया  मेनपावर व्यावासायी र भ्रष्टाचारी कर्मचारीले नै फाइदा उठाएका छन । महिलाहरू अाफुले बर्षाैं देखिन काम गरिरहेकाे भिजा कालागी एक लाख पचास हजार देखि दुई लाख पन्द्र हजार  सम्म बुजाएर तीन चार मुलुक हुँदै अाफुले गरिरहेको ठाउँ मा पुगेका छन । पैसा हुनेहरू त यसरी जान्छन् तर पैशा नहुनेहरु लाई भने सरकारलाई काेसेर गलत बाटाे लाग्नु बाहेक अन्य बिकल्प सरकार र सरकारी भ्रष्टकर्मचारी रहुनजेल नरहेको बताउँछन्  ।