Wednesday, July 27, 2016

ओमानका नेपालीद्वारा डा. केसीको भोक हडतालप्रति ऐक्यवद्धता

ओमानका नेपालीद्वारा डा. केसीको भोक हडतालप्रति ऐक्यवद्धता

                          
मस्कट ओमान । 
चिकित्सा क्षेत्रमा व्याप्त चरम विकृतिहरु र भ्रष्टाचारको अन्त्यको माग गर्दै आमरण अनसनप्रति नेपालमा व्यापक जनसमर्थन छ । त्यतिमात्रै होइन, उनको अनसनप्रति वैदेशिक रोजगारीको सिलसिलामा ओमान पुगेका नेपालीहरुले पनि ऐक्यवद्धता जनाएका छन् ।


ओमान नेपाली एकता समाजका अध्यक्ष छविलाल बस्नेतले एक विज्ञप्ति जारी गरी डा. केसीको आमरण अनसनप्रति ऐक्यवद्धता जनाएका हुन् । अध्यक्ष बस्नेतद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “डा. केसीको स्वास्थ्य अवस्था दिनप्रति दिन गम्भीर बन्दै गइरहेको हुँदा सरकारले यस बिषयमा तत्काल कदम चाल्न हामी जोडदार माग गर्दै यो सम्वेदनशील बिषयमा सम्पूर्ण प्रवासी तथा स्वदेशी सचेत नागरिकहरु तथा संघसंगठनहरुलाई उनको मागप्रति ऐक्यबद्धता जनाउन समेत यसै बक्तब्य मार्फत हार्दिक अपिल गर्दछौं ।”
विज्ञप्तिमा चिकित्सा क्षेत्रमा ब्याप्त चरम भ्रष्टाचारको अन्त्यको माग गर्दै अनसनरत डाक्टर गोबिन्द केसीको माग अति जायज भएको हुनाले नेपाल सरकारले अबिलम्ब सो मागको सम्बोधन गर्न समाजले सरकारसँग माग गरेको छ । साथै नेपालमा ब्याप्त निजी क्षेत्रको मेडिकल कलेजहरु खारेज गरी सरकारी क्षेत्रबाट नै सञ्चालन गर्ने प्रावधान अघि बढाउन समेत विज्ञप्तिमा माग गरिएको छ ।
पछिल्लो समय आइतवार सरकार र डा. गोविन्द केसीबीच ४ बुँदे सहमति भइसकेको छ । उक्त सहमतिपछि डा. केसीले आज दिउँसो २ बजे आमरण अनसन तोड्ने कार्यक्रम रहेको छ ।

No comments:

Post a Comment