ओमानमा एकैदिन दुई जनाकाे आत्महत्या
शालीकराम आचार्य ओमान,
मस्कट
ओमानको राजधानी मस्कटको एक बहुराष्ट्रिय कम्पनीमा कार्यरत अहमद खान (परिवर्तन गरेको नाम) ले आफु बस्ने काेठामा झुन्डिएर आत्मदाहा गरेका छन ।
एक बहुचर्चित सुपरमार्केटमा काम गर्ने अहमदकाे घर झापा भयकाेर र उनी बिगत चार बर्ष देखि वैदेशिक राेजगारीका सिलसिलामा ओमानमा रहेकाे बताईएकाे छ । निजका आफन्त ले नै सव नेपाल नपुग्दै परिचए नखाेल्न हामीलाई अाग्रह गरेका छन । आफ्नो काम बाहेक कतैपनी ध्यान नदिने तथा चाहिने मात्र बाेल्ने सबैको माजमा घुलमिल हुन पनि संकाेचीत अहमदले गत आईतवार २०७६ साउन ५ गते आत्मदाहा गेरेका हुन भने आत्महत्या गर्नुपर्ने कुनै कारण नभएको उनका आफन्त बताएका छन ।
यसै गरी ओमानकाे स्वर्ग भनेर चिनिने ओमानकाे राजधानी भन्दा एघार सय किलोमिटर टाढा रहेकाे सहलाहमा ईटहरीकी रेणु गुरुङले पनि ५ साउन २०७६ आईतवार झुन्डिएर आत्महत्या गरेकि छिन ।
बिगत १४ मैना देखि ओमानीकाे घरमा काम गर्दै आएकी रेणुका तीन सन्तान रहेका थिए, दुई छाेरा र एक छाेरी थिईन भने उनको एक छाेराले पनि गतबर्ष झुन्डिएर नै आत्मदाहा गरेका थिय जसका कारणले पनि उनलाई चिन्तित बनाउन सक्ने सभावना रहेको बुजिन्छ र आत्माहत्याकाे अर्को संका भने नेपालकाे सहकारी बैंक मा रहेकाेछ, मृतकको क्षेमाका अनुसार उनलेे कुनै साथिकाे रिणका लागि सांची बसेकाे र उक्त रकम लियर रिणीले चुक्ता नगरी फरार भएको ले पटक पटक बैंककाे दबाबमा नै उनी ओमान छिरेको र उक्त बैंक काे कारणले नै मृतक रेणुका छाेराले पनि आत्महत्या गरेको कुरा चलिरहेको बेला अहिले आफुले पनि आत्महत्या गरेको हुन सक्ने आशंका रहेको छ । 

हुनत मृतक रेणु गुरुङले मर्नु अघि लेखेकाे पत्र राेयल ओमानी पुलिसले बरामद गरेको बताईएको छ तर उक्त पत्रमा के लेखिएको छ त्यो भने खुल्न सकेको छैन ।
यस पर्कार का दुबै आत्महत्या एकैदीन भयकाेमा ओमानमा रहेका श्रमिक नेपालीहरु स्तब्ध भएका छन । दुबै जना मृतकको सब नेपाल पठाउने प्रक्रिया चलिरहेको जानकारी नेपाली दुतावासकि श्रम सहचारी कृष्णा कुमारी गाैलीले जानकारी दिएकी छन भने उता अहमदकाे कम्पनीले भने मृतकको सव स्वदेश फृता गर्न नेपाली दुताबाशले समयमै सहयोग नगरी ढिलासुस्ती गरेको पिडित पक्षलाई भनिरहेको जानकारी मृतकका आफन्तले दियका छन । 
No comments:
Post a Comment