Monday, July 15, 2019

ओमानमा २०५औँ भानुभक्त आचार्यको जयन्ती भब्यताका साथ मनाईयो

ओमानमा २०५औँ भानुभक्त  आचार्यको  जयन्ती भब्यताका साथ मनाईयो

सालीक राम आचार्य,
२८ असार २०७६  मस्कट  ओमान

ओमानमा २०५  औँ   भानु जयन्ती तथा साहित्य रचना बाचन कार्यक्रम भब्यताको
साथ सम्पन्न भएकाे छ ।
 अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ओमान च्याप्टरले  अलरिफ होटेल
गोब्रामा एक साहित्यिक कार्यक्रम गरेर २०५औँ भानुजयन्ती भब्यताका साथ
मनायकाे हाे । कार्यक्रमको सञ्चालन अन्तर्राष्ट्रिय नेपाली साहित्य
समाजका महासचिव कृष्ण  भुसाल प्यासीले गरेका थिय भने साहित्य समाज ओमानका
अध्यक्ष सुशील पुन विरहीको सभापतित्व, गैर आवासीय नेपाली संघका सचिब डिबि
क्षेत्रीको प्रमुख आतिथ्य र गैर आवासीय नेपाली सोसल क्लब ओमानका अध्यक्ष
सेवन्त पुर्जा पुनको बिशेष आतिथ्यमा सम्पन्न कार्यक्रममा अतिथीको रुपमा
ओमानका क्रियाशील सबै सँघ सँस्थाका प्रतिनिधिहरु, पत्रकार, साहित्यकार र
अन्य साहित्यप्रेमी दर्शकहरुको बाक्लो उपस्थिति रहेको थियो। समाजका
कोषाध्यक्ष तथा समाजसेवी तोलाकान्त भट्टराईको स्वागत मन्तब्यबाट शुरु
भएको कार्यक्रममा अध्यक्ष द्वारा  आदिकबि भानुभक्त आचार्यको जीवनी र
योगदानको बारे प्रकाश पार्दै आफ्ना गजलहरु पनि प्रस्तुत गरियकाे  थियो ।
कार्यक्रममा  प्रमुख अतिथि डिबि क्षेत्रीको मात्र मन्तब्य राखिएको थियो
भने अन्य अतिथीहरुको मन्तब्य राखिएको थिएन सिधै साहित्य सर्जकहरुका रचना
वाचनलाई स्थान दिईएको थियो ।

 ओमानमा भएका साहित्यि कथन कार्यक्रम मध्ये अहिलेसम्मकै भब्य बन्न गएको
यो कार्यक्रममा २२ जनाले जति श्रष्टाहरु थिय । अत्यन्तै राम्रो साहित्यिक
माहौलमा सम्पन्न कार्यक्रमका सहयोगी र सहभागी सबैप्रति आभार प्रकट गर्दै
सभापतिले सम्पूर्ण श्रष्टाहरु लाई सम्मान गरेका थिय ।
 हरि भण्डारी, टुक बहादुर रमदाम, जीवन कार्की, खेम खड्काथोकी, छबिलाल
बस्नेत, कमल पराजुली, ईन्दिरा गुरुङ, सुशील पुन विरही, प्रतीक सँग्रामी,
सोमकृष्ण श्रेष्ठ, कृष्ण भुसाल प्यासी, तोलाकान्त भट्टराई, ओमकार तामाङ्,
शालिकराम आचार्य, यम प्रसाद पौडेल,  हरि न्यौपाने, रञ्जित आचार्य,
लोकेन्द्र सुनुवार लगाएतका
श्रष्टाहरु ले  आफ्नाे प्रश्तुती राखेका थिए ।
साथै अन्तर्राष्टिय नेपाली साहित्य समाज ओमानलाई धन्यबात दिंदै प्रवासमा
रहेर ह२०५औं भानु जयन्तीको मनाउँदै नेपाली  साहित्य रचना सिर्जना लाई
संरक्षण  जगेर्ना तथा बिकास गर्ने को मुल उदस्य का  साथ कार्यक्रम आयोजना
गरि प्रवासमा ओमानमा रहेका नेपालीहरु भित्र लुकेको गुम्सिएर रहेको
सिर्जना लाई प्रस्तुत गर्ने माैका दिएकाेमा  धन्यवाद ज्ञापन गरेका छन तथा
आफु साहित्यकार नभयनि केही मन मा उब्जने कल्पना लाई  सबै को सामु
प्रस्तुत गर्न पाउँदा झनै खुसी भएकाे बताएका थिए ।


















No comments:

Post a Comment