नेपाली महिला समुह ओमानको नेतृत्वमा मादी गुरुङ
सालिकराम आचार्य / मस्कट ओमान
१० साउन २०७६ शुक्रबारका दिन नेपाली महिला समुह ओमानको चाैंथाे अधिवेश सम्पन्न भएको छ । ।
ओमानमा छरिएर रहेका नेपाली नेपाली महिलाहरुका पिडा तथा राेदनहरु लाई समबाेधन गर्ने उदेश्य राखेर नेपाली महिलाहरुका सुखदुःख साटासाट गर्ने र समस्यामा रहेका महिलाहरु लाई राहत दिने काम गरि रहेको नेपाली महिला समुह ओमानकाे चाैंथाे अधिवेश सम्पन्न भएको छ ।
गाेमा थापाको संचालन तथा उमा आचार्य ढुंगानाकाे अध्यक्षता रहेको कार्यक्रमकाे प्रमुख अतिथिमा नेपाली कुटनैतिक निकायकि श्रम सहचारी कृष्णा कुमारी गाैली रहेकी थिईन भने विशिष्ट अतिथिमा नेपाली समाज ओमानका पुर्व अध्यक्ष तथा समाजसेवी गाेबिंद गुरुङ रहेका थिय यसैगरी अन्य अथितिहरुमा ओमानमा क्रियासिल संघ संस्थाका प्रतिनिधिहरु क्रमशः नेपाली समाज ओमान, सगरमाथा समुह, ओमान नेपाली एकता समाज, पर्बासी नेपाली एकता मंच, जन सम्पर्क समिति, नेपाली बुद्ध विजन, नेपाल मगर संघ, तामाङ समाज, गैर आवासीय नेपाली साेसल कल्व, तमु समाज, नेपाल कृष्टीयन फेलाेसीप, दलित एकता संजाल , बिवेकशिल नेपाली दल, अन्तर्राष्ट्रिय साहित्य समाज ओमान, गुल्मी सेवा समाज, पाल्पाली परिवार, बागलुङ सेबा समाज र म्यग्दी प्रबासी संघ लगाएतका संन्थाहरुका प्रतिनिधि अतिथिहरु का् उपस्थिति रहेको थियो साथै प्रवास खबर, लुम्बिनी पाेष्ट, अर्घाखाँची टाईम्स, ऐक्यबद्धता र डि सि नेपालका सम्वादाता तथा ओमान प्रतिनिधि पत्रकारको पनि आतिथ्य रहेको थियोे । माैन धारण राष्ट्रिय गान बाट सुरु गरेको कार्यक्रम लाई प्रमुख अतिथि र बिशेष अतिथि बाट दिप प्रज्याेलित गरि उद्घाटन गरिएको थियोे तथा कुमारी राईले स्वागत मन्तव्य राखेकी थिइन भने उमा आचार्य ढुंगानाले प्रगति तथा मादि गुरुङले आर्थिक बिवरण पेस गरेका थिए ।
नेपाली महिला समुह ओमानले ३३सदस्यीय नयाँ समिति चयन गरेको छ जसमा मादि गुरुङलाई सर्वसम्मतिले अध्यक्षमा चयन गरिएकाेछ तथा गाेमा पाण्डे, सबिता श्रेष्ठ र सारदा तिवारी गरि तिनजना उपाध्यक्षमा चुनेको छ । महासचिवमा गाेमा थापा मगर लाई चयन गरिएको छ भने सचिव गाेमा गुरुङ रहेकि छिन यसैगरी काेषाध्यक्षमा यम कुमारी मगर चुनिएकि छन भने सह काेषाध्यक्षमा कुमारी राई चुनिएकि छिन, तथा सदस्यहरु मा क्रमशः काशी गुरुङ, विमला सुनुवार, मेनुका बि. पी., अास्था गुरुङ, गिता सुनुवार, निर्मला गुरुङ, सान्ति लिम्बू, माया लामिछाने, कुमारी सुनुवार, शान्ता गुरुङ, शिला गुरुङ, शाेभा राई, पुजा राई, रजनी श्रेष्ठ, रमला श्रेष्ठ, सन्जु के. सि., हेमा श्रेष्ठ, चन्दा मगर लगाएका रहेका छन भने संयाेजक चमेली पाख्रीन, अन्जु लामा, विमला भट्टराई, सपना गुरुङ र कुमारी तामाङ गरि पाँच जना सल्लाहकार मा रहेका छन यसै गरि उमा आचार्य ढुंगाना तथा प्रार्बती श्रेष्ठ संरक्षकमा चुनिएका छन ।
नव निर्वाचित समितिलाई शुभकामना दिदै सुशील विरहि पुन मगरले पद गाेपनियताकाे सफद गराएका थिय तथा अन्य संघ संस्थाका पदाधिकारी तथा प्रतिनिधीहरु ले नव कार्य समितिलाई बधाई तथा सफल कार्यकाल का लागी शुभकामना ज्ञापन गरेका थिय तथा दुताबास का तर्फबाट दुतावाशमा चियापान का लागी निम्तो समेत दिईएकाे थियाे ।
उल्लेखनीय प्रवाशी श्रमिक दाजुभाइ दिदिबहिनीहरु उपस्थिति रहेको कार्यक्रमकाे कार्यक्रमकाे मिडिया पाटनर प्रबास खबर तथा डि सि नेपाल डट कम रहेका थिय भने अल मधुसी (ओमान फुड स्टफ एल एल सि) काे प्रायाेजक रहेकाे थियो । ओमानीका घरमा काम गरेर आफ्ना बाल बच्चालाई राम्रो शिक्षा दीक्षा दिईरहेका महिलाहरु ले नेपालमा रहेका पिडितहरु लाई पनि सहयाेग गररिहेका छन । साथै तेस्रो मुलुकबाट खाडीमा छिर्नु प्रने बाध्यता लाई सरकारले सम्वाेधन गराेस तथा प्रवासमा महिलाहरु सुरक्षित छन बरु देशभित्रै महिलाहरुकाे अबस्थामा नाजुक रहेको छ भन्दै सजिलोसँग देस भित्रबाटनै श्रमगरेर आउन पाउने निएम छिटोभन्दा लागुगर्न राजदुतावास मार्फत सम्बन्धित निकाए संग माग गरेको छ। ओमानमा नेपाली महिलाहरु लाई आईपर्ने समस्याहरु काे समाधान हेतु निरन्तर खटिरहने प्रतिबद्धता गर्दै सम्पूर्ण अतिथि तथा जनसमुदाय लाई धन्यवाद दिदै सभा अध्यक्षले अधिवेशन समापन भयकाे घाेषणा गरेकी थिईन ।
































































































































































































































No comments:
Post a Comment