गजल
तिम्रो यादमा गाउने एउटा गीत पाए हुन्थ्यो...!
तिम्रो नाममा जित्ने कुनै जीत पाए हुन्थ्यो...!!
शिरदेखि पाउसम्म सुन्दर तिमी अरू के भनुँ...!
तिम्रो मायामा भिज्न एक थोपा शीत पाए हुन्थ्यो...!!
तिमीलाई देखेपछि जिन्दगी कहानी भएको छ...!
हाम्रो कहानी सुनिदिने यस्तो कुनै मीत पाए हुन्थ्यो...!!
अब तिम्रो भन्नु सबै थोक मेरो भएको छ...!
तिमी नै भई जीवन जीउने अब रीत पाए हुन्थ्यो...!!

No comments:
Post a Comment