Sunday, November 1, 2015

संस्था तमु समाज ओमानले

                                           14438218612.jpg
मस्कट, ओमान
ओमानमा आफ्नो संस्कृति भेषभूषा र रीतिरिवाजको जगेर्नाका खातिर केहि समय अघि स्थापित सामाजिक संस्था तमु समाज ओमानले बिभिन्न मिडियाहरुसंग आबद्ध रहि निष्पक्ष रूपमा समाचार सम्प्रेषण गरिरहेका पत्रकारहरुलाई एक समारोहकाबिच शुक्रवार मस्कट स्थित हाईएस्ट माउन्टेन रेस्टूरेन्टको सभा हलमा सम्मान गरिएको छ ।
                                      14438222641.jpg

  तमु समाज ओमानका अध्यक्ष अमीर गुरुङ्गको अध्यक्षतामा नेपाली राष्ट्रियगानसँगै अघि बढेको सो समारोहको सञ्चालन तमु समाज ओमानका प्रमुख सल्लाहकार बिकास गुरुङ्गले गरेका थिए ।
आफ्नो जन्मभूमिदेखि टाढा रहेर पनि निष्पक्ष रुपले समाचार सम्प्रेषण गर्दै स्वदेश तथा बिदेशका कुनामा छरिएर रहेका नेपालीहरुलाई सूचना र समाचारबाट सुसुचित गराउदै आएको आफ्नो कार्यकुशलताको कदर गर्दै भविष्यमा पनि यस्तै आशा सहित तमु समाज ओमानद्वारा कदरपत्र प्रदान गरिएको ब्यहोरा सहितको कदरपत्रद्वारा प्रवास खबर डटकमका सम्पादक बसन्त नेपाल, हाँक सप्ताहिकका ओमान संवाददाता जी।बी।लामा, ऐक्यबद्धता, अर्घाखाँची टाइम्सका शालिकराम आचार्य, प्रवासखबर डटकमका पशुपति जी सीलाई अध्यक्ष अमीर गुरुङ्गद्वारा सम्मान गरिएको थियो ।

  प्रवास खबरका सम्पादक बसन्त नेपालले ओमानमा पत्रकारीता शुरुवात गर्दाको क्षणको स्मरण गराउदै शुरुमा नेपाली फोन्टको समस्या झेल्दै हस्तलिखित समाचार सम्प्रेषणबाट शुरुवात गरिएको भएतापनि अहिले त्यस्तो अवस्था नभएको र आजको दिनसम्म आईपुग्दा आफ्नो रोजीरोटीको लागि रोजगारीको क्रमसँगै ओमानमा पत्रकारिता अंगालेका मित्रहरुको पनि बृद्धि भएकोले चाँडै नै ओमानमा नेपाल पत्रकार महासंघ ओमान शाखाको स्थापना गर्न पहल भै रहेको बताए । साथै तमु समाजले जून किसिमले पत्रकारिताको महत्वलाई बुझ्दै सम्मान कार्यक्रम राखिएको छ यसरी नै अन्य संघसंस्थाहरुले पनि यसको महत्वलाई बुझ्दै आगामी दिनमा पत्रकारितालाई संस्थागत गर्न सबैतिरबाट प्रयास गर्नु पर्ने कुरामा जोड दिए ।
                                     14438218581.jpg
  हाँक साप्ताहिक ओमानका प्रतिनिधि जी।बी।लामाले राज्यको चौथो अंगको महत्व बुझेर नै तमु समाजले प्रवासमा आफ्नो संस्थाको बिकासको प्रयासको बावजूद पनि पत्रकारिता प्रति गरिएको सम्मानको सराहना गर्दै स्वच्छ र सही पत्रकरीताले राष्ट्र र समाजलाई प्रगति र उन्मुक्तितिर डोर्याउने तर पीत पत्रकारिताले समाजलाई बिकृति, बिसङ्गति र नराम्रो बाटोतीर लैजाने हुनाले पत्रकारहरुले सदा सचेत भएर सधै सत्यतथ्य र न्यायको पक्षमा आफ्नो कलम चलाउनु पर्ने कुरामा जोड दिए ।
 ऐक्यबद्धता, अर्घाखाँची टाइम्सका प्रतिनिधि शालिकराम आचार्यले पत्रकारले कुनै ब्यक्ति बिशेष वा दलगत बिचारद्वारा गरिएको दवाबमा नपरी पत्रकारितालाई निष्पक्ष ढंगले अघि बढाउन सकेमा मात्र त्यसले सही परिणाम दिने र जनमुखी हुने बिचार ब्यक्त गरेका थिए ।

 सो सम्मान कार्यक्रममा तमु समाजलाई आर्थिक नैतिक र भौतिक सहयोग गर्नुहुने सहयोगीहरु तेज शाही ठकुरी, प्रेम गुरुङ, सम्सेर पाइजा मगर, भुपेन्द्र राई, तोक मगर, अर्जुन राई, सालु गुरुङ, चेत कुमार गुरुङ तथा पूर्ण गुरुङ लाई बिशेष सहयोग गरेबापत खादा तथा प्रशंसापत्रद्वारा सम्मान गरिएको थियो । साथै कार्यक्रम संयोजक तथा तमु समाजका प्रथम उपाध्यक्ष दिल गुरुङ्ग, उपाध्यक्ष नानु गुरुङ,

महासचिव पदम गुरुङ, सहसचिव देव गुरुङ कोषाध्यक्ष बिजय गुरुङको पनि आतिथ्य रहेका थिए भने उल्लेख्य संख्यामा ओमानमा कार्यरत तमु तथा तमुस्योहरुको उत्साहजनक उपस्थिति रहेको थियो ।

No comments:

Post a Comment