एकता समाजको सललाह क्षेत्रीय समिति गठन
ओमान, सललाह
७ जुलाई २०१६, का दिन अनेकतामा एकता संसारका मजदुर एक हाै भन्ने नाराका साथ प्रबासमा दुख: कष्ट गरि बसेका गरिबी र पिल्सीएका मजदुरहरू संगठित पार्दै ओमान नेपाली एकता समाज केन्द्रीय समिति अन्तरगत प्रथम क्षेत्रीय समिति गठन गरिएको छ ।
प्रथम राष्ट्रिय सम्मेलनको पूर्व सन्ध्यामा राजधानी मस्कटबाट करिब एक हजार किलोमीटरको दूरीमा पर्ने सललाह शहरमा क्षेत्रीय समितिको निर्माण गरिएको छ ।
जुलाई ०७ का दिन नयाँ सललाहमा सम्पन्न भएको एक भेलाले सुरेश परियारको अध्यक्षता १७ सदस्यीय सललाह क्षेत्रीय समितिको गठन गरिएको हो । केन्द्रीय महासचिब जिबि लामा तथा केन्द्रिय सदस्यहरु नारायण ज्ञवाली र ईन्द्रलाई खनालको बिशेष उपस्थिति रहेको सो भेला सम्पन्न गराउन सुरेश परियार र छविलाल सुवेदीले विशेष पहल गर्नु भएको थियो ।
नवगठित यो समितिमा अध्यक्ष सुरेश परियार सचिब मीन बहादुर लामिछाने, सहसचिब दिपक भण्डारी, कोषाध्यक्ष कुश बहादुर झेडीमगर, सहकोषाध्य पुष्प श्रेष्ठ र सदस्यहरुमा हिरा बहादुर बाह्रघरे, टेकराज सापकोटा, राजु सुनार, संगीता परियार, रेशम गुरुङ, झबिन्द्र भुसाल, बिष्णु परियार, भरत भट्टराई, कमला परियार, प्रकाश गौतम र दुई स्थान रिक्त रहेका छन । साथै सोहि भेलाले छविलाल सुवेदी, सागर अधिकारी र छविलाल बस्नेत रहेको तीन सदस्यीय सल्लाहकार समितिको पनि गठन गरिएको छ ।
भेलामा केन्द्रीय महासचिव जिबि लामा तथा सदस्य नारायण ज्ञवालीले प्रवासमा संगठन र मजदूर एकताको महत्व लगायत समसामयिक बिषयहरुमा प्रशिक्षण दिनु भएको थियो । नवनियुक्त अध्यक्ष सुरेश परियारले सललाह क्षेत्रमा कार्यरत नेपाली दाजुभाई तथा दिदीबहिनीहरुको हरेक कठिनाई तथा समस्यहरुमा हरदम साथ दिन तयार रहेको बिचार ब्यक्त गर्दै आगामी दिनमा संगठन बिस्तार र बिकासको लागि केन्द्रीय समितिसंग समन्वय गरि अघि बढ्ने प्रतिबद्दता ब्यक्त गर्नु भयो साथै संगठन बिस्तारका लागि आएका केन्द्रका प्रतिनिधिहरुलाई हार्दिक धन्यवाद दिदै निरन्तर रूपमा केन्द्रको साथ पाईरहने अपेक्षा राख्नु भयो ।
भेलामा केन्द्रीय सदस्य तथा महिला बिभागकी सचिब कमला पन्थी र कुरुम एरिया समितिका अध्यक्ष गुनाखर खनालको पनि आतिथ्यता रहेका थिए । मुस्लिम पर्व ईद अलफित्रको विदाको अवसर पारेर गठित सललाह क्षेत्रमा ओमान नेपाली एकता समाजको यो पहिलो संगठन हो ।


No comments:
Post a Comment