Thursday, December 8, 2016

रूसको अक्टोबर क्रान्तिको महÏव

              रूसको अक्टोबर क्रान्तिको महÏव




– मोहन विक्रम सिंह

(२०११ सालमा प्युठानमा जिल्लाका कतिपय माग र सरकारी भ्रष्टाचारका विरुद्ध चलेको आन्दोलनका सिलसिलामा जिल्लामा सरकारले व्यापक दमन नीति चलाएको थियो । त्यस सिलसिलामा गिरफ्तार केही साथीहरू प्युठान जेलमा हुनु हुन्थ्यो भने क. खगुलाल गुरुङ, हेमराज र मलाई पाल्पा जेलमा पठाएको थियो । यो लेख प्युठान जेलका साथीहरूलाई त्यही बेला पठाएको पत्र हो । यो पत्र नोभेम्बर ७, १९६० मा जनशिक्षा गृहकातर्फबाट पुस्तिका रूपमा प्रकाशित भएको थियो । त्यो बेला त्यसको शीर्षक “रूसको नोभेम्बर क्रान्तिको महत्व” रहेको थियो तर रूसको पुरानो क्यालेन्डर अनुसार रूसको क्रान्ति अक्टोबर महिनामा नै भएको थियो र त्यस कारण त्यसलाई अक्टोबर क्रान्ति नै भनिन्छ । त्यस कारण यहाँ त्यो शीर्षकलाई सचाएर “अक्टोबर क्रान्तिको महत्व” राखिएको छ । आज रूसको सोभियत समाजवादी सङ्घ तथा विश्व समाजवादी व्यवस्थाको पतन भई सकेको छ तर विश्व समाजवादी आन्दोलनमा अक्टोबर क्रान्तिको महत्व आज पनि छ र रहने छ ः लेखक)

प्रिय कामरेड, 

कार्तिक ७ गते (२०१२ सालको) ७ अक्टोबर पर्दथ्यो । जति जति त्यो दिन नजिकै आई रहेको थियो, त्यति त्यति हाम्रँे उत्सुकता बढ्दै गई रहेको थियो, यद्यपि हामीहरू जेलभित्र थियौँ । हाम्रा वरिपरि सङ्गिनधारी सिपाहीहरू घुमी रहेका थिए । हाम्रा वरिपरि तिन मान्छे अग्ला पर्खालहरू थिए, तैपनि हामीहरूले पाल्पा जेलभित्र ‘७ नोभेम्बर दिवस’ मनाउने ठेगान गर्‍यौँ । यसका लागि केही दिन पहिले ‘तयारी कमिटी’ को गठन भयो ।

हाम्रा योजना ‘तयार कमिटी’ सबै बने । ७ नोभेम्बरका लागि एक दिन मात्र बाँकी थियो । हाम्रा अगाडि एउटा मुख्य बाधा थियो । त्यो बाधा सरकारी थियो । एकातिर ७ नोभेम्बरलाई धुमधामसित मनाउने हाम्रो योजना थियो, त अर्कातिर जेलभित्र कुनै प्रकारको सभा गर्न सख्त मनाही थियो । हाम्रा लागि त्यो निषेधाज्ञाको कुनै खास महत्व थिएन ः न त्यो आज्ञा तोड्न नै हामीहरू डराउँथ्यौँ, न त्यसबाट आई पर्ने कोर्राहरूको नै हामीहरूलाई प्रवाह थियो । तर यस्ता व्यक्तिहरू कति जना थियो ?

जेलमा करिब १५० कैदीहरू छन् । तीमध्ये २०÷२५ जना नाइके र सेक्टरहरू छन् । यिनीहरूलाई बाहिर जाने, किनमेल गर्ने र त्यसबाट नाफा गर्ने सुविधाहरू प्राप्त छन् । यो जेलको सबैभन्दा प्रतिक्रियावादी पक्ष हो र जेलबन्दीहरूका हितहरूका विरुद्ध भ्रष्टाचारसम्बन्धी कार्यहरूमा मद्दत पुराउन र सरकारी पक्षसित मिलेको हुन्छ । यिनीहरूले बीचबीचमा सरकारी पक्षसित मिलेर अरू कैदीहरूलाई पिटाएर आफ्नो प्रभाव उठाउने कोसिस गर्दछन् । यस कारण यो भागमाथि भ्रष्ट र नोकरशाही सरकारी पक्षले सबैभन्दा बढी विश्वास गर्दछ । अरू कामका साथै जेलका कैदीहरूको सिआइडी गर्ने, जेलभित्रका गतिविधिहरूको जानकारी सरकारी पक्षलाई दिई रहने, जेलभित्र कुनै राजनैतिक र सुधारात्मक कामहरू हुन नदिने, कैदीहरूलाई सरकारी प्रभावभित्र नै राख्न कोसिस गर्ने, कैदीहरूका मुद्दा मामिलामा सरकारी कर्मचारीहरूका दलाल भएर घुसको प्रबन्ध गराई दिने काम पनि यिनीहरूको हुन्छ । यस शिवाय हुन त जेलमा आर्थिक तरिकाले कोही कसैमाथि निर्भर नहुने भएकाले कोही कसैका अधिनमा छैनन्, तैपनि मुद्दा–मामिला आदिमा सरकारी अड्डाहरूका अधिन हुन परेकाले र कोर्रा बर्सिने डर भएकाले एउटा ठुलो भाग भयभित भई रहन्छ । त्यस सिवाय फैसला भएका, अझ मुख्यतया लामो कैद तोकिएका कैदीहरू सबैभन्दा बढी निर्भिक र लडाकु तत्व हुन् । विशेष राजनैतिक चेतना प्राप्त भाग पनि जेलका कामहरूमा हमेशा अगाडि हुन्छ । तर यस प्रकारको भाग बहुतै सानो छ । यसले गर्दा हाम्रो लागि केही कठिनाइँ थियो । 

कैदीहरूमा भएको डरको भावना यहाँसम्म थियो कि उनीहरूले (अक्टोबर क्रान्ति दिवसको कार्यक्रम) बाहिर पट्टी नगरेरभित्र कोठामा नै साधारण रूपमा मनाउने कुरा गर्दथे । कैयौँ जना त त्यस विषयको छलछलमा पनि रहन डराउँथे । उनीहरूलाई डर थियो, कहीँ त्यो समाचार पाले, गार्ड अथवा कमान्डरको कानमा पुगेर कोर्राको भागी हुन नपरोस् । मुख्यतया श्रावण ३ गतेको ‘कोर्रा चार्जबाट’ यो डरको मात्रा एकदम बढेर गएको थियो ।

यो अवस्थामा हामीहरूले दुई वटा कार्यक्रमलाई साथै राख्ने ठेगाना गर्‍यौँ । पहिले पूजा गर्ने र पछिबाट सभा । यसो गरेर पूजाको नामबाट सरकारी पक्ष र जेलभित्रको नाइके, सेक्टरहरूको पक्षलाई भुलाएर त्यो कार्यक्रमका लागि सरकारी पक्षबाट कुनै विरोध प्रचार, विघ्नबाधा उपस्थित हुन नदिएर दोस्रो कार्यक्रमलाई सफल पार्न चाहन्थ्यौँ । आखिरमा यही गर्‍यौँ । ध्वजा, पताका, माला सबै कैदीहरूको सहयोग सहित नोभेम्बर दिवस सम्पन्न भयो । 

सोच्नु होस् त कमरेडस्, हजारौँ हजारौँ कोस टाढाको त्यो ‘अक्टोबर दिवस’लाई हामीले मनाउनुको कारण के हो ? जुन देश हाम्रा देशबाट हजारौँ कोस टाढा छ, जहाँका मानिसहरूसित हाम्रो नाता सम्बन्ध केही पर्दैन, जहाँको ऐतिहासिक पृष्ठभूमि र सांस्कृतिक वातावरण हाम्रँे देशकोभन्दा बेग्लै छ, यही देशको यो विजय दिवसलाई बडो हर्ष, प्रसन्नका साथ हामीले मनाउनुको कारण के हो ?

अक्टोबर १९१७ ईस्वीमा रूसमा संसारको छ भागको एक भागमा किसान मजदुरहरूले क्रान्ति गरेरि विजय प्राप्त गरे । केही घण्टाभित्रमा नै पूँजीवादी सरकारको गद्दी पल्टियो र शोषित वर्ग, सर्वहारा वर्ग र गरिब किसानहरूका हातमा देशको बागडोर आयो । संसारमा अरू पनि कैयौँ क्रान्तिहरू भएका छन् तर यो क्रान्ति अरूभन्दा मौलिक रूपलेभित्र थियो । जबकि अरू क्रान्तिहरूमा एक प्रकारका शोषकहरूको दल खतम भएर अर्का प्रकारको शोषक वर्गको दल आउँथ्यो, शोषकहरू फेरिन्थे, तर शोषण जस्ताको त्यस्तै रहन्थ्यो । तर यो क्रान्ति यस्तो थिएन । यो क्रान्तिको उद्देश्य मानिसद्वारा मानिसमाथि हुने सबै प्रकारको शोषणलाई खतम पार्नु, सबै प्रकारका शोषकका दलहरूलाई खतम पार्नु र नयाँ शोषणहीन, वर्गहीन समाजवादी समाज निर्माण गर्नु थियो । तर के यो क्रान्ति रूसको मात्र थियो ?

होइन घ् यो क्रान्ति रूसको मात्र थिएन । यसको महत्व र प्रभाव रूसका सीमाहरूभित्र मात्र सीमित थिएन । यो क्रान्तिद्वारा मनुष्य जातिको इतिहासमा विश्व पूँजीवादको ऐतिहासिक परम्परा शोषित वर्गहरूका सङ्गठनका रूप र सङ्घर्षका तरिकाहरू परम्परा र जीवन, सांस्कृतिक र धारणा आदि सबैमा क्रान्तिकारी परिवर्तन भएको छ । यी सबै कुरा संसारभरका शोषित वर्गहरूसित सम्बन्धित छन् । यस क्रान्तिले संसारभरका शोषित जनतामा आशा, उत्साह र हिम्मतको प्रकाश फैलायो ।

यसभन्दा पहिले पनि कैयौँ देशहरूमा दास वा किसानहरूले विद्रोह गरेका थिए । तर शोषित वर्गका हातमा यसभन्दा पहिले सत्तँ आउन सकेको थिएन । यही अक्टोबर क्रान्तिद्वारा नै सबैभन्दा पहिले शोषक वर्गमाथि शोषित वर्गको विजय भयो र शोषित वर्गका हातमा बागडोर आयो । सर्वप्रथम हमेशादेखि शोषित भएको शोषित वर्ग, मानव जातिको इतिहासमा पहिलो पल्ट शासक रूपमा देखियो । उत्पादनका साधनहरूमाथिको जमिन्दार, सामन्त र पूँजीपति वर्गको स्वामित्व खतम भयो । रूसका शोषित वर्गले पुरानो शासन वर्गले पुरानो शासन यन्त्रलाई तोडी दियो र आफ्नै नयाँ शासन यन्त्र बनायो । ‘शोषक वर्ग नभइकन पनि शोषित वर्गले शासन गर्न सक्दो रहेछ’ यसको ठोस प्रमाण देखायो ।

अक्टोबर क्रान्ति हुनुभन्दा पहिलेसम्म साम्राज्यवाद, विश्वको शोषण प्रधान व्यवस्था अटुट थियो । तर रूसी क्रान्तिले विश्व साम्राज्यवादको मुख्य ढाड भाँचियो र अरू ठाउँका लागि पनि मद्दत पुरायो । यसभन्दा पहिले शोषक र शोषित, शासक र शासित समाजका अनिवार्य अङ्गहरू हुन् भन्ने मान्यता प्राप्त धारणा थियो । तर यो क्रान्तिले त्यो धारणालाई झुटा सावित गरायो ।

यो क्रान्तिद्वारा संसारका शोषित वर्गका लागि एउटा मुख्य आधार तयार भयो । योभन्दा पहिले यस प्रकारको आधार शोषित वर्गका क्रान्तिकारी सङ्घर्षहरूका लागि तयार थिएन । साम्राज्यवाद योभन्दा पहिले स्थिर थियो । तर त्यो स्थिरतामाथि कहिल्यै पनि निको नहुने घाउ तयार भयो । योभन्दा पहिले शोषित जनताको समूह ‘शक्तिहीन’ निर्बल समूह ठानिन्थ्यो । तर यो शानदार क्रान्तिले शोषित वर्गमाथिको यो धारणा गलत सावित भयो ।

 रूसी क्रान्तिपछि एक छाडी अर्का शोषित र अधीन देशहरूले आजादी प्राप्त गर्दै गए । रूसको महत्व यी शोषित वर्गहरूको लागि कम थिएन । यदि हामीहरूले १९१७भन्दा पहिलेको र पछिको संसारको नक्सामा राम्ररी ध्यान दिएर हेर्‍यौँ भने यी कुरा छर्लङ्ग हुन्छन् ।

यी सबै कुराबाट साफ हुन्छ– अक्टोबर क्रान्तिको राष्ट्रिय मात्र होइन, अन्तर्राष्ट्रिय महत्व छ । जुन क्रान्तिले हामीलाई आँखा देखाई रहेको छ, प्रेरणा दिई रहेको छ, हिम्मत दिई रहेको छ र बाटो देखाई रहेको छ, त्यो क्रान्तिप्रति हामीहरूले हर्ष प्रकट गर्नु अस्वाभाविक कुरा हुन आउँदैन । हामीले आफ्ना देशमा पनि समाजवाद, अनि साम्यवाद देख्न चाहन्छौँ । जुन देशले यही बाटोमा महत्वपूर्ण विशेषता प्राप्त गरेको छ, त्यसबाट हामीले पनि शिक्षा लिन कोसिस गर्नु अस्वाभाविक कुरा हुन आउँदैन ः न यो लाज मान्ने कुरा हो, न देशद्रोह हो, न राष्ट्रियताप्रति अनादर ।

जब पाल्पाको जेलमा ‘३८ औँ नोभेम्बर दिवस’ मनाई रहेका थियौँ, हाम्रा अगाडि रूसका सबै तस्बिर, इतिहास आँखाका अगाडि नाची रहेका थिए ।

जुन उद्देश्यका लागि हामीहरूले नेपालमा पनि कोसिस गरी रहेका छौँ, त्यो उद्देश्यमा आजको शासक वर्गले बाधा दिन्छ । उसले वर्तमान शोषण प्रधान सामाजिक व्यवस्था, वर्ग विभाजन, शासक वर्गका विशेषाधिकारहरू कायम राख्न चाहन्छ । यसबाट उनीहरूलाई फाइदा छ । यस कारण उनीहरूले कोसिस गर्दै छन् तर शोषित जनताका हितका लागि प्रतिक्रियावादी व्यवस्था तोडिनु जरुरी छ, जब कि शोषित वर्गको उज्ज्वल भविष्यका लागि नै काम गर्ने हाम्रँे उद्देश्य छ, यो सामाजिक व्यवस्था तोडी दिने र नयाँ शोषणहीन सामाजिक व्यवस्था कायम गर्ने हाम्रो अनिवार्य कर्तव्य हुन आउँछ । तर जहिलेसम्म आजका शासक वर्गका हातमा बागडोर रहन्छ, तबसम्म यो हाम्रो महान् कर्तव्य कसरी पुरा हुन सक्ला ? त्यस कारण यो कर्तव्यको पूर्तिका लागि वर्तमान शासक वर्गका हातबाट सत्ता छिन्नु, त्यसपछि उनीहरूलाई दमन गरेर शक्तिहीन पारी दिनु र शोषित वर्गका हित अनुसार, शोषित वर्गकै नेतृत्वमा नयाँ व्यवस्था निर्माण गर्नु आवश्यक छ ।

“के यो हुन सक्ला ?” कसैले सोध, शङ्का गर्दछन् । हामीहरूले नभुलौँ, कुनै दिन रूसका शोषित जनता पनि राजनैतिक दृष्टिले हामीभन्दा अउन्नत अवस्थामा थिए । हामीहरूमा जस्तै उनीहरूमा पनि शङ्का, अविश्वास आदि वर्तमान थिए । उनीहरूले कतिका विघ्न र कठिनाइँहरूको सामना गर्नु पर्‍यो ? तर आखिरमा के भयो ?

रूसमा क्रान्ति विजयी भयो । क्रान्तिपछि पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिक्रियावादी तत्वहरूले क्रान्तिलाई असफल पार्न कैयौँ कोसिस गरे । अक्टोबर क्रान्तिलाई असफल पारेर उनीहरूले संसारभरका शोषित वर्गलाई शोषित वर्गको विजय हुन सक्दैन भन्ने छाप लगाउन चाहन्थे । तर के भयो ?

सोभियत रूसले एकपछि अर्को सफलता प्राप्त गर्दै गयो । कम्युनिस्ट पार्टीको नेतृत्वमा रूसका मिहिनेतकस जनताले सामन्त, पूँजीपति र जमिन्दार वर्गको उत्पादनका साधनहरूमाथि हक खतम पारेर सोभियत व्यवस्था कायम गर्‍यो । आफ्ना सिद्धान्तका आधारमा सफलतापूर्वक नयाँ समाजवादी व्यवस्था निर्माण गर्‍यो, यद्यपि प्रारम्भमा समाजवादी पद्धतिको असफलताका बारेमा सारा पूँजीवादी राष्ट्रहरूले डङ्का बजाएका थिए र त्यसबाट संसारभरका जनताको विश्वास हटाउन खोजेका थिए, तर सोभियत रूसमा दिन दिनै बढ्दै गई रहेको तीव्र गतिको उन्नतिले पूँजीवादी राष्ट्रहरूको यो प्रयासलाई असफल पारी दियो । अर्कापट्टी सोभियत सङ्घपछि चीन, पोल्यान्ड, चेकोस्लाभिया, हङ्गेरी, रुमानिया, बुल्गेरिया, पूर्वी जर्मनी, अल्बानियाँ, मङ्गोलिया, कोरिया, भियतनाम आदि देशहरूले त्यही बाटाको अनुसरण गरे । आज पनि संसारका कैयौँ देशहरूमा यसैका लागि प्रयास भई रहेका छन् र आजभन्दा भोलि विजयी बन्दै गई रहेका छन् ।

प्रारम्भमा सोभियत रूसको निर्माण कार्यलाई असफल पार्न साम्राज्यवादी देशहरूले बाधा दिए । रूसका लागि कतैबाट दीर्घकालीन ऋणहरू मिल्न सक्दैनथ्यो । कुनै उपनिवेशहरूबाट शोषण भएर रूसमा पैसा जाँदैनथ्यो । रूस कृषि प्रधान देश थियो र औद्योगिक दृष्टिबाट पिछडिएको देश थियो । कारखाना मसिनहरू आदि बिल्कुल निम्न स्तरका थिए । रूसमा मुख्य उद्योगधन्दाहरू छँदै थिएनन् । त्यस्तो अवस्था रूसका लागि कति कठिन थियो ? तैपनि रूसले देखाई दियो– जहाँका जनता शोषण र पराधीनताबाट मुक्त हुन्छन्, त्यहाँका जनताका कति गुना शक्ति बढ्दो रहेछ ? आफ्नो उन्नति कसरी गर्न सक्दा रहेछन् ? समाजवादी व्यवस्था के हो ? रूसको उन्नतिले सबै पूँजीवादी राष्ट्रहरूका लागि आश्चर्यको चिज भएको छ ।

कुन व्यवस्था समाजका लागि हितकर हुन सक्दो रहेछ ? यो कुरा बुझ्न यिनै देशको तुलनात्मक अध्ययन गरेमा प्रष्ट हुन्छ । उदाहरणका लागि १९२९ को औद्योगिक उत्पादनलाई १०० मानेर १९२९ को तुलनामा १९५५ को पूँजीवादी राष्ट्रहरूको सालाखाला औद्योगिक उत्पादन हेर्ने हो भने १७६ देखिन्छ, जब कि सोभियत रूसको करिब ८०० थियो । निसन्देह यो तीव्र उन्नतिका पछाडि समाजवादी भूमिकाले नै काम गरी रहेको छ ।

एकातिर, समाजवादी देशमा यसरी उन्नति बढ्दै गई रहेको छ र समाजवादी क्याम्प मजबुत बनी रहेको छ ता अर्कातिर, पूँजीवादी राष्ट्रहरूभित्र झन् अनेक सङ्कटहरू पैदा हुँदैछन् । आर्थिक सङ्कट, अति उत्पादन, वर्गसङ्घर्ष, बेकारी आदिले साम्राज्यवादी देशहरूका खुट्टा काट्न लागी रहेका छन् । आप्mनो सत्तालाई धान्न उनीहरूले झन्‌पछि झन् जनतामाथि होइन, फौज र दमन नीतिमाथि भर गर्नु परी रहेको छ । यही कारण हो– दोस्रो महायुद्ध पहिले एटलान्टिक गुटका राष्ट्रहरूका फौजी खर्च ३ अरब ४० करोड डलर थियो । दोस्रो महायुद्धपछि १५ अरब ५० करोड भएको छ अर्थात् ५५ प्रतिशत करिब बढेको छ । यो बढी रहेको फौजी खर्च कहाँबाट आउँदै छ ? मजदुरहरूको शोषण, ट्याक्सहरूको वृद्धि, समाजका लागि उत्पादन हुने साम्रग्रीहरूमा कमी नै यो खर्चको आधार हो । यो अवस्थामा त्यसबाट जो सामाजिक असर हुनु पर्ने हो, त्यो नभई रहन सक्दैन । उदाहरणका लागि अमेरिकामा १९५३÷५४ मा ४३,७०० पल्ट हड्ताल भए, जसमा करिब ३ करोड मजदुरहरूले भाग लिए । यसबाट करिब ४४ अरब दिन कामका नोक्सान भए । यस्तै किसिमबाट ब्रिटेन, फ्रान्स, पश्चिमी जर्मनी, इटली, भारत र अरू देशहरूमा पनि हड्ताल बढ्दै गई रहेका छन् ।

यस्तै, बेकारी पनि बढ्दै गई रहेको छ । १७५४ को आखिरमा सरकारी रिकर्ड अनुसार अमेरिकाका ३२,३०,००० बेकारहरू थिए र मजदुरहरूको सङ्ख्या अनुसार ५० लाख बेकारहरू थिए । त्यस बाहेक करिब डेढ करोड अर्ध बेकारहरू थिए । यस किसिमबाट ती पूँजीवादी राष्ट्रहरूमा पूँजीवादको चरम सीमामा साम्राज्यवादमा जसरी क्रान्तिका लागि गर्भ तयार हुन्छ भनेर लेनिनले भनेका थिए, त्यही भई रहेको छ । यस किसिमबाट पूँजीवादभित्र अन्तर्विरोधहरू झन् तीव्र हुँदैछन् र पूँजीवादको विकासद्वारा जुन परिणाम हुनु पर्ने हो, त्यसैको भूमिका तयार भई रहेको छ ।

यो अवस्थामा साम्राज्यवादभित्र एकदम प्रतिक्रियावादी राष्ट्रहरूले युद्धद्वारा जनताको क्रान्तिलाई दबाएर आफ्नो सत्ता कायम राख्न चाहन्छन् । यस विषयमा पूँजीवादी राष्ट्रहरूको गतिविधि हेरे यो कुरा स्पष्ट हुन्छ । पेरिस सन्धि भयो, जस अनुसार जर्मनीलाई पुनः शस्त्रीकरण गर्ने ठेगान भयो र जर्मनलाई उत्तरी अटलान्टिक गुटमा सामिल गरियो ।पछि आक्रमणात्मक कामलाई मजबुत पार्न दक्षिण–पूर्वी एसियाली सङ्गठन कायम गरियो । टर्किस, पाकिस्तानी फौजी सन्धि भयो, जसमा ब्रिटेन पनि छ । संयुक्त राष्ट्र अमेरिका र दक्षिणी कोरियाका बीचमा फौजी सन्धि भयो र दक्षिण कोरिया साथै संयुक्त राष्ट्र अमेरिका र जापानका बीचमा पनि फौजी सन्धि भयो । यी सबै केका प्रमाणहरू हुन् ?

अर्कातिर, जनवादी देशहरूले लगातार शान्तिका लागि कोसिस गरेका छन् । यो प्रयासमा संसारका सबै शान्तिप्रेमी राष्ट्रहरूले साथ दिई रहेका छन् । यस किसिमबाट शान्तिको मोर्चामा एउटा मजबुत शक्ति पैदा भएको छ, जसले गर्दा युद्धपिपासु राष्ट्रहरूमा युद्ध सुरु गर्न हिम्मत भई रहेको छैन । यसका पछाडि सोभियत रूसको मजबुत पृष्ठभूमि छ । यसबाट साफ हुन्छ– सोभियत रूस आज कत्तिको शक्तिशाली देश भएको छ ? साथै यो पनि नभुलौँ, यही रूस एक दिन साम्राज्यवादी देशहरूको खुट्टाको जुत्ता थियो । 

यो पनि नभुलौँ, प्रशस्त त्याग, बलिदान तपस्या, विरता तथा साधनाद्वारा नै यसले सफलता प्राप्त गर्‍यो । यो सफलताका पछाडि लामो इतिहास छ । असङ्ख्य वीरहरूका मृत शवहरू छन्, रगतका नदीहरू बगी रहेका छन् । जेल, गोली र लाठीका यातनाहरू छन् । जुन मञ्जिलमा आज रूस पुगेको छ, त्यो मञ्जिलमा पुग्न जुन मञ्जिलहरूले पार गरेको थियो, ती मञ्जिलहरूलाई हामीले विरतापूर्वक पार गर्नु पर्दछ । साथै यो पनि भुल्नु हुँदैन । त्यस बेलाकोभन्दा शोषित जनताको शक्ति प्रशस्त बलियो भई सकेको छ । त्यस कारण हाम्रो कार्यभार सरल, निश्चित र हलुङ्गो भई सकेको छ ।

साथै यो पनि बिर्सन हुँदैन, रूसको अक्टोबर क्रान्ति विश्व क्रान्तिको मुख्य अङ्ग हो, जुन क्रान्तिले आज चारैतिर शोषित वर्गका लागि आशा र जोसको आधार तयार भएको छ । हामीहरूलाई धेरै खुशी छ कि यो अक्टोबर क्रान्ति विश्व क्रान्तिको मुख्य अङ्ग हो, जुन क्रान्तिले आज चारैतिर शोषित वर्गका लागि आशा र जोसको आधार तयार भएको छ ।

हामीहरूलाई धेरै खुशी छ कि यो अक्टोबर क्रान्ति हामीले पाल्पा जेलमा पनि मनायौँ । तर यो पनि भुल्नु हुँदैन, छिट्टै हामीले आफ्ना देशमा पनि यस्तै विजय मनाउने छौँ । त्यही विजय दिवसलाई नजिकै ल्याउनका लागि हामीहरू झन् बेगले बढ्नु छ । आजादी शान्ति, प्रगतिमा हमेशा साथ रहने ।

No comments:

Post a Comment