ओमान नेपाली एकता समाज महिला बिभागद्वारा आयोजित "प्रगतिशील तीज बिशेष कार्यक्रम" सम्पन्न
मस्कट, ओमाननेपाली महिलाहरूको महान पर्व तिजको अवसरमा ओमान नेपाली एकता समाज महिला बिभागद्वारा आयोजित "प्रगतिशील तीज बिशेष कार्यक्रम" सेप्टेम्बर ०२ तारिखका दिन भब्य रुपले सम्पन्न भएको छ ।
नेपाली दूतावासका कार्यबाहक राजदूत रोजिना ताम्राकार ज्यूको प्रमुख आतिथ्यमा महिला बिभागकी अध्यक्ष गीता लिम्बूको सभापतित्वमा सम्पन्न सो समारोहको सञ्चालन कमला खनाल र लक्ष्मी रायमाझीले गरेकी थिईन् बने स्वागत मन्तब्य कार्यक्रम संयोजक मनु सुनारले राखेकी थिईन् ।



देश र जनताको निम्ति आफ्ना प्राणको आहुती दिएका ज्ञातअज्ञात सहिदहरुप्रति एक मिनेट मौन धारण पश्चात् नेपाली राष्ट्रिय गान सहित अघि बढेको सो समारोहमा प्रमुख अतिथिको आसनबाट बोल्दै का बा राजदूत ताम्राकारले "पुरुषहरु मात्र हैन महिलाहरु पनि यसरी परदेशमा आएर श्रम गर्दै आफ्नो पारिवारिक आवश्यकता पुरा गर्न र आर्थिक दायित्व निर्वाह गर्न सक्षम छौं र रेमिटेन्स मार्फत देशको अर्थतन्त्रमा समेत आज धेरै संख्यामा महिलाहरुले टेवा पुर्याई रहेका छन" उनले प्रवासमा भए पनि यसरी हामीले आफ्नो संस्कृति र पर्वहरुलाई निरन्तर दिन सक्नु नै नारीहरुको लागि गर्वको कुरा भएको बताउदै यसरी नै एकताबद्ध भएर हामीबिच आईपरेका समस्याहरु समाधान गर्न सक्नु नै नेपालीको पहिचान हो र यहाँहरु सबैलाई सधैं नै सफलता मिलिरहोस् भनि तिजको शुभकामना दिनु भएको थियो । 
रक्तिम ओमानका कलाकारहरुले "ईतिहासको पानामा बिर्ताको गाथा रंगिन मसिले लेख्छु बरिलै, पुर्वमा टिस्ट पश्चिमको काकडा पुगेको सपना देख्छु बरिलै" बोलको तिज भाकाको देशभक्तीपूर्ण गीतबाट शुभारम्भ गरिएको सो समारोहमा रातो साडीमा सजिएका महिलाहरु तिज गीतमा छमछमी नाच्दा सिंगो हल नै रोमान्चित बनेको थियो भने गरिबी र शोषणको मारमा पिल्सिएका जनताका पिडा र वेदनायुक्त रक्तिमको प्रस्तुतिहरुले साच्चै नै दर्शकहरुलाई कहिले भाबुक बनाउथ्यो त कहिले शोषक सामन्तीसितको बदला भावपूर्ण जोशिला गीतका शब्दहरु र अभिनयसंगै आक्रोसित मुद्रामा देखिन्थे ।

रक्तिम ओमानका कलाकारहरुले "ईतिहासको पानामा बिर्ताको गाथा रंगिन मसिले लेख्छु बरिलै, पुर्वमा टिस्ट पश्चिमको काकडा पुगेको सपना देख्छु बरिलै" बोलको तिज भाकाको देशभक्तीपूर्ण गीतबाट शुभारम्भ गरिएको सो समारोहमा रातो साडीमा सजिएका महिलाहरु तिज गीतमा छमछमी नाच्दा सिंगो हल नै रोमान्चित बनेको थियो भने गरिबी र शोषणको मारमा पिल्सिएका जनताका पिडा र वेदनायुक्त रक्तिमको प्रस्तुतिहरुले साच्चै नै दर्शकहरुलाई कहिले भाबुक बनाउथ्यो त कहिले शोषक सामन्तीसितको बदला भावपूर्ण जोशिला गीतका शब्दहरु र अभिनयसंगै आक्रोसित मुद्रामा देखिन्थे ।

"जहाँ भोको पेटले दानापानी मागेको हुन्छ अन्याय र अत्याचारले जहाँ सिमा नाघेको हुन्छ त्यहाँ फुट्छ ज्वालामुखी" बोलको नृत्यसंगै अन्यायको विरुद्ध लड्नको निम्ति थप उर्जा मिलेको आभाष दिलाएको थियो ।
"बहिनी तिम्रो जीवन कस्तो आँसु आँशुको सागर जस्तो" बोलको गीतमा प्रस्तुत एउटी पीडित चेलीको सान्त्वनामा माइतीले दर्शाएको माया भावको अभिनयले सिङ्गो हल सुनसान र भाबुकतामा परिणत भएको थियो । "उभो खोला रुवानिले पानी बोक्यो टिनमा, घरै छोडी हिड्नु यो बैशालु दिनमा, बसौं सितलमा" बोलको बाजातालसंगै दर्शकहरु पनि छमछम नाचेका थिए । "पाखा पखेरा तान्यो कोशीको तिरले, आँखा ओभानो छैन छोरीको पिरले " बोलको गीतमा आफ्नी बिछोडिएकी छोरीको वियोगमा एउटि बुढी आमाको पिडा सहितको अभिनयले दर्शकहरुको मन छोएको थियो । "नमान दु:ख तिमिले नमान पिर तिमिले कठिन छ बाटो हाम्रो नमान पीर तिमिले" बोलको गीतले शोषकहरुको जालझेल र यातनाले प्रताडित एक नारीलाई ती फटाहहरुको बिरुद्धमा लड्नको निम्ति झन् साहस प्रदान गर्दै सम्पूर्ण जनतालाई संगठित र जागरुग हुन आह्वान गरिरहेको अनुभुत भएको थियो ।
नारी प्रधान मार्मिक तिज गीत, गजल तथा नृत्यहरुका साथै सशक्त गायनहरुले दर्शकको मन जित्न सफल देखिन्थ्यो । तमु र ताजपुरिया सँस्कृति झल्कने प्रस्तुतिहरुले कार्यक्रममा अझ थप जातीय विविधता झल्किएको देखिन्थ्यो।

कार्यक्रममा महिला समूह ओमान, मिर्मिरे साँस्कृतिक परिवार, तमु समाज ओमान र जनप्रगतिशील मञ्च ओमानका कलाकारहरुले आफ्नो विविध प्रस्तुतीहरुले साथ दिएका थिए भने जन साँस्कृतिक मञ्च ओमानले एकाङकी नाटक "गरिब माईती" प्रस्तुत गरिएको थियो ।

सो अवसरमा अन्तर्राष्ट्रिय नेपाली एकता समाजका कोषाध्यक्ष शोभाकान्त लामिछाने संयुक्त बैचारिक सयन्त्र ओमानका प्रतिनिधि लिलानाथ कोईराला, नेपाली समाज ओमानका अध्यक्ष इच्छा राई, जनप्रगतिशिल मन्च ओमानका अध्यक्ष पदम प्रसाद अर्याल, प्रवासी नेपाली मञ्च ओमानका अध्यक्ष गगन कार्की, गैर आवासीय नेपाली संघ ओमानका अध्यक्ष दिपक श्रेष्ठ, जनसम्पर्क समिति ओमानका सभापति फर्शुराम पोख्रेल, ओमान नेपाली एकता समाजका अध्यक्ष छविलाल बस्नेत, महिला समूह ओमानकी अध्यक्ष पार्वती श्रेष्ठ, बुद्ध भिजन ओमानका अध्यक्ष ङेमा तामाङ, तमु समाज ओमानकी प्रतिनिधि शालु गुरुङ, मगर संघ ओमानकी प्रतिनिधि रुपा पुन, अन्तर्राष्ट्रिय साहित्य समाजका प्रतिनिधि सुशील पुन बिरही, दलित एकता सन्जालका प्रतिनिधि डम्बर बराईली, पत्रकार बसन्त नेपाल र एकता समाजका बिभिन्न एरिया तथा बिभाग लागयतका अतिथिहरुको प्रनिनिधित्व रहेका थिए ।


ओमान एक्सचेञ्जले गोल्डेन स्पोन्सर गरेको सो कार्यक्रममा अलमुदिश कम्पनीले दूध र चिप्स उपलब्ध गराएको थियो भने हाँक साप्ताहिक, प्रवास खबर डटकम र पहिलो पेज डटकम मिडिया पार्टनर रहेका थिए ।










































No comments:
Post a Comment