Sunday, December 4, 2016

संघीयता क्यान्सर हो, यसले देश खान्छ !!! के सी

 संघीयता क्यान्सर हो, यसले देश खान्छ !!! के सी


बुटवलमा आएको जमात भत्खरो हो, जन्ती आउन त बाँकी छ: चित्रबहादुर केसी 'संघीयताको विरोध गर्दा ठूला दलले गुन मानेका छन्, भित्र भित्र जय जय भनेका छन्’।


काठमाडौं, १९ मंसिर — राष्ट्रिय जनमोर्चा (राजमो)का अध्यक्ष चित्रबहादुर केसीले रुपन्देहीको बुटवलमा उर्लिएको जमात जन्तीको प्रतिनिधि भत्खरो (जन्ती आउने संकेत दिने) मात्र भएको टिप्पणी गरेका छन् । संसदमा दर्ता गरिएको संविधान संशोधन फिर्ता नगरिए बुटवलमा शुक्रवारको भन्दा धेरै जनता आक्रोशमा उत्रिने उनको दाबी थियो । ‘बुटवलमा देखिएको त्यो भीड त भत्खरो मात्र हो, यति जन्ती आउँदैछ भन्न आएको,’ उनले भने ।

‘मैले त पहिलेदेखि भन्दै आएको थिए संघीयता क्यान्सर हो, यसले देश खान्छ,’ केसीले लोकान्तरसँग भने, ‘अब भने नेपाली जनताको चेत खुलेजस्तो छ, त्यसैको परिणाम हो बुटवलको प्रदर्शन ।’ नेता केसीले आफूले संघीयताको विरोध गर्दा कुनै पनि दलका नेताहरूले विरोध नगर्ने गरेकोले संघीयताको चर्को नारा लगाउनेहरू समेत संघीयताबाट आजित भइसकेको दाबी गरे ।
‘राष्ट्रिय जनमोर्चाले संघीयताको विरोध गर्दा ठूला दलले पनि गुन मानेका छन, भित्र भित्र जय जय भनेका छन्’ केसीले भने ‘चारो खाएर संघीयताको वकालत गरेका बुद्धिजीवी पनि चारो बन्द भएपछि कराउन छाड्दैछन् ।’
नेपाललाई किस्ताबन्दीमा टुक्र्याउने योजना अनुरूप संघीयताको ‘विषवृक्ष’ नेपालमा रोपिएको केसीले दाबी गरे । संघीयता देशले थाम्न सक्दैन भन्नेमा राजनीतिक दलका शीर्ष नेताको मनमा ‘जौ तिल’ पाकिसकेको उनले दाबी गरे । बुटवल लगायत पश्चिम नेपालमा भएको प्रदर्शनमा राजमो समेत सहभागी हुँदै आएको छ ।

नेता केसीले संघीयता थाती राखेर स्थानीय निकायको निर्वाचनमा जानु नै तत्कालको निकास भएको बताए । ‘काँचो सुन्तला नखाँदै यस्तो छ, खाँदा कुन चाला होला भनेर मैले भन्दै आएको थिएँ,’ केसीले भने, ‘ठण्डा दिमागले सोचेर अब संघीयताको भारी बिसाउ

No comments:

Post a Comment