Saturday, August 27, 2016

मेरो नजरमा माओवादी

मेरो नजरमा माओवादी
मोहनविक्रम 
तत्कालीन माओवादीले २०५२ सालमा ‘जनयुद्ध’ सुरु गरेको थियो । माओवादीले जुन विचारका साथ ‘जनयुद्ध’ थालेका थिए त्यो नै गलत थियो । माओको भनाई छ विचार सही भए नभएका वस्तु पनि प्राप्त हुन्छन् विचार सही नभए भएका वस्तु पनि गुम्छन् । त्यही भएको छ अहिले माओवादी आन्दोलन । माओवादीले पनि सही लक्ष्यका लागि विचार सहि हुदा हुदै कार्यनिति गलत बोकेको थियो । उ सच्चा मालेमावादी हुँदो हो त त्यो समयमा कम्युनिष्ट कार्यकर्ता र कयौं सर्वसाधारणलाई दुःख दिंदैनथ्योे । त्यही हो, उग्रवामपन्थी भड्काउ भनेको । जनताको अपहरण गरे, हत्या गरे । उनीहरुले आफ्नो फाइदाका लागि  जोसुकैसँग घोषित–अघोषित कार्यगत एकता गरे । यो माक्र्सवादी प्रवृत्ति होइन । जसकाविरुद्ध नेपाली जनताले संघर्ष गरे उसैसँग (राजासँग) अघोषित कार्यगत एकता गरेको कुरा उनीहरु स्वयम्ले स्वीकारे । यस्तो गर्नु माक्र्सवादी विचारबाट च्यूत हुनु हो ।
आफ्नो अस्तित्व नै संकटमा परेको जब उनीहरुले बुझे त्यसपछि बाटो बदले । माओवादीहरु आफैभित्र पनि लडेर सकिने अवस्था सृजना भयो । दुईलाइन संघर्षको रुपमा माओवादीभित्र देखिएको संघर्ष माक्र्सवादी थिएन । यो व्यक्तिवादी थियो । माओवादी आफु सकिन्छु भन्ने सोचेर व्यक्तिवादी संघर्षबाट सुधारको बाटोमा आएका हुन् । चुनवाङ बैठकबाट गणतन्त्रका लागि अन्य राजनीतिक दलहरुसँग सहकार्य गर्ने उसको नीति सही हो । त्यसअघिका उसका कार्यकीतिले राजतन्त्रलाई सहयोग पु¥याएको थियो ।
माओवादीले जे भने पनि समाजवाद ल्याउने नाममा राजनीतिक दलका कार्यकर्ताहरुलाई निसाना बनाएको थियो । चुनवाङको बैठकबाट माओवादीले राजनीतिक दलहरुसँग सहकार्य गर्ने जुन नीति लियो त्यो नेपालका लागि ऐतिहासिक साबित भयो । माओवादीको टर्निङ प्वाइन्ट बन्यो चुनवाङ बैठक । ऊ अब संविधानसभा र गणतन्त्रको माग गर्दै अन्य राजनीतिक दलहरुसँग सहकार्य गर्न तयार भयो । त्यही चुनवाङको जगमा १२ बुँदे सहमति भयो । ७ राजनीतिक दल र माओवादी मिलेर राजसंस्थाविरुद्ध आन्दोलन भयो । यो नेपालको इतिहासमा महत्वपूर्ण आन्दोलन हो । र, माओवादीका लागि पनि चुनवाङ ऐतिहासिक निर्णय थियो । नयाँ कार्यनीति र रणनीतिका साथ अघि नबढे आफै सकिनु बाहेक अर्को विकल्प रहँदैन । त्यसबेला माओवादी सकिएनन्, अगाडि बढे । जसको नेपाल र विश्वभर नै स्वागत भयो ।
संविधानसभामा असफल माओवादी
पहिलो संविधानसभाको निर्वाचनमा जसरी जनताले उसलाई विश्वास गरे त्यो उसले पुरा गर्न सकेन । संविधानसभामा सबै भन्दा ठूलो दल हुँदा पनि उसले जनताका जनजीविकाका कुराभन्दा पनि वामपन्थी लफ्फाजी मै समय वितायो । उसले चाहेको भए अहिलेको भन्दा धेरै प्रगतिशिल संविधान आउथ्यो । आफैले लडेर ल्याएका उपलब्धीलाई संस्था गर्नतिर सोचेन बरु गर्न दिएनन् भनेर अरुलाई नै दोष दिईरह्योे ।
चुनवाङ बैठकमा सहमति जनाएर १२ बुँदे राजनीतिमा समाहित कयौ युवाहरु र वैद्यले पछि चुनवाङ कार्यनीति गलत भन्दै पार्टीभित्र असन्तुष्टि पोख्न थालेपछि फेरी माओवादी चुनावाङ भन्दा अगाडिको अवस्थामा पुग्यो । चुनवाङ बैठकबाट एक भएर आएको माओवादी विस्तारै व्यक्तिगत इगोले अन्र्तद्वन्द्वको भूमरीमा फस्न थाल्यो, अन्ततः विभाजन भयो । जसको मुख्य कारण व्यक्तिगत इगो र कार्यनीति नै हो ।
प्रचण्ड बाबुराम चुनवाङको कार्यनिति अनुसार राजनीति कोर्स अगाडि बढाउन चाहन्थे भने वैद्य र केही युवाहरु पुनः २०५२ सालमै फर्कन । माओवादीको अन्र्तद्वन्द्व यही हो । वैद्यलगायतका युवाहरुको बुझाई क्रान्तिबाट नै राज्यसत्ता ल्याउनुपर्छ भन्ने हो । अन्य बाटो भनेको संसोधनवादी हो । तर प्रचण्ड बाबुरामको लाईन भनेको अहिलेको उपलब्धीलाई संस्थागत गरेर अगाडि बढ्नु पर्छ भन्ने । वैद्यको लाइन भनेको जडता हो । जबकी गणतन्त्र संस्थागत नगरी अगाडि बढ्दा देश पुन द्धन्द्धमा फस्ने कुरामा ध्यान दिनुको सट्टा आन्दोलनमात्र भन्नु गलत हो । यही द्वन्द्वको कारण उ विभाजित भयो । उसको विभाजनसँगै पहिलो संविधानसभा पनि विघटन भयो ।
अस्थिर चरित्र
एमाओवादीले जुन संघीयताको कुरा ग¥यो त्यो देशकै लागि घातक थियो । माओवादी जनयुद्धको क्रममै वर्गीयभन्दा जातियता तिर गयो । उसले आफ्नो संगठनको ढाँचा पनि जातिय रुपमै ग¥यो । जुन पछिल्लो समयमा सबैभन्दा बढी उसैका लागि प्रत्युत्पादक सिद्ध भयो । उसले पहिलो संविधानसभामा जातिय राज्यको अडान छोडेको भए संविधान त बन्थ्यो नै अहिलेकोभन्दा प्रगतिशिल पनि हुन्थ्यो । त्यसबाट शिक्षा लिनुको साटो दोस्रो संविधानसभामा पनि उसले अपवित्र गठबन्धन गर्न छोडेन । जातियताको माग गदै मधेशी दलहरुसँग गठबन्धन गर्नु उसको लागि अर्को घातक निर्णय थियो । १६ बुँदेबाट बल्ल उसले बुझेको छ । अब उसको भूमिका संविधान निमार्णमा सकारात्मक देखिंदै छ । एमाओवादीले सकारात्मक भूमिका खेलेमा छिट्टै संविधानसभाबाट संविधान आउँछ । अब उसले जातियताको होइन, वर्गीयतामा जोड दिए देश र ऊ दुवैका निम्ति उपयुक्त हुन्छ ।
५२ कै बाटोमा विप्लव
०५२ सालमा जुन कार्यनीति लिएर माओवादी युद्धमा होमिएको थियो नेत्रविक्रम चन्द अहिले पनि त्यहि बाटो हिंड्ने सपना देख्दैछन् । यीनीहरुलाई भएको उपलब्धीको रक्षाको कुनै चिन्ता छ्रैन । उनीहरु नयाँ रुपमा आफुलाई परिवर्तन गर्न सकिरहेका छैनन् । यो उनको विचारको जडता हो, समाज परिवर्तनको प्रवाहलाई बुझ्न नसक्नुको परिणाम हो । अब चन्दले ०५२ सालकै बाटोमा हिंड्नु भनेको समाजमा भएको परिवर्तनलाई आत्मसाथ गर्न नसक्नु हो । अँझै समय छ, सिङ्गो माओवादीहरुले  आ–आफ्ना कमिकमजोरी सच्याएर एकता गदै अहिले भएका परिवर्तनलाई संस्थागत गरेर अगाडि बढ्यो भने देश र जनताको हित हुने छ । कम्युनिष्ट आन्दोनप्रति जनताको विश्वास र भरोसा पुनः पलाउने छ l

No comments:

Post a Comment