एकता समाज घाला एरिया समितिद्वारा बक्तृत्वकला
प्रतियोगिता सम्पन्न-

मस्कट,
"प्रवासी नेपालीहरुको समस्या र एकता समाजको भूमिका" बिषयमा ओमान नेपाली एकता समाज घाला एरिया समितिको आयोजनामा समाजका बिभाग तथा एरिया समितिका सहभागीहरु सम्मिलित बकतृत्वकला प्रतियोगिता शुक्रवार कुरुम पार्कमा सम्पन्न भएको छ ।
घाला एरिया समिति 'ए'का कोषाध्यक्ष कुर्वान अलीको सञ्चालनमा एरिया उपाध्यक्ष झबिन्द्र भूषालको अध्यक्षतामा सम्पन्न सो प्रतियोगितामा नौ जना प्रतिस्पर्धीहरुको सहभागीता रहेका थिए । अन्तर्राष्ट्रीय नेपाली एकता समाजका कोषाध्यक्ष शोभाकान्त लामिछाने तथा ओमान नेपाली एकता समाजका केन्द्रीय अध्यक्ष छबिलाल बस्नेत निर्णायक रहेको सो प्रतिस्पर्धमा रुवी एरिया समितिका टंक आचार्य प्रथम, अलखुवैर एरिया समितिका दिल प्रसाद पौडेल द्वितीय र महिला बिभागकी कमला खनालले तृतीय स्थान हासिल गरेका थिए ।
निर्णायक शोभाकान्त लामिछाने ज्यूले यो प्रतियोगिताले प्रतियोगीहरुको
बकतृत्व कलामा बृद्धि हुने तथा उनिहरुले केही नयाँ ज्ञान हासिल गरेको साथै
उनीहरुमा भएको कमिकमजोरीहरुलाई सच्याउने मौका समेत मिलेको र आगामी दिनमा
यस्ता कार्यक्रमहरु लाई अन्य एरिया तथा बिभागहरुले पनि अझ बृहत् रुपमा
आयोजना गर्नु पर्ने कुरामा जोड दिनु भयो । प्रतियोगीहरुको सम्बोधन,
बिषयबस्तुमाथि केन्द्रित र समापन शैलीलाई हेरेर आफुले तीन जना विजेताहरुको
छनौट गरेतापनि सबै जनाको प्रयास अति नै उत्साहजनक र सबैको भनाई तार्किक र
गहन रहेको उनले बताउनु भयो ।अर्का निर्णायक तथा अतिथि ओमान नेपाली एकता समाजका केन्द्रीय अध्यक्ष छबिलाल बस्नेतले ओमान नेपाली एकता समाजले ओमानमा रहेका नेपाली दाजुभाई तथा दिदीबहिनीहरु माझ स्थापना कालदेखि नै सामूहिक हित सर-सहयोगको भावनालाई महत्व दिंदै आइरहेको र आफ्ना सदस्यहरुको ब्यक्तित्व बिकासको लागि पनि ध्यान केन्द्रित गर्दै बेलाबखत बिभिन्न कार्यक्रमहरु आयोजना गर्दै आइरहेको भएतापनि बकतृत्वकला प्रतियोगिता भने पहिलो चोटी आयोजना गरिएकोमा आयोजक घाला एरिया समिति 'ए' लाई हार्दिक धन्यवाद दिंदै आगामी दिनमा पनि निरन्तरता दिनु पर्नेमा जोड दिनु भयो । उहाँले बिगतका दिनहरुमा यहाँ नेपाली महिलाहरुलाई नेपालीहरुले नै हेर्ने दृष्टिकोण र ब्यवहार नराम्रो भएतापनि अहिले आएर त्यसमा परिवर्तन भएको र त्यसको लागि एकता समाजको भूमिका महत्वपूर्ण रहेको बताउनु भयो । एकता समाजले महिलाहरुलाई सम्मानजनक रुपमा हेरिएको र यी कुराहरु सम्पूर्ण सदस्यहरुलाई पनि सिकाउदै आइरहेको साथै ओमान नेपाली एकता समाजले स्थापना कालदेखि अहिलेसम्म नेपालीहरुको समस्या समाधानको लागि उल्लेख्य कामहरु गर्दै आइरहेको जनाउनु भयो ।
सो प्रतियोगितामा बिभिन्न एरिया र बिभागहरुबाट सन्तोष
सापकोटा, टंक आचार्य, कमला खनाल, कुमारी तितुङ्, मेख बहादुर खत्री, दिल
बहादुर बिक, राम कुमार चौधरी र दिल प्रसाद पौडेलको सहभागिता रहेका थिए भने
प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त विजेताहरुलाई पुरस्कारको पनि
ब्यवस्था रहेका थिए ।
No comments:
Post a Comment