Monday, August 22, 2016


ओमानमा तीज कार्यक्रमको आयोजना गरिदै .!

                        
नेपाली महिलाहरुको महान चाड हरितालिका तिजको अवसरमा आगामी सेप्टेम्बर २ तरिखका दिन ओमान नेपाली एकता समाज महिला बिभागद्वारा "प्रगतिशील तीज साँस्कृतिक कार्यक्रम-२०१६"आयोजना गर्ने गरिने भएको छ । 
  पछिल्लो समयमा चाडपर्वहरुको नाममा देखिएको बिकृती र बिसङगतिहरुलाई निरुत्साहित पार्दै सभ्य नयाँ परिवर्तित शैलीमा चाडपर्व मनाउन अभिप्रेरित गर्दै संस्कृतिको नाममा महिलाहरुप्रति गरिने विभेद र शोषणको अन्त्य गराउन महिलाहरुमा सचेतना जगाउनको लागि सो तिज कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक मनु सुनारले बताएकी छिन । नेपाली महिलाहरुद्वारा रोचक तीज गीत तथा नृत्यहरु सहित अन्य बिविध प्रस्तुतिहरु रहने सो तिज कार्यक्रममा रक्तिम साँस्कृतिक अभियान ओमानका कलाकारहरुको जोशिला जनवादी गीत तथा नृत्यहरुको बिशेष प्रस्तुति पनि रहनेछन् ।  
  १५ जुलाई २०१६का दिन बसेको ओमान नेपाली एकता समाज महिला बिभागको बैठकद्वारा तिज कार्यक्रम भब्यताका साथ सम्पन्न गर्न गराउनको लागि मनु सुनारको संयोजकत्वमा २५ सदस्यीय तीज कार्यक्रम तयारी समिति गठन गरि जिम्मेवारी बाँडफाँड समेत गर्दै प्रचार प्रसारमा समेत जुटेको महिला बिभागले जनाएको छ । ओमान नेपाली एकता समाजले सन् २०११ देखि निरन्तर रुपमा आयोजना गर्दै आईरहेको र यो छैठौ तीज कार्यक्रम हो ।
 मस्कट स्थित अलमासा हलमा सम्पन्न हुने सो तीज कार्यक्रम सफल पार्नको ओमान स्थित सम्पूर्ण नेपालीहरुलाई महिला बिभागद्वारा हार्दिक अपिल गरिएको छ ।

No comments:

Post a Comment