Sunday, December 25, 2016

कमरेडलाई आह्वान

           कामरेडलाई आह्वान 

कृष्णप्रसाद बन्जाडे 

कमरेड तपाईले भनेकै माने
जसलाई हान भन्नुभयो हाने
तपाईले भनेभन्दा पनि बढी चन्दा उठाए
जोड तोडका साथ मान्छे पनि जुटाए
    निहत्था मनुवालाई  पक्रीए
तपाईंको जिम्मा लगाइ फरकीए
तपाईले नभन्नु भनेका कुराहरू भनिन्
तेती धेरै सुन र पैसा कहिल्यै गनिन ।
     कमरेड
मृत्यु वा मुक्तिको सपथ खाए
मैले पाउनु दूख पाए तर
अह  दुख महसुस गरिन
तपाईंको निर्देशनमा म कहिल्यै पछि पारिन्
    म विधुवा।विधुर भए
    कैयन् दिन जेलनेल सए
आमाले रूदै ए नानी नजा भन्दा मानिन्छ
देश र जनताभन्दा घरपरिवार ठूलो ठानिन।
      कमरेड
दुई चार मुरी अनाज बेच्नेहरूलाइ
         पुँजीपति देखे
दुई चार हात पाखाको साध मिचेकाहरूलाइ
                 विष्टमाथि लेखे
वेपारी र जागिरको लेवी तोके
जसलाई ठोक भन्नुभयो उसैलाई ठोके ।
              कैयन् खाल्डा पुरियो
              मन साह्रै सुरियो  ।
प्रतिक्रियावादी सेनाले ढालेका
       योद्धाहरूको टाउको गिडे
         झोलामा बोकेर  हिडे ।
प्रतिगा गरे बदला लिने
       झनै अघि  सरे ।
कमरेड
   तपाईंको कलास लिन खटिरहे रातदिन
म चौकी र ब्यारेक कब्जा गर्न  सिके
प्रतिक्रियावादी सामू कैयन् घन्टा टिके
80% भूभाग कब्जा भन्नुभो पत्याए
गाउका सोझा जनताहरूलाई झन बढी अत्ताए
सगरव भने देश र जनताको मुक्ति हुदै छ
अव अमेरिकन साम्राज्य वाद र
भारतीय विस्तारवाद रुदै छ।
            कमरेड ।
1950 को सन्धि खारेज मात्र होइन ।
           मिचिएको जमिन फिर्ता लिन
भारतसँग सुरुङ युद्ध गर्ने भाषण सुने
देश अरध उपनिवेशबाट मुक्त हुने बुझे ।
सबै कुरा ठीक लाग्यो  लागिरह्यो ।
 ममा झनै जोस जागि रहयो ।
        मैले भूमिगत कालमा धेरै कुरा सिके ।
म नाच्न सिके ।अध्यन गर्न सिके
सूचना बुझ्न सिके
कर्तव्य पालन गर्न सिके
बलिदान र देशभक्तिको भाव सिके
  मृत्यु सहजै दिन र लिन सिके।
             कमरेड
क्रान्तिको छलाङ् मार्दै जब खुला भयौ
     मार्च पास गर्दै  टुँडिखेल गायौ
              शिविर र क्याम्प हुदै
तपाईँलाई सिंहदरबार पुरायौ।
  सत्ताको साहित्य  जुरायौ ।
       खुसीले
विगतका सम्पूर्ण पिडा भुले
सहिदको सपनामा डुले  ।
सोचे अव घाइतेहरूको दिन इआयो
 सहिदहरूको सपना पुरा हुने भयो
अब गरिब किसानलाई  राहत हुने भयो
अब सच्चा देशभक्तहरूको पालो आयो ।
              कमरेड
          मैले सोचे
सामन्ती राजतन्त्रका दिनहरू गए
भारतीय विस्तारवाद का दारानङ्ररा
             उखेलिने भए
जनता खुसीले रमाउने भए तेही बुझे ।
आत्मसम्मानले फूलिए।वीर सहिद लालसलाम
     सोचे
गन्डक , कोसी महाकाली बेच्नेहरू
बिस्तारवादको आदेश  मान्छेहरू
मेरो मातृभूमिलाई आफ्नो प्रान्त ठान्नेहरू
अब तिम्रा दिन गए, देशले मुक्ति पायो ।
  अब देशभक्तिको पालो आयो ।
मेरा कमरेड र पार्टीले नेतृत्व पायो ।
                कमरेड
मङ्सिर 14 पछि म प्रताडित छु
तपाईंको सहास दुस्साहस भएको देखेर
घात गर्दै हुनुहुन्छ हिन्दी भाषा र अङ्गीकृत
       सम्विधानमा  लेखेर
व्रग भुली, जातीयताको नाममा जनता जुटाएर।
  घात गर्दै छौ हामी मिलेको प्रदेश फूटाएर ।
         कमरेड
किन आफ्नै आमालाई जबर्जस्ती
गर्भधारण गराउदै हुनुहुन्छ ।
         विदेशी नश्लदवारा
किन नेपाल आमा भन्दा
भारतीय लाग्न लागे प्यारा ।
कमरेड
     मलाई लेन्डुप शब्द मन पर्दैन
      सुनिरहन विवश  छु ।
म राष्ट्रभक्तिको जुलुसमा हिडेको छु तर
तपाईंको कारणले अघि हिड्न सकिन
लुरुलुरु पछि हिड्नुबाहेकको विकल्प देखिन ।
           कमरेड
तपाई र हाम्रो पार्टीको कूरासुन्दा
शिर ठाडो पारनै सकिन।
कमरेड ।तपाई जसले जे भनेर जे गर्दै हुनुहुन्छ ।
      पछि हुनुहोस्
ईतिहासमा पछि हट्नुपनि वहादुरी हुने छ ।
हाम्रो मेटिन लागेको अस्तित्व  जोगिने छ।
नेपाल र नेपालीबाटै देश भोगिने  छ।
         पुर्खाको चिनो  जोगिने छ।
                कमरेड
तपाई पछि हेर्नुहोस्, यो पनि वहादुरी हुनेछ
किनकि सत्ता सँग राष्ट्रियता सट्न हुन्न ।
सच्चा नेपालीले यो कुरा चाहान्न सुन्न ।

No comments:

Post a Comment