Sunday, December 25, 2016

दुर्गा बहादुर दर्जीलाई एकता समाजको घर फिर्ती टिकट ।

दुर्गा बहादुर दर्जीलाई एकता समाजको घर फिर्ती टिकट ।
 उद्धव मगर दोहा कतार – अरुणादय २ तनुहुँ निवासी दुर्गा बहादुर दर्जी बिगत केहि समय देखि कतारको  Majestic Ort Stone & Marble कम्पनी मा कार्यरत रहदै आएकोमा चार महिना अगाडी देखि कम्पनिको मुदिर भागेकोले चार महिना देखिको तलब सुबिधा समेत नपाइ बिचल्ली भइ घर फर्कन नसकीरहेको अबस्थामा गत २७-११-२०१६ का दिन निजलाई कतार नेपाली एकता समाजले घर फिर्तीको लागि  हवाइ टिकट उपलब्ध गराएको छ । कतारको लेबर एरिया सहलिया स्थित क्याम्पमा बस्दै आएका दर्जी समस्यामा परी भौतारिदै हिडिरहेको अबस्थामा कतार नेपाली एकता समाजको केन्द्रिय सदस्य लक्ष्मण कोइरालाको सम्पर्कमा आएका थिए । कोइराला मार्फत एकता समाजको मुद्धा बिभागमा समस्या समाधानको निम्ति निबेदन पर्न आए पछि बिभागले तत्काल पहलकदमी लिएको थियो । मुद्धा बिभागका संयोजक बिष्णु थापाको अनुसार दर्जीको घर फिर्ती सम्बन्धमा केहि सामान्य कानुनी समस्या समेत रहेको थियो । ती समस्यालाई समाजले नेपाली राजदुताबास कतार संग समन्वय गरि दुताबास मार्फत समाधान गरि निजलाई स्वदेश फिर्ता पठाएको थियो 
   
      

No comments:

Post a Comment