तमु समाज ओमानले ल्होसार सास्कृतिक कार्यक्रमको आयोजना गर्ने
सालीक राम अाचार्य
मस्कट, ओमान
कार्यक्रम लाई भब्य बनाउन का लागी नेपालका चर्चित कलाकार हरु विल्सन बिक्रम राइ तक्मे बूढा काे रुपमा चिनिने हास्यकलाकार,
गायक राजु गुरुङ, गायिका भिमु गुरुङ र नृत्याङ्गना लक्ष्मी गुरुङ लाई
अाेमान निम्तायीएकाे छ ।
सालीक राम अाचार्य
मस्कट, ओमान
देश भित्र राेजगारि काे अभावमा देशका कुना काप्चा बाट वैदेशिक रोजगारको सिलसिलामा ओमान आएका प्रबासि नेपाहरुलाई आफ्नो भाषा, कला संस्कृति, परम्परा र रिति रिबाजकाे प्रचारप्रसार गर्दै, जाती, भाषा, धर्म, संस्कृतिकाे सन्देश दिदै तमु समाज ओमानले ल्होसार सास्कृतिक कार्यक्रमको आयोजना गर्ने भएकाे छ ।
गायक राजु गुरुङ, गायिका भिमु गुरुङ र नृत्याङ्गना लक्ष्मी गुरुङ लाई

अाेमान निम्तायीएकाे छ ।
३२२६९ च्या ल्होसार लाई भब्य साँस्कृतिक कार्यक्रमको आयोजना गरि सम्पूर्ण ओमान स्थित प्रवासी नेपाली हरुको बिचमा मनाउने लक्ष्यसाथ तमु समाज ओमानले उक्त कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रमको सम्पूर्ण तयारी पुरा भैसकेको अायाेज समितिले बताएको छ ।
नेपाली हास्य टेलि शृङ्खला मेरि बास्सै बाट तक्मे बूढाको नामले परिचित भएका विल्सन बिक्रम राई (तक्मे बूढा) अाउने जानकारी पाय देखि धेरै प्रबासि नेपाली कामदारहरु हरु काे मुहारमा मुस्कान देखिन्छ साथमा गायक गायिका तथा नृत्याङ्गना का प्रस्तुतिका लागि उक्त दिनको प्रतीक्षा गरिरहेकाे बताउँछन तथा अाफुहरु ले उक्त कार्यक्रम न छुट्टाउने प्रवासी नेपालीहरु ले बताएका छन ।
उक्त कार्यक्रम डिसेम्बर ३० तारिक अल मासा हल रुवी मस्कटमा बिहानको ११ बजे देखि सन्चालन हुने जानकारी दियकाे छ ।




No comments:
Post a Comment