रुपन्देहीका अधिकांश क्षेत्र डुवानमा, तिनाउ माथिको झोलुङगे बगाएको छ
लगातार परेको अविरल बर्षाका कारण रुपन्देहीको जनजीवन प्रभावित बनेको छ । बर्षाका कारण रुपन्देहीका अधिकांश क्षेत्रहरु डुवानमा परेका छन् भने बाढिमा परेकाहरुलाई प्रहरीले उद्धार गरेको छ । बाढिका कारण मानविय क्षती नभएपनि भौतीक क्षती भने भएको छ । लगातार परेको अविरल वर्षाका कारण तिनाउ नदीमा आएको बाढीले बुटवल उपमहानगरपालिका–१३ स्थित झोलुङ्गे पुल बगाएको छ । देवीनगर र बुद्धनगर जोड्ने झोलुङ्गे पुल किनारको जमिन नदीले कटान गर्दै जाँदा ढलेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक महेन्द्र खड्काले जानकारी दिनुभयो । सोमबार रातिदेखि परेको अविरल वर्षासँगै आएको बाढीले नदी किनारका बस्ती जोखिममा परेको र उद्धारमा खटिएका प्रहरी जाँदै गर्दा पुल भत्किएपछि वडा प्रहरी कार्यालय बुटवलका प्रहरी हरिनारायण चौधरी पुलसँगै खसेर घाइते भएका छन् । तिनाउमा आएको अनियन्त्रित बाढी घरका पक्की पर्खाल, जाली र ठोकर भत्काएर बस्तीमा पसेको हो । प्रहरीले बाढीबाट तिनाउ किनारमा रहेका १६ टोलका छ हजार बढी व्यक्ति जोखिममा रहेको अनुमान गरेको छ । पुल बगाउँदा उपमहानगरपालिकासँग तिनाउपारिको बुद्धनगरका वासिन्दालाई जोड्ने जोड्ने प्रमुख माध्यम अवरुद्ध भएको छ । यसबाट बुटवल आवतजावत गर्न बुटवलका मोतीपुर, सेमलार, फर्साटिकर लगायत क्षेत्रका जनता प्रभावित भएका छन् ।
No comments:
Post a Comment