Sunday, July 28, 2019

नेपाली समाज ओमानको अधिवेशन सम्पन्न ।

नेपाली समाज ओमानको अधिवेशन सम्पन्न ।


IMG-20190720-WA0093.jpg



सालिकराम आचार्य / मस्कट ओमान


 ३ साउन २०७६ शुक्रबारका दिन नेपाली समाज ओमानको अधिवेशनले मा दिलु रोका लाई सर्वसम्मतिले अध्यक्षमा चुनेको छ ।

ओमानमा 2002 - 2003 तिर कुनै नेपालीहरुको एक आपसमा सम्पर्क समेत नभएको बेलमा नेपाली लाई एक आपसमा जोडन् र नेपालीहरु लाई भईरहेका समस्याको समाधान गर्ने र साउदी  स्थिति नेपाली दुतावास संग समन्वय गर्ने ओमानको पहिलो संथा  नेपाली समाज ओमानको आठौं अधिवेशन सम्पन्न भयको छ । दिलु रोका र तोलाकान्त  भट्टराईको संचालन रहेको महाधिवेशनको अध्यक्षता जीवन कुमार ढुंगानाको रहेको थियो, तथा प्रमुख अतिथिमा नेपाली कुटनैतिक निकायकि श्रम सहचारी कृष्ण कुमारी गौली रहेकी थिईन भने   गैर आवासीय नेपाली संघका सचिब डिबि क्षेत्रीको बिशेश आतिथ्य रहेको थियोे ।
अतिथीहरुमा ओमानमा  क्रियाशील रहेका सम्पूर्ण  संघ संस्थाका प्रतिनिधिहरु र पत्रकारको उपस्थिति रहेको थियोे । नव निर्वाचित समितिलाई  शुभकामना प्रमुख अतिथि नेपाली कुटनैतिक निकायकि श्रम सहचारी कृष्ण कुमारी गौली र  गैर आवासीय नेपाली संघका सचिब डिबि क्षेत्री ले नव निर्वाचित समितिलाई  सफल खुवाएका थिय । अतिथिहरु  नव निर्वाचित समितिलाई  शुभकामना दिएर  अधिबेशनमा उपस्थिति प्रमुख अतिथि र बिसेस अतिथि कार्यक्रम बाट छिटै फर्केपछि  पछि बोल्ने बक्ताहरु सधैं पहिला बोलेर भागे पछि ओमान रहेका अन्य गरिव नेपालीहरु का  दुख वेदना कस्ले शुन्ने भनेर गुनासो गरेका थिय  आफुले सबैको आलोचना गर्ने हरुले सबैका  कुरा र बिचारसुन्न सक्नुपर्छ भन्दै  र अरुका कुरा र ओमामा रहेका समस्याहरु नशुनी भाग्नेहरु लाई दियो मात्रै वाल्न र प्रमुख या बिशेश अतिथि बनायर दुखस् नदिय पनि हुने बताए अर्को बक्ताले जोडे कुटनैतिक निकाए र अन्तर्राष्ट्रिय  गैर आवासीय नेपाली संघको सचिब जस्तो गरिमामय र जिम्मेवार अतिथिले सबैका गुनासा कार्यक्रमको अन्तीम बक्ता सम्म लाई सुनेर सबैका गुनासालाई सम्बोधन गरेरमात्र कार्यक्रम स्थान बाट प्रथान हुनुपर्ने बताएका थियोे आफुले सबैलाई सुरुमै आलोचना गरेपछि सबैको जवाफ  र गुनासाहरु सुनेरै फर्कनु प्रने बताए का थिय । 



 बिशेष अचार गुन्द्रुक लगाएतका नेपाली परिकारहरु   भान्सामा परोसियको थियो । उल्लेखनीय प्रवाशी श्रमिक दाजुभाइ दिदिबहिनीहरु उपस्थितिले हल मा रंङीचङ्गी भयको थियो । कार्यक्रमको मिडिया पाटनर प्रबास खबर तथा डि सि नेपाल डट कम रहेका थिय भने अल मधुसी ९ओमान फुड स्टफ एल एल सि० को प्रायोजक रहेको थियो । ओमानमा नेपालीहरु लाई आईपर्ने समस्याहरु को समाधान मा निरन्तरता दिईरहने प्रतिबद्धता गर्दै  र सम्पूर्ण अतिथि तथा जनसमुदाय लाई धन्यवाद दिदै सभा अध्यक्षले अधिवेशन समापन भयको घोषणा गरेका थियोे  ।











































No comments:

Post a Comment