पाल्पाली महोत्सव ओमान मा
२० असार २०७६ मस्कट, ओमान
ओमानमा भर्खरैमात्र स्थापित भएको पाल्पाली परिवार ओमानले आफ्नो परिचय
दिने उदेस्य सहीत भेटघाट तथा पत्रकार सम्मेलन गरेकोछ । अन्तराष्ट्रीय
स्तरमा जिल्लाको पहिचान कला संस्कृती तथा एैतिहासिक सम्पदाहरु को संरक्षण
तथा प्रबन्धन गर्ने तथा ओमानमा भैपरि आउने समस्याहरु ससमाधान हेतु ओमान
स्थीत कुटनीतीक नीयोग तथा ओमानमा रहेका संघसंस्थाहरु संग हातेमालो गरि
अंगाडी बड्ने उदेस्य सहित ओमानमा कार्यरत पाल्पाका दाजुभाइ दिदि बहिनीहरु
५ जुलाइ २०१९ शुक्रवारका दिन ओमानको राजधानी मस्कटको रुवी स्थीत रेड
टमेटो (रातो गोलभेंठा) रेस्टुरामा सम्पन्न भएकोहो । पाल्पाली परिवार
ओमानका सभापती गणेश प्रशाद पाण्डेको सभापतित्व र कमल पराजुली, हरी
न्यौपानेको संचालन तथा शाबित्रा पोख्रेल पाण्डेको स्वागत मन्तव्य बाट
सुरु भएको कार्यक्रमका प्रमुख अतिथि नेपाली कुटनीतीक नीयोगकी श्रम सहचारी
कृष्णा कुमारी गौली रहेकी थिईन तथा बिशिस्ट अतिथि तथा अतिथिहरुमा ओमानमा
क्रियासिल संघसंस्थाका प्रतीनिधीहरु, समाजसेवी तथा पत्रकारहरुको
उपस्थिती थियो ।
अधिवेसनको घोसणा सभा रहेको थियो जहाँ गणेश प्रशाद पाण्डेको नेतृत्वमा २१
सदस्यसिय पाल्पाली परिवार ओमानको गठन गरियको छ । शुभकामना मन्तब्यका
क्रममा बक्ताहरुले पनी पाल्पा भन्न बित्तीकै ढाकालाइ सम्झथियौ तर धेरै
पर्यटकीय स्थानहरु एैतीहासिक धरोहरहरु को सम्पदाको उचित पर्चार पर्सार
हुनुपर्ने बताएका थिय झट्ट हेर्दा पाल्पाली महोत्सव लागी रहेको थियो
सभाहल चारै तिर पल्पाका मनमोहक दृस्यहरु पाल्पाली खाने कुराहरुका परिकार
ले झनै माहोल एकदमै रमणिय र रोमान्चित बनाएको थियो ।












No comments:
Post a Comment