"ओमानमा १५०औं मोती जयन्ती मनाइयो "
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ओमान च्याप्टर ले हिजो नौ सेप्टेम्बर का दिन एक कार्यक्रमको आयोजना गरि १५० औं मोती जयन्ती तथा श्रष्टा सम्मान कार्यक्रम मनाएको छ । समाजका अध्यक्ष दिलप्रसाद पौडेल को अध्यक्षतामा सम्पन्न कार्यक्रम को सन्चालन सुशील पुन बिरही ले गर्नुभएको थियो ।
अमर साहित्यकारहरुको सम्झनामा एक मिनेट मौनधारण पश्चात् नेपाली राष्ट्रिय गान संगै अघि बढेको कार्यक्रम लाई अध्यक्षद्वारा द्विप प्रज्वलन गरि उदघाटन गरिएको थियो भने प्रवासबाट साहित्य यात्रामा निरन्तर डुलीरहने युवा गजलकार तथा समाजका सचिव समेत रहनुभएका श्री नारायण राज चौलागाईं " पाण्डव " लाई खादा ओढाएर कदर पत्रसहित सम्मान गरिएको थियो । उदघाटन पछि बोल्नुहुदै अध्यक्ष पौडेलले पछिल्लो समयमा निक्कै चर्चा बटुल्नुभएका गजलकार नारायण राज चौलागाईं समाजमा रहुन्जेलसम्म पुर्याउनुभएको योगदानको चर्चा गर्नुहुदै उहाँ जुनसुकै ठाउँ अवस्थामा रहेपनी नेपाली भाषा र साहित्यलाई माथी उकास्न भुमिका खेल्नुहुनेछ भन्ने बिश्वास ब्यक्त गर्नु भएको थियो ।
उक्त अबसरममयमा बोल्नुहुदै गजलकार चौलागाईं ले मलाई यहासम्म आउदासम्म तातेताते बनाई बोल्न सिकाउने एन आर एन ए ओमान र साहित्यिक फुलबारीमा गजलका आकुरा बिकसित बनाउन प्रवासी मन्च ओमान र शसक्त गजलकार सोमकृष्ण श्रेष्ठ ले ठूलो योगदान पुर्याउनुभएको उल्लेख गर्नुभएको थियो । बिगत केही समयपहिले गठन भएको यस अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ले पनि मलाई साहित्यिक सफलताको गोरेटोमा डोर्याईरहेको स्मरण गराउनुभएको थियो
। उहाँ ले अगाडि भन्नुभयो आफू जहाँ रहेपनी नपाली साहित्य लाई कलमबाटै थप उर्जा प्रदान गर्नेमा ढुक्क हुन आग्रह गर्नुभएको थियो । उहाँ को कथन थियो आफ्ना केही गजलहरु रेकर्डिङ मा रहेको र केही प्रकाशनको लागि तयार रहेको पनि जानकारी दिनुभएको थियो ।

उक्त कार्यक्रम मा अतिथिको आसनबाट गैर आवासिय संघ ओमानका अध्यक्ष दिपक श्रेष्ठ , प्रवासी मञ्च ओमान का उपाध्यक्ष लिलानाथ कोइराला , जनसम्पर्क समिती ओमान का सभापति फर्शुराम पोख्रेल , ओमान नेपाली एकता समाजका सचिव भिम प्रसाद भट्टराई , महिला समूह ओमान कि कोषाध्यक्ष मधु गुरुङ , बुद्ध भिजन ओमान का सल्लाहकार ओमकार तामाङ , तमु समाज ओमानकी उपाध्यक्ष शालु गुरुङ तथा मगर संघ ओमानका अध्यक्ष सुर्य बहादुर थापाले आ - आफ्नो धारणा प्रस्तुत गर्नुहुदै प्रवासमा साहित्यकार को जयन्ती मनाउदै गर्दा साहित्यको मार्ग भेटिने र यसको संरक्षण , सम्बर्द्धन का लागि टेवापुग्ने बिचार ब्यक्त गर्नुभएको थियो भने नारायण राज चौलागाईं को साहित्य यात्राको शुभकामना पनि दिनुभएको थियो ।

मस्कट स्थित हाईएष्ट माउन्टेन रेस्टुरेन्ट मा आयोजित सो कार्यक्रम मा ओमानका गजलकार एबम कवि हरुले मोती जयन्ती को सन्दर्भ मा आ - आफ्ना रचना बाचन गर्नुभएको थियो । बिहान दस बजे बाट सन्चालन भएको उक्त कार्यक्रम मा दर्जनौ दर्शक तथा श्रोताहरुको उपस्थिती रहेको थियो भने गजल कबिताले हल गुञ्जिएको थियो । अन्तमा साहित्यिक यात्रामा साथ दिन इच्छुक ओमान मा छुट्नुभएका नवप्रतिभा हरुलाई पनि समाजमा आवद्ध भएर साहित्यको बिकास गर्न सकिने बताउदै अध्यक्षबाट कार्यक्रम समापन गरिएको थियो |
No comments:
Post a Comment