Sunday, July 28, 2019

सचेतना मार्फत् महिला रक्तदाता बढाउन आवश्यक ः उपप्रमुख खड्गी

सचेतना मार्फत् महिला रक्तदाता बढाउन आवश्यक ः उपप्रमुख खड्गी  




आर्थिक वर्ष २०७५÷०७६ मा  नेपालभर तीन लाख ४५ हजार एक सय एकाउन्न यूनिट रगत वितरण गरिएको छ । गत आर्थिक वर्षको तुलनामा यो करीब ३.६% ले वृद्धि हो । यसमा पुरुष रक्तदाता ८३.९ प्रतिशत र महिला रक्तदाता १६.१ प्रतिशत रहेका छन् । केन्द्रीय रक्त सञ्चार सेवा, काठमाडौँबाट  ५५,९५३  यूनिट रक्त संकलन गरिएको छ जसमध्ये ४६,४०५ युनिट पुरुष रक्तदाताबाट र ९,५४८ यूनिट महिला रगतदाताबाट संकलन भएको छ । यसमा महिला रक्तदाताहरुको हिस्सा १७.०७ प्रतिशत छ । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार  सेवाको ५३ औँ बार्षिकोत्सव समारोहमा आज आयोजित कार्यक्रममा यो जानकारी दिइएको हो । 
कार्यक्रमको समुद्घाटन गर्दै काठमाण्डौँ महानगरपालिकाका उपप्रमुख खड्गी (श्रेष्ठ) ले आफू दुर्लभ रक्तसमूह (बी नेगेटिभ) मा पर्ने भएकोले विभिन्न अस्पतालहरुमा रक्तदाताको रुपमा आफ्नो नाम दर्ता गराएको बताउनुभयो । उहाँले भन्नुभयो ः “६ महिनाको बालक दुर्घटनामा परेको र बी नेगेटिभ रगत चाहिएको बेला मैले गरेको रक्तदानको कारण उसको ज्यान बचेको कुरा म सधैँ सम्झन्छु ।” आफूले २०४२ सालमा रगतदान सुरु गरेको स्मरण गर्दै खड्गीले महिलाहरुलाई नियमित रक्तदान गर मात्र भनेर नपुग्ने भएकोले चेतनाको स्तर बढाउनु पनि आवश्यक रहेकोमा जोड दिनुभयो । 

कार्यक्रमको अध्यक्षता गर्दै नेपाल रेडक्रस सोसाइटीका महामन्त्री देवरत्न धाख्वाले सवै रक्तदाताहरुलाई धन्यबाद दिनुभयो । कार्यक्रममा रक्त सञ्चार व्यवस्थापन समितिको तर्फबाट स्वागत गर्दै चितवनको माडि, कैलालीको टिकापुरमा स्थानीय निकायहरुले रक्तदाता उत्प्रेरणा र विरामीहरुले तिर्नुपर्ने रगतको शुल्कमा सहयोग गरिरहेको जानकारी गराउँदै यस्तो सत्प्रयास देशका सवै स्थानीय तहले गरिदिए घाइते वा विरामीलाई ठूलो राहत हुने बताउनुभयो । 

काठमाडौँ प्रदेश ३ का सभाषद् नरोत्तम बैद्य, नेपाल सरकार, राष्टिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. रुणा झा, व्लोदानका अध्यक्ष सानुबाबु प्रजापति, काठमाडौँ जिल्ला रेडक्रसका सभापति मथुराराम श्रेष्ठ, नेरेसोका कार्यकारी निर्देशक उमेश ढकाल लगायत नियमित रक्तदान गर्ने संघसँस्थाका प्रतिनिधिहरुको कार्यक्रममा उपस्थिति रहेको थियो । 

कार्यक्रममा प्रतिवेदन पेश गर्दै केन्द्रीय रक्तसञ्चार सेवाका निर्देशक मनिताराज कर्णिकारले रक्तदाता उत्प्रेरणा तथा अन्तत्र्रिmया, रक्तदान शिविरका साथै अस्पतालका चिकित्सक तथा स्वास्थ्य कर्मीहरुबीच  रगतको उचित प्रयोग सम्बन्धी कार्यक्रमहरु बढाउन प्रयास भइरहेको तर त्यसको लागि बजेटको पर्याप्तता नभएकोले सवैपक्षलाई सहयोगको आव्हान गर्नुभयो  । उहाँले नेपाल सरकार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, राष्ट्रिय रक्तसञ्चार व्यूरो,  तथा अन्र्तराष्ट्रिय निकायसँग समेत सहकार्य गर्दै रगत आपूर्तिको गुणस्तर व्यवस्थापनमा जोड दिइँदै आइएको जानकारी दिनुभयो । 

गएको आर्थिक वर्षमा दैनिक रक्तदान कार्यक्रम आयोजना गर्ने असन सेवा समिति र लायन्स क्लब अफ लाली गुँरास लगायत साप्ताहिक कार्यक्रम गर्ने पशुपति मारबाडी सेवा संघ, गण्ोशमान सिंह अध्ययन प्रतिष्ठान, देव कर्नर सेवा, लायन्स क्लब अफ चावहिल लामपोखरी र चाबहिल सिटी, रेडक्रसको बौद्ध उपशाखालाई सम्मान गरिएको नेरेसोका सञ्चार निर्देशक दिव्यराज पौडेलले जानकारी दिनुभयो ।  यसका साथै उत्कृष्ट योगदान गर्र्नेे विभिन्न ६७ संघसँस्थाहरु तथा स्वयंसेवकहरुलाई सम्मान गरिएकोमा यस बर्ष केन्द्रीय सेवाकेन्द्र तर्फ सवैभन्दा वढी युनिट रक्तदान गर्ने महिला समुहमा जागरण महिला समूह र एकैपटक सवैभन्दा वढी युनिट रक्तदान गर्ने  ट्रिनिटि कलेज, डिल्ली बजार रहेको पौडेलले बताउनुभयो । 

हाल नेपालको ७३ जिल्लाका निम्न १०८ स्थानमा रक्त सञ्चार केन्द्र तथा एकाइहरू रहेका छन् । आ.व. २०७५÷०७६ मा नेपालभरीमा विभिन्न संघ–संस्थाहरूबाट ४,०२१ वटा घुम्ती रक्त संकलन कार्यक्रम भई रगत संकलन गरिएको छ र सो मध्ये केन्द्रीय रक्त सञ्चार सेवाद्वारा मात्रै १,३२९ पटक विभिन्न संघ–संस्थाहरूबाट घुम्ती रगत संकलन  भएको हो  ।  केन्द्रीय सेवामार्फत जम्मा ५५,९५३ युनिट रक्त वितरण भएकोमा भएकोमा स्वयंसेवी रक्तदाताबाट संकलित ४६,५०० र  सोधभर्ना तर्फ ९,४५३ युनिट रहेको थियो । नेपाल भरी संकलित र वितरित रगतको समूहको तथ्यांक हेर्दा ए, बी, एबी र ओ पोजेटिभको संख्या ९६ दशमलब ९ प्रतिशत रहेको छ भने नेगेटिभ समूहको संख्या ३.१० प्रतिशत देखिन्छ । 

नेपाली महिला समुह ओमानको नेतृत्वमा मादी गुरुङ


नेपाली महिला समुह  ओमानको नेतृत्वमा मादी गुरुङ

सालिकराम आचार्य / मस्कट ओमान

 १० साउन २०७६ शुक्रबारका दिन नेपाली  महिला समुह  ओमानको चाैंथाे अधिवेश सम्पन्न भएको छ ।  ।

ओमानमा छरिएर रहेका नेपाली नेपाली महिलाहरुका पिडा तथा राेदनहरु लाई समबाेधन गर्ने उदेश्य राखेर नेपाली महिलाहरुका   सुखदुःख साटासाट गर्ने र समस्यामा रहेका महिलाहरु लाई राहत दिने काम गरि रहेको  नेपाली महिला समुह ओमानकाे  चाैंथाे अधिवेश सम्पन्न भएको छ ।


गाेमा थापाको संचालन तथा उमा आचार्य ढुंगानाकाे अध्यक्षता रहेको कार्यक्रमकाे  प्रमुख अतिथिमा नेपाली कुटनैतिक निकायकि श्रम सहचारी कृष्णा कुमारी गाैली रहेकी थिईन भने   विशिष्ट अतिथिमा नेपाली  समाज ओमानका पुर्व अध्यक्ष तथा समाजसेवी गाेबिंद गुरुङ रहेका थिय यसैगरी अन्य अथितिहरुमा ओमानमा क्रियासिल संघ संस्थाका प्रतिनिधिहरु  क्रमशः  नेपाली समाज ओमान, सगरमाथा समुह, ओमान नेपाली एकता समाज, पर्बासी नेपाली एकता मंच, जन सम्पर्क समिति, नेपाली बुद्ध विजन, नेपाल मगर संघ,  तामाङ समाज,  गैर आवासीय नेपाली साेसल कल्व, तमु समाज, नेपाल कृष्टीयन फेलाेसीप, दलित एकता संजाल , बिवेकशिल नेपाली दल, अन्तर्राष्ट्रिय साहित्य समाज ओमान, गुल्मी सेवा समाज, पाल्पाली परिवार, बागलुङ सेबा समाज र म्यग्दी प्रबासी संघ लगाएतका संन्थाहरुका प्रतिनिधि अतिथिहरु का् उपस्थिति रहेको थियो साथै  प्रवास खबर, लुम्बिनी पाेष्ट, अर्घाखाँची टाईम्स, ऐक्यबद्धता र डि सि नेपालका सम्वादाता तथा ओमान प्रतिनिधि पत्रकारको  पनि आतिथ्य रहेको थियोे । माैन धारण राष्ट्रिय गान बाट सुरु गरेको कार्यक्रम लाई   प्रमुख अतिथि र बिशेष अतिथि बाट दिप प्रज्याेलित गरि उद्घाटन गरिएको थियोे तथा कुमारी राईले स्वागत मन्तव्य राखेकी थिइन भने उमा आचार्य ढुंगानाले प्रगति तथा मादि गुरुङले आर्थिक बिवरण पेस गरेका थिए । 
नेपाली महिला समुह ओमानले ३३सदस्यीय नयाँ समिति चयन गरेको छ जसमा मादि गुरुङलाई  सर्वसम्मतिले अध्यक्षमा चयन गरिएकाेछ तथा  गाेमा पाण्डे, सबिता श्रेष्ठ र सारदा तिवारी गरि तिनजना उपाध्यक्षमा चुनेको छ ।  महासचिवमा गाेमा थापा मगर लाई चयन गरिएको छ भने सचिव गाेमा गुरुङ रहेकि छिन  यसैगरी काेषाध्यक्षमा यम कुमारी मगर चुनिएकि छन भने सह काेषाध्यक्षमा कुमारी राई चुनिएकि छिन, तथा सदस्यहरु मा क्रमशः काशी गुरुङ, विमला सुनुवार, मेनुका बि. पी., अास्था गुरुङ, गिता सुनुवार, निर्मला गुरुङ, सान्ति लिम्बू, माया लामिछाने, कुमारी सुनुवार, शान्ता गुरुङ, शिला गुरुङ, शाेभा राई, पुजा राई, रजनी श्रेष्ठ, रमला श्रेष्ठ, सन्जु के. सि., हेमा श्रेष्ठ, चन्दा मगर लगाएका रहेका छन भने संयाेजक चमेली पाख्रीन, अन्जु लामा, विमला भट्टराई, सपना गुरुङ र कुमारी तामाङ गरि पाँच जना सल्लाहकार मा रहेका छन यसै गरि उमा आचार्य ढुंगाना तथा प्रार्बती श्रेष्ठ संरक्षकमा चुनिएका छन ।
नव निर्वाचित समितिलाई  शुभकामना  दिदै सुशील विरहि पुन मगरले  पद गाेपनियताकाे सफद गराएका थिय तथा अन्य संघ संस्थाका पदाधिकारी तथा प्रतिनिधीहरु ले नव कार्य समितिलाई बधाई तथा सफल कार्यकाल का लागी शुभकामना ज्ञापन गरेका थिय तथा दुताबास का तर्फबाट दुतावाशमा चियापान का लागी निम्तो समेत दिईएकाे थियाे ।

उल्लेखनीय प्रवाशी श्रमिक दाजुभाइ दिदिबहिनीहरु उपस्थिति रहेको कार्यक्रमकाे कार्यक्रमकाे मिडिया पाटनर प्रबास खबर तथा डि सि नेपाल डट कम रहेका थिय भने अल मधुसी (ओमान फुड स्टफ एल एल सि) काे प्रायाेजक रहेकाे थियो । ओमानीका घरमा काम गरेर आफ्ना बाल बच्चालाई राम्रो शिक्षा दीक्षा दिईरहेका महिलाहरु ले  नेपालमा  रहेका पिडितहरु लाई पनि सहयाेग गररिहेका छन । साथै तेस्रो मुलुकबाट खाडीमा छिर्नु प्रने बाध्यता लाई सरकारले सम्वाेधन गराेस तथा  प्रवासमा महिलाहरु  सुरक्षित छन बरु देशभित्रै महिलाहरुकाे अबस्थामा नाजुक रहेको छ भन्दै सजिलोसँग देस भित्रबाटनै श्रमगरेर आउन पाउने निएम छिटोभन्दा लागुगर्न राजदुतावास मार्फत  सम्बन्धित निकाए संग  माग गरेको छ। ओमानमा  नेपाली महिलाहरु लाई आईपर्ने समस्याहरु काे समाधान हेतु  निरन्तर  खटिरहने प्रतिबद्धता गर्दै   सम्पूर्ण अतिथि तथा जनसमुदाय लाई धन्यवाद दिदै सभा अध्यक्षले  अधिवेशन समापन भयकाे घाेषणा गरेकी  थिईन  ।