ओमानमा जनवादी देउसीभैलो कार्यक्रम सम्पन्न, भारतीय नाकाबन्दीको जोडदार बिरोध
शुभ-दिपावली~२०७२ को अवसरमा ओमान नेपाली एकता समाज अलखुवैर एरिया समितिको आयोजनामा शुक्रवार देउसीभैलो सहित शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

अन्तर्राष्ट्रीय नेपाली एकता समाजका कोषाध्यक्ष शोभाकान्त लामिछाने ज्यूको प्रमुख आतिथ्य तथा अलखुवैर एरिया समितिका अध्यक्ष दिल प्रसाद पौडेलको अध्यक्षतामा नेपाली राष्ट्रिय गान र सहिदहरु प्रति एक मिनेट मौनधारण पश्चात् अघि बढेको सो समारोहको सञ्चालन इन्दिरा गुरुङले गरेका थिए भने लक्ष्मण हमालले स्वागत मन्तब्य राखेका थिए ।
प्रमुख अतिथि
शोभाकान्त लामिछानेले आज हामी यसरी तिहार मनाई रहँदा हाम्रो मुलुक र जनताले
भने अत्यन्तै संकटपूर्ण अवस्थाको सामना गर्न परिरहेको र भारतले नेपालको
संविधान सभाको करिब नब्बे प्रतिशत बहुमतद्वारा जारी संविधान माथि शंसोधन
गर्नु पर्ने शर्त सहित जारी राखेको नाकाबन्दीले स्पष्ट रुपमा नै नेपालको
राष्ट्रिय स्वाधीनता माथि हस्तक्षेप गरिएको प्रमाणित भएको बताउदै हामी
प्रवासबाट पनि यसको बिरुद्ध सशक्त रुपले आवाज उठाउँदै हामीले आफ्नो
स्वाभिमानलाई कहिल्यै पनि झुक्न दिन नहुने सन्देश नेपाल सरकार समक्ष
पर्याउनु पर्ने आवश्यकता औल्याउदै यो दीपावलीले सबैलाई आफ्नो राष्ट्रीयता
प्रति समर्पित रहन प्रेरण मिलोस् भन्ने शुभकामना ब्यक्त गर्नु भयो । 
ओमान नेपाली एकता समाजका केन्द्रीय अध्यक्ष छबिलाल बस्नेतले हामीले प्रवासमा रहेपनि हाम्रो बिभिन्न चाडपर्वहरुलाई सम्झिदै बेलाबखत मनाइँदै आइरहेका छौ भन्दै अलखुवैर एरिया समितिले शुभकामना आदानप्रदान सहितको देउसीभैलो कार्यक्रम आयोजना गरेकोमा धन्यवाद दिंदै एकता समाजका प्रत्येक एरिया तथा बिभागहरुले बिभिन्न कार्यक्रमको आयोजना गर्दै संगठनलाई अझ सक्रिय बनाउन सकिने र सदस्यहरुको ब्यक्तित्व बिकासमा समेत मद्दत पुग्ने बताउनु भयो । भारतले गरेको नाकाबन्दीको कारण भोगीरहेको कठिनाईका बावजूत पनि नेपालीहरु हाँसोख़ुशीका साथ चाडपर्व मनाई रहेको बताउदै जस्तो सुकै समस्यामा पनि नेपालीहरु रम्न सक्ने सन्देश बिश्वलाई नै दिईरहेको र भारतीय हस्तक्षेपको बिरुद्ध आम प्रवासी नेपालीहरु एकजुट हुनु पर्ने कुरामा जोड दिनु भयो ।
रक्तिम अभियान ओमानद्वारा "मधेसी पहाडी हिमालका हिमाली
सयौ जाति जनजाति हामी सबै नेपाली" बोलको गीत सहित अघि बढेको सांस्कृतिक
कार्यक्रममा रक्तिम कलाकारहरुद्वारा रोचक देउसी भैलो गीत र नाच प्रस्तुत
गरिएको थियो । "कस्तो होला नेपालको चित्र यही कुरा खेल्दैछ मनभित्र", "
पानी पिउदै बसौला नदीको, मुखै हेर्न मन छैन मोदीको" जस्ता गीतका टुक्कामा
कलाकारहरुसंगै दर्शकहरु पनि नाचेका थिए ।
"जहाँ भोको पेटले दानापानी
मागेको हुन्छ, अन्याय र अत्याचारले जहाँ सिमा नाघेको हुन्छ त्यहाँ फुट्छ
ज्वालामुखी" बोलको जोशिला गीत र नृत्यले साँच्चै नै नाकाबन्दिले आक्रान्त
नेपाली जनतालाई हौसला प्रदान गरिरहेको आभाष हुन्थ्यो भने सम्पूर्ण
दर्शकहरुले ताली बजाई समर्थन जनाई रहेको थियो । "पयौ फुल्दा त्यो लेक
लेक...सयपत्री फुल्दा तिहारको बेला भाई मेरो कहाँ डुल्दैछ" बोलको गीत तथा
नृत्यले सबैलाई भाबुक बनाएको थियो ।
यसरी नै "नेपाली माटोले भन्छ
तिमीलाई", "सामन्तले नौ जाल बुन्छ आखिरीमा जनताकै जित हुन्छ ", "पसिना
हाम्रो बगेर गयो धनको आशैमा"," उठ बेली उठ चमेली", "म निर्धाको गाथा लेखेर"
जस्ता मार्मिक र जोशिला गीतहरुमा प्रस्तुत नृत्य र अभिनयले कार्यक्रमलाई
अझ रोचक बनाएको थियो ।
सो कार्यक्रममा महिला बिभागकी अध्यक्ष लक्ष्मी
रायमाझी, रक्तिम ओमानका अध्यक्ष नारायण ज्ञवाली, केन्द्रीय सचिब राम कुमार
चौधरी, रुवी एरिया समितिका अध्यक्ष टंक आचार्य, घाला एरिया समितिका अध्यक्ष
लोकेन्द्र सुनुवार, सीब एरियाका अध्यक्ष दिल बहादुर बिक, भानुभक्त
द्विषतबार्षिकी समारोहकी अध्यक्ष मुना नेपाल, अर्घाखाँची टाइम्सका पत्रकार
शालिकराम आचार्य लगायतका अतिथिहरुले शुभकामना मन्तब्य राखेका थिए । 
कार्यक्रम सभापति दिल प्रसाद पौडेलले संस्कृतिको नाममा आज अश्लिता र छाडापन
मौलाई रहेको र यस्तै जनवादी गीत संगीतद्वारा जनचेतना जगाउनु अहिलेको
आवश्यकता भएको हुनाले यो कार्यक्रमको आयोजना गरिएको बताउदै कार्यक्रम सफल
पार्न उपस्थिति जनाई दिने सबै महानुभावलाई हार्दिक धन्यवाद दिंदै कार्यक्रम
समापन गरिएको थियो ।



No comments:
Post a Comment