ओमानमा छुवाछुत र जातिय बिभेदको चिन्ता
“दलित एकता आजको आवश्यकता, छुवाछुत मुक्त समाज निर्माणका लागि सम्पुर्ण नेपालीको सहभागिता” भन्ने मुल नाराका साथ दलित एकता संजाल ओमानले भेटघाट तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ ।
मस्कट स्थित मदिना काबुसमा अवस्थित हाईएष्ट माउन्टेन रेस्टुरेन्टमा आयोजित कार्यक्रममा बोल्दै सहभागिहरुले आफ्नो सोच परिवर्तन गर्दै परिवार अनि समाजबाट छुवाछूत र जातिय विभेद अन्त्य गर्न भाषण मात्र गरेर मात्रै नहुने बताउदै यसलाई ब्यबहारमा उतारेर अगाडि बढ्न सकेमा मात्र यो प्रथा को अन्त्य हुने औल्याएका थिए । उनीहरुले छुवाछुत तथा जातिय पथ्रा बारे सबैलाई जनचेतना अभिवृद्धि र शिक्षामुलक तरिकाबाट सचेत गराउनुपर्नेमा जोड दिए ।
संजालका अध्यक्ष मान बहादुर बराइलीको अध्यक्षता, संजाजलका सचिव शान्तमान विकको स्वागत, ओमनका लागि नेपाली कार्यवाहक राजदुत रोजिना ताम्राकारको प्रमुख आथित्यता एवम् संजालका महासचिव उमेश बि.कको सञ्चालनमा भएको कार्यक्रममा बोल्नुहुदै प्रमुख अतिथी ताम्राकारले बिद्यमान सामाजिक परिबेशमा ब्याप्त जातिय भेदभाव र बिभेदलाई सवै मिलेर समाधानको बाटोमा लाग्नु पर्नेमा जोड दिनु भयो । उहाले सबैको मानसपटलमा मान्छे मान्छे एउटै हो भन्ने चिन्तन सबैमा जागृत गराउन सके नेपालबाट छुवाछुत प्रथाको अन्त्य हुने बिचार ब्यक्त गर्नुभयो । यसको लागि प्रवासबाट पनि संजालको माध्यामबाट स्वदेश सम्म आवाज बुलन्द गर्दै परिवर्तनको दिशामा अगाडि बढ्न सकोस भन्ने शुभकामना पनि दिनुभयो ।
कार्यक्रममा ओमान स्थित विभिन्न संघ संस्थाहरु नेपाली समाज ओमानका अध्यक्ष इच्छा राई, गैर आवासिय नेपाली संघ बाट अन्जु लामा, प्रवासी नेपाली मञ्च बाट अध्यक्ष गगन कार्की, जनप्रगतिशिल मञ्च ओमानको तर्फबाट अध्यक्ष पदम प्रसाद अर्याल, जनसम्पर्क समिती ओमानका फर्शुराम पोख्रेल, ओमान नेपाली एकता समाज बाट अध्यक्ष छबिलाल बस्नेत, महिला समूह ओमानकि प्रतिनिधि गोमा थापा, बुद्ध भिजन ओमानका ओमकार तामाङ तथा अन्तर्रा्ष्ट्रिय नेपाली साहित्य समाज ओमानको तर्फबाट दिल प्रसाद पौडेल एबम पत्रकारद्वय जि बि लामा, वसन्त नेपाल तथा शालिकराम आचार्य समाजसेवी तोलाकान्त भट्टराई लगायत मगर संघ ओमान, तमु समाज ओमान र तामाङ समाजका प्रतिनिधि हरुको पनि उपस्थिति रहेको थियो ।
कार्यक्रममा दलित एकता संजाल ओमानका सललाह क्षेत्रीय समितिका प्रतिनिधि सुरेश परियार तथा शुभचिन्तक सागर अधिकारीले पनि आआफ्ना बिचार ब्यक्त गर्नुभएको थियो ।
सो अबसरमा सास्कृतिक प्रस्तुती पनि राखिएको थियो । तुला गिरीको कर्णप्रीय आवाजमा “मान्छे मान्छे एउटै हो फरक किन भो” बोलको गितले उपस्थित दर्शकलाई केही समय भावुक समेत बनाएको थियो । संजालको सार्वजनिक रुपमा आयोजना गरिएको पहिलो कार्यक्रम भएपनी दर्शकहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
No comments:
Post a Comment