Wednesday, September 28, 2016

बैज्ञानिक साम्यवादी व्यवस्था

दुर्गानाथ खरेल

सबै राजनीतिक क्रान्ति र सामाजिक परिर्वतनका आन्तरिक कारण उत्पादन तथा विनिमय प्रणालीमा भएका परिवर्तनहरू हुन । त्यसैले परिवर्तन दर्शनमा खोजेर होइन, अर्थ व्यवस्थामा खोजेर पत्ता लगाउनु पर्छ । पुरानो व्यवस्थाको अन्त्य र नयाँ व्यवस्थाको स्थापना नयाँ उत्पादक शक्तिले ल्याउने नयाँ उत्पादन प्रणालीमा आधारित हुन्छ । पुरानो समाजभित्रका उदीयमान नयाँ उत्पादक शक्तिको अस्तित्व परिपक्व नभएसम्म क्रान्ति सम्पन्न हुन सक्दैन । उदीयमान उत्पादक शक्तिले पुरानो उत्पादक शक्तिसँग मेल नखाने र पुरानोको तुलनामा प्रगतिशील भई जीवन क्षमता उच्च हुने हुनाले पुरानो व्यवस्था हार ब्यर्होन बाध्य हुन्छ । वर्तमान विरोधी वर्गको अस्तित्वमा आधारित समाजका शासक, राजनीतिक प्रभुत्व सांस्कृतिक एकाधिकार तथा बैद्धिक नेतृत्व अनावश्यक भई आर्थिक, राजनीतिक र बौद्धिक दृष्टिले विकासका लागि बाधक सिद्ध भएपछि मात्र नयाँ वर्गविहीन व्यवस्थाको अस्तित्व अनिवार्य रूपमा स्थापित हुने हो । वर्तमान अवस्थामा हजारौँ बैज्ञानिकहरूका प्रयासले, उनीहरूको अनुसन्धानले र अनेकौँ शोध संस्थाहरूका कार्यहरूले विज्ञान प्रविधिमा आमूल परिर्वतन गर्न सम्भव भएको छ । प्रकृतिको उत्पादन क्षमतालाई र मानव निर्मित उत्पादनको क्षमतालाई विज्ञान प्रविधिले बढाएको छ । अहिलेको बैज्ञानिक प्राविधिक युगमा विज्ञान प्रधान मानिने उद्योगहरूका पुरै शाखाहरू अस्तित्वमा आएका छन् । बैज्ञानिक प्राविधिक क्रान्तिले सामाजिक क्रान्तिलाई साम्यवादी उत्पादनको आधार तयार पार्न सहयोग गरेको छ । ऐतिहासिक हिसाबले बाध्यताको संसारबाट स्वतन्त्रताको संसारमा फड्को मार्ने आधार तयार भएको छ । मानव समाजमा सम्पूर्ण काम ज्यालादारी श्रमिकहरूबाट सम्पादन हुने र पूँजीपतिहरू आफै बेरोजगार हुने अवस्थाका कारणले सामूहिक स्वामित्वको स्थापना गर्ने कामका लागि आधार पनि तयार भई रहेको छ । भौतिक अवस्था तयार भए पनि मानसिक र साङ्गठनिक रूपमा अनुशासित हुने अवस्था परिपकव भएको छैन । अहिले पनि प्राध्यापक, वकिल, डाक्टर, इन्जिनियर, बैज्ञानिक, अनुसन्धानकर्ता आदि उच्च प्राविधिकहरूले पँुजीवादी व्यवस्था अन्तर्गत काम गर्ने गरेका कारणले राजनीतिक व्यवस्थालाई आमूल परिवर्तन गरेर साम्यवादी व्यवस्थामा पुर्‍याउन नसकिएको हो ।

ऐतिहासिक प्रकृयामा सामाजिक क्रान्ति र बैज्ञानिक प्राविधिक क्रान्ति दुई परस्पर आश्रित र परिपुरकका रूपमा अगाडि बढेका छन् । उत्पादक शक्तिको रूपमा विज्ञानको महत्वपूर्ण स्थान छ । यन्त्र र उपकरणहरू धेरै पुस्तादेखिका बैज्ञानिकहरूका श्रमका साकार रूप हुन् । अन्य सामाजिक श्रमको तुलनामा विज्ञानमा गरिएको खर्च सानो हिस्सा भए पनि त्यसले तयार पारेको प्राविधिक उपकरणहरूले उत्पादनको विकासमा धेरे उच्च किसिमको उपलब्धि दिन्छन् । हरेक बैज्ञानिक आविष्कार अर्को उच्च स्तरको अनुसन्धानका लागि वा आविष्कारका लागि प्रस्थान बिन्दु हो । त्यसको प्रचार प्रसारले त्योभन्दा उच्च स्तरको अनुसन्धानका लागि आधार तयार पार्छ । हरेक नयाँ यन्त्रको विकास उत्पादक शक्तिको थप प्राविधिक सुधारको आधार हो । उत्पादनको यान्त्रीकरण र स्वचालनले जीवित श्रमको प्रतिस्थापना गर्छ । साधारण श्रम जटिल श्रम गर्दै क्रमशः सबै प्रकारको बौद्धिक श्रमको प्रतिस्थापन हुन्छ । यान्त्रिक इन्जिनियरिङ शारिरिक श्रमको प्रतिस्थापन गर्ने एउटा अंश हो । अहिलेको विश्वमा स्वचालन, बैज्ञानिक तथा प्राविधिक प्रगतिको मेरुदण्ड बनेको छ । स्वचालन उत्पादन प्रकृयाको मात्र नभई महत्व, डिजाइनिङमा स्वचालन बैज्ञानिक प्रयोगको स्वचालन गर्दै बैज्ञानिक तथा प्राविधिक क्रान्तिको प्रमुख अङ्ग बन्न गएको छ । स्वचालनबाट आंशिक रूपले वा पूर्ण रूपले मानव श्रमलाई विस्थापन गरिन्छ । उर्जा, सूचना र अन्य बस्तुहरूबाट मानव सहभागिता विस्थापन हुन्छ । मानव उपस्थिति स्वचालित यन्त्रलाई सामान्य रेखदेख गर्ने कामका लागि मात्र रहन्छ । यान्त्रिक उपकरणलाई इलेक्ट्रोनिक्ससँग जोडेर जटिल प्रणालीहरूको नियन्त्रण गर्दै उत्पादनका सबै शाखा र श्रमका सबै क्षेत्रलाई स्वचालित प्रणालीमा ल्याइएका छन् । सानोदेखि ठुलोसम्म र सरलदेखि जटिल कामहरूसम्म स्वचालित उपकरणहरूको प्रयोगबाट काम सम्पादन गरिन्छ । बौद्धिक श्रमको बढी भूमिका हुने उत्पादनको स्वचालनका लागि बौद्धिक श्रमको क्षेत्रमा पनि विस्तार गर्नु आवश्यकता हुन्छ । इलेक्ट्रोनिक प्रविधिहरूले विश्वमा पहिलो पटक बौैद्धिक श्रमकोे व्यापक यान्त्रीकरण गर्‍यो । अहिलेको बौद्धिक श्रमको यान्त्रीकरणले निरन्तर दोहोरिने दैनिक कार्यहरूलाई अङ्क गणितीय प्रणालीमा प्रस्तुत गर्ने भूमिका निर्वाह गर्दछ । बैज्ञानिक प्राविधिक क्रान्तिको आधारभूत प्रकृति स्वचालन हो ।

विगतमा औद्योगिक क्रान्तिको आधार कोइला थियो । वर्तमान बैज्ञानिक, प्राविधिक क्रान्तिको उर्जाको आधार तेल र ग्यास हुन भने परमाणु बिद्युत गृहमा धेरै बिजुली उत्पादन भएर भविष्यमा त्यसलाई जल बिद्युत गृहमा उत्पादन गरिने बिजुली जति बनाइने छ, बैज्ञानिक प्राविधिक क्रान्तिले नयाँ नयाँ प्राकृतिक सामग्रीहरूलाई व्यावहारिक उपयोगमा ल्याउने काम गर्दछ । अनुसन्धान र प्रयोगहरूलाई नयाँ सामग्रीहरूको भविष्यको प्रगतितिर उन्मुख द्वार भनिन्छ । नयाँ सामग्री र प्रविधिहरूको विविधताले तिनीहरूबाट बनाइने बस्तुहरूको गुण स्तरमा बृद्धि र अन्य धेरै सम्भावनाहरूको ढोका खोल्दछ । रासायिनक उद्योग बैज्ञानिक तथा प्राविधिक क्रान्तिको युगमा नयाँ सामग्रीहरू उत्पादन गर्ने प्रमुख क्षेत्र बन्यो । वर्तमान अवस्थामा विज्ञानमा आधारित रासायनिक उद्योगले विकासका धेरै चरणहरू पार गरी सकेको छ । सुरुमा प्राकृतिक सीमा अन्र्तगत विकास भयो । कार्बनयुक्त प्राकृतिक सामग्रीहरूको विशाल मात्राको उपस्थितिले जैविक रसायन शास्त्रमा परम्परागत कच्चा पर्दाथलाई बिस्थापन गर्न सम्भव बनाए । अहिले प्रत्यक्ष पाइने प्राकृतिक सामग्रीहरूमाथि निर्भरता अत्यन्तै कम भएको छ । प्राकृतिक सामग्रीहरूमाथिको निर्भरतामा आएको कमीबाट यन्त्र प्रविधि र कच्चा पदार्थहरूको उत्पादनका सम्भावनाहरूबीच एकताका साथ अघि बढने काम भई रहेको छ । बैज्ञानिक प्राविधिक कामको सफलताले आर्थिक र समाजिक महत्व राख्दछ । किनभने तिनीहरूको उद्देश्य मानव समाजका आवश्यकताहरूलाई पुरा गर्ने नै हो । कृषिको यान्त्रीकरणले श्रमको उत्पादकत्व बढाउने मानव शक्तिको खर्च घटाउने काम गर्‍यो । उत्पादक शक्तिहरूको विकासमा जैविक प्रविधिले अझै उच्च स्तरको क्रान्तिको सम्भानवना देखाएको छ । त्यसबाट हुने विकास या बिद्युत र कार्बनिक रसायनद्वारा पैदा गरिएको क्रान्तिभन्दा उच्च स्तरको हुने छ । जिन इन्जिनियरिङ, जैविक साइबरनेटिक्स जस्ता जैविक प्रविधिको व्यावहारिक प्रयोग गरेर जीवशास्त्रले जीवित वस्तुको एकाइ कोषिकाको रचनामा प्रवेश गरेर त्यसका प्रकृयाहरूको नियन्त्रण गर्न जान्ने भएपछि उत्पादनको महत्वपूर्ण शाखा जैविक प्रविधि भएको छ । जैविक प्रविधिले मानवका लागि आवश्यक द्रव्य बनाउन जीव र जैविक प्रकृयाहरूको उपयोग गर्दछ । जैविक प्रकृतिहरूको बैज्ञानिक आधारमा सचेतन नियमनले बनस्पति र जनावरहरू दुवैको उत्पादकत्वमा तीव्र बृद्धिका साथै फाइदा दिने खालका खनिज उर्वरक, उर्जा आदिको सदुपयोग हुने बनाउन सक्छ । अबका सम्भावनाहरूले मानव र प्रकृतिको बीचमा आवश्यक सन्तुलन समेत मिलाउने छन् । मानव शरिरमा काम गर्न नसक्ने अवस्थामा रहेका मानव अङ्गहरूलाई अन्य जनावरहरूमा विकसित गराइएका अङ्गहरूले बिस्थापन गर्ने सम्भावना र प्रयोगले पनि व्यावहरिक रूप लिँदै गएको अवस्थामा मानव सर्वश्रेष्ठ जीव हो । त्यसलाई दिर्घजीवी बनाउनमा पनि महत्वपूर्ण उपलब्धि भएको छ ।

अहिलेको संसारमा सूचनाको महत्व र आवश्यकता दिन–प्रतिदिन बढदै गई रहेको छ । सूचना तथा सञ्चार समाजको स्नायु प्रणाली जस्तै हो । सूचना आदान प्रदानले विश्वलाई मानव सभ्यताको सम्पूर्ण इतिहासमा सूचनालाई विशेष सार्वजनिक मूल्य दिने काम गरेको छ । सूचनाको क्षेत्रमा भएको बैज्ञानिक प्राविधिक क्रान्तिको विस्तारले वास्तवमा मानव समाजको बहुमूल्य सम्पत्तिको रूप ग्रहण गरेको छ । विभिन्न राज्यहरूका बीचमा सूचना कोषको वितरण मानव जातिको विकासको वर्तमान अवस्थाको महत्वपूर्ण पक्ष हो । प्राकृतिक र समाजिक उपकरणहरूको बीचमा स्थापना गर्ने सम्बन्धको महत्वपूर्ण र निर्णायक प्रभाव पारेको छ । आधुनिक कम्प्युटरको डिजाइन र निर्माणले सूचनाको भण्डारण, प्रोसेसिङ, पुनप्र्राप्ति तथा नियन्त्रणसँग सम्बन्धित अन्यन्त जटिल समस्याको समाधानलाई सजिलो बनाएको छ । त्यस्तै, यातायात आधुनिक उत्पादनको प्रमुख सङ्घटक अङ्ग हो । समाजको सामान्य जीवन कार्यका लागि अनिवार्य तत्व पनि हो यसको भूमिका र महत्व भौतिक उत्पादनको प्रगति र मानव सभ्यताको विकाससँगै लगातार अघि बढी रहेको छ । उत्पादक शक्तिका विगतमा यति धेरै विकसित रूप भएर सबैका लागि पर्याप्त उत्पादन गर्न सक्ने र निजी स्वामित्व वा धनका लागि खडा हुने अवस्थामा पुगेका थिएनन् । उत्पादक शक्तिहरू अल्पसङ्ख्यक पँुजीपतिहरूको हातमा केन्द्रित भएर बहुसङ्ख्यक जनसमुदाय आधिकारिक सर्वहाराहरूको पङ्क्तिमा धकेलिँदै गई रहेका छन । एकातिर, पँुजीपतिहरूको सम्पन्नताले सुविधामाथि सुविधा थपिँदै जाने र गरिबहरूको अभाव र बिपन्नताले अत्यन्तै दयनीय स्थिति र असह्य अवस्थातिर अघि बढी रहेको छ । सामूहिक प्रयत्नबाट उत्पादन भएका आवश्यकताका बस्तुहरूमा व्यक्तिको अधिकार भएको व्यक्तिगत स्वामित्वमा राख्नु नै यसको मुख्य कारण हो । एउटा वर्गको उन्नतिको सर्त अर्को वर्गको बिपन्नता हुँदै गई रहेको छ । अहिलेको समस्याको समाधान यी सम्पूर्ण उत्पादक शक्तिहरूलाई अल्पसङ्ख्यक पँुजीपति वर्गको हातबाट सम्पूर्ण समाजको हातमा सुम्पनु पर्ने अवस्थामा पुगेको छ । योभन्दा छोटो र सजिलो कुनै उपाय बाँकी रहेको छैन त्यसो गरेर मात्र समस्याको समाधन गर्नु पर्ने अत्यन्तै महत्वको आवश्यकता हो । संसारभरका मजदुरहरूको एकाधिकारी पँुजीपति वर्गका विरुद्ध सचेत सङ्गठित र अनुशासित आन्दोलनबाट मात्र त्यो उद्देश्य पूर्तिको सफल प्रयत्न हुने छ ।

पुरानो सामाजिक व्यवस्थाभित्र हुर्केको नयाँ सामाजिक व्यवस्था अस्तित्वमा आएपछि पनि केही समयसम्म समानान्तर अस्तित्वमा रहन्छन् । उदीयमान शक्ति भएकाले सङ्घर्षमा विजय प्राप्त गरेर पुरानो अस्तित्वलाई नयाँले निषेध गर्दछ । यो प्रकृया महान् सामाजिक क्रान्तिको माध्यमबाट सम्पन्न हुन्छ । बितेका दास व्यवस्था र सामन्ती व्यवस्था दुवैले पनि त्यसरी नै अस्तित्वमा आउने र अस्तित्व गुमाउने गरेका थिए । बुर्जुवा व्यवस्थाले पनि आफ्नो उत्पीडित श्रेणी पार गरेर आफ्नो अभिजात वर्गसँग निरन्तरको आफ्नो सङ्घर्षलाई जारी राख्दै एकपछि अर्को मोर्चामा विजय हासिल गर्दै गएर अन्तमा राज्यसत्ता नै कब्जा गरर आफ्नो सत्ता सञ्चालन गर्ने हैसियतमा गएको थियो । सामन्ती अभिजात वर्ग विरुद्धको बुर्जुवा वर्गको सङ्घर्ष गाउँको विरुद्ध सहरको, भू सम्पत्ति विरुद्ध उद्योगको र प्राकृतिक अर्थव्यवस्था विरुद्ध मुद्रा अर्थ व्यवस्थाको सङ्घर्ष हो । त्यसमा उसको निर्णायक अस्त्र आर्थिक शक्तिका साधनहरू हुन् । ती साधनहरूबाट मुनाफा आर्जन गर्ने मानसिकताको विकास र समाजमा त्यसको प्रभुत्व स्थापना नै हुन् । ती आर्थिक उत्पादनका साधाहरू सुरुमा शिल्पकारी उद्योगको रूपमा रपछि म्यानुफ्याक्चरको रूपमा उद्योगको विकास र वाणिज्यको प्रचारद्वारा निरन्तर विकास र विस्तार हुँदै गए । यो पुरै सङ्घर्षको अवधिमा एउटा सामाजिक श्रेणीद्वारा अर्को समाजिक श्रेणीलाई बढ्नबाट रोक्ने उद्देश्यले बुर्जुवा वर्गलाई उपयोग गर्ने समयसम्म पनि राजनीतिक शक्ति अभिजात वर्गका जमिन्दारहरूको पक्षमा थियो । आर्थिक शक्तिका कारणले बुजुवा वर्ग विजयी भएको थियो । अहिले पनि पँुजिवादी व्यवस्थाभित्र समाजवादी व्यवस्था विकसित भई रहेको छ । यो परस्पर विरोधी वर्गबीचको वर्गसङ्घर्षका कारणले समाजवादी व्यवस्था र सर्वहारा वर्गले अवश्य पनि एकाधिकारी पूँजीपति वर्गको र साम्राज्यवादी व्यवस्था विरुद्ध आफ्नो विजयको झण्डा फहराउने छ । नयाँ सामाजिक व्यवस्थाको उत्पत्तिको कारण नयाँ उत्पादक शक्तिको विकास हो । त्यसैले वर्तमान समयको पँुजीवाद विरुद्ध समाजवादको उत्पत्तिको कारण उत्पादक शक्तिको रूपमा विज्ञान प्रविधिको विकास हो । पँुजीमा आधारित वर्तमान पँुजीवादी सामाजिक व्यवस्थाको विरुद्धमा नयाँ उत्पादक शक्ति विज्ञान प्राविधिमा आधारित समाजवादी व्यवस्थाको निर्माण गर्ने अहिलेको अनिवार्य ऐतिहासिक आवश्यकता हो । पँुजीवादको विरुद्ध समाजवादको सङ्घर्ष हुँदै जाँदा महान् साम्यवादी सामाजिक क्रान्ति भई पँुजीवादको पराजय र समाजवादको विजय सुनिश्चित भई मानव समाज बैज्ञानिक युगमा प्रवेश गर्ने छ । नयाँ उत्पादक शक्तिलाई नयाँ उत्पादक सम्बन्धमा सङ्गठित गरेर मात्र नयाँ सामाजिक व्यवस्था आरम्भ हुन्छ । त्यसैले सर्वहारा वर्गलाई र विज्ञान प्रविधिलाई समाजवादी उत्पादन सम्बन्धमा सङ्गठित गरेर साम्यवादी क्रान्ति सम्पन्न गर्नु पर्छ । यो कार्यभार सवहारा वर्गको अग्रिम दस्ता कम्युनिस्ट पार्टी र क्रान्तिकारी कम्युनिस्टहरूको हो ।
नेपाल कम्युनिष्ट पार्टी (मसाल)
केन्द्रीय कार्यालय
Email : ncpmashal@gmail.com

वक्तव्य

संविधान दिवसको उपलक्ष्यमा नेकपा (मसाल) ले संविधानको कार्यान्वयनको पक्षमा विशेष जोड दिन्छ ।
संविधानको कार्यान्वयनको पक्ष अहिले गम्भीर राष्ट्रिय महत्वको विषय भएको छ । भारतीय विस्तारवादले संविधान जारी भएको लगत्तैपछिदेखि नै त्यसमा संशोधनका लागि जोड दिँदै आएको छ र त्यही उद्देश्य पुरा गर्नका लागि त्यसले नेपाल विरुद्ध नाकाबन्दी लगाउने समेत काम गर्‍यो । भारतीय विस्तारवादको पृष्ठपोषणमा मधेशवादीहरूले संविधानलाई चिरा चिरा पारेर हत्या गर्ने प्रयत्न गरी रहेका छन् । त्यस प्रकारको पृष्ठभूमिमा संविधानको कार्यान्वयनको पक्ष ऐतिहासिक राष्ट्रिय महत्वको विषय बन्न गएको छ । अहिले वास्तवमा संविधानमाथि विभिन्न कोणबाट भई रहेको आक्रमणका कारणले देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डता तथा गणतन्त्र र धर्म निरपेक्षता समेत गम्भीर सङ्कटको स्थिति उत्पन्न भएको छ । त्यही उद्देश्य पुरा गर्न नै त्यसले सत्ता परिवर्तन गरेर नयाँ सरकारको गठन गरेको छ । त्यो सरकारलाई आफ्ना विस्तारवादी र कट्टर हिन्दूवादी उद्देश्यहरू पुरा गर्नका लागि पुरा दबाब दिने छ ।
उपर्युक्त पृष्ठभूमिमा नेपालको राष्ट्रियता, सार्वभौमिकता, अखण्डता तथा गणतन्त्र र धर्म निरपेक्षता समेतको रक्षाका लागि उच्च प्रकारको सतर्कता अपनाउन र व्यापक ऐक्यबद्धता कायम गर्नका लागि नेकपा (मसाल) ले सम्पूर्ण नेपाली जनतासित अपिल गर्दछ ।

मिति ः २०७३ असोज २ गते

मोहनविक्रम सिंह
महामन्त्री
संयुक्त वक्तव्यको राष्ट्रघाती प्रावधान विरुद्ध सङ्घर्ष गरौँ

राम बहादुर बुढा

भारतको राजकीय भ्रमणको सिलसिलामा नेपालका प्रधानमन्त्री पुष्प कमल दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सेप्टेम्बर १६ (भाद्र ३१, २०७३) मा जारी गरेको २५ बुँदे संयुक्त प्रेस विज्ञप्ती नितान्त नेपालको राष्ट्रिय हितका विरुद्धमा छ । त्यो संयुक्त विज्ञप्तीबारे आम नेपाली जनताको बीचमा छलफल चल्नु पर्दछ र नेपाली जनतालाई राष्ट्रघातको विरुद्धमा उभ्याउनेतिर सम्पूर्ण देशभक्त र राष्ट्रप्रेमीहरूले ध्यान दिनु पर्दछ ।

वक्तव्यको बुँदा नं. ११ मा भनिएको छ– “मुख्य अन्तर्राष्ट्रिय विषयहरूमा आफ्ना दुवै देशहरूले एकै प्रकारको धारणा राख्दछन् भन्ने कुरामा दुई प्रधानमन्त्रीहरू विश्वास गर्दछन् । संयुक्त राष्ट्र सङ्घ र अन्य अन्तर्राष्ट्रिय सङ्गठनको व्यापक सुधार गर्ने, विकासोन्मुख देशहरू आदिका बारेमा दुवै देशहरूले संयुक्त राष्ट्र सङ्घ र अन्य अन्तर्राष्ट्रिय मञ्चमा एक–आपसमा निकटको सम्बन्ध राखेर काम गर्ने कुरामा दुई प्रधानमन्त्रीहरूले विश्वास गर्दछन् । संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद्को स्थायी सदस्यताका निम्ति भारतको उम्मेदवारीलाई समर्थन रहेको कुरा नेपाली पक्षले दोहोर्‍याएको छ ।” १९५४ मा डिल्ली रमण रेग्मीले भारतसित गरेको सात बुँदे सहमतिमा नेपालमा हुने चीन र तिब्बतका गतिविधिहरू भारतलाई जानकारी गराउने र तेस्रो देशका सम्बन्धमा एकले अर्कालाई सूचना आदान प्रदान गर्ने भनिएको थियो । तर अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपाल र भारतको अन्तर्र्राष्ट्रिय मुख्य मुद्दाहरूमा एउटै धारणा रहने छ भनेर त्यति बेला पनि सम्झौता भएको थिएन । हुन त सन्धि, सम्झौता र संयुक्त प्रेस विज्ञप्तीमा भिन्नता छ । संयुक्त प्रेस विज्ञप्तीभन्दा सन्धि÷सम्झौता बढी आधिकारिक दस्तावेज मानिन्छ, तैपनि प्रधानमन्त्रीले हस्ताक्षर गरेको वक्तव्य भनेको देशको प्रतिनिधिले गरेको हस्ताक्षर हो । अन्तर्राष्ट्रिय मञ्चमा अन्तर्राष्ट्रिय स्तरका मुख्य मुद्दाहरूमा भारत र नेपालको एउटै धारणा हुने छ भनेर आजसम्मको इतिहासमा कसैले पनि भारतसित हस्ताक्षर गरेको थिएन । त्यसरी प्रम पुष्प कमल दाहालले इतिहासमै राष्ट्रघातको कू कीर्तिमान कायम गरेका छन् ।

देशभक्त नेपालीहरूले १९५० को सन्धिलाई राष्ट्रघाती सन्धि बताउँदै त्यसको खारेजीको माग गर्दै आएका छन् । १९५० को सन्धिमा नेपालले हतियार खरिद गर्दा भारतसित परामर्श गर्ने भनिएको छ । वि.सं. २०४५ मा नेपालले चीनबाट हतियार खरिद गर्दा भारतले आफूसित परामर्श नगरी किन हतियार खरिद गरेको भनेर निहुँ खोजेको थियो, नाकाबन्दीसम्म लगाएको थियो । यदि नेपालले संयुक्त राष्ट्र सङ्घ, सार्क लगायतका अन्तर्राष्ट्रिय मञ्चहरूमा आफ्नो स्वतन्त्र दृष्टिकोण राख्न थाल्यो र त्यो दृष्टिकोण भारतसित बाझियो भने किन सल्लाह नै नगरी आफ्नो बेग्लै धारणा राखेको भनेर भारतले नेपाललाई अप्ठ्यारो पार्नका लागि यो संयुक्त प्रेस विज्ञप्तीले ठाउँ दिएको छ । त्यसैले यो संयुक्त प्रेस वक्तव्य १९५० को सन्धि जस्तै अर्को राष्ट्रघाती कदमको निरन्तरता हो भन्न सकिन्छ । कतिपयले यो वक्तव्यलाई नेपालका निम्ति भुटानीकरणको सङ्ज्ञा दिएका छन् । त्यो भनाइमा सत्यता छ । किनभने भारत र भुटानका बीचमा भएको १९४९ को सम्झौताले भुटानको सुरक्षा भारतले हेर्ने भनिएको छ । अन्तर्राष्ट्रिय मञ्चमा भुटानले त्यही सम्झौताका कारण भारतकोभन्दा बेग्लै मत राख्न नसकी रहेको यथार्थता हाम्रो सामु छ ।

विश्व मञ्चमा नेपाल र भारतको बेग्ला–बेग्लै पोजिसन छ । नेपाल र भारतको बेग्ला–बेग्लै कूटनीतिक प्राथमिकताहरू छन् । भारत र पाकिस्तान चार पटक युद्ध लडे नेपालले कसैको पक्ष लिएन, बरु उनीहरूको मेलमिलापमा जोड दियो । १९६० को दशकको प्रारम्भमा भारत–चीन युद्ध भयो । नेपालले कसैको पक्ष लिएन । अहिले पनि विश्व मञ्चमा कैयौँ अन्तर्राष्ट्रिय मुद्दाहरूमा नेपालको आफ्नै प्रकारको धारणाहरू रहँदै आएका छन् । के नेपालको एक चीन नीति, नेपालले चीनको तिब्बत मामलालाई हेर्ने दृष्टिकोण वा अन्य विषयहरूसित भारतको धारणा ठ्याक्क मिल्दो जुल्दो छ त ? छैन । के भारतले अन्तर्राष्ट्रिय मामलामा नेपालको धारणासित मेल खाने विचार राख्छ त ?

यस्तो अवस्थामा यदि यो संयुक्त वक्तव्यको बुँदा नं. ११ कार्यान्वयन हुने हो भने यसले नेपाललाई भुटानीकरण गर्दै लैजाने नै खतरा छ । बुँदा नं. ११ असंलग्न परराष्ट्र नीतिका विरुद्धमा छ । भारतीय विस्तारवादले नेपालमाथि थिचोमिचो गरी रहेका बेला संयुक्त राष्ट्र सङ्घको स्थायी सुरक्षा परिषदको सदस्यको उम्मेदवारीलाई नेपालले समर्थन गर्नु गलत हो । वक्तव्यको बुँदा नं. १० मा नेपालका प्रधानमन्त्रीले भारतमा प्रधानमन्त्रीलाई नेपालको राजनीतिक इतिहासमा संविधानको घोषणा हुनु सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न एक ऐतिहासिक घटना थियो भनेर बताएको र संविधानलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न वर्तमान सरकारले नेपाली समाजका सबै समूह÷पक्षलाई ल्याउने कोसिस गरेको उल्लेख छ । सोही बुँदामा भारतीय प्रधानमन्त्रीले नेपालको वर्तमान सरकारको त्यस प्रकारको प्रयत्नलाई शुभेच्छा व्यक्त गरेको उल्लेख छ । यस बुँदाबाट भारत नेपालको संविधान निर्माण कार्यप्रति अझै सन्तुष्ट छैन र मधेशवादी जस्ता शक्तिलाई सन्तुष्ट बनाउँm भन्ने उसको स्पष्ट मनसाय छ भन्ने बुझिन्छ । यसरी नेपालको आन्तरिक मामलाको विषयलाई दुई देशको संयुक्त वक्तव्यमा पार्नु एउटा सार्वभौम देशका लागि लाजमर्दो कुरा हो । यो वक्तव्य मार्फत् प्रचण्डले नेपालको आन्तरिक मामिलामा भूमिका खेल्न निम्तो गरेका छन् ।

बुँदा नं. १३ मा विभिन्न विकास निर्माण र परियोजनाहरूको अनुगमन गर्न नेपाल सरकार र नेपालस्थित भारतीय दूतावासका कर्मचारीहरूको संयुक्त संयन्त्र बनाउने भनिएको छ । त्यसो त भारत नेपालको आन्तरिक मामलामा खेली रहेको छ । वक्तव्यको यस प्रावधानले भारतलाई अझै आन्तरिक काम÷मामिलाहरूमा अझै धेरै खेल्ने छुट दिने र उसको दादागिरी बढाउने अवसर खोली दिएको छ ।

बुँदा नं. १६ मा २०१६ डिसेम्बरसम्म रक्सौल–वीरगञ्ज एकीकृत जाँच चौकी निर्माण कार्य पुरा गर्ने, रक्सौल–जोगबनी जाँचचौकी निर्माण प्रगति सन्तोषजनक रहेको मूल्याङ्कन भएको र विराटनगरमा एकीकृत जाँचचौकी निर्माण तुरुन्तै सुरु गर्ने, नेपालगञ्ज र भैरहवामा एकीकृत जाँचचौकी निर्माणमा लागि विस्तृत इन्जिनियरिङ प्रतिवेदन तयार पार्ने आदि उल्लेख गरिएको छ । एकीकृत जाँच चौकी निर्माणले जनताको आवातजावत तथा सामान ओसारपसारमा सहजीकरण गर्ने भनिए पनि भारतीय सुरक्षाकर्मीको उपस्थिति गराउने कुरा नै त्यसको वास्तविकता हो । यसले नेपालको सार्वभौमिकतामाथि असर पार्ने देखिन्छ । विगतको ओली सरकारले बजेटमा एकीकृत जाँचचौकी राख्ने भने पनि ओलीको भारत भ्रमण हुँदा संयुक्त वक्तव्य नै प्रकाशित नभएकाले ती कुराहरू हुन पाएनन् । तर प्रचण्डले वक्तव्यमै उल्लेख गरेर भारतलाई खुशी पार्ने कोसिस गरेका छन् । बुँदा नं. १९ मा पञ्चेश्वर, माथिल्लो कर्णाली र अरूण तेस्रोलाई छिटो निर्माण प्रक्रियामा लैजाने उल्लेख छ । महाकाली सन्धि भएको करिब बिस वर्ष भयो । महाकाली सन्धि भएको केही समयपछि इन्द्र कुमार गुजराल नेपाल भ्रमणमा आउँदा पनि पञ्चेश्वर अगाडि बढाउने भनिएको थियो । तर अगाडि बढ्न सकेन । नेपालमा महत्वपूर्ण परियोजनाहरू अगाडि बढ्न नदिन पनि त्यसरी भारतले कैयौँ प्रोजेक्टहरू ओगटेर बसी रहेको छ ।

माथिल्लो कर्णाली परियोजना जस्ता सस्ता परियोजनाहरू नेपालकै लगानीमा बनाउनु पर्दछ भनेर नेपालमा आन्दोलन चली रहेका बेला प्रचण्डले जसरी संयुक्त वक्तव्य मार्फत् भारतलाई बुझाउने कुरामा पुनः सहमति जनाएका छन् । आम देशभक्त जनताको भावना विपरीत उनले यो काम गरेका छन् । बुँदा नं. २२ मा भारतीय लगानीलाई नेपालमा प्राथमिकताका साथ भित्राउने र त्यसका लागि वातावरण बनाउने र भारतको लगानीलाई सुरक्षा दिने कबुलियत गरेका छन् । प्रचण्डले भारत भ्रमणका क्रममा मोदीसितको जुन संयुक्त वक्तव्य मार्फत् राष्ट्रघात गरेका छन्, त्यो भारतलाई खुशी पारेर सत्तामा रहने नेपाली नेताहरूको परम्परागत चरित्रको पछिल्लो घटना हो । २००७ सालतिर नेपालमा एउटा भनाइ थियो– “नेपालको सरकार दिल्लीको राजनीतिक कारखानामा बन्दछ ।” त्यही कुरालाई पुनः चरितार्थ गर्दै अहिलेको प्रचण्ड नेतृत्वको सरकार बनेको हो । मातृका प्रसाद कोइराला प्रम भएका बेला नेपालमा अर्को भनाइ पनि चर्चामा थियो– “नेहरूलाई रुघा लाग्दा मातृकालाई हाछ्युँ आउँछ ।” सत्तामा बस्ने शासकहरूको त्यो पुरानो चरित्र अझै पनि कायमै छ । जनताको चेतना वा उनीहरूको राष्ट्रप्रतिको दृष्टिकोण नै सबैभन्दा ठुलो कुरा हो । २५ बुँदे सम्झौताका राष्ट्रघाती प्रावधान कार्यान्वयन हुन नदिन जनताको एकता र सङ्घर्षको आवश्यकता छ ।

Saturday, September 17, 2016

अनि गजल केरियो

अनि गजल केरियो

साहित्यपारखी निर्मल पौडेल॥
हाल दोहा कतार॥


पिडा मनमा बेरीयो, अनि गजल केरियो ।
आफ्नो रहर शेरियो ,अनि गजल केरियो ।।
दोबाटोमा भेट हुने ,अन्जान मायालुको ।
हिंड्ने बाटो फेरियो ,अनि गजल केरियो ।।

आफ्नाहरु भग्दैथिए ,जलाई मेरो घर ।
चुप तमाशा हेरियो ,अनि गजल केरियो ।।

आउँछन सुखहरु ,भन्थे बाटो खोलिदे ।

काँडे तारले घेरियो ,अनि गजल केरियो ।


झुकाउनु पर्छ शिर ,अघि बढ्ने रहरमा ।
कहाँ कस्लाई टेरियो ,अनि गजल केरियो ।।

चुनिनुको मजा

चुनिनुको मजा



साहित्यपारखी निर्मल पौडेल॥
हाल दोहा कतार॥


कसैद्वारा चुनिनुको मजा बेग्लै हुन्छ ।
फुल बनी उनिनुको मजा बेग्लै हुन्छ ।।


सिङ्गै संसार जितेजस्तो ऐँठनमा परेजस्तो।
कलाभित्रै थुनिनुको मजा बेग्लै हुन्छ ।।

कहाँ हुन्छ मायाको धुन भन्दै खोज्दै जाँदा ।
ढुकढुकीमै सुनिनुको मजा बेग्लै हुन्छ ।।
सपनाको इन्द्रेणीझैँ यौवनको रहरमा ।
जालसँगै बुनिनुको मजा बेग्लै हुन्छ ।।

दुखै साझा भए के भो बराबरी बाँडेपछि ।
भागसँगै गुनिनुको मजा बेग्लै हुन्छ ।।

Saturday, September 10, 2016

"ओमानमा १५०औं मोती जयन्ती मनाइयो "

"ओमानमा १५०औं मोती जयन्ती मनाइयो "




 अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ओमान च्याप्टर ले हिजो नौ सेप्टेम्बर का दिन एक कार्यक्रमको आयोजना गरि १५० औं मोती जयन्ती तथा श्रष्टा सम्मान कार्यक्रम  मनाएको छ । समाजका अध्यक्ष दिलप्रसाद पौडेल को अध्यक्षतामा सम्पन्न कार्यक्रम को सन्चालन सुशील पुन बिरही ले गर्नुभएको थियो ।
         अमर साहित्यकारहरुको सम्झनामा एक मिनेट मौनधारण पश्चात् नेपाली राष्ट्रिय गान संगै अघि बढेको कार्यक्रम लाई अध्यक्षद्वारा द्विप प्रज्वलन गरि उदघाटन गरिएको थियो भने प्रवासबाट साहित्य यात्रामा निरन्तर डुलीरहने युवा गजलकार तथा समाजका सचिव समेत रहनुभएका श्री नारायण राज चौलागाईं " पाण्डव " लाई खादा ओढाएर  कदर पत्रसहित सम्मान गरिएको थियो । उदघाटन पछि बोल्नुहुदै अध्यक्ष पौडेलले पछिल्लो समयमा निक्कै चर्चा बटुल्नुभएका गजलकार नारायण राज चौलागाईं  समाजमा रहुन्जेलसम्म पुर्‍याउनुभएको योगदानको चर्चा गर्नुहुदै उहाँ जुनसुकै ठाउँ अवस्थामा रहेपनी नेपाली भाषा र साहित्यलाई माथी उकास्न भुमिका खेल्नुहुनेछ भन्ने बिश्वास ब्यक्त गर्नु भएको थियो ।  उक्त अबसरममयमा बोल्नुहुदै गजलकार चौलागाईं ले मलाई यहासम्म आउदासम्म तातेताते बनाई बोल्न सिकाउने एन आर एन ए ओमान र साहित्यिक फुलबारीमा गजलका आकुरा बिकसित बनाउन प्रवासी मन्च ओमान र शसक्त गजलकार सोमकृष्ण श्रेष्ठ ले ठूलो योगदान पुर्‍याउनुभएको उल्लेख गर्नुभएको थियो । बिगत केही समयपहिले गठन भएको यस अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ले पनि मलाई साहित्यिक सफलताको गोरेटोमा डोर्‍याईरहेको स्मरण गराउनुभएको थियो
  । उहाँ ले अगाडि भन्नुभयो आफू जहाँ रहेपनी नपाली साहित्य लाई कलमबाटै थप उर्जा प्रदान गर्नेमा ढुक्क हुन आग्रह गर्नुभएको थियो । उहाँ को कथन थियो आफ्ना केही गजलहरु रेकर्डिङ मा रहेको र केही प्रकाशनको लागि तयार रहेको पनि जानकारी दिनुभएको थियो । 

            उक्त कार्यक्रम मा  अतिथिको आसनबाट गैर आवासिय संघ ओमानका अध्यक्ष दिपक श्रेष्ठ , प्रवासी मञ्च ओमान का उपाध्यक्ष लिलानाथ कोइराला , जनसम्पर्क समिती ओमान का सभापति फर्शुराम पोख्रेल , ओमान नेपाली एकता समाजका सचिव भिम प्रसाद भट्टराई , महिला समूह ओमान कि कोषाध्यक्ष मधु गुरुङ , बुद्ध भिजन ओमान का सल्लाहकार ओमकार तामाङ , तमु समाज ओमानकी उपाध्यक्ष शालु गुरुङ तथा मगर संघ ओमानका अध्यक्ष सुर्य बहादुर थापाले आ - आफ्नो धारणा प्रस्तुत गर्नुहुदै प्रवासमा साहित्यकार को जयन्ती मनाउदै गर्दा साहित्यको मार्ग भेटिने र यसको संरक्षण , सम्बर्द्धन का लागि टेवापुग्ने बिचार ब्यक्त गर्नुभएको थियो भने नारायण राज चौलागाईं को साहित्य यात्राको शुभकामना पनि दिनुभएको थियो ।

          मस्कट स्थित हाईएष्ट माउन्टेन रेस्टुरेन्ट मा आयोजित सो कार्यक्रम मा ओमानका गजलकार एबम कवि हरुले मोती जयन्ती को सन्दर्भ मा आ - आफ्ना रचना बाचन गर्नुभएको थियो ।  बिहान दस बजे बाट सन्चालन भएको उक्त कार्यक्रम मा दर्जनौ दर्शक तथा श्रोताहरुको उपस्थिती रहेको थियो भने गजल कबिताले हल गुञ्जिएको थियो । अन्तमा साहित्यिक यात्रामा साथ दिन इच्छुक ओमान मा छुट्नुभएका नवप्रतिभा हरुलाई पनि समाजमा आवद्ध भएर साहित्यको बिकास गर्न सकिने बताउदै अध्यक्षबाट कार्यक्रम समापन गरिएको थियो |

प्रधानन्यायाधीश - न्याय सेवामा राम्रो काम गर्ने प्रयास गर्छु

प्रधानन्यायाधीश - न्याय सेवामा राम्रो काम गर्ने प्रयास गर्छु 

न्याय सेवामा राम्रो काम गर्ने प्रयास गर्छु – प्रधानन्यायाधीश


प्रधानन्यायाधीश सुशीला कार्कीले न्याय सेवामा आफूले सधैँ राम्रो काम गर्ने प्रयास गर्ने बताउनुभएको छ । नेपाल बार एसोसिएसन, महिला समितिले आज यहाँ आयोजना गरेको कानुन व्यवसायी महिलाको २५ औँ राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उहाँले आफू पदमा रहुन्जेलसम्म राम्रो काम गर्ने प्रयास गर्ने बताउनुभयो । प्रधानन्यायाधीश काकीले भन्नुभयो – “काम गर्दा नेपालमा जस पाइँदैन, आर्यघाटमा पुगेपछि मात्र जस पाइन्छ, आलोचना गरुन्, मलाई वास्ता छैन तर म सधैँ राम्रो काम गर्ने प्रयास गर्छु ।” उहाँले कानुन व्यवसायी महिलाले आफ्नो क्षमता अभिवृद्धि गरी न्यायाधीश बन्न लायक हुनुपर्नेमा जोड दिँदै भन्नुभयो – “तपाईंहरु सक्षम हुनुपर्छ, सङ्घर्षशील हुनुपर्छ, न्यायाधीशमा महिला भर्ती गर्न म तयार छु, न्याय परिषद्ले महिलालाई भर्ती गर्छ ।”

नेपालको नौ महिने जागिर

                 नेपालको नौ महिने जागिर



नेपालको नौ महिने जागिर  


प्रजातन्त्रको उदयपश्चात, नेपालमा राजनीतिक दाउपेचका कारण जनताको पटक पटक रगतको खोलो बग्यो । आमाले छोराछोरी गुमाइन्, छोराछोरीले आमा गुमाए, श्रीमान्ले श्रीमती , श्रीमतीले श्रीमान् तथा बालबालिकाले बावुआमा गुमाए । एकातर्फ जनजाति, मधेसी, दलित, पिछडावर्गकोे नाममा मधेस, पहाड र हिमाललाई तताए भने अर्कोतर्फ विनाशकारी भूकम्प, वर्षांैदेखिका बाढी पहिरोको मार, नाकाबन्दी र प्राकृतिक प्रकोपले पनि जनताहरू पिल्सिनै रहे । मुलुकमा सङ्क्रमणकालीन अवस्थाको अन्त्य हुन सकेको छैन । हाम्रा नेताज्यूहरु कुर्सीको लुछाचँुडीमा व्यस्त छन् । कहिले मन्त्रालय छटुक्रयाउँछन् कहिले जोड्छन् । धन्न हाम्रा बिचरा नेपालका राष्ट्रसेवक कर्मचारीहरू नौ नौ महिनामा मन्त्रालय टुक्रयाउने र जोड्ने कार्यमै व्यस्त छन् । नेपालको इतिहासलाई हेर्ने हो भने, सन् १७९९ देखि हालसम्म पटक पटक गरी ७० जना प्रधानमन्त्री भए । २०४६ सालपश्चात पटक पटक गरी २६ जना प्रधानमन्त्री भए भने नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्र भएपछि ९ जना प्रधानमन्त्री भए । सन् २००८ देखिको प्रधानमन्त्रीहरुको अवधि हेर्ने हो भने गिरिजाप्रसाद कोइराला ८३ दिन, पुष्पकमल दाहाल प्रचण्ड २ सय ८० दिन, माधवकुमार नेपाल ६ सय २२ दिन, भलनाथ खनाल २ सय ४ दिन, बाबुराम भटराई ५ सय ६३ दिन, खिलराज रेग्मी ३ सय ३४ दिन, सुशील कोइराला ९ सय ८ दिन, खड्गप्रसाद ओली २ सय ६८ दिन भएका छन् भने पुष्पकमल दाहाल प्रचण्डको दिनगन्ती सुरु भएको छ ।
 विश्वको इतिहासमा सबैभन्दा कम अवधिको प्रधानमन्त्रीहरुको जागिर सायद नेपालमा नै होला । यसको फाइदा न त देशलाई छ न त नेपाली जनतालाई छ । बरु बाँचुन्जेल भत्ता खान पाइने हाम्रा नेपालका नेताज्यूहरूलाई छभन्दा सङ्कोच मान्नुपर्ने छैन । नेपालमा प्रधानमन्त्रीको पद हासिल गर्न न त टुप्पी कसेर पढ्नु पर्छ, न त खेत बेचेर, न त ऋण काढेर नै पढनु पर्छ । नेपालको इतिहासमा निगाहवाद, नातावाद, कृपावाद, जालझेलवादबाट नै प्रधानमन्त्री भएका छन् । यसको मार नेपाली जनताहरूले खेपरिहेका छन् । प्रत्येक नेपालीले काँधमा २२ हजार रुपैयाँ विदेशी ऋणको भारी बोकिरहेका छन् । राणातन्त्र, राजतन्त्र, प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र सुशासनजस्ता शब्दहरुका अनुभूति नेपालका राजनीतिक दलका कार्यकर्ता र नेताहरुले गरे । विद्यार्थीको नाममा, जातीयताको नाममा, अखण्डताको नाममा देशका संरचनाहरू भत्काइए । सुनौलो भविष्यको कल्पना गरेर विभिन्न आन्दोलनका नाममा होमिएका जनताहरु सधै देशमा गरिबी हट्ने, सशासन आउने, बेरोजगारी समस्या हट्ने शब्दको जालमा अल्मलिइरहे । नेपालका महारथीहरुले सत्तालाई पेसाको रुपमा स्थापित गराए र नेपालमा आफूलाई नौ महिने जागिरका लागि योग्य उम्मेद्वारको रुपमा स्थापित गराउँदै गए । पटक पटक देशको शासन व्यवस्था राजनीतिक पार्टीको हातमा गयो । कहिले शासन व्यवस्था राजालाई बुझाए । कहिले कर्मचारीतन्त्रलाई । विगतका सरकारले न गणतन्त्रलाई संस्थागत गर्न सक्यो न मधेसी दलहरुको असन्तुष्टिलाई सम्बोधन गर्न नै । न त परराष्ट्र सम्बन्धलाई सुमधुर बनाउन सक्यो न त राजनीतिक मुद्दालाई संस्थागत गर्न नै । यो सरकारको हबिगत पनि उस्तै हुन सक्छ । किनकि जालझेलवादबाट स्थापित सरकारले नौ महिनामा जनताका आकाङ्क्षाहरुलाई कसरी सम्बोधन गर्न सक्छ ? यो सरकारले चुनाव गराएर र जनताका आकाङ्क्षाहरुलाई नौ महिनामा पूरा गर्न सक्छ भन्ने के निश्चित छ ? नेपाली जनताको पेट आश्वासनले धेरै पटक भरिइसकेको छ । अब आश्वासन होइन काम चाहिएको छ ।

खोलाजन्य पदार्थले अर्घाखाँची जिल्लाको राजस्वमा थप टेवा पु¥याउने भएको छ

  खोलाजन्य पदार्थले अर्घाखाँची जिल्लाको राजस्वमा थप टेवा पु¥याउने भएको छ 

 खोलाजन्य पदार्थले अर्घाखाँची जिल्लाको राजस्वमा थप टेवा पु¥याउदै

अर्घाखाँची जिल्लामा विकासको गतितिव्रता साथ अघि बढिरहेको छ । विकासको लागि आर्थिक श्रोतको रुपमा नेपाल सरकार तथा विभिन्न दातृ निकायहरु मात्रै रहेको अवस्थामा अहिले जिल्लाका दक्षिणि भेगमा रहेका विभिन्न खोलाहरु बाट खोलाजन्य पदार्थ (ढुङ्गा, गिट्टि, वालुवा र मिस्कट) को संकलन तथा उत्खनन्ले राजस्वमा थप टेवा पु¥याउने भएको छ । जिल्लाका विभिन्न खोलाहरुको अहिले के कति मात्रामा उत्खनन् गर्ने भनेर प्रारम्भिक वातावरणिय परीक्षण (क्ष्भ्भ्) हुदैछ । जिल्लाको दक्षिणी भेगमा पर्ने राप्तीनदि, रङ्गसिङ्ग खोला,चोर खोला, सुकवेल वहबेल गन्धैला खोला, लुङ्गीधौवा खोला, सिलिङ्ग खोला, सुरही खोला, काठे खोला, गुडरुङ्ग खोला, वाणगंगा खोला, भङ्गला खोला, बठेनीतोरीबारी खोला, शीत खोला, खाका बेसी खोला, खोर मोर खोलाहरुको क्ष्भ्भ् गर्न लागिएको जिल्ला विकास समिती अर्घाखाँचीका राजस्व शाखा प्रमुख शेषकान्त घिमिरे ओसनले बताउनुभयो ।

Sunday, September 4, 2016

‘मिसन रअ’मार्फत तराई टुक्र्याउने योजना सार्वजनिक


 ‘मिसन रअ’मार्फत तराई टुक्र्याउने योजना सार्वजनिक

npl map

पाकिस्तानमा समातिएको भारतीय जासुस जसले तराई टुक्राउने भारतको नियत सुनाए
(पाकिस्तानकाे बलुचिस्तान र नेपालकाे तराइ टुक्य्राउन अाफूलार्इ जिम्मा दिर्इएकाे स्विकार गर्ने ‘रअ’काे एजेन्टले पाकिस्तानमा पक्राउ परेपछि दिएकाे बयानमा अाधारित समाचार)
नेपालमा भारतको सूक्ष्म व्यवस्थापनको चर्चा, भारतको खुफिया एजेन्सी ‘रअ’का पूर्वअधिकारी आरके यादवको पुस्तक ‘मिसन रअ’मार्फत तराई टुक्र्याउने योजना सार्वजनिक हुनु र स्वतन्त्र मधेशका लागि चलाइएको अभियानले तीव्रता पाउनु संयोग जस्तै देखिए पनि नयाा घटनाले भने यसलाई पुष्टि गरेको छ । हालै पाकिस्तानको बलुचिस्तानबाट ‘रअ’का उच्च अधिकारी हुसेन मुबारक पटेल भनिने कल्भसन यादव पक्राउ परेपछि नेपालमा स्वतन्त्र मधेशका नाममा मधेश टुक्र्याउने अभियानलाई मूर्तरुप दिन खोजेको कुरा थप पुष्टि भएको छ । ३ मार्च २०१६ मा पाकिस्तानको बलुचिस्तानबाट पक्राउ परेका यादवले पटक–पटक नेपालको तराईमा स्वतन्त्र मधेश पक्षधरसाग भेटेको भनी बयान गरेको जानकारी स्रोतले जनाएको छ । यादवले पक्राउ पर्नुभन्दा पहिले कैयाौ पटक नेपाल आएर तराई क्षेत्रमा स्वतन्त्र मधेश पक्षधरहरुसाग छलफल गर्ने गरेको जानकारी प्राप्त भएको छ । इरानमा व्यापारीको भेषमा बसेका यादवले आफू पाकिस्तानको बलुचिस्तानलाई स्वतन्त्र बनाउने अभियानमा सक्रिय रहेको स्वीकार गरिसकेका छन् ।
फरक नाम र व्यापारीको भेषमा इरानमा बसेका उनी बलुचस्थानमा अस्थिरता पैदा गर्ने जिम्मा लिएर त्यहाा गएका थिए । उनले आफू पटक–पटक नेपालको तराई र श्रीलंका लगायतका मुलुकहरुमा पनि सक्रिय भएको जनाएको स्रोतले स्वाभिमान नेपाललाई जनाएको छ । भारतले नेपालको तराई क्षेत्रलाई टुक्र्याउन खोजेको विषयलाई ‘रअ’कै पूर्ववरिष्ठ अधिकारी आर के यादवले पुष्टि गर्दै पुस्तक प्रकाशन गरेलगत्तै स्वतन्त्र मधेश अभियानलाई सक्रिय बनाउनु र ‘रअ’कै अधिकारीले तराईमा आफ्नो सक्रियताबारे स्वीकार गर्नुले भारतको तराई टुक्र्याउने ‘गेम प्लान’ जारी रहेको पुष्टि हुन्छ । रअका पूर्वअधिकारी यादवले आफ्नो पुस्तकको २६३औं पेजमा सन् १९७५मा सिक्किम मर्जरपछि नेपालमा चीनको बढ्दो उपस्थितिलाई मध्यनजर गर्दै तराई मर्जरको तयारी गरेको, तर सन् १९७७ को निर्वाचनमा मुख्य योजनाकार इन्दिरा गान्धीको पराजय पश्चात् उक्त योजना तत्काल पूरा हुन नपाएको उल्लेख गरेका छन् । 
Image result for old nepal map
यादवको उक्त पुस्तक प्रकाशन भएको लामो समय बित्न नपाउादै तराईलाई नेपालबाट स्वतन्त्र बनाउने पुरानो योजनालाई भारतले पुन: निरन्तरता दिन लागेको यादवको गिरफ्तारी पछि पुष्टि भएको छ । स्वाभिमान नेपाललाई उच्चस्तरीय स्रोतबाट प्राप्त सूचनाअनुसार भारतले सन् १९७१मा तत्कालीन पूर्वी पाकिस्तानलाई टुक्र्याएजस्तै नेपाललाई टुक्र्याउने ‘गेमप्लान’ तयार पारेको छ । उच्चस्तरीय स्रोतका अनुसार पूर्वी पाकिस्तानमा सेख मुजिबुर रहमानलाई जस्तै नेपालमा सीके राउतलाई प्रयोग गरी नेपाल टुक्र्याउने योजनामा भारतले ‘गेमप्लान’ तयार पारेको स्रोतहरुले दाबी गरेका छन् । भारतले भित्रभित्रै रअका उच्च अधिकारी तथा नेपालकै विश्वसनीय भनिएका व्यक्तिहरुलाई समेत प्रयोग गरेर स्वतन्त्र तराईका लागि वातावरण बनाइरहेको सूचना उच्चस्तरीय स्रोतले दिएको छ ।Image result for old nepal map
पूर्वी पाकिस्तान र स्वतन्त्र मधेश आन्दोलनबीचको समानता
पूर्वी पाकिस्तान टुक्रिएर बंगलादेश बन्नुभन्दा पहिले सेख मुजिबुर रहमानले पूर्वी पाकिस्तानलाई स्वतन्त्र बनाउन ६ बुादे एजेण्डा लिएर अभियान सुरु भएको थियो । हाल नेपालको तराईलाई स्वतन्त्र बनाउनुपर्छ भन्ने अभियानका अभियन्ता सीके राउतले पनि रहमानकै शैलीमा समान किसिमका ८ बुादे एजेण्डा नै तयार पारेर अभियान अघि बढाइरहेका छन् । राउतको हालको भूमिका र त्यतिबेला रहमानको भूमिका, तत्कालीन अवस्थामा उनलाई भारत सरकार र रअको सहयोग तथा हालै राउतलाई भारत सरकारले स्वागत गर्नु, रअका अधिकारीसाग उनको सम्बन्ध भएको खुलासा हुनुले राउत पनि रहमानकै शैलीमा बीजारोपण गरिएका विषालु पात्र हुन् भन्ने पुष्टि हुन्छ ।
के हो पूर्वी पाकिस्तानको वास्तविकता ?
भारतबाट पाकिस्तान अलग्गिएपछि पाकिस्तान पूर्वी र पश्चिमी पाकिस्तानमा विभक्त भएको थियो । पूर्वी पाकिस्तानमा विशेष गरी बंगाली मुस्लिमहरुको बाहुल्य रहेको थियो । पूर्वी पाकिस्तानीहरुको नजरमा पश्चिमी पाकिस्तानीहरु शासक जस्तै थिए । बंगालीहरुले हालको पाकिस्तानले आफूहरुमाथि विभेद गरेको, समान अवसरबाट वञ्चित गरेको, एउटै मुलुकभित्र पनि दुई किसिमको व्यवहार गरेको लगायतका आरोपहरु लगाउादै आएका थिए । भर्खर आफूबाट फुटेर पाकिस्तान बनेको कुरा भारतलाई मन परेको थिएन । अर्काेतर्फ पूर्वी पाकिस्तानसाग भारतको अधिकांश भूभाग जोडिएको थियो । त्यसैले भारतले पूर्वी पाकिस्तानलाई फुटाउने ‘गेम प्लान’ सुरु गरेको हो । स्वाभाविक रुपमा पूर्वी पाकिस्तान पश्चिमी पाकिस्तानको तुलनामा कम विकसित, अवसरबाट वञ्चित र केही विभेद पनि थियो । त्यही कमजोरीलाई अवसरमा बदल्दै भारतले शेख मुजिबुर रहमानलाई स्वतन्त्र पूर्वी पाकिस्तानका लागि उक्साएको थियो । पछि भारतकै सहयोगमा रहमानले पाकिस्तानलाई टुक्र्याएर बंगलादेश बनाउन सफल भएका थिए । यस विषयमा आर के यादवको ‘मिसन रअ’मा विस्तृत उल्लेख गरिएको छ ।
पूर्वी पाकिस्तान र शेख मुजिबुर रहमान :
सन् १९२०मा बंगालमा जन्मिएका शेख मुजिबुर रहमान पाकिस्तानमा बंगालीहरुमाथि हुने जातीय र संस्थागत भेदभावको विरोध गरेपछि एकाएक चर्चामा आएका थिए । पूर्वी पाकिस्तानमा उनको प्रभाव बढ्दै गएपछि भारतले पूर्वी पाकिस्तानलाई पाकिस्तानबाट टुक्र्याउनका लागि ठूलो योजना बनायो । पूर्वी पाकिस्तान र पश्चिम पाकिस्तानबीच विवाद बढ्दै गएपछि समस्या समाधानका लागि भन्दै रहमानले सन् १९६६मा ६ बुादे प्रस्ताव सार्वजनिक गरेका थिए । उनले पाकिस्तान समस्या हल गर्न भन्दै ती ६ बुादा सार्वजनिक गरे पनि उनको उद्देश्य पूर्वी पाकिस्तानलाई स्वतन्त्र बनाउनु नै थियो । रहमानले सन् १९७०मा पूर्वी पाकिस्तानलाई स्वतन्त्र बनाउन ‘अवामी लिग’को स्थापना गरी १९७० मा नै अवामी लिगको नेतृत्वमा निर्वाचन लडेका थिए ।
अवामी लिग स्वतन्त्र पाकिस्तानका लागि तयार पारिएको एउटा ‘दस्ता’ थियो । त्यसले प्राप्त गरेको निर्वाचन परिणाम मुलुकको हितमा नभएको भन्दै पाकिस्तानले अस्वीकार गरेपछि पाकिस्तानमा विद्रोह भएको थियो । विद्रोह नियन्त्रणका लागि पाकिस्तानले ‘अप्रेशन सर्चलाइट’ सुरु गरेको थियो । तर भारत सरकारको सहयोग र समर्थन भएकाले रहमानलाई पाकिस्तानले सुरु गरेको ‘सर्चलाइट अप्रेशन’ले खासै असर गरेन । भारतले पूर्वी पाकिस्तानलाई टुक्र्याउनका लागि आफ्ना सुरक्षा निकाय तथा गुप्तचरहरुको सहभागितामा ‘मुक्तिबाहिनी सेना’ तयार पारिसकेको थियो । जसले गर्दा पाकिस्तानले चाहेर पनि पूर्वी पाकिस्तानलाई सागै राख्न सकेन । अन्तत: २६ मार्च १९७१ मा पाकिस्तान टुक्रियो ।
पूर्वी पाकिस्तानलाई टुक्र्याउनका लागि बाहिर रहमानको भूमिका देखिए पनि उनले ल्याएका ६ बुादे प्रस्ताव तथा सैन्य सहयोगसमेत भारतले नै तयार पारेको खुलासा भारत आफैले गरेको छ । रहमानले पूर्वी पाकिस्तान स्वतन्त्र बनाउन ल्याएका ६ बुादाहरु भारतको आन्तरिक मामिला मन्त्रालयका एक अधिकारीले ड्राफ्ट गरेको रअका पूर्व उच्च अधिकारी आर के यादवले ‘मिसन रअ’कोमा पेज १९५ मा खुलासा गरिदिएका छन् । यादवले लेखेको उक्त पुस्तकमा पूर्वी पाकिस्तानलाई स्वतन्त्र बनाउन अस्तित्वमा आएको अवामी लिग नै पछि ‘मुक्तिबाहिनी’को रुपमा देखापरेको र मुक्तिबाहिनी भारतीय गुप्तचर संस्था रअका संस्थापक आर एन काओको अवधारणा भएको समेत उनले उल्लेख गरेका छन् । मिसन रअको पेज नम्बर २३० मा पूर्वी पाकिस्तान टुक्र्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने मुक्तिबाहिनी काओकै अवधारणा हो भन्ने शीर्षक दिएर त्यसमा उनको र रअको भूमिकाको बारेमा लामो चर्चा गरिएको छ । साथै पाकिस्तान टुक्र्याउन भारतले खेलेको भूमिकाको बारेमा उक्त पुस्तकले तथ्यमा आधारित रहेर घटनाक्रमलाई उल्लेख गरेको छ ।
पाकिस्तान टुक्र्याउने बाहिरी पात्रका रुपमा रहमानलाई प्रयोग गरे पनि पाकिस्तान भारतकै योजनामा टुक्र्याइएको विषयलाई भारतका हालका प्रधानमन्त्री नरेन्द्र मोदीले ६ जुन २०१५ मा बंगलादेशको ढाका विश्वविद्यालयमा गरेको सम्बोधनमा समेत पुष्टि गरेका छन् । ‘आफूहरुले कसरी सहजै पाकिस्तानलाई टुक्र्याइदिएर बंगलादेश बनाइदिएको’ भन्दै मोदीले गर्व व्यक्त गरेका थिए । यसरी एउटा पात्रको सिर्जना गरेर भारत पाकिस्तानलाई टुक्र्याउन सफल बनेको थियो ।
यस्ता छन् रहमानका ६ बुादे प्रस्ताव
१. संविधानले लाहोर संकल्पअनुसार संघीय पाकिस्तानको व्यवस्था गर्नुपर्ने, सोही मान्यताका आधारमा संसदीय व्यवस्थाका आधारमा बन्ने सरकारमा मताधिकारको विश्वव्यापी मान्यताअनुसार विधायक सिधै चुनिन पाउनु पर्ने,
२. संघीय सरकारले दुई विषय मात्र हेर्न पाउने, रक्षा र परराष्ट्रबाहेक अन्य विषयको अधिकार संघीय राज्यमा निहित हुनुपर्ने,
३. पूर्वी र पश्चिम पाकिस्तानका लागि छुट्टा छुट्टै मुद्राको व्यवस्था हुनुपर्ने, यदि त्यो सम्भव नभएमा पूरै मुलुकका लागि एउटै मुद्राको व्यवस्था गर्ने, तर पश्चिम पाकिस्तानको राजधानीबाट पूर्वी पाकिस्तानमा उडान गर्न नपाउने प्रभावकारी संवैधानिक व्यवस्था हुनुपर्ने । र यसबाहेक पूर्वी पाकिस्तानका लागि छुट्टै बैंकिङ रिजर्व स्थापना हुनुपर्ने, छुट्टै आर्थिक तथा मौद्रिक नीति अपनाउन पाउनु पर्ने ।
४. राजस्व तथा कर संकलनको अधिकार संघीय इकाइहरुमा निहित हुनुपर्ने, केन्द्र सरकारलाई त्यसको अधिकार नदिने, संघले व्ययभार पूरा गर्न राज्यको करमा भने दाबी गर्न पाउने ।
५. विदेशी मुद्रा आर्जनका लागि दुई राज्यको छुट्टै एकाउन्ट हुनुपर्ने, संघीय सरकारले दुवै राज्यका लागि एक अनुपातमा वा समान रुपले विदेशी मुद्राको व्यवस्था गर्नुपर्ने, आदिवासीहरुद्वारा उत्पादित वस्तुहरुमा दुई राज्यका बीचमा कर लगाउन नपाइने र संविधानले विदेशी मुलुकसाग व्यापार सम्बन्ध बनाउन टेवा पुर्‍याउनु पर्ने ।
६. पूर्वी पाकिस्तानका लागि छुट्टै सैन्य तथा अर्धसैन्य दस्ता र नेभि मुख्यालयको व्यवस्था हुनुपर्ने ।
के हो नेपालको स्वतन्त्र मधेश अभियान ?Image result for old nepal map
स्वतन्त्र मधेश गठबन्धनले तयार पारेको मधेश प्रोफाइलमा उल्लेख भएअनुसार तराई क्षेत्रलाई नेपाल सरकारले सधैं विभेद गरेको भनिएको छ । तराईका जनताहरु आर्थिक, सामाजिक तथा जातीय रुपमा विभेद गरेको, अवसरबाट वञ्चित गरेको र विकासबाट पछि पारेको लगायतका आरोप लगाउादै मधेश र मधेशीहरुको विकासका लागि स्वतन्त्र मधेशको आवश्यकता रहेको र त्यसैका लागि स्वतन्त्र मधेश गठबन्धन अभियान सुरु गरिएको उल्लेख गरिएको छ । सिके राउत प्रमुख रहेको गठबन्धनको अन्तिम लक्ष्य ‘स्वतन्त्र मधेश’ भनिएको छ भने मधेशको छुट्टै झण्डा र राष्ट्रिय गानसमेत सार्वजनिक गरिएको छ ।
को हुन् सीके राउत ?
मधेशलाई स्वतन्त्र बनाउनुपर्छ भन्दै हिाड्ने सीके (चन्द्रकान्त) राउत सप्तरी जिल्लाका बासिन्दा हुन् । बेलायतको क्याम्ब्रिज विश्वविद्यालयबाट पीएचडी अध्ययन पुरा गरेका उनी अमेरिकामा वैज्ञानिकको रुपमा काम गर्दागर्दै सन् २०११ मा नेपाल फर्किएका हुन् । त्यसपछि उनले एकाएक मधेशमाथि विभेद भएको भन्दै स्वतन्त्र मधेशको पक्षमा वकालत गर्दै आएका छन् । तराई क्षेत्रमा खासै जनसम्बन्ध विस्तार गर्न नसकेका राउत नेपालको राष्ट्रिय स्वाधिनताका लागि वीष वृक्ष बन्ने निश्चित छ । 
Image result for old nepal map
स्वतन्त्र मधेश बनाउने राउतका ८ बुदा यस्ता छन्
१. मधेशलाई सार्वभौम र स्वतन्त्र राष्ट्र घोषणा गर्दै अन्तरिम मधेश सरकार बनाउने । जसले राज्यको संक्रमणकालको व्यवस्थापन, प्रशासन निर्माण तथा निर्वाचन गरेर संविधानको मस्यौदा तयार पार्नेछ ।
२. नेपाली आधिपत्यसहितको प्रशासनिक संयन्त्र हटाएर मधेश प्रशासनको स्थापना गर्ने ।
३. नेपाली सेनालाई मधेशबाट हटाएर मधेशी सेनाको स्थापना गर्ने ।
४. सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई हटाएर मधेशी प्रहरीको स्थापना गर्ने ।
५. नेपाल सरकारले मधेशबाट उठाउने गरेका सबै ट्याक्स बन्द गराउने ।
६. मधेशीबाट लिएको भूमि फिर्ता गराउने ।
७. मधेशमा रहेको जमिन, पानी, वन तथा अन्य प्राकृतिक स्रोतमाथिको नेपाल सरकारको नियन्त्रण हटाउने, तथा
८. संयुक्त राष्ट्र संघ तथा विश्वका अन्य सार्वभौम मुलुकहरुमा कूटनीतिक तथा कन्सुलर कार्यालय सञ्चालनका लागि पहल गर्ने लगायत रहेका छन् ।
राउत स्वतन्त्र मधेशका पक्षमा कसरी ‘प्लाण्ट’ गरिए ?
तराईलाई काठमाडौंको विकाससाग तुलना गरी तराई पछि परेको भन्दै यसलाई विभेदको रुपमा लिादै आएको तराईको राजनीतिक नेतृत्वका कारण पहिलेदेखि नै तराई क्षेत्र आन्दोलित हुादै आएको छ । तराईको तुलनामा कर्णाली, हिमाल र पहाड समेत निकै विकट र पिछडिएको वास्तविकतालाई छायामा पार्दै तराईलाई जबर्जस्ती पछि परेको भ्रममा राख्ने प्रवृत्तिका कारण मधेशले पटक–पटक ठूला आन्दोलन सहेको छ । भौतिक पूर्वाधारका आधारमा मधेश हिमाल र पहाडभन्दा अगाडि रहेको मधेशकै बुद्धिजीवीहरु पनि स्वीकार गर्छन् । तर त्यो तथ्यलाई छायामा पार्दै मधेश विभेदमा परेको एकतर्फी रटानका कारण तराई अनावश्यक रुपमा आन्दोलनको शिकार हुने गरेको छ । त्यही अस्थिरताको फाइदा उठाउादै राउतलाई पूर्वी पाकिस्तान टुक्र्याउने रहमानकै शैलीमा भारतले मधेशमा बीजारोपण गरेको स्रोतहरु दाबी गर्दछन् ।Image result for old nepal map
यस बीचमा राउत विखण्डनकारी भूमिका निर्वाह गरेको आरोपमा पटक–पटक पक्राउसमेत परेका छन् । तर प्रहरीले पक्रिादै छाड्दै गरेपछि राउतले आफ्ना गतिविधिप्रति सुरक्षा निकायले कडाइ नगरेको भन्दै थप सक्रियता बढाउादै लगेका छन् । राउतका विरुद्ध विखण्डनकारी भूमिका निर्वाह गरेको भन्दै सर्वाेच्च अदालतमा समेत रिट परेको थियो । तर सर्वाेच्च अदालतका न्यायाधीशहरुले भने राउतले खुल्लमखुल्ला मुलुक टुक्र्याउने चेतावनी र गतिविधि गरिरहादा पनि प्रमाण नपुगेको भन्दै सफाइ दिए । आफ्ना विखण्डनकारी गतिविधिलाई अदालतले समेत नदेखेपछि राउतलाई यस्ता गतिविधि गर्न थप बाटो खुलेको छ । यता स्वाभिमान नेपालको स्रोत भने राउतका गतिविधिमा भारतीय रअको प्रत्यक्ष सहयोग रहेको र उनका गतिविधि सामान्य हुन् भन्ने देखाउन सुरक्षा निकायका उच्च अधिकारीदेखि अदालतमा समेत रअको प्रभाव परेको दाबी गर्छ ।
कसरी चर्चामा ल्याइए राउत ?
पाकिस्तानमा बंगालीहरुमाथि हुने जातीय र संस्थागत भेदभावको विरोध गरेपछि एकाएक चर्चामा आएका रहमान जस्तै तराईमा पनि वैज्ञानिक भइसकेको एउटा युवा कथित मधेशको अधिकारको लागि लागेपछि तराईमा उनीप्रतिको सहानुभूति बढेको थियो । उनले मुलुक विखण्डनसम्बन्धी गतिविधि गरिरहेकै बेलामा पक्राउ परे, तर उनी पक्राउ परेलगत्तै केही मानव अधिकारकर्मीको भेषमा रहेकाहरुले उनी निर्दाेष रहेको भन्दै तत्काल रिहा गर्न माग गरे । उनको गतिविधिलाई जायज भन्दै रिहा गर्न माग गर्नेहरुमा पद्मरत्न तुलाधर, दमननाथ ढुंगाना, वीरेन्द्र मिश्र, खगेन्द्र संग्रौला, सीके लाल, मल्ल के सुन्दर, कृष्ण भट्टचन, कृष्ण हाछेथु, हरि रोका, श्याम श्रेष्ठ, विजयकान्त कर्ण, पासाङ शेर्पा, राजेन्द्र महर्जन, झलक सुवेदी, धीरेन्द्र प्रेमर्षि, गणेश कुमार मण्डल, विमल अर्याल, तुलानारायण साह, अनुभव अजीत, उज्ज्वल प्रसाइा, युग पाठक, चरण मानन्धर, राजेश अहिराज, रवि ठाकुर तथा ज्ञानु अधिकारी थिए । राउतलाई निर्दाेष भन्दै रिहा गर्न माग गर्नेहरुमध्ये अधिकांश विवादित छवि भएका व्यक्तिका रुपमा मानिन्छन् । राउतको रिहाइका लागि माथि उल्लेख गरिएका २५ जना व्यक्तिहरुले संयुक्त रुपमा पहल गरेपछि राउतको चर्चा जताततै हुन थाल्यो ।Image result for old nepal map
त्यसपश्चात् मुलुक विखण्डन गर्न पाउनुपर्ने उनको मागलाई स्थान दिन तत्कालीन एमाओवादी नेता तथा हालका नयाा शक्तिका संयोजक बाबुराम भट्टराईले आफू सभापति भएको संवैधानिक, राजनीतिक संवाद तथा सहमति समितिमा २०७१ भदौ ५ मा सिंहदरबारमै बोलाएर सुझाव दिन लगाए । भट्टराईको आग्रहअनुसार राउत सिंहदरबारमा उपस्थित भई नयाा बन्ने संविधानमा राज्यबाट छुट्टिन पाउने ‘राइट टु सेप्रेशन’को व्यवस्था गर्न माग गरे । उनले सिंहदरबारमा राज्य छुट्टिन पाउने व्यवस्था संविधानमा उल्लेख गर्न सुझाव दिए लगत्तै पुन: आफ्ना गतिविधिमा निरन्तरता दिए । उनका गतिविधिलाई गलत भन्दै सुरक्षाकर्मीहरुले २८ भदौ २०७१ मा राउतलाई पक्राउ गरेपछि समितिका सभापति भट्टराईले नै आपत्ति जनाएका थिए । उनले राउतलाई पक्राउ गरेर राज्यले ठूलो गल्ती गरेको जनाएका थिए । पूर्वप्रधानमन्त्री भइसकेको व्यक्तिले समेत राउतको विखण्डनकारी गतिविधिलाई प्रोत्साहन गर्दै बचाउमा लागेपछि राउत थप चर्चामा आएका थिए । तर स्रोत भन्छ, ‘राउतलाई चर्चामा ल्याउन भारतले नै नेपालका गन्यमान्यहरुलाई प्रयोग गरेको थियो ।’ सामान्य रुपमा मधेश टुक्र्याउन सम्भव नहुने भएकाले राउतलाई रहमानलाई जस्तै चर्चाको चुलीमा पुर्‍याउने र त्यसको आडमा पूर्वी पाकिस्तानकै शैलीमा मधेशलाई पनि अलग गर्ने योजनाअनुरुप राउतको प्लाण्ट गरिएको स्रोतको दाबी छ ।
सेनाको अध्ययनमा पनि राउत ‘प्लाण्टेड विखण्डनकारी’
नेपाली सेनाले केही समयअघि आफ्ना पृतनापतिहरुको बैठकमा तराईमा विखण्डनकारी गतिविधि भइरहेको भन्दै त्यसलाई रोक्नका लागि सरकारको निर्देशनमा परिचालन हुनसक्ने संकेत गरेको थियो । सेनाले राउतको विषयमा अध्ययन गरिरहेको जनाएको छ । आधिकारिक रुपमा सेनाले विखण्डनकारी गतिविधि बारे अध्ययन भइरहेको मात्र जनाए पनि सेनाको उच्च स्रोतले राउतका गतिविधि विखण्डनकारी रहेको भन्दै राउत कतैबाट ‘प्लाण्टेड’ भएको दाबी गरेको छ । सैन्य उच्च स्रोतले सिके राउत कहााबाट ‘प्लाण्टेड’ भएका हुन् भन्नेबारे अध्ययन भइरहेको जनाएको छ । तर उनी कतैबाट ‘प्लाण्टेड’ भएका विखण्डनकारी हुन् भन्ने सेनाको पनि निष्कर्ष रहेको सैन्य स्रोतले जनाएको छ ।
तराईमा ‘मुक्तिबाहिनी’ शैलीमा सैन्य गतिविधि
सीके राउतले स्वतन्त्र मधेशका लागि भन्दै सुरु गरेको अभियानअन्तर्गत पछिल्लो समय उनले सैन्य दस्ता पनि तयार गरिरहेको सूचना तथा केही सञ्चारमाध्यमले तस्बिर समेत सार्वजनिक गरिसकेका छन् । यस्ता गतिविधिलाई उच्च स्रोतले असामान्य भनेको छ । स्रोत भन्छ, ‘पूर्वी पाकिस्तान टुक्रिनुभन्दा पहिले पनि त्यहाा यस्तै गतिविधि भएका थिए ।’ स्रोतका अनुसार तराईमा भइरहेका सैन्य गतिविधिहरु पाकिस्तानमा मुक्तिबाहिनीको शैलीमा भइरहेका छन् । रअले तराईलाई टुक्र्याउनका लागि बहालवाला तथा पूर्वसेनाका अधिकारीहरुसहित ठूलो संख्यामा सैन्य अभ्यास गराइरहेको छ । सबै ढंगले तराईलाई टुक्र्याउने वातावरण तयार पारेपछि पाकिस्तानकै शैलीमा तराईमा पनि सैन्य तालिमप्राप्त व्यक्तिहरुलाई खटाउने र अन्तत: स्वतन्त्र मधेशलाई मूर्तरुप दिने तयारीमा रअ लागेको स्रोतको दाबी छ ।
स्वतन्त्र मधेशको पक्षमा ‘रअ’का अधिकारीको सक्रियता
संविधान निर्माणपश्चात् असन्तुष्ट तराई केन्द्रित दलहरुले लामो समयसम्म गरेको आन्दोलनमा भारत सरकार तथा भारतीय जासुसी संस्थाको संलग्नताका बारेमा भारतका कतिपय सञ्चारमाध्यमहरुले तथ्यगत सामग्री प्रस्तुत गरेपछि तराईलाई अस्थिर बनाउन रअको भूमिका रहेको विषय बाहिर आएको थियो । तर पाकिस्तानमा पक्राउ परेका यादवको पटक–पटकको तराई भ्रमण पछि स्वतन्त्र मधेश समर्थकहरुसाग भेटेको विषयले भने भारतले स्वतन्त्र मधेशका लागि लगानी गरिरहेको पुष्टि भएको छ । मधेश आन्दोलनमा रअको संलग्नताले भारतले आफ्नो आन्दोलनमार्फत नेपाल सरकारमा दबाब सिर्जना गरी स्वार्थ पूरा गराउन खोजेको जस्तो देखिए पनि उसको स्वार्थ स्वतन्त्र मधेशसाग पनि जोडिएको स्पष्ट हुन्छ । नेपालका विषयमा भारतीय विदेश मन्त्रालयबाट जारी हुने विज्ञप्तिहरु तथा भनाइहरुमा ‘भारत शान्त र समृद्ध नेपाल चाहन्छ’ भन्ने गरिएको छ । यससाग भारतको सुरक्षा पनि जोडिएको विषयलाई पटक–पटक उल्लेख गरेको देख्न सकिन्छ । तर नेपाललाई विखण्डन गर्ने योजनाका प्रमुख योजनाकार सीके राउतलाई भारतमा स्वागत गर्नु, उनको योजनालाई सहयोग गर्न रअका अधिकारी यादवलाई पटक–पटक तराईमा पठाएको पुष्टि हुनुले तराईमा स्वतन्त्र मधेशका लागि रअका चलखेलको विषय छताछुल्ल भएको छ । तराईमा रअको योजनाका बारेमा नेपाल सरकार वा सुरक्षा निकायले चासो व्यक्त गरेमा थप रहस्य पनि खुल्ने स्रोतको दाबी छ । यस विषयमा नेपाल सरकार, सुरक्षा निकाय वा नेपाली सुरक्षा संयन्त्रहरुले कसरी पहल गर्छन् त्यो भने हेर्न बााकी नै छ ।
को हुन् कल्भसन यादव ?
१६ अप्रिल १९७० मा भारतमा जन्मिएका कल्भसन यादव मुम्बईका स्थानीय बासिन्दा हुन् । उनी सन् १९८७ मा नेशनल डिफेन्स एकेडेमीमा आबद्ध भएका थिए । त्यसपछि १९९१ मा उनले इन्डियन नेभिको इन्जिनियरिङ ब्राञ्चबाट आफ्नो सुरक्षा करिअर सुरु गरेका हुन् ।
यादवलाई पाकिस्तानी सुरक्षा निकायले बलचिस्तानबाट पक्राउ गरेपछि उनी आफौले भारतीय नेभिमा आबद्ध रहेको र पछि रअका लागि काम गरेको स्वीकार गरिसकेका छन् । यादवले आफू भारतीय संसद्मा भएको आतंकवादी हमलापछि रअका लागि सूचना संकलनमा लागेको जनाएका छन् । भारतीय जासुसी संस्था रअको ४१५५८ सिरियल नम्बरधारी यादव एल ९६३०७२२ नम्बरको भारतीय पासपोर्टसहित पाकिस्तानमा पक्राउ परेका हुन् । उनको कोड नाम ‘हुसेन मुबारक पटेल’ रहेको समेत पाकिस्तानी सुरक्षा निकायले पुष्टि गरिसकेको छ ।
उनले आफू सन् २००३ बाट रअमा आबद्ध भएको र पाकिस्तानको बलुचिस्तानमा आफ्नो अप्रेशन सञ्चालन गर्न इरानमा सानो व्यवसाय सुरु गरी बसेको र यस बीचमा नेपाल, श्रीलंका र बंगलादेशलगायतका मुलुकमा पनि जाने गरेको उनले जनाएको स्रोतहरुबाट बुझिएको छ । आफू विशेषगरी पाकिस्तानको बलुचिस्तान स्वतन्त्र बनाउने योजनाका लागि त्यहाा खटिएको स्वीकार गरेको भिडियो क्लिप्स समेत पाकिस्तानी सुरक्षा निकायले सार्वजनिक गरेको छ । त्यहाा बसेर उनले पाकिस्तानमा अस्थिरता कायम गर्ने जिम्मेवारी सम्हालेको खुलाएका छन् । उनै यादव पक्राउ पर्नुभन्दा पहिले स्वतन्त्र मधेश अभियानलाई सहयोग गर्न कैयाौ पटक नेपालको तराई क्षेत्रमा भ्रमण गरेको कुरा स्वाभिमान नेपालसाग स्रोतहरुले दाबी गरेका छन् ।
(निमकान्त पाण्डे/ वसन्त खड्काको को खोजमुलक लेख स्वाभिमान डटकमबाट साभार )

डाहा गर्लान



डाहा गर्लान





निर्मल पौडेल




देखेर त्यो तिम्रो रुप परीहरु डाहा,गर्लान !!!


कति राम्री भन्दै सबै आहा आहा गर्लान !!!




रुपकी रैछौ रानी तिमी माँयाको झन खानी !!!




मिठो बोली लजाउने त्यो झनै राम्रो बानी !!!



लुकी लुकी हेर्ने गर्थे पानी पँधेरोमा !!!




दिप बनी प्रकास दिन्थे सँधै अँधेरोमा !!!






देखेर त्यो तिम्रो रुप परीहरु डाहा,गर्लान !!!




कती राम्री भन्दै सबै आहा आहा,गर्लान !!!






तीजको अवसरमा युएईमा रक्तिमको रमाइलो

   तीजको अवसरमा युएईमा रक्तिमको रमाइलो
                                               
उमाकान्त पाण्डे/उज्यालो 
 उडी हिँड्ने बादल जस्तै मेरो जीवन कथा, जता लान्छ हुरीले जान्छु त्यतै त्यता ।
कहिले कालीको बगरमा त कहिले कतारको खाडीमा, कहिले कर्णाली बचाउँ भन्दै त कहिले राष्ट्रियता बचाउन । सांगीतिक प्रस्तुती मार्फत जन आव्हान गर्दै हिँड्ने गायक जीवन शर्मा शुक्रबारका दिन यसो भन्दै आफ्नो यात्राबारे उपस्थितलाई जानकारी गराउँदै हुनुहुन्थ्यो । 
दर्शकले पनि थपिदिए, 
बादल त उड्छ, डुल्छ घुम्दै आकाश चारघेरा भरी 
जहाँ जहाँ जानुस् बस्ने त उही जनताकै मनभरी ।
दर्शकको बाक्लो उपस्थिती रहेको सभाहल भित्र जब रक्तिमका कलाकार प्रवेश गरे, लाग्थो, हामी दुई हप्ता अघि राजधानीमा रक्तिमले आयोजना गरेको कर्णाली बचाउँ अभियानमै छौं । गायक शर्माले श्रम बेच्न विदेशिएका नेपाली माझ फेरी उस्तै शब्द गुन्जाए ।   
छैन मेरो शरीरमा अत्तरको सुगन्ध 
होला बरु जिउभरी पसिनाको गन्ध 
होलान मेरा खुट्टाहरु भतभती फुटेको
तर मेरो जिन्दगी यसैमा उठेको । 
उपस्थित दर्शकको गडगडाहट ताली लगाए ।  जनताको पक्षमा शासक वर्गको विरोध गर्दै आफ्ना भाका गुन्जाउने शर्माले फेरी गीति भाकाले नेताहरुलाई व्यंग्य गर्नुभयो । 
कालो धन थुपारेर ढल्की हिंड्नु भन्दा 
हलो जोत्नु गिट्टी कुट्नु होला राम्रो धन्दा 
होला बरु झुपडीमा भोकै बस्नु राम्रो 
बितोस बरु जिन्दगी पसिनामै हाम्रो ।  
शर्माले आफ्ना चर्चित भाकाहरु सिमली छाँयामा बसी, कोही साथी सागर पारीलगायत आधादर्जन गीत गाउनुभयो । उहाँले गाएका गीतहरुमा दर्शकले उठेर नाचेर सहयोग गरेका थिए ।  नेपालबाट आएको रक्तिम कलाकारको टोलीले सीमा पारी, मिनी ओपेरा प्रस्तुत गर्दा उपस्थित दर्शकका आँखा रसाएका थिए ।
घरको छानो चुहिएर ओत लाग्ने ठाउँ नभएको बेदनाको पोको परदेशिएको परिवारको सदस्यलाई पुराएको अभिनय प्रस्तुत गर्दा दर्शकका आँखा रसाएका हुन । रक्तिमका केन्द्रीय सल्लाहकार तथा प्रगतिशिल पत्रकार संघका अध्यक्ष नारायण शर्मा, रक्तिमका केन्द्रिय कलाकार सुमन रोकामगर र ज्योती फौजामगरले अभिनय गरेका थिए । सुमन र ज्योति मगरका अलग अलग नृत्यलाई धेरै दर्शकले रुचाएका थिए । जनबादी तीज गीतको नृत्यले उपस्थित दर्शकलाई जुरुक्कै उठाएको थियो । 
युएईमै रहेर लामो समय यता रक्तिम अभियानमा होमिएका कलाकार रक्तिम युएईका अध्यक्ष डम्बर भण्डारी, कोषाध्यक्ष सीता श्रीष, चुमान काउचा मगर, बसन्त थापा, करण कुँवरलगायतले प्रस्तुती देखाएका थिए । अध्यक्ष डम्बर भण्डारी र सीता श्रीषले प्रस्तुत गरेको गीति नाटकले दर्शकलाई भावुक बनाएको थियो । 
यो सबै व्यवस्थापन युएई नेपाली एकता समाजले प्रगतीशिल तीज विशेष कार्यक्रमको अवसर पारेर मिलाएको थियो । नेपालबाट आएका रक्तिम कलाकारहरुको प्रमुख आतिथ्यता, नेपाली दूतावासका तृतीय सचिव पदम राज बोगटीको विशेष आतिथ्यता, विभिन्न संघसस्थाका प्रतिनिधि, व्यवसायीहरु र झन्डै ६ सय नेपाली कार्यक्रममा उपस्थित थिए । 

नेपाली महिलाहरूको महान पर्व तिजको अवसरमा ओमान नेपाली एकता समाज महिला बिभागद्वारा आयोजित "प्रगतिशील तीज बिशेष कार्यक्रम"का फोटाहरु


नेपाली महिलाहरूको महान पर्व तिजको अवसरमा ओमान नेपाली एकता समाज महिला बिभागद्वारा आयोजित "प्रगतिशील तीज बिशेष कार्यक्रम" सेप्टेम्बर ०२ तारिखका दिन भब्य रुपले सम्पन्न भएको छ ।
नेपाली दूतावासका कार्यबाहक राजदूत रोजिना ताम्राकार ज्यूको प्रमुख आतिथ्यमा महिला बिभागकी अध्यक्ष गीता लिम्बूको सभापतित्वमा सम्पन्न सो समारोहको सञ्चालन कमला खनाल र लक्ष्मी रायमाझीले गरेकी थिईन् बने स्वागत मन्तब्य कार्यक्रम संयोजक मनु सुनारले राखेकी थिईन् । फोटाहरु को संकलन
 Read more athttp://shalikrama.blogspot.com/
सालिक राम आचार्य मस्कट ओमान  




































































































































































































































































नेपाली महिलाहरूको महान पर्व तिजको अवसरमा ओमान नेपाली एकता समाज महिला बिभागद्वारा आयोजित "प्रगतिशील तीज बिशेष कार्यक्रम" सेप्टेम्बर ०२ तारिखका दिन भब्य रुपले सम्पन्न भएको छ ।
नेपाली दूतावासका कार्यबाहक राजदूत रोजिना ताम्राकार ज्यूको प्रमुख आतिथ्यमा महिला बिभागकी अध्यक्ष गीता लिम्बूको सभापतित्वमा सम्पन्न सो समारोहको सञ्चालन कमला खनाल र लक्ष्मी रायमाझीले गरेकी थिईन् बने स्वागत मन्तब्य कार्यक्रम संयोजक मनु सुनारले राखेकी थिईन् । फोटाहरु को संकलन
 Read more athttp://shalikrama.blogspot.com/
                                                                                   सालिक राम आचार्य मस्कट ओमान