ओमानमा २०३औं भानु जयन्ती भब्यताका साथ सम्पन्न"
मस्कट, ओमान
" सकिन्छ साहित्य सृजना गरौ , सकिन्न साहित्यको संरक्षण गरौं " भन्ने मुल नाराका साथ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ओमान च्याप्टर को आयोजनामा गत शुक्रवार १५ जुलाई २०१६ का दिन २०३ औं भानु जयन्ती एक कार्यक्रमका बिच भब्यताका साथ सम्पन्न भएको छ । ओमान को राजधानी मस्कट स्थित हाईएष्ट माउन्टेन रेष्टुरेन्ट मा आयोजित उक्त कार्यक्रम अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ओमान च्याप्टरका अध्यक्ष दिल प्रसाद पौडेलको सभापतित्व तथा सुशील पुन " बिरही " को सन्चालनमा सम्पन्न भएको थियो ।
मुना नेपाल को स्वागत मन्तब्य पछि एक मिनेट मौन धारण संगै राष्ट्रिय गान गाएर अगाडि बढेको सो कार्यक्रमको उदघाटन प्रमुख अतिथी समेत रहनुभएका अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका आजिवन सदस्य वसन्त नेपालले गर्नुभएको थियो । प्रमुख अतिथिको आसनबाट बोल्नुहुदै नेपाल ले प्रवासमा छताछुल्ल छरिएका साहित्यिक प्रतिभाहरुलाई एकतृत गरेर नेपाली भाषा र साहित्यको संरक्षण र जगेर्ना गर्ने उद्देश्यका साथ साहित्यिक संस्था गठन गर्नुपरेको स्पष्ट पार्नु भएको थियो । उहाँले अगाडि भन्नुभयो सामाजिक रुपान्तरणमा वा हरेक परिवेश र परिस्थितिमा साहित्यले प्रभाव पार्ने बताउदै सम्पुर्ण साहित्य अनुरागीहरुलाई हौसला प्रोत्साहनमा जोड दिनुपर्ने बताउनुभएको थियो ।
यहाँ गठित सबै संघ संस्था र साहित्यिक मनहरुकै समर्थन एबं सहयोगले पहिलो कार्यक्रम सम्पन्न हुन लागेको जानकारी दिनुभएको थियो ।
कार्यक्रममा ओमान स्थित विभिन्न राजनैतिक , जातिय तथा सामाजिक संघ संस्थाहरुका प्रतिनिधि तथा पत्रकारहरुको पनि उपस्थिति रहेको थियो । अतिथिको आसनबाट बोल्नुहुदै सबैको एउटै कथन थियो । समाजमा जनचेतना जगाउने र शिक्षामुलक साहित्य सृजना गर्न सके सामाजिक तथा राष्ट्रिय परिवर्तन मा योगदान मिल्ने औल्याउदै माया प्रेमका शब्दहरुलाई थांती राखेर केही परिवर्तनशिल बाक्यांश प्रयोग गरिएका रचनाहरु प्रस्तुत गर्न सके साहित्य अझ फस्टाउने धारणा राख्नुभएको थियो ।
नेपाली समाज ओमान , गैर आवासीय नेपाली संघ ओमान , महिला समूह ओमान , प्रवासी नेपाली मञ्च ओमान , जनप्रगतिशिल मञ्च , ओमान नेपाली एकता समाज , बुद्ध भिजन ओमान , दलित एकता संजाल ओमान , जन सम्पर्क समिती ओमान लगाएत विभिन्न जातिय तथा सामाजिक संस्थाहरुको उपस्थिती रहेको थियो भने दर्शक श्रोताहरुको पनि उल्लेख्य सहभागिता रहेको थियो । करिब एक दर्जन साहित्यिक श्रष्टा हरुले कबिता र गजल बाचन एबम गजल गाएर कार्यक्रम लाई थप रोचक बनाएका थिए । मध्यान्ह बाह्र बजेबाट शुरु भएको उक्त कार्यक्रम सांझ पाँच बजेसम्म रहेको र उपस्थित सबै महानुभावहरु बाट समाजका लागि करीब १५० ओमानी रियल ( नेपाली ४२ हजार ) रकम सहयोग संकलन भएको थियो ।
आगामी दिनहरुमा नेपालबाट उछिट्टिएका भावनाका बाछिटा हरुले मरुभुमीमा साहित्यिक सिंचाई गर्न सक्ने अठोटका साथ गठन भएको समाजलाई माया गरि कार्यक्रम सब्य , भब्य र सफल पार्न सहयोग गर्नुहुने सबैप्रती आभार अनि कृतज्ञता प्रकट गर्दै सभापतिद्वारा कार्यक्रम समापन भएको थियो ।


No comments:
Post a Comment