Friday, December 2, 2016


  • प्रदेश नम्बर ५ का ५ जिल्लालाई आखेट अर्थात शिकार बनाउदै देशको सीमानाको मूल्यमा तथा कथित चुनावको वातावरण बनाउने भन्ने नाटक मञ्चन गर्नेहरुलाई कठोर मनबाट शालिन सलाम गरौं । आज आन्दोलन गुल्मी, पाल्पा र अर्घाखाँचीमा भैरहेको छ । जसको बाछिटाले पुरै देश भिज्ने अवस्थामा पुगेको छ  । तराईका जिल्ला नवलपरासी, रुपन्देही र कपिलवस्तु, दाङ, बाँके बर्दियालाई मात्र ५ नम्बर क्षेत्र बनाएर बाँकीलाई हटाउने प्रस्ताव सहितको संशोधन प्रस्ताव सरकारले संसदमापेश गर्यो । यो कुनै हालतमा गर्न हुने काम होईन । संविधानसंशोधनमा ति ति बुँदा पारिएको छ जसले हाम्रो राष्ट्रियताको आधारलाई जरै हल्लाई दिएको छ । राष्ट्रिय स्वाभिमानका सम्पूर्र्ण अवयवहरुलाई अपाङ्ग बनाउने गरी गरिएको यो संशोधन कुनै हालतमा नेपाल आमाको हित अनुकुल छैन ।यसरी लाजमर्दो किसिमले सीमाना हेरफेर गरिएको छ । त्यसको पीडा तत्काल माथिका पश्चिमका ५ जिल्लालाई मात्र  परे जस्तो देखिएता पनि नागरिकता सम्वन्धी व्यवस्था सम्पूर्णराष्ट्रमाथिको बलात्कार हो । यहाँ आफ्नो गर्भको भ्रुण हत्या गरेर अर्काका छाऊरा चाट्ने काम गरिएको छ । यस बिषयमा हामी सवै नेपाली गम्भीर हुनुपर्ने आवश्यकता छ ।तराईमा बस्ने  शुद्ध नेपालीलाई मोहरा वनाएर अन्य अनागरिकलाई फाईदा पुग्ने गरी गरिएको संशोधनले देशलाई दीर्घकालिन संकटमा पारेको छ । यो मगन्ते र अवैज्ञानिक संघीयता र सीमाना फेर्ने पद्धति प्रणालीले नेपालमा अझै अस्थिरता र अशान्ति निम्तीने निश्चित छ । भारतले अहिलेसम्म संघीयताको बारेमा स्पष्ट समाधान खोज्नसकेको छैन । नेपालजस्तो सानो देशले यहाँको विविध जाति, धर्म, बर्ण, लिङ्गका मागहरु समेटेर संघीयता लागू गर्न सम्भव छ ? भारतमा एउटा प्रान्त टुक्रिदा कत्रो हंगामा हुन्छ  ? कति लामो संघर्ष, विद्रोह र रक्तपातपछि मात्र राज्य निर्माण भएको देखिन्छ तर नेपालमा अलि पहँुचवालाई जस्तो सीमाना चाहिएको छ त्यसै अनुरुप संघ बनाईएको छ । यस्तो किन भैरहेको छ ? किनकी राजनीतिमा नेपालवाद हराईरहेको छ र आदेशवाद र इशारावादको चौघेरामा सरकारको टाउको अल्झिएको छ ।किन र कसको लागि ५ नम्बर प्रदेशलाई चिरिदै छ । माग्नेवालाअहिले पनि खुसी छैन । दिनेवाला अहिलेपनि निर्धक्क छैन । यो सबै डरै डर र करै करमा भैरहेको छ । भारतमा नागालेण्ड, मेघालय र मिजोरम असामबाट अलग भए । विहारवाट उडिसा र झारखण्ड छुट्टििए र उत्तर प्रदेशमा उत्तराखण्ड बन्यो । तेलङ्गना सबैभन्दा कान्छो राज्य हो । यी अलग भई सकेपछि पनि नेपालजत्रै क्षेत्रफल भएका राज्य हुन् । तर नेपाल जुन भारत भन्दा २२ गुना सानो छ यस्तो देशमा मनपरीसँग जुन टुक्रा पार्ने र सीमाना हेरफेर गर्ने क्रम बढेको छ । यो देख्दा लाग्छ देशलाई सुन्तला सम्झिइएको छ जहाँ केस्राहरुबाट रस झिकेर कसैलाई दिइदै छ र छोक्राहरु अर्कोतिर फ्याँकिदै छ ।सवाल न पहिचानको छ न सार्मथ्यको छ केबल अर्थ न वर्थको प्रादेशिक विभाजनमा । यस्तो हुँदै जाने हो भने कहिले यो देशमा स्थिरता कायम होला ? एउटा चुनावमा भाग लिदैनौ भनेर धम्क्याए अलग राज्यदिने, अर्को चुनावमा फेरि धम्क्याउने र अरु अलिकति माग पूरा गर्दैै गएर  २÷४ वटा चुनाव आउँदाआउँदै  एकसम्म क्षेत्र एक प्रदेश बनाउने दाऊ देखिन्छ । सोही चक्रव्यूहमा नेता भनउँदाहरु नाचिरहेका छन् । यसको फलस्वरुप केही समयपछि काशि जानु परेमा कुत्तिको बाटो समातेर सिक्किमतिर बाट झर्ने अवस्था नआओस देशमा । सबै समयमै सचेत हौ । यसरी मनपरि प्रदेशको सीमाना काँक्रो झै चिर्ने र बिचमा अलिकति तितो आउन थालेपछि बङ्ग्याउने काम जसरी भैरहेको छ । यसलाई कुनै पनि राष्ट्रभक्त नेपालीले स्विकार्न जरुरी छैन । त्यसकारणले ५ नम्बरका पहाडी जिल्लामा चलेको आन्दोलन अति नै ठिक छ । अबको सीमाना नितान्त रुपमा उत्तर दक्षिण छोएकोहुनुपर्दछ । आजसम्म राजनीति जनताको अधिकारको लागि लड्यौ भन्नेहरु अब देशको लागि लडेर देखाउनु पर्दछ । अहिले पहाडी जिल्लामा चलेको आन्दोलन सन्देश होईन संकेत हो ।कसैलाई पद चाहिएको छ ढोग्न अन्तै जानुहोस, कसैलाई  एकाध ठाउँमा प्रदेश प्रमुख बन्नु छ भने पनि अन्तै जानुहोस् तर कसैलाई देश चाहिएको छ भने संघीयतामा ज्यादै सचेत हुनुहोस् । अब यसरी कतै ५ जिल्ला र कतै १७ जिल्लाको संघीयता बन्न सक्दैन ।एउटा निश्चित आधार बनाऊँ । या निश्चित जिल्लाको संघीयता बनाऊ, या निश्चित क्षेत्रफलको बनाउँ । या उत्तर दक्षिण छोएको बनाउँ । कि २०६८ सालको जनगणनाको आधारमा जनसंख्या र क्षेत्रफल निर्धारण गरौ । अन्यथा यसरी माछा मीठा र काँडा तिता हुने गरी कसैलाई खेतै खेत कसैलाई भिरै भिर हुने गरी काम नगरौँ । देशले पहिला घरको समस्या समाधान गर्नु पर्दछ अंगिकृतरुपी पाहुनापाछाकोे होईन । यसरी कसैले राम्रो राम्रो यताले भिरपाखा उता लैजा भन्ने तरिकाले मनपरी काँटछाँट गर्न दिने हरुलाई सावधानीको चेतावनी दिनै पर्दछ जनताले ।नेताका व्यक्तिगत स्वार्थ र उनीहरुका पदचिञ्तनको आधारमायसरी टेलर मास्टरले काँटे झै देश काट्न मिल्छ र ? सप्पूर्ण देशबासीले सोचौं । यो समस्या रुकुम रोल्पा, प्युठान, अर्घाखाँची ,गुल्मी , पाल्पाको मात्र होईन । यो तसमग्र देश र देशबासीको समस्या हो । यसमा आँखा चिम्लेर आत्मरतीका साथ कोही बस्दछ भने नेपालले कालान्तरमा ठूलो मूल्य चुकाउने पर्नेछ ।नाकावन्दीको भरमा देशलाई जता मन लाग्यो उता बाँड्दै हिड्नु ज्यादै अराष्ट्रवादी चिन्तन हो । बलीसँग विष्णुले मागेको केवल ३ पाईला जमिन हो परन्तु गुम्यो ३ लोक । अहिले पनि यस्तै भएको छ । मागिएको सानो प्रदेश हो । त्यो पनि ठूलो क्षेत्रबाट छुटाएर तर त्यसको सांकेतिक झड्का सवैले बुझेर पनि नबुझे झै गर्नु नै घृणित नेतृत्वको परिचायक हो ।अब सबै सांसदहरुको लिंग पहिचान गर्ने समय आएको छ  । कसले यो संशोधनको पक्षमा मत हाल्नु हुने हो र कसले विपक्षमा स्पष्ट हुनुहोस् । उभयलिंगी भएर कुनामा लुक्न जरुरी छैन । एक एक मत को मूल्य छ यस पटक । तर्सथ संशोधन प्रस्ताव ठिकवा बेठिक के हो ? खुलेर देखिन जरुरी छ । या त संसद वा सांसदले बुद्धि पुर्याउनुहोस् या जनताले आन्दोलनको भरमाउत्तर दक्षिण दुवै सीमाना छुने गरी प्रदेश बनाउने अभियानको नेतृत्व लिनेछन् । कुनै मदारीको आदेशमा केही बाँदरहरु नाचे भन्दैमा आम जनताले ताली ठोक्न र सिठी फुक्न जरुरी छैन । देशको भू धरातलीय यर्थालाई आत्मसात गर्दै उत्तर दक्षिण छुने प्रदेशको सीमाना नतोकी गरिने हरेक तहका चुनावहरु राष्ट्र विखण्डनका मतियार हुने हुँदा, पहिला प्रदेश र सीमानामा उत्तर दक्षिणको प्रत्याभुति नभएसम्म जनता आरामले सुत्ने अवस्था अब छैन । जागौं । कपडामा उध्रिएको एउटा धागोले पुरै वस्त्र छिन्न भिन्न पार्दछ । यो कुरालाई समयमा बुझौं ।

No comments:

Post a Comment